काठमाण्डौ, १४ माघ- व्यवस्थापिका संसद अर्न्तरगतको प्राकृतिक स्रोत साधन समितिले ३ महिना भित्र भूउपयो नीति बनाउन भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिहदरबार स्थित समितिको कार्यालयमा आज बसेको बैठकले अनियन्त्रित र अव्यवस्थित रूपमा हुदै भवन निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै समितिकी सभापति शान्ता चौधारीको अगुवाईमा बसेको सो बैठकले जग्गा विक्रिका नाममा केही समय यता अवैधानिक रूपमा हुदै आएको जग्गा प्लटिङको अध्ययन गर्न भूमिसुधार मन्त्रीको संयोजकत्वमा भूमिसुधार तथा व्यवस्था उपसमिति समेत गठन गरेको छ ।
यस्तै बैठकमा समितिका सदस्य समेत रहेका विभिन्न दलका सभासदहरूले जमिनमाथि हुदै आएको राजनीति अन्त्य हुनुपर्ने माग राखेका थिए । साथै उनीहरूले जमिनको अतिक्रमण र खण्डिकरणमा जतिसक्दो चाडो रोक लागाउनुपर्नेमा जोड दिएका थिए ।
पछिल्लो पटक काठमाण्डौ, ललितपुर तथा अझ विशेष गरी भक्तपुर क्षेत्रमा खाली रहेका जमिनमा अवैधानिक रूपले जग्गा प्टीङको समाचार विभिन्न छापा माध्यममा आए पछी समितिले भूउपयोग नीति बनाउन चासो व्यक्त गरेको हो ।

No comments:
Post a Comment