Monday, February 15, 2010

संयन्त्रको बैठक निस्कर्ष विहिन

काठमाण्डौ, १ फागुन- राजनीतिक निकास दिने उद्देश्यका साथ गठन गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रको आजको बैठक निस्कर्षविहिन भएको छ ।

प्रधानमन्त्री माधव कुमार नेपालको आग्रहमा बसेको उक्त बैठकमा प्रधानमन्त्री नेपालले माओवादी लडाकुको व्यवस्थापन तथा समायोजन प्रक्रिया उच्च स्तरिय संयन्त्रले टुङ्गो लाउनु पर्ने तथा माओवादीले नया संविधान निर्माण एवं गतिरोध अन्त्यका लागि सरकार परिवर्तनको प्रस्ताव अघि सारेका कारण दुवै विषयमा प्रमुख तीन दलबीच मदभेद देखिएपछी बैठक निस्कर्ष विहिन भएको हो ।

महाराजगंज स्थित संयन्त्रका संयोजक एवं काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवासमा बसेको उक्त बैठक पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै संयन्त्रका सदस्य तथा एमाले अध्यक्ष झलनाथ खनालले "राजनीतिक गतिरोध अन्त्य पछी मात्रै सेना समायोजनका विषयका छलफल गर्नु पर्ने अडान माओवादीले राखेपछी बैठक स्थगित भएको" बताए । यस्तै उनले ूनया संविधान जारी हुनु अगावै माओवादी सेना समयोजन गर्ने एमाले-काग्रेसको प्रस्तावमा माओवादीले आपत्ती समेत जनाएको" बताए ।

यस्तै बैठकमा सहभागी माओवादी उपाध्याक्ष नारायणकाजी श्रेष्ठलले "पहिला राजनीतिक गतिरोध अन्त्य गरौ र त्यसपछी मात्र सेना समायोजनको विषयलाई अगाडी बढाउने प्रस्ताव आफुहरूले राखेको" बताए । यस्तै उनले "संयन्त्र गठन भएको यत्तिका दिन भई सक्दा पनि कुनै निकास ननिस्कएको भन्दै यसको औचित्य नै समाप्त भएको संन्देश जनतामा जान थालेको" बताए ।

यस्तै नेपाली काग्रेसका प्रवक्ता अर्जुन नरसिह केसीले ूबैठकमा सरकारमा एमालेकरण भएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकोू बताए । केही दिन यता सरकारमै रहेकी काग्रेस नेतृ तथा उपप्रधानमन्त्री सुजाता कोइरालाले मन्त्रीपरिषदको बैठक एमालेको जस्तो भनी असन्तुष्ट व्यक्त गरेकी थिइन् । साथै हिजो मात्र राजधानीमा आयोजित एक साक्षात्कारमा काग्रेस कार्यवाहक सभापति शुशिल कोइरालाले पनि सरकारमा एमाले करण भएको प्रति आपत्ती जनाएका थिए ।

यस्तै आजको बैठकमा काग्रेसका तर्फबाट सभापति गिरिजा प्रसाद कोइराल, शुशिल कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल त्यस्तै माओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्क्ष द्धोय नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टर्राई र एमालेको तर्फबाट अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, भरतमोहन अधिकारी रहेका थिए । यस्तै आमन्त्रित सदस्यको रूपमा रहेका प्रधानमन्त्री नेपाल भने बैठकमा केही बेर मात्र बसी फर्किएका थिए ।

No comments:

Post a Comment