काठमाण्डौ,२७ माघ- गत आईतबार लाजिम्पाट स्थित फ्रान्सेली दुतावास नजिकै टेलिभिजन उद्यमी तथा स्पेशटाइम नेर्टवर्कका अध्यक्ष जमिम शाह माथि भएको आक्रमण र त्यस बारे सरकारले देखाएको निर्लजत्ताको विरोधमा आज नेपाल पत्रकार महासंघको अगुवाईमा सम्पूर्ण सञ्चार गृहका पत्रकारहरू साथै विभिन्न क्षेत्रका उद्यमीले मौन जुलुस निकालेका छन् ।
दोषीलाई समयमै पक्रिनका निम्ति सरकारलाई दबाब दिने उद्देश्यका साथ अपरान्ह साढे ३ बजे भृकृटीमण्डपबाट सुरू गरिएको उक्त मौन जुलुस पुतलीसडक, बागबजार हुदै रत्नपार्कको शान्ति बाटिका पुगेर कोणसभामा परिणत भएको थियो । नेपाल टेलिभिजन ब्रोडकाष्ट एसोशिएसनको समेत एक्यबद्धता रहेको उक्त र्यालीमा टिभिएनका अध्यक्ष आरके मानन्धर, नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशी, भास्कर राज राजकणिर्कार, चिकित्सक संघका अध्यक्ष केदार नरसिह केसी साथै कलाकार अशोक शर्मा समेतको उपस्थिति थियो ।
माघ २४ गते दिउसो दरबारमार्गमा रहेको होटल याक एण्ड यतीको हेल्थ क्लबबाट सावना बाथ लिएर पानीपोखरी स्थित आफ्नो निवास गइरहेका शाहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको र सो हत्या सम्बन्धमा ४० घण्टा वितिसक्दा पनि सरकारले कसैलाई पक्रन नसकेपछी पत्रकार तथा उद्यमीहरू आन्दोलनमा उत्रिएका हुन ।
No comments:
Post a Comment