काठमाण्डौ, २० पुस- व्यवस्थापिका संसदबाट हुन लागेको सातौ पटक अन्तरिम संविधान संशोधनको प्रस्ताव पारित हुने प्राय निश्चित भएको छ ।
सपथ प्रकरणमा भाषा विवादका कारण उत्पन्न राजनीतिक परिस्थितिले उपराष्ट्रपतिको पदीय हैसियत रहने वा नरहने विवाद बढिरहेको अबस्थामा आज माओवादी र मधेसबादी दलहरूबीच भएको सहमति अनुरूप संविधान संशोधन प्रस्तावमा एक भई जाने र उपराष्ट्रपतिको पद पुन क्रियाशिल हुने ग्यारेण्टीका साथ संयुक्त प्रस्ताव ल्याउने निर्णय भए बमोजिम संसदमा प्रस्तुत गरिन लागेको संविधान संशोधन विधयेक माथि छलफल हुने पक्का भएको हो । यस्तै छलफलका बारे सञ्चारकर्मीहरूलाई जानकारी दिदै सदभावना अध्यक्ष राजेन्द्र महतोले "उपराष्ट्रपतिको पद क्रियाशिल हुन शर्तमा सरकारले ल्याउने सातौ संशोधन विधेयकमा माओवादी र मधेसवादी दलबीच एक भई अगि बढ्ने निर्णय भएको" बताए ।
यस अघि मधेसी जनाधिकार फोरमका नेता जय प्रकाश प्रसाद गुप्ताले संविधान संशोधनको प्रस्ताव अगावै पूर्व छलफल गर्ने समय नभएको भन्दै सो विधेयक प्रस्तुत गर्न दिएका थिएन् । बैठकमा माओवादीका तर्फाट उपाध्यक्ष दोय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ तमलोपाका तर्फाट अध्यक्ष महन्त ठाकुर, फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजय कुमार गच्छदा लगायतको उपस्थिति थियो । उता निर्धारित समय भन्दा ४० मिनेट ढिला गरी सुरू भएको संसदको आजको बैठकमा कानुन मन्त्री प्रेम बहादुर सिहले अन्तरिम संविधानको सातौ संशोधन विधेयक, उर्जा मन्त्री प्रकाश शरण महतले विधुत विधेयक २०६५ र नेपाल विधुत नियमन आयोग विधेयक २०६५ माथि प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको संसद सचिवालले जनाएको छ ।

No comments:
Post a Comment