Thursday, February 4, 2010

जेठ १५ लाई राष्ट्रिय दिवसको प्रस्ताव, राष्ट्रपतिको भारत भ्रमण तय

काठमाण्डौ, २० माघ- सरकारले नेपालको कुनै पनि राष्ट्रिय दिवस नभएको भन्दै गणतन्त्र घोषणा गरिएको मिति जेठ १५ लाई राष्ट्रिय दिवसको रूपमा मनाउने प्रस्ताव गर्ने भएको

प्रधानमन्त्री कार्यालय सिहदरबार आज बसेको मन्त्रीपरिषदको बैठकका निर्णय बारे जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले "गृह मन्त्रालयले राष्ट्रिय दिवसका लागि गरेको सो प्रस्तावलाई मन्त्रीपरिषदले र्सवसम्मतीले स्विकार्दै यस बारे अन्य दलहरूसंग छलफल गरी निर्णय गरिने" बताए । यस अघि लोकतन्त्र आगमन भएको दिन बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको नाममा राष्ट्रिय दिवसको रूपमा मनाउदै आइएको थियो ।

यस्तै मन्त्री परिषदको बैठकले फागुनको पहिलो साता राष्ट्रपतिले डा. रामबरण यादवले गर्ने भनेको भारत भ्रमणलाई समेत स्वीकृत प्रदान गरेको छ । साथै सो भ्रमणका लागि "२७ जनाको सरकारी टोली समेत चयन गरिएको" मन्त्री पोखरेलले जानकारी दिए । एक महिना पहिले भारत सेना अध्यक्षको माननार्थ पदावधी ग्रहण गर्न गएका प्रधानसेनापति छत्रमान् सिह गुरूङलाई भारतीय राष्ट्रपति प्रतिभा सिह पाटेलले समकक्षी रामबरण यादबलाई पठाएको निम्तो स्वीकार्दै सरकारले राष्ट्रपतिको भारत भ्रमण तय गरेको हो । राष्ट्रपति यादबले आगामी फागुन ३ गतेबाट आफ्नो चार दिने भारत भ्रमण गर्दै छन् ।

No comments:

Post a Comment