Tuesday, February 9, 2010

संविधान निर्माणको कार्य द्रुत गतिमा अगाडी बढाऊ : नेम्वाङ्ग

काठमाण्डौ, २६ माघ- संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले बेलैमा संविधान निर्माण गर्न सबै सभासद तथा नेताहरूलाई आग्रह गरेका छन् ।

सासंदहरूका लागि बाल स्वास्थ्य तथा खोप कार्याक्रमको एक गोष्ठीको उदघाटन गर्दै सभा अध्यक्ष नेम्वाङ्गले "अन्य काम छाडी सभासदहरूले संविधान निर्माण कार्यमा आफ्नो ध्यान केन्दि्रत गर्नु पर्ने" बताए । यस्तै उनले ूभावी संविधानका निम्ति तयार गरिएको मस्यौदा संविधान सभामा प्रस्ततु भई छलफल समेत भई सकेकाले जेठ १४ गते भित्र संविधान निर्माण गरिसक्नु पर्ने" बताए । साथै उनले समयमै संविधान निर्माण कार्य सम्पन्न गरी जनतालाई दिगो शन्ति को अनुभुति दिन दलहरूले व्यक्तिगत स्वार्थ छाडनु पर्ने बताए ।

यस्तै कार्याक्रममा उपस्थित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरीले "बाल स्वस्थय कार्याक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने" बताएका छन् । गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले उपयुक्त नितिको अभावमा बाल स्वास्थ्य कार्याक्रमले गति लिन नसकेको बताए । व्यवस्थापिका संसद अर्न्तरगतको महिला तथा बालबालिका समितिद्धारा अयोजित उक्त गोष्ठीमा श्रीलंका तथा कम्बोडियाका विधायकहरूको समेत उपस्थिति रहेको छ ।

No comments:

Post a Comment