Monday, February 15, 2010

चार दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भारत प्रस्थान, भारतसंग चार विषयमा सम्झौता हुने

काठमाण्डौ, ३ फागुन- चार दिने राजकीय भ्रमणका लागि राष्ट्रपति रामवरण यादव आज त्यस तर्फ प्रस्थान गरेका छन् ।

२७ सदस्य सरकारी टोलीका साथ नया दिल्ली गएका यादवले भारते नेपाललाई गर्ने भनेको विभिन्न चार विषयको सम्झौता पत्रमा हस्ताक्षर समेत गर्ने भएका छन् । राष्ट्र ध्वाजा बाहक विमान नेपाल बायु सेवा निगमको नियमति उडानबाट बिहान सवा ११ बजे भारत प्रस्थान गरेका यादबले भारतीय समकक्षी प्रतिभा सिह पाटेल, भारतीय प्रधानमन्त्री मनमोहन सिह, काग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, लगायतका विभिन्न नेताहरूसंग भेट्ने कार्याक्रम रहेको छ ।

राष्ट्रपति यादवको विदाईका लागि उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधव कुमार नेपाल, संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग लगायतका मन्त्रीहरू अर्न्तराष्ट्रिय विमान स्थलमा पुगेका थिए ।

भारतीय राष्ट्रपति प्रतिभा सि पाटेलको निमन्त्रणामा गणतन्त्र नेपालको पहिलो राष्ट्र प्रमुखको हैसियतमा यादवको उक्त भ्रमणमा "हेटौडा पोलिटेक्निक इन्सच्युट रेलमार्ग, हवाई यातायात र विराटनगरमा नेपाल भारत मैत्री सभाभवन निर्माणको समझदारी पत्रमा हस्ताक्षर हुने" राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । रेलवे सेवा अर्न्तगत नेपाल भारतका विभिन्न पाच स्थानमा भारतले सहयोग गरिदिने बताएको छ । बिराटनगर-जोगबनी, नौतनवा- भैरहवा, भैरहवा- विजुलापुर, विजुलापुर- जयनगर र नेपाल गञ्जका लागि रेलवे सेवामा सम्झौता हुने छ ।

साता अघि बसेको मन्त्री परिषदको बैठकले भारतसंग हुने ती ४ सम्झौतामा हुने हस्ताक्षरका लागि राष्ट्रपतिलाई स्वीकृत प्रदान गरेको थियो । भोली मात्र राजनीतिक भेटघाटमा व्यस्त हुने राष्ट्रपति यादव पवित्र तिर्थ स्थल हरिद्धारको समेत भ्रमण गर्ने कार्याक्रम रहेको छ । यादव आगामी बिहिबार स्वदेश र्फकने कार्याक्रम रहेको छ ।

४ दिनका लागि झा राष्ट्रपति

यस्तै राष्ट्र प्रमुखको अनुपस्थितिमा ४ दिनका लागि राष्ट्रपति रामबरण यादवले आफ्नो कार्यभार उपराष्ट्रपति परमानन्द झालाई दिएका छन् ।

सपथ प्रकरण संगै विवादि बनेका उपराष्ट्रपति झालाई सर्वोच्च अदालतले निस्कृय बनाए पश्चात उनी ६ महिना सम्म निस्कृय भएका थिए । राष्ट्रपतिको भारत भ्रमण हुने तय भएपछी सरकारले संविधानको सातो संशोधन गरी गत माघ २४ गते पुन नेपाली र मैथलीमा सपथ गरे पछी उनी सक्रिय भएका थिए । तर्सथ आजबाट उनले ४ दिन सम्म कार्यभार सम्हाल्ने छन् ।






राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट

यस्तै आजै प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रपतिले गर्ने चार दिने भारत भ्रमणका सम्बन्धमा राष्ट्रपति समक्ष जानकारी लिएका छन् ।

राष्ट्रपति भारत प्रस्थान गर्नु अगावै उनलाई भेट् शितल निवास पुगेका नेपालले "राष्ट्रपति रामबरण यादव समक्ष भारत भ्रमण र त्यस संगै हुन लागेको दुई देश वीचको सम्झौताका सम्बन्धमा छलफल गरेको" प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताएका छन् । यस्तै शिष्टाचार भनिएको उक्त भेटमा राष्ट्रपतिले भारत भ्रमणका सम्बन्धमा आवश्यक सुझाव प्रधानमन्त्री संग लिएको रिजालले बताए ।

पश्चिमी शैलीमा रम्दैछ नेपाल

काठमाण्डौ, फागुन- पश्चिमी शैली दिनानुदिन बढिरहेको नेपाल आज पुन एक पटक त्यसको मादकतामा डुबेको १४ फ्रेबुअरी अर्थात माया गर्नेहरूको दिनको सम्झनामा भ्यालेन्टाइनलाई सम्झदै नेपालमा पनि यसको रौनकता निकै बढेको प्रेम दिवसको रूपमा मनाइने आजको दिनमा आफ्ना प्रेमी तथा प्रेमिकालाई उपहार दिन काठमाण्डौका हरेक कस्मेटिक पसल फुलका पसलहरूमा हिजो देखिनै भिडभाड देखिएका थिए



रातो गुलाब प्रेमको प्रतिकको रूपमा लिइनाले यतिबेला गुलाबको मूल्य आकासिएको प्रेमका विभिन्न आकृति तथा प्रतिक एवं ग्रिटिङ कार्ड मार्फत यो दिवसलाई प्रेमी प्रेमिकाले मनाउने गर्दछन आजको दिन क्याफे, रेष्टुरा पार्क तथा सिनेमाहलमा प्रेमी जोडीको भिड भाड समेत लागेको



एक कथन अनुसार सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाउडियस दृतियको आदेश विरूद्ध गएको आरोपमा मृत्यु दण्ड दिइएको थियो क्लाउडियसले महिला संगको सम्बन्धले आफ्ना सैनिकलाई कमजोर बनाउला भनेर युवालाई प्रेम विहे गर्न रोकेका थिए तर त्यो कुरा क्रिश्चियन धर्म विरूद्ध हुने भएकाले चर्चमा हुने बिबाहलाई जारी राख्दै भ्यालेन्टाइनले युवालाई विहे प्रेमका लागि प्रेरित गरेका गरे त्यसैले क्लाउडियसको आदेशमा भ्यालेन्टाइनलाई पक्रेर आजकै दिन १४ फ्रेबुअरीमा उनलाई मृत्यु दण्ड दिएको थियो यस्तै भ्यालेन्टाइनका र्समर्थकहरूले आजकै दिनलाई हरेक बर्ष भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइदै आएको हो

संयन्त्रको बैठक निस्कर्ष विहिन

काठमाण्डौ, १ फागुन- राजनीतिक निकास दिने उद्देश्यका साथ गठन गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रको आजको बैठक निस्कर्षविहिन भएको छ ।

प्रधानमन्त्री माधव कुमार नेपालको आग्रहमा बसेको उक्त बैठकमा प्रधानमन्त्री नेपालले माओवादी लडाकुको व्यवस्थापन तथा समायोजन प्रक्रिया उच्च स्तरिय संयन्त्रले टुङ्गो लाउनु पर्ने तथा माओवादीले नया संविधान निर्माण एवं गतिरोध अन्त्यका लागि सरकार परिवर्तनको प्रस्ताव अघि सारेका कारण दुवै विषयमा प्रमुख तीन दलबीच मदभेद देखिएपछी बैठक निस्कर्ष विहिन भएको हो ।

महाराजगंज स्थित संयन्त्रका संयोजक एवं काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवासमा बसेको उक्त बैठक पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै संयन्त्रका सदस्य तथा एमाले अध्यक्ष झलनाथ खनालले "राजनीतिक गतिरोध अन्त्य पछी मात्रै सेना समायोजनका विषयका छलफल गर्नु पर्ने अडान माओवादीले राखेपछी बैठक स्थगित भएको" बताए । यस्तै उनले ूनया संविधान जारी हुनु अगावै माओवादी सेना समयोजन गर्ने एमाले-काग्रेसको प्रस्तावमा माओवादीले आपत्ती समेत जनाएको" बताए ।

यस्तै बैठकमा सहभागी माओवादी उपाध्याक्ष नारायणकाजी श्रेष्ठलले "पहिला राजनीतिक गतिरोध अन्त्य गरौ र त्यसपछी मात्र सेना समायोजनको विषयलाई अगाडी बढाउने प्रस्ताव आफुहरूले राखेको" बताए । यस्तै उनले "संयन्त्र गठन भएको यत्तिका दिन भई सक्दा पनि कुनै निकास ननिस्कएको भन्दै यसको औचित्य नै समाप्त भएको संन्देश जनतामा जान थालेको" बताए ।

यस्तै नेपाली काग्रेसका प्रवक्ता अर्जुन नरसिह केसीले ूबैठकमा सरकारमा एमालेकरण भएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकोू बताए । केही दिन यता सरकारमै रहेकी काग्रेस नेतृ तथा उपप्रधानमन्त्री सुजाता कोइरालाले मन्त्रीपरिषदको बैठक एमालेको जस्तो भनी असन्तुष्ट व्यक्त गरेकी थिइन् । साथै हिजो मात्र राजधानीमा आयोजित एक साक्षात्कारमा काग्रेस कार्यवाहक सभापति शुशिल कोइरालाले पनि सरकारमा एमाले करण भएको प्रति आपत्ती जनाएका थिए ।

यस्तै आजको बैठकमा काग्रेसका तर्फबाट सभापति गिरिजा प्रसाद कोइराल, शुशिल कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल त्यस्तै माओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्क्ष द्धोय नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टर्राई र एमालेको तर्फबाट अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, भरतमोहन अधिकारी रहेका थिए । यस्तै आमन्त्रित सदस्यको रूपमा रहेका प्रधानमन्त्री नेपाल भने बैठकमा केही बेर मात्र बसी फर्किएका थिए ।

दोस्रो साक्षरता अभियान आजबाट

काठमाण्डौ, १ फागुन- देश भरिका १२ लाख ५ सय जनालाई साक्षर बनाउने सरकारी योजना अनुरूप साक्षर बनौ क्षमता बढाऔ भन्ने मूल नाराका साथ आज बाट दोस्रो चरणको साक्षरता अभियान सुरू गरिएको छ ।

देशभरिका ५८ वटा नगरपालिकामा रहेका ३ हजार ९ सय १५ गाविसमा एक साथ सञ्चालन गरिने उक्त साक्षरता अभियानका लागि ४३ वटा केन्द्रहरू तोकिएको छ । जस अर्न्तरगत प्रत्येक नगरपालिका भित्र रहेका वडाहरू मध्ये प्रमुख तीन वटा वडामा कक्षा सञ्चालन गरिने अनौपचारिक शिक्षा केन्द्र इन्सेकले जनाएको छ ।

विभिन्न मातृ भाषामा समेत पाठयाक्रम तयार गरि सुरू भएको साक्षरता अभियान माओवादी शिविर, विभिन्न स्थानका इट्टाभट्टा उद्योग लगायतका क्षेत्रमा समेत सञ्चालन गरिने इन्सेकले जनाएको छ ।

१५औ जनयुद्ध दिवस मनाउदै माओवादी

काठमाण्डौ, फागुन- २०५१ साल फागुन गते औपचारिक रूपमा शसस्त्र जनयुद्धको थालनी गरी छापामार युद्ध सुरू गरेको एकिकृत माओवादीले आज आफ्नो १५ बार्षिक उत्सव मनाउदै



यसै बीच आफ्नो बाषिर्क उत्सवको उपल्क्षमा माओवादीले विविध खेलकुद कार्याक्रम समेत अयोजना गर्दै छ । यसका लागि काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा विभिन्न खेलको उदघाटन अध्यक्ष प्रचण्डले गर्दै छन् । जनयुद्ध सुरू गरेको दिनलाई एतिहासिक मान्दै प्रत्येक बर्षजनयुद्ध दिवस मनाउने माओवादीले गत बर्षचितवनको शिक्तिखोर स्थित तेस्रो डिभिजनमा आफ्नो बाषिर्कोत्सव मनाएको थियो । यस्तै १५ औ जनयुद्ध दिवसको अवसरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव रामबहादुर थापाले संयुक्त विज्ञप्ती निकाल्दै नेपाली जनसमुदाय तथा विश्वभरीका श्रमजिवि जनसमुदाय प्रति हार्दिक शुभकामना एवं जुझारू अभिवादन व्यक्त गरेका छन् । यस्तै निकालिएको उक्त विज्ञप्तीमा सहिदहरूको सपना साकार पर्न निरन्तर क्रान्तिको दिशामा अगाडी बढ्ने संकल्प र प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।



२०५१ साल फागुन १ गतेबाट सुरू माओवादी जनयुद्ध २०६३ मंसिर ५ गते संयुक्त राष्ट्रसंघ तत्कालिन ७ दल र एकिकृत माओवादीबीच बृस्तृत शान्ति सम्झौताको हस्ताक्षरसंगै अन्त्य भएको घोषणा गरिएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले २०६२ मा घ १९ गते सत्ता हत्याएको ढेढ महिना पछी सुरू १९ दिने जनआन्दोलनसंगै माओवादीले शसस्त्र युद्ध त्यागी नया संविधान लेख्ने एजेण्डा सहित सात दलसंग सहकार्य गरी यहा सम्म आएको हो ।

आजबाट पाचौ चरणको आन्दोलन सुरू



यस्तै दश महिना पहिले नागरिक सर्वोच्चताका नारा लाउदै आन्दोलनमा उत्रिएको एकिकृत माओवादीले आजबाट आफ्नो पाचौ चरणको २ महिने प्रचारात्मक आन्दोलन सञ्चालन गर्ने समेत भएको छ । बर्तमान सरकारमा रहेका मन्त्रीहरूको अवज्ञा देखि विभिन्न आम हडताल जस्ता आन्दोलन गरेको माओवादीले यो आन्दोलन भने मात्र प्रचारतत्मक एवं गाउ केन्दि्रत घरदैले अभियान रहने बताएको छ ।

सकियो शिवरात्री, करिब ७ लाखद्धारा दर्शन

काठमाण्डौ, २९ माघ- गत बर्ष साढे ४ लाखले दर्शनार्थीले शिवरात्रीको मेला भरेको पशुपतिनाथमा यस पालि झण्डै दोब्बरले शिवरात्रीको मेला भरेका छन् । बिहिबार बेलुकी देखि पशुपति शुक्रबार मध्यरात सम्ममा ७ लाखदर्शनार्थीहरूले पशुपतिनाथको दर्शन गरेको पशुपित क्षेत्र विकास कोषले जनाएको छ ।


पहिलो पटक दर्शनका लागि पशुपतिका चारैवटा ढोका समेत खोलिएको कारण तथा व्यवस्थित लाईनका कारण् आयोजकले अपेक्षा गरे भन्दा करिब १ लाख बढी दर्शनार्थीहरूले मेला भरेका थिए । गत बर्ष करिब साढे ४ लाखले दर्शन गरेको शिवरात्रीमेलामा यस पालि ६ लाखले अबलोकन गर्ने पशुपति क्षेत्र विका कोषको प्रारिम्भिक अनुमान भन्दा यो बर्ष दर्शनार्थीको संख्या बढेको कोषका प्रचारप्रसार समितिका सचिव राजेन्द्रराज राजोपाध्यले बताए । व्यवस्थित दर्शन प्रक्रया तथा स्वयमसेवकको अत्याधिक उपस्थितिका कारण यस पालिको शिवरात्री अन्य बर्षो भन्दा फरक र व्यवस्थित समेत भएको उनले बताए ।

यस्तै दर्शनका लागि कोषले हजारौको संख्यामा स्वयमसेवक तथा सुरक्षाकर्मीलाई खटाइएको थियो । चार स्थानबाट दर्शन गर्ने व्यवस्था गरिएको सो क्षेत्रको भिड नियन्त्रणका लागि ३ हजार जनपथ र ६ सय ६० सशस्त्र प्रहरी खर्टाईको थियो ।

यस्तै चाडो दर्शन गर्नका लागि कोषले यसपालि देखि टिकट सिस्टमको व्यवस्था समेत गरेको थियो । जसमा १ हजार रूपैया तिरेर टिकट काट्ने व्यवस्था समेत गरेको कारण ढिलोमा आधा घण्टा भित्र भक्तजनले दर्शन पशुपतिको दर्शन गर्ने व्यव्स्था गरिएको थियो ।

यस्तै पशुपतिनाथ दर्शनका लागि आज साझ साढे ५ बजे राष्ट्रपति डा। रामबरण यादव त्यहा पुग्ने पुगेका थिए । झण्डै १५ मिनेट पुजा आजा गरी फर्किएका यादव हिडेको डेढ घण्टामै पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल समेत त्यहा पुगी आरध्यदेव भगवान पशुपतिनाथको पुजा आजा गरेका थिए । भिभिई आउने भएपछी बेलुकी को समयमा सो क्षेत्रको सुरक्षा व्यवस्था अत्याधिक कडा बनाइएको थियौ ।



गौशाला क्षेत्रमा सवारी प्रवेशमा रोक

पशुपतिनाथ दर्शन गर्ने दर्शनार्थीको भिड बढेको कारण बेकुकी अबेर सम्म गौशला क्षेत्रमा कुनै पनि सवारी साधनलाई प्रवेश गर्न दिईएको थिएन । पूर्वमा सिनमंगल, उत्तरमा चावहिल मित्रपार्क, त्यस्तै रातोपुल र पुराने बानेश्वरबाट गौशाला प्रवेश गर्नै सम्पूर्ण सावरीलाई रोक लगाईएको थियो ।



दर्शनार्थीको भिड अत्याधिक भएका कारण सो क्षेत्रको वातावरण शान्त राख्नका लागि आज एक दिनलाई सो क्षेत्र लाई सवारी निषेधित क्षेत्र तोकिएको ट्राफिक प्रहरी महशाखाले जनाएको छ । यस्तै मेलामा सडकमा लागेको स-साना व्यापारका कारण सवारी आवागमनमा असर परेको भन्दै निषेधित क्षेत्र तोकिएको महाशाखाले जनाएको छ ।

Thursday, February 11, 2010

संयन्त्रको नियमित बैठक आज पनि बस्न सकेन, संविधान सभाको म्याद थप्ने प्रस्ताव लैजाने तयारीमा माओवादी

काठमाण्डौ, २८ माघ- राजनीतिक निकास दिने उद्देश्यका साथ गठन गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रको नियमित बैठक आज पनि बस्न सकेन ।


गत माघ १५ गते बसेको संयन्त्रको तेस्रो बैठकले नियमित रूपमा प्रत्येक साताको बिहिबार बिहान ९ बजे नियमित रूपले बैठक बस्ने सहमति गरेतपानि विविध कारण देखाउदै संयन्त्रको आजको बैठक आज पनि स्थगित भएको हो । यस्तै गत साता पनि संयन्त्रका दुई सदस्य एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्षको व्यस्थताको कारण संयन्त्रको पहिलो नियमित बैठक स्थगित भएको थियो । यध्पी आजको बैठक किन स्थगित गरिएको भन्ने सम्बन्धमा भने कसैले केही बताएका छैनन् ।


यस्तै संयन्त्रमा माओवादीले संविधान सभा को म्याद थप्ने प्रस्ताव लैजाने तयारी गरेको बुझिएको छ । यस सम्बन्धमा काग्रेस भित्रका केही उच्च नेता तथा एमाले अध्यक्ष लागायतका नेतासंग छलफल गरी प्रस्ताव लैजाने तयारी गरेको स्रोतले बताएको छ । यध्यपी यसबारे आधिकारिक धारणा तया गर्न माओवादी पोलिटब्यूरो बैठक समेत बस्न सक्ने बुझिएको छ ।

भ्यालेन्टाइनको उपहार "पहिलो पहिलो माया"

काठमाण्डौ, २८ माघ- यो बर्ष प्रणय दिवस भ्यालेन्टाइन डेमा मा तपाईले आफ्नो प्रेमी तथा प्रेमीकालाई के उपहार दिने सोच बनाउनु भएको छ - पक्कै पनि ग्रिटिङ कार्ड, राम्रा र महङ्गा उपहार होला तर नेपाली चलचित्र मनपराउने दर्शकहरूका लागि भने प्रदिप कुमार उदयले विशुद्ध प्रेम कथामा आधारित चलचित्र पहिलो पहिलो मायालाई दर्शक माझ ल्याउने भएका छन् । भ्यालेन्टाइन डे को अबसर पारेर माघ २९ गते देखि उपत्यका बाहिरका २६ वटा सिनेमा घरबाट एक साथ प्रदर्शन हुन लागेको उक्त चलचित्रको बुधबार प्रिमियर शो समेत गरिएको छ ।

राजधानीको कुमारी सिनेमा हलमा स्थित विभिन्न चलचित्रकर्मी, कलाकार तथा उद्योगीहरूकोबीच गरिएको उक्त प्रिमियर शो कार्याक्रममा सो चलचित्रमा अभिनय गर्ने कलाकार, लागयत प्राविधिकहरूको परिचय समेत गर्राईएको थियो । २ घण्टा २० मिनेट लामो यस चलचित्र सिनेमा स्कोप टु. के डिजिटल प्रविधि अर्न्तरगत ५.१ सराउण्डीङ्ग साउण्ड सिस्टममा बनाईएको हो । यस सिस्टमा साउण्ड राम्रो सुनिने तथा पर्दाको आधा भागमा मात्र देखिने दृश्यलाई पुरा भागमा देख्न सकिन्छ ।

राजकुमार श्रेष्ठको लेखन, हिमाल केसीको सस्तो द्धन्द्ध, शान्ता नेपालीको नृत्यु तथा दीपक श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रमा निखिल उप्रेती, राजबल्लभ कोइराला, युना उप्रेती, सुनिल थापा, हिउवाला गौतम लगायतको अभिनय रहेको छ । यस्तै आगमी फागुन ७ गतेबाट उपत्यका समेत प्रदर्शन हुन लागेको उक्त चलचित्र "अन्य नेपाली चलचित्र भन्दा केही फरक नभएको तर प्रस्तुतीकरण भने फरक रहेको" चलचित्रका प्रस्तुतकर्ता प्रदिप कुमार उदले बताए । यस्तै चलचित्रका निर्देशक दीपक श्रेष्ठले "सवै माया गर्ने मायालुहरूका लागि यो चलमा चित्र निर्माण गरिएको" बताए । साथै उनले "माया केबल आलिङ्गनमा हुदैन, माया केबल सामिप्यतामा हुदैन, माया त्यागमा हुन्छ, माया तपस्यामा हुन्छ माया विछोडमा पो.......... थाहा हुन्छ भन्ने कुरालाई यस चलचित्रमा प्रमुखताका साथ प्रस्ततु गरिएको" बताए ।

Wednesday, February 10, 2010

जमिम गोली काण्ड विरूद्ध पत्रकार तथा उद्यमीको प्रदर्शन

काठमाण्डौ,२७ माघ- गत आईतबार लाजिम्पाट स्थित फ्रान्सेली दुतावास नजिकै टेलिभिजन उद्यमी तथा स्पेशटाइम नेर्टवर्कका अध्यक्ष जमिम शाह माथि भएको आक्रमण त्यस बारे सरकारले देखाएको निर्लजत्ताको विरोधमा आज नेपाल पत्रकार महासंघको अगुवाईमा सम्पूर्ण सञ्चार गृहका पत्रकारहरू साथै विभिन्न क्षेत्रका उद्यमीले मौन जुलुस निकालेका छन्

दोषीलाई समयमै पक्रिनका निम्ति सरकारलाई दबाब दिने उद्देश्यका साथ अपरान्ह साढे बजे भृकृटीमण्डपबाट सुरू गरिएको उक्त मौन जुलुस पुतलीसडक, बागबजार हुदै रत्नपार्कको शान्ति बाटिका पुगेर कोणसभामा परिणत भएको थियो नेपाल टेलिभिजन ब्रोडकाष्ट एसोशिएसनको समेत एक्यबद्धता रहेको उक्त र्यालीमा टिभिएनका अध्यक्ष आरके मानन्धर, नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशी, भास्कर राज राजकणिर्कार, चिकित्सक संघका अध्यक्ष केदार नरसिह केसी साथै कलाकार अशोक शर्मा समेतको उपस्थिति थियो


माघ २४ गते दिउसो दरबारमार्गमा रहेको होटल याक एण्ड यतीको हेल्थ क्लबबाट सावना बाथ लिएर पानीपोखरी स्थित आफ्नो निवास गइरहेका शाहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको सो हत्या सम्बन्धमा ४० घण्टा वितिसक्दा पनि सरकारले कसैलाई पक्रन नसकेपछी पत्रकार तथा उद्यमीहरू आन्दोलनमा उत्रिएका हुन

Tuesday, February 9, 2010

आजबाट टियू एफएम सञ्चालनमा आउने

काठमाण्डौ, २७ माघ- विद्यार्थीका निम्ति नेपालमा पहिलो पटक क्याम्पसमा स्थापना गरिएको टियू एफएमले आज बाट आफ्नो परिक्षण प्रसारण सुरू गर्ने भएको

राजधानीको भृकुटी मण्डप स्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा करिब ८ बर्षअघि स्थापना गरिएको उक्त एफएम "आज दिउसो १ बजेबाट १ सय ७ मेघाहर्जमा नियमित दैनिक ३ घण्टाका दरले प्रसारित हुने" सो क्याम्पसका स्ववियु सभापति राजकुमार राईले बताए । ३२ लाखको लागानीमा निर्माण गरिएको सय वाट क्षमताको सो स्टेशनबाट नितान्त रूपमा विद्यार्थीसंग सम्बन्धीत क्षैक्षिक जानकारीका विषय तथा खबरहरूलाई प्राथामिकताका साथ प्रसारण गरिने उनले बताए । २०१६ सालमा मानविकी संकाय मात्र पर्ढाई हुने गरी स्थापना भएको उक्त क्याम्पस पत्रकारिता अध्ययनका लागि निकै नाम कमाएको शैक्षिक संस्था हो ।




आजबाट परिक्षण प्रसारणमा आउन लागेको टियू एफएमको बारेमा रत्न राज्य लक्ष्मी क्याम्पसका स्ववियु सभापति राजकुमार राईसंग गरिएको कुराकानी

सय वाट क्षमताको यो एफएम कहा-कहा सुन्न सकिन्छ ?

उपत्यका भित्र र त्यस आसपासका क्षेत्रमा यो एफएमलाई सुन्न सकिन्छ ।

तत्काल कति घण्टाका दरले परिक्षण प्रसारण गरिन्छ ?
तत्काल ३ देखि ४ घण्टाका दरले कार्याक्रम प्रसारण गरिने छ । तर केही दिन पछी बिहान र बेलुका प्रसारण गरिने कुरामा छलफल भई रहेको छ ।

स्टेशन निर्माणका लागि कति लागत लागेको छ ?

एक्जयाक्ट यसको लागतको विषयमा फाइनल भई सकेको छैन तर करिब-करिब ३० देखि ३५ लाखको लागनी लागेको अनुमान गर्न सकिन्छ ।

स्टेशन निर्माणका लागि कसैले आर्थिक सहयोग गरेको छ, कि छैन ?

यसमा कसैले सहयोग गरेका छैनन् । यसमा आन्तरिक कलेज र यस क्याम्पसमा भर्ना हुने प्रत्येक विद्यार्थीबाट ५० रूपैयाको दरले उठाएको शुल्कबाट यो स्टेशन निर्माण गरिएको हो ।


यसमा कस्ता किसिमका कार्याक्रमहरू उत्पादन गरिन्छ त ?

यसमा विशेष गरी शैक्षिक कार्याक्रम र शैक्षिक गतिविधिलाई समेटेर कार्याक्रम उत्पादन गरिन्छ ।


यस स्टेशनबाट विद्यार्थीहरूलाई के फाईदा हुन्छ त ?

यसबाट विद्यार्थीहरूलाई धेरै फाइदा पुग्छ भन्ने हाम्रो अनुमान छ । साथै रेडियो पत्रकारित पढेका विद्यार्थीहरूलाई रेडियो सम्बन्धी जानकारी लिन साथै बाहिर अन्य इन्स्च्युटमा महंगो शुल्क तिरेर रेडियो सम्बन्धी तालिम लिईरहेको विद्यार्थीहरूलाई सहजताका साथ यहा बाट सो सेवा प्रत्यक्ष रूपमा लिन सक्दछन । साथै रेडियो पत्रकारिता गर्नका लागि विद्यार्थीहरूलाई यसले निकै सहयोग पुर्र्‍याउछ हाम्रो विश्वास छ ।

दुई महिना अगाडीनै यो एफएम परिक्षण प्रसारणमा आउने भन्ने समाचारहरू सार्वजनिक भएका थिए तर किन ढिलो भयो ?

हामिले त्यति बेलानै एफएम प्रसारण गर्ने भनेका त थियौ तर स्टेशनका लागि अवश्यक पर्ने ट्रान्समिटर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको भन्सारबाट सकेसम्म निशुल्क निकाल्ने प्रयत्न गरेका कारण भनिएको समयमा एफ एम सञ्चालनमा आउन सकेन ।

प्रधानमन्त्रीलाई सार्क को निम्तो, नेपालका शरणार्थी फिर्ता लैजान भुटानसंग आग्रह

काठमाण्डौ, २७ माघ- दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १६ औ शिखर सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री माधव कुमार नेपाललाई निम्तो दिईएको छ ।

आगामी अप्रिल महिनामा भुटानको राजधानी थिम्पुमा हुन गइरहेको उक्त शिखर सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउन भुटानी अर्थमन्त्री लिम्पो खान्दु वाङचुले प्रधानमन्त्रीलाई सो निम्तो दिएका हुन । भुटानी प्रधानमन्त्रीका विशेष दुत समेत रहेको वाङचुले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गरेको शिष्टाचार भेटका क्रममा भुटानी समकक्षीले पठाएको सो निम्तो प्रधानमन्त्रीलाई दिएका हुन ।

यस्तै प्रधानमन्त्रीसंगको भेटपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै मन्त्री वाङचुले "आगामी सार्क सम्मेलनमा जलवायु परिवर्तनका सम्बन्धमा छलफल केन्दि्रत रहने तथा पर्वतीय पर्वतीय राष्ट्रहरूको गठबन्धन हुने लगायतका विषयमा छलफल भएको" बताए ।


यस्तै "प्रधानमन्त्रीले वाङचु समक्ष नेपालमा रहेका भुटानी शरणर्थीहरूलाई भुटानले फिर्ता लैजानुपर्ने" आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । उनका अनुसार "लामो समय देखि नेपालमा रहेका शरणार्थीहरूलाई तेस्रो मूलुक पुनस्थापना गर्दा समेत समस्या समाधान नहुने भन्दै आफ्नै देशमा उनीहरूलाई पुनस्थापना गर्न अर्थमन्त्री वाङचु समक्ष आग्रह गरेको" बताए ।

संविधान निर्माणको कार्य द्रुत गतिमा अगाडी बढाऊ : नेम्वाङ्ग

काठमाण्डौ, २६ माघ- संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले बेलैमा संविधान निर्माण गर्न सबै सभासद तथा नेताहरूलाई आग्रह गरेका छन् ।

सासंदहरूका लागि बाल स्वास्थ्य तथा खोप कार्याक्रमको एक गोष्ठीको उदघाटन गर्दै सभा अध्यक्ष नेम्वाङ्गले "अन्य काम छाडी सभासदहरूले संविधान निर्माण कार्यमा आफ्नो ध्यान केन्दि्रत गर्नु पर्ने" बताए । यस्तै उनले ूभावी संविधानका निम्ति तयार गरिएको मस्यौदा संविधान सभामा प्रस्ततु भई छलफल समेत भई सकेकाले जेठ १४ गते भित्र संविधान निर्माण गरिसक्नु पर्ने" बताए । साथै उनले समयमै संविधान निर्माण कार्य सम्पन्न गरी जनतालाई दिगो शन्ति को अनुभुति दिन दलहरूले व्यक्तिगत स्वार्थ छाडनु पर्ने बताए ।

यस्तै कार्याक्रममा उपस्थित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरीले "बाल स्वस्थय कार्याक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने" बताएका छन् । गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले उपयुक्त नितिको अभावमा बाल स्वास्थ्य कार्याक्रमले गति लिन नसकेको बताए । व्यवस्थापिका संसद अर्न्तरगतको महिला तथा बालबालिका समितिद्धारा अयोजित उक्त गोष्ठीमा श्रीलंका तथा कम्बोडियाका विधायकहरूको समेत उपस्थिति रहेको छ ।

झरीले चिसो बढ्यो, सुदुरपश्चिम क्षेत्रमा हिमपात

काठमाण्डौ, २६ माघ- पश्चिमी वायुको प्रभावका कारण बिहानैबाट परेको सिमसिमे भरीले एक्कासी चिसो बढाएको

राजधानी लगायत देशका विभिन्न स्थानमा परिरेहेको उक्त झरीले सबै क्षेत्रको जनजिवन कस्टकर हुदै गएको छ । अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण गए राति बाट सुदुर पश्चिमका केही स्थानमा हिमपात समेत भएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार बैतडी, बझाङ जुम्ला, र डढेल्धुराको, जाजरकोट क्षेत्रमा बाक्लो हिमपात परेको छ । हिमपातका कारण सो जुम्लामा हवाईजाहाज समेत उड्न सकेको छैन । यस्तै विजुलीको तारमा हिउ जमेपछी सो क्षेत्रमा विजुली सेवा लगायत टेलिफोन समेत अवरूद्ध भएको जनाइएको छ । अत्याधिक हिउलहर भएपछी सो क्षेत्रका विद्यालय समेत बन्द गरिएको छ । यस्तै उता गोरखामा पनि अगि विहान बाट हिमपात सुरूभएको छ । सो क्षेत्रका आधा दर्जन गाविसमा हिमपातले जनजिवन कष्ट कर बनाएको बताईको छ ।

हिउद महिनामा करिब १० बर्षछी यसरी झरी परेका कारण चिसिदै गएको मौसम अझै दुई दिन सम्म रहने मौसम विदहरूले बताएका छन् । उनीहरूले यो झरीले वातावरणका लागि हानी नपुर्र्‍याउने भन्दै झरीलाई सुखद रूपमा लिनु पर्ने बताएका छन् । यस्तै खेतमा गहु बाली लागाएका कृषकहरू पनि हिमपातका कारण खुशी भएका छन् । हिमपातले गहु फसल राम्रो हुने भन्दै कृषकहरू खुशी भएका हुन ।

Monday, February 8, 2010

रोल्पा बाट सकियो अयोग्य लडाकु बहिर्गमन प्रक्रिया

काठमाण्डौ, २५ माघ- गत पुस अन्तिम साताबाट सिन्धुलीको दुधौली स्थित दोस्रो डिभिजनबाट सुरू माओवादी अयोग्य लडाकु बहिर्गमन प्रक्रिया आज बाट सकिएको छ ।

तीन बर्षअघि अनमिनको तथ्याङ्क कुल ४ हजार ८ अयोग्य ठर्र्‍याएको माओवादी लडाकु मध्ये आज अन्तिम दिन रोल्पाको दहवनमा रहेको पाचौ डिभिजनमा रहेका ४ सय ५२ अयोग्य लडाकु मध्ये २ सय ६८ लडाकुलाई विदाई गरिएको हो । यध्यपी विविध कारणबस यस अघि नै अन्य लडाकुले शिविर छाडिसकेको डिभिजनले जनाएको छ ।

नेपालको शान्ति प्रक्रियालाई सघाइ रहेका विभिन्न ५ देशका राजदुत सहित अनमिन प्रतिनिधि र माओवादी अध्यक्ष प्रचण्डको उपस्थस्थितिमा लडाकुलाई बर्गिमन गरिएको हो । यस्तै विदाई कार्याक्रममा "लडाकुहरूलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले बहिर्गमन प्रक्रियालाई शान्ति प्रक्रियाको जितको रूपमा लिन लडाकुहरूलाई आग्रह" गरेका थिए । यस्तै नेपाल स्थित अनमिन प्रमुख करिन लनग्रेनले "शिविरबाट बाहिर निस्किएका लडाकुलाई अपराधिक गतिविधिमा प्रवेश गर्न नदिन माओवादीले विशेष ध्यान दिनुपर्ने" बताइन् ।

शिविर बाट बाहिरिएका लडाकुलाई एक जोर लुगा, परिचय पत्र एवं संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको १० हजार रूपैया र माओवादीले दिएको नगद १२ हजार रूपैया प्रदान गरिएको थियो । शान्ति प्रक्रियाको एउटा पाटोको रूपमा लिईएको अयोग्य लडाकु बहिर्गमन प्रक्रिया आज बाट सम्पन्न हुनुलाई नेपालमा शान्ति प्रक्रिया चाहाने सवैले एउटा एतिहासिक कडिको रूपमा लिएका छन् ।

गुणस्तरिय सेवाको कार्ययोजना पेश गर्न लेखाद्धारा टेलिकमलाई निर्देशन

काठमाण्डौ, २५ माघ- व्यवस्थापिका संसद अर्न्तरगतको र्सार्वजनिक लेखा समितिले नेपाल टेलिकमको गुणस्तरमा आएको विभिन्न आलोचनको सम्बन्धमा सो बारे आफ्नो कार्ययोजना १५ दिन भित्र पेश गर्ने गरी टेलिकमलाई निर्देशन दिएको

सिहदरबार स्थित समितिको कार्यालयमा आज विहान बसेको बैठकले जनतालाई प्रत्यक्ष रूपमा सेवा प्रदान गरिरहेको टेलिकमको सम्बन्धमा विभिन्न जन गुनासो तथा खबरहरू सार्वजनिक भए लगत्तै आफ्नो सेवा बारे विस्तृत कार्ययोजना पेश गर्न निगमलाई निर्देशन दिएको हो नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिहको समेत उपस्थिति रहेको उक्त बैठकमा समितिका विभिन्न सदस्यहरूले उनलाई टेलिकमको सेवा बारे प्रश्न गरेका थिए प्रश्नको जवाफमा सिहले ११ घण्टा सम्म भइरहेको लोलसेडिङ्गका कारण सेवा प्रभावकारी हुन नसेकेको बताएका थिए यस्तै उनले लोडसेडिङ्गका बाबजुत सेवा प्रभावकारी बनाउन टेलिकम प्रयासरत रहेको बताएका थिए

गएको शुक्रबार बाट सातौ बर्षमा प्रवेश गरेको टेलिकमले आफ्नो सेवा विस्तारको क्रममा क्षमता भन्दा बढी सेवा विस्तार गर्नु त्यस संगै कमि हुदै गएको टेलिकमको सवै उपभोक्ताले प्रश्न गर्दै आएका छन् यध्पी गुणस्तरमा ह्रास आएतपनि हाल टेलिकमका ४९ लाख ग्राहक रहेका छन्

व्यस्त सडकमा उद्यमीमाथि गोली प्रहार, प्रहरी हेर्र्‍या हेर्र्‍र्यै

काठमाण्डौ, २४ माघ- राजधानीको अति व्यस्त सडक लाजिम्पाट पानीपोखरीमा आज दिउसै गोली प्रहार भएको

दरबारमार्गमा रहेको होटल याक एण्ड यतिको हेल्थ क्लबाट आफ्नो निवास पानीपोखरी जादै गरेका स्पेस्टाइम नेर्टवर्क तथा च्यानल नेपालका अध्यक्ष जमिम शाह माथि एक अज्ञात समूहले गोली हानी उनको हत्या गरेको छ । अत्याधिक कडा सुरक्षा भनिएको उक्त क्षेत्रमा यसरी दिनदहाडै हत्या हुनुलाई प्रहरीको ठूलो कमजोरी ठर्र्‍याइएको छ । यतीको हेल्थ क्लबबाट निस्किएका शाह परराष्ट्र मन्त्रालय हुदै राष्ट्रपति निवास नजिकै रहेको आफ्नो निवास जाने क्रममा करिब साढे ३ बजेको समयमा फ्रान्सेली दुतावास अगाडी पुग्दा मोटरर्साईकलमा आएका दुई व्यक्ति मध्ये एकले उनी माथि गोली प्रहार गरेका थिए । गोली शाहको बाया कञ्चट र बाया कोखमा लागेको थियो । गोली लागेका शाहलाई शिक्षण अस्पताल महारागञ्जको आकस्मिक कक्षमा पुर्र्‍याए लगत्तै उनको मृत्यु भएको थियो । घटनामा ४७ बर्षीय मृतक शाहका चालक मथुरा मालाकार समेत घाइते भएका थिए, उनको बाया तिघ्रामा गोली लागेको छ । यध्यपी घाइते मालाकारको अवस्था भने खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।

नेपालमा पहिलो पटक केबल टेलिभिजन भित्राएका शाह माथि भएको उक्त घटनाले नेपालको सुरक्षा व्यवस्थालाई थप नाङ्गा बनाई दिएको छ । यस्तै घटनाबारे अनभिज्ञ जनाउने प्रहरी प्रशासनमाथि अर्को प्रश्न चिन्ह खडा गरिदिएको छ । घटना स्थलबाट १ कि।मी अगाडीको दुरीमा रहेको राष्ट्रपति भवनमा हुन गई रहेको उपराष्ट्रपति परमानन्द झाको सपथ ग्रहणका लागि उक्त मार्ग तय गरिएको थियो । सपथ ग्रहण कार्याक्रममा सहभागी हुन प्रधानमन्त्री, लगायत विभिन्न मन्त्रीहरू लगायत विशिष्ट व्यक्तिहरूको आवगमनका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएतापनि अपराधी भाग्न सफल भएका छन् ।

गल्ती स्वृकार : प्रहरी
कडा सुरक्षाका बाबजुत पनि सो घटना भएको भन्दै प्रहरीले आफ्नो गल्ती स्वृकार गरेको छ । घटना लगत्तै बेलुकी प्रहरी प्रधान कार्यालयमा बसेको सुरक्षा अधिकारीहरूको बैठकले समयमा सूचना प्राप्त नभएको निस्कर्षा साथ सा घटना भएको बताएको छ । सो बैठकले राजधानीको सुरक्षाका निम्ति सूचनाको जिम्मा पाएको आयुक्तको कार्यालयको गल्ती भएको ठहर गरेको छ । यस्तै प्रहरी प्रवक्ता विज्ञान राज शर्माले "घटनामा साइलेन्सर बन्दुको प्रयोग भएका कारण समयमै सूचना प्रसारित गर्न नसकिएको" बताएका छन् । यध्यपी उनले अपराधीहरूलाई भाग्न नदिन उपत्यकाको सम्पूर्ण नाका बन्द गरिएको बताए । उनले कुनै पनि हालतमा अपराधी पत्ता लगाई छाड्ने बताए ।

पाच महिना पछी क्रियाशिल भए उपराष्ट्रपति

काठमाण्डौ, २४ माघ- पाच महिना पहिले संविधान विपरित हिन्दीमा सपथ खाएको भन्दै सर्वोच्च अदालतले निस्कृय ठहर्र्याएका उपराष्ट्रपति परमानन्द झा आज बाट पुन क्रियाशिल भएका छन्

गएको भदौ १५ गते बाट निस्किृय भएका उपराष्ट्रपति झाले आज मैथली र नेपालीमा आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेपछी उनी सक्रिय भएका हुन । आगामी फागुन ३ गते बाट राष्ट्रपति रामबरण यादबले भारत भ्रमण गर्न लागेको बेला उनको अनुपस्थितिमा राष्ट्र प्रमुखको अनुपस्थिति हुन नदिनका निम्ति सरकारले गएको दुई महिना यता उनको पद क्रियाशिल गराउन कम्मर कसे बमोजिम आज बाट उनी पुन बैधानिक रूपले उपराष्ट्रपति भएका हुन ।

राष्ट्रपति भवन शितल निवासमा अपरान्ह ३ बजेर ४२ मिनेटको समयमा झालाई राष्ट्रपति रामबरण यादवले सपथ खुवाएका थिए । यस अघि उपराष्ट्रपति हुने समयमा धोतीमा आएका झा आज भने राष्ट्रिय पोसाक दौरा र सुरूवालमा उपस्थित भई सपथ लिएका थिए । हिन्दी भाषामा सपथ लिएका कारण आलोचित बनेका झाले आज भने मैथलीमा सपथ लिएर पुन सवैलाई एउटा नया बहस गर्ने विषय थपिदिएका छन् ।

अपरान्ह भएको सितल निवासमा आयोजित एक औपचारिक कार्याक्रममा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग, प्रधानन्यायधिस अनुपराज शर्मा, प्रधानसेनापति छत्रमान् सिह गुरूङ लगायत विभिन्न दलका नेताहरू, संवैधानिक निकायका पदाधिकारीहरू, कुटनितिक नियोगका प्रमुखहरूको उपस्थिति थियो । यस्तै उता प्रतिपक्ष दलका तर्फबाट उपस्थित हुने नेताका लागि छुट्टै स्थान छुट्याइएता पनि प्रतिपक्षको तर्फबाट कसैको उपस्थिति थिएन् ।

राष्ट्रपति यादव र काग्रेस सभापति कोइरालाबीच भेटवार्ता

काठमाण्डौ, २४ माघ- राष्ट्रपति डा रामबरण यादव काग्रेस सभापति गिरिजा प्रसाद कोइराला बीच भेटवार्ता भएको

कोइरालालाई भेट्न आज विहान महाराजगंज स्थित उनको निवास पुगेका राष्ट्रपति यादवले कोइरालाको पछिल्लो स्वास्थ्य अवस्था, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं राजनीतिक निकासका निम्ति गठन गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रका विषयमा कोइराला समक्ष छलफल गरेको बुझिएको छ । दुई दिन यता झाडापखाला बाट अस्वस्थ्य भएका कोइरालालाई भेट्न यादव महाराजगंज पुगेतापनि राजनीतिक संयन्त्रका विषयमा निकै चासो व्यक्त गरेको स्रोतले बताएको छ । यस्तै सो भेटमा कोइरालाले राष्ट्रपतिलाई मानमर्दन हुने कुनै काम आफुबाट नहुने प्रतिवद्धता व्यक्त गरेको काग्रेस निकट स्रोतले जनाएको छ । यस्तै सो भेटमा राष्ट्रपति यादबले आगामी फागुन ३ गते बाट गर्ने ४ दिने भारत भ्रमणका विषयमा समेत जानकारी गराएको बुझिएको छ ।

एक भए राप्रपा र राजपा

काठमाण्डौ, २३ माघ- पूर्व पञ्चहरूको पार्टी राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच एकिकरण भएको छ ।

पाच बर्षपहिले राष्ट्रिय जनशक्तिका सूयबहादुर थापा छुटि्एर नया दुई पार्टी बनाए पछी दुई भएका पञ्च नेताहरूले संयुक्त रूपमा शनिबार पत्रकार सम्मेलन मार्फ एक भएको घोषणा गरेका हुन । जनशक्ति पार्टीका नेतृत्व गरिरहेका सूर्यबहादुर थापा र प्रजातन्त्र पार्टीको नेतृत्व गरिरहेका पशुपति शम्शेर राणाले जारी गरेको ११ बुदे सहमति पत्रमा तथा घोषणा बक्तव्यमा हस्ताक्षर गरी एक भएको घोषण गरेका हुन । यस्तै जारी गरिएको उक्त घोषणा पत्रमा एक बर्षभित्र पार्टीको महाधिवेशन गर्ने, राष्ट्रियता, एकता र अखण्डताको प्रश्न गम्भिर हुदै गएको लगायत प्रजातान्त्रिक शक्तिको अवस्था कमजोर हुदै गएका कारण लोकतन्त्र खतरमा परेको लगायत विषय उठान गरी दुई पार्टीको एकिकरण अपरिहार्य भएको भन्ने उल्लेख गरिएको छ । यस्तै पार्टी सञ्चालनका लागि राजनीतिक समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दिइएको जानकारी अनुसार राजनीतिक समितिको अध्यक्षता पालै पालो सूर्यबहादुर थापा र पशुपति शम्शेर जबराले गर्ने छन् ।

Thursday, February 4, 2010

पहिलो दिननै स्थगित भयो संयन्त्रको नियमित बैठक / प्रधानमन्त्री र काग्रेस सभापतिबीच भेटवार्ता / षयन्त्रको बैठकमा नियमित उपस्थित हुन कोइरालाको आग्रह

काठमाण्डौ, २१ माघ - आज बाट नियमित बस्ने भनिएको उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

संयन्त्रका सदस्य एवं एमाले अध्यक्ष झलनाथ खनाल पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी हुनुपर्ने भएकाले र अर्का सदस्य तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहालपनि पार्टीको आन्तरिक व्यस्थता जनाउदै बैठकमा सहभागी हुन नसक्ने बताएपछी संयन्त्रको बैठक स्थगित भएको हो ।

राजनीतिक निकास दिने उद्देश्यका साथ गएको पुस २२ गते गठन गरिएको उक्त संयन्त्रको बैठकलाई नियमित रूपले सञ्चालन गर्न गत पुस १५ गते बसेको षयन्त्रको तेस्रो बैठकले प्रत्येक साताको बिहिबार बिहान ९ बजे कोइराला निवासमा बस्ने सहमति गरेको थियो ।

प्रधानमन्त्री-काग्रेस सभापति भेटवार्ता

यस्तै प्रधानमन्त्री माधव कुमार नेपाल र काग्रेस सभापति गिरिजा प्रसाद कोइराला बीच भेटवार्ता भएको छ ।

आज विहान कोइरालालाई भेट्न उनकै निवास महाराजगंज पुगेका प्रधानमन्त्री नेपालले कोइराला समक्ष उच्च स्तरिय राजनीतिक षयन्त्र एवं सरकार परिवर्तनका विषयमा सार्वजनिक भईरहेका विभिन्न अभिव्यक्तिकाका बारेमा छलफल गरेको बुझिएको छ ।

यस्तै भेटपछी सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्रीले "शिविरमा रहेका माओवादी लडाकुको विषयमा दुई पक्ष छलफल भएको" बताए । साथै सो भेटमा लडाकुको व्यवस्थापन गर्ने सम्बन्धी कामलाई सबैपक्षसंग छलफल र सहमतिका साथ अगाडी बढाउन कोइरालाले अग्रह गरेका उनले बताए । यस्तै कोइरालाले "षयन्त्रको बैठकमा नियमित उपस्थित भई आफुलाई सहयोग गर्न समेत आग्रह गरेको" उनले बताए । यस्तै यो प्रस्तवालाई तपाई कस्तो रूपले हेर्नु हुन्छ नी रु भन्ने सञ्चारकर्मीको प्रश्नमा नेपालले त्यसालाई सकारात्मक लिएको बताए । षयन्त्र प्रति विभिन्न शंका र उपशंकाका टिप्पणीहरू आईरहेको बेला अचानक भएको उक्त भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

बल्ल टुङ्गीयो एमाले विवाद

काठमाण्डौ, २० माघ- एमाले भित्र एक बर्षयता संस्थापन पक्ष पार्टीका अन्य असन्तुष्ट पक्षबीच देखिदै आएको मतभेद टुङ्गीएको

८ औ महाअधिवेशन पश्चात तेस्रो पटक बुधबार बसेको एमाले पोलिटब्यूरो बैठकले महाधिवेशनबाट उत्पन्न भएको विधान एवं दस्तावेजको विवादलाई अन्त्य गर्दै नया ढङ्गबाट अगाडी बढ्ने निर्णय गरेको छ । बल्खु स्थित पार्टी कार्यालय मदननगरमा बसेको उक्त पोलिटब्यूरो बैठकले केपी ओलीले प्रस्तुत गरेको १९ पृष्ठ सुद्धी पत्र सहित अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिदै महासचिवर् इश्वर पोखरेलले पेश गरेको संशोधित विधानलाई पारित गरेपछी सो विवाद अन्त्य भएको हो ।


गत फागुनमा सम्पन्न ८ औ महाधिवेशन पश्चता बढेको विवादका सम्बन्धमा गत पुसमा बसेको एमाले पोलिटब्यूरो बैठकले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा दस्तावेज तथा विधानका सम्बन्धमा छलफल गर्ने गरी कार्यदल गठन गरेअनुरूप आजको बैठकले मुख्य चार वटा बुदामा विधान संशोधन गरेको बुझिएको छ ।


पोलिटब्यूरो बैठकले अब देखि माओवादीसंगको सम्बन्धलाई पनि फरक ढङ्गले अगाडी बढाउने निर्णय गरेको छ । एमाले सचिव युवराज ज्ञावालीले जारी गरेको विज्ञाप्त अनुसार एमालेले माओवादीसंग सहकार्य, संघर्ष र रूपान्तरणको नीति अवलम्बन गर्नेछ । भनी उल्लेख गरिएको छ । यस्तै यस अघि एमालेले माओवादीसंग एकता , रूपान्तरण र सहकार्यको नीतिलाई अगालेको थियो ।

यस्तै पोलिटब्यूरो बैठक भोली बिहिबार बिहान ११ बजे पुन बस्ने एमालेले जनाएको छ । भोलीको बैठकमा नया संविधान निर्माणका सम्बन्धमा बैठक केन्दि्रत हुने एव राज्य पुनर्संरचनाका सम्बन्धमा संविधानसभामा देखिएको विवादका सम्बन्धमा छलफल हुने बुझिएको छ ।

जेठ १५ लाई राष्ट्रिय दिवसको प्रस्ताव, राष्ट्रपतिको भारत भ्रमण तय

काठमाण्डौ, २० माघ- सरकारले नेपालको कुनै पनि राष्ट्रिय दिवस नभएको भन्दै गणतन्त्र घोषणा गरिएको मिति जेठ १५ लाई राष्ट्रिय दिवसको रूपमा मनाउने प्रस्ताव गर्ने भएको

प्रधानमन्त्री कार्यालय सिहदरबार आज बसेको मन्त्रीपरिषदको बैठकका निर्णय बारे जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले "गृह मन्त्रालयले राष्ट्रिय दिवसका लागि गरेको सो प्रस्तावलाई मन्त्रीपरिषदले र्सवसम्मतीले स्विकार्दै यस बारे अन्य दलहरूसंग छलफल गरी निर्णय गरिने" बताए । यस अघि लोकतन्त्र आगमन भएको दिन बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको नाममा राष्ट्रिय दिवसको रूपमा मनाउदै आइएको थियो ।

यस्तै मन्त्री परिषदको बैठकले फागुनको पहिलो साता राष्ट्रपतिले डा. रामबरण यादवले गर्ने भनेको भारत भ्रमणलाई समेत स्वीकृत प्रदान गरेको छ । साथै सो भ्रमणका लागि "२७ जनाको सरकारी टोली समेत चयन गरिएको" मन्त्री पोखरेलले जानकारी दिए । एक महिना पहिले भारत सेना अध्यक्षको माननार्थ पदावधी ग्रहण गर्न गएका प्रधानसेनापति छत्रमान् सिह गुरूङलाई भारतीय राष्ट्रपति प्रतिभा सिह पाटेलले समकक्षी रामबरण यादबलाई पठाएको निम्तो स्वीकार्दै सरकारले राष्ट्रपतिको भारत भ्रमण तय गरेको हो । राष्ट्रपति यादबले आगामी फागुन ३ गतेबाट आफ्नो चार दिने भारत भ्रमण गर्दै छन् ।

Wednesday, February 3, 2010

छैठौ डिभिजनमा रहेका ४ सय ९४ अयोग्य लडाकु घर फिर्ता

काठमाण्डौ, २० माघ- अनमिनले प्रमाणित नगरेका सुर्खेत स्थित दशरथपुरको छैठौ डिभिजनबाट ४ सय ९४ अयोग्य माओवादी लडाकुलाई आज घर फर्काइएको छ ।

अनमिनका प्रतिनिधि र मानवअधिकारवादीको रोहवरमा शिविरका अयोग्य लडाकुलाई राष्ट्रसंघले उपलब्ध गराएको १० हजार रूपैया र माओवादीले दिएको १२ हजार नगद साथै एक जोर कपडाका साथ उनीहरूलाई त्यहा बाट बिदाई गरिएको हो ।

तीन बर्षअगाडी दशरथपुर स्थित छैठौ डिभिजनको मातहतमा रहेका अन्य तीन साहायक शिविरहरू गुमि, कल्याण र लेखफर्सामा रहेका कुल ३ हजार ६ सय छपामार मध्ये ६ सय ३० जना छापामार लाई अनमिनले अयोग्य ठर्र्‍याएको थियो । यस्तै माओवादीका अनुसार छैठौ डिभिजनबाट आज ४ सय ९४ अयोग्य लडाकुलाई बिदाई गरिएको जनाएको छ । बाकी रहेका अन्य अयोग्य लडाकुहरू यस अघिनै घर विदामा बसेकाले उनीहरू आजको विदाई कार्याक्रममा उपस्थित नभएको उसले जनाएको छ ।

गएको पुस २३ गते बाट सिन्धुलीके दुधौली स्थित दोस्रो डिभिजनबाट सुरू गरिएको अयोग्य लडाकु बहिर्गमन प्रक्रिया यसै यसै महिना सक्ने कार्यतालिका रहेको छ । यस्तै यस अघि सिन्धुलीको दोस्रो डिभिजन, चितवनको शाक्तिखोर स्थित तेस्रो र इलामको चुलाचुली स्थित पहिलो र कैलालीको तालाबन्दी स्थित सातौ डिभिजनबाट अयोग्य लडाकुहरू घर फिर्ता भई सकेका छन् ।

२४ घण्टे धर्नामा नागरिक अगुवा

काठमाण्डौ, १९ माघ- समयमै संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका निम्ति राजनीतिक दललाई दबाव दिने उद्देश्यका साथ नागरिक आन्दोलनका अगुवाहरू २४ घण्टे नागरिक खबरदारी धर्ना कार्याक्रममा उत्रिएका छन् ।


संविधान निर्माण गर्ने थलो संविधानसभा भवन नयाबानेश्वर अगाडी आज १ बजेबाट सुरू गरिएको सो धर्ना भोलि बुधबार दिउसो १ बजे सम्म जारी रहने छ । यस्तै धर्नामा उत्रिएको नागरिक आन्दोलनका अगुवाहरूले आम जनताले व्यहोर्नु परिरहेको महङ्गी, अभाव, असुरक्षा, सार्वजनिक अनुशासनहीनता, दण्डहिनता र अराजकता प्रति दलहरूउदसिन भएको भन्दै २४ घण्टे खबरदारी धर्ना आयोजना गरिएको बताएका छन् । यस्तै उनीहरूले बृस्तृत शान्ति सम्झौतालाई अक्षरश: पालना गर्न लगायत गणतन्त्र सुनिश्चित गर्न दलहरूसंग आग्रह समेत गरेका छन् । धर्नामा नागरिक आन्दोलनका तर्फबाट डा सुन्दरमणी दिक्षित, पध्मरत्न तुलाधर, देवेन्द्र राज पाण्डे, कृष्ण पहाडी, खगेन्द्र संग्रयौला, श्याम श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरी लगायत रहेका छन् ।

Monday, February 1, 2010

राष्ट्रपति-प्रधानमन्त्री भेघाट, षयन्त्रको बैठकमा प्रधानमन्त्री नजाने

काठमाण्डौ,१९ माघ- राष्ट्रपति डा। रामबरण यादव प्रधानमन्त्री माधव कुमार नेपाल बीच आज विहान भेटवार्ता भएको

राष्ट्रपति कार्यालय शितल निवासमामा भएको उक्त भेटवार्तामा प्रधानमन्त्री नेपालले हिजो र अस्ति बसेको १० दलको बैठकका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको बुझिएको छ । यस्तै सो भेटमा शंसकित हुदै प्रधानमन्त्री नेपालले उच्च स्तरिय राजनीतिक संयन्त्रले समानान्तर सरकारको काम गरेको भन्दै राष्ट्रपति समक्ष गुनासो समेत व्यक्त गरेको स्रोतले बताएको छ । यस्तै स्रोतका अनुसार राष्ट्रपति यादब समक्ष प्रधानमन्त्री नेपालले बाध्यात्मक परिस्थितिमा मात्र आफुलाई षयन्त्रमा समावेश गरिएको भन्दै असन्तोष व्यक्त गरेको बुझिएको छ । असन्तोषका बाबजुत षयन्त्रको आगामी बैठकमा प्रधानमन्त्री सामेल नुहुने समेत कुरा भएको स्रोतले बतायो । केही दिन यता उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकारको आलोचना खुलेआम रूपमा गरेको साथै सत्तारूढ काग्रेसभित्र समेत सरकार परिवर्तनको विषयमा भएको बहसको विषयमा समेत दुई पक्षबीच छलफल भएको बुझिएको छ ।

यस्तै राष्ट्रपति डा. रामबरण यादबले "संविधान निर्माण हुने समयमा सरकार परिवर्तन गर्न खोजेको प्रति आफु चिन्तित रहेको" भेटपछी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले बताए ।

राजधानीमा माओवादी लडाकु नउतार : १० दल

काठमाण्डौ, १८ माघ- सत्तारूढ दश दलको बैठकले माओवादीलाई जनयुद्धको दिवसको अबसरमा टुडिखेलमा लडाकु नउतार्न आग्रह गरको

सोमबार साझ प्रधानमन्त्री कार्यालय सिहदरबारमा बसेको सत्तारूढ दश दलको बैठकले आगामी फागुन गते माओवादी जनयुद्ध दिवसको सर्न्दर्भमा राजधानीमा मार्च पास एवं परेट प्रदर्शन गर्ने समाचारहरू सार्वजनिक भएको प्रति अपत्ती जनाउदै माओवादीको सो क्रियाकलापले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा गम्भिर असर पर्ने भन्दै सो कार्य नगर्न माओवादीलाई आग्रह गरेको हो २०५२ साल फागुन गतेबाट शसस्त्र जनयुद्ध थालेको माओवादीले प्रत्येक बर्ष फागुन गते जनयुद्ध दिवस मनाउने गरेको यस्तै गत बर्षमाओवादीले चितवनको शक्तिखोर स्थित तेस्रो डिभिजनमा जनयुद्ध दिवस मनाएको थियो

यस्तै सत्तारूढ दलको सो आग्रह प्रति आपत्ती जनाउदै माओवादीले सरकारको मातहतमा माओवादी सेना आईनसेकेकाले जनयुद्ध दिवसमा लडाकुको उपस्थित रहने बताएको तर्सथ माओवादी लडाकुको प्रति आधिकारिक अधिकार केबल माओवादीमा मात्र रहेको बताएको यस्तै माओवादीले शिविरका लडाकुहरू खेलकुद प्रतियोगितमा मात्र सहभागी हुने बताएकाले त्यस प्रति आपत्ती नजनाउन सरकारलाई अग्रह गरेको

माओवदी र एमालेले संस्थागत निर्णय गरे काग्रेसले सरकारको नेतृत्व गर्ने

काठमाण्डौ, १८ माघ- नेपाली काग्रेसले राष्ट्रिय सहमति सहितको नया सरकारको नेतृत्व गर्ने मौन इच्छा प्रकट गरको छ ।

जारी राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठकमा "माओवादी र एमालेले संस्थागत रूपमा सरकारको नेतृत्व नेपाली काग्रेसलाई गर्न दिने निर्णय गरे सरकारको नेतृत्व गर्न काग्रेस तयार रहेको" बैठकमा सहभागी काग्रेस प्रवक्ता अर्जुननर सिह केसीले बताएका छन् । यस्तै उनले आजको बैठकमा संयन्त्रको तेस्रो बैठकले राज्य पुर्नसंरचना आयोग गठन सम्बन्धमा गरेको सैदान्तिक सहमतिलाई सकारात्मक ठान्दै सो आयोगका बारे संविधानसभा अध्यक्ष सुभाष नेम्बाङ्गसंग छलफल गरी निर्णय गरिने सहमति भएको बताए ।

संयन्त्रका संयोजक एवं काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगंजमा दुई घण्टा सम्म बसेको सो संयन्त्रको बैठक पश्चात सञ्चारकर्मीहरूसंग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले "आजको बैठकमा सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको बताएका छन् । राजनीतिक गतिरोध अन्त्यका सम्बन्धमा मात्र छलफल केन्दि्रत रहकाले आगामी बिहिबार बस्ने संयन्त्रको नियमित बैठकमा साझा संकल्प प्रस्तावमा सहमति हुने' बताए । यस्तै आजको बैठकमा राजनीतिक निकासका निम्ति साझा संकल्प प्रस्तावका विषयमा छलफल हुने बताईएको थियो । ८ महिना पहिले सेनापति प्रकराणका सम्बन्धमा राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै सो बिषयमा संसदमा छलफल हुनुपर्ने माग राख्दै एकिकृत माओवादीले आन्दोलन गरिरहेका कारण सबैलाई मान्य हुने गरी साझा संकल्प प्रस्ताव तयार गरिएतापनि विविध कारणवस सो प्रस्तावलाई संसदमा प्रवेश गर्राईएको थिएन ।


यस्तै एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले "संयन्त्रको बैठक सकारात्मक दिशातर्फअघि बढिरहेका कारण तत्काललाई माओवादीका तर्फबाट कुनै आन्दोलनका कार्याक्रम नगरिने" बताए । यस अघि ५ दिन सम्म बसी हिजो अन्त्य भएको माओवादी स्थायी समितिको बैठकले आज बस्ने संयन्त्रको बैठकको निर्णय अनुसार थप चौथो चरणको आन्दोलनको कार्याक्रम सार्वजनिक गर्ने बताएको थियो ।