पहिलो पटक दर्शनका लागि पशुपतिका चारैवटा ढोका समेत खोलिएको कारण तथा व्यवस्थित लाईनका कारण् आयोजकले अपेक्षा गरे भन्दा करिब १ लाख बढी दर्शनार्थीहरूले मेला भरेका थिए । गत बर्ष करिब साढे ४ लाखले दर्शन गरेको शिवरात्रीमेलामा यस पालि ६ लाखले अबलोकन गर्ने पशुपति क्षेत्र विकास कोषको प्रारिम्भिक अनुमान भन्दा यो बर्ष दर्शनार्थीको संख्या बढेको कोषका प्रचारप्रसार समितिका सचिव राजेन्द्रराज राजोपाध्यले बताए । व्यवस्थित दर्शन प्रक्रया तथा स्वयमसेवकको अत्याधिक उपस्थितिका कारण यस पालिको शिवरात्री अन्य बर्षो भन्दा फरक र व्यवस्थित समेत भएको उनले बताए ।
यस्तै दर्शनका लागि कोषले हजारौको संख्यामा स्वयमसेवक तथा सुरक्षाकर्मीलाई खटाइएको थियो । चार स्थानबाट दर्शन गर्ने व्यवस्था गरिएको सो क्षेत्रको भिड नियन्त्रणका लागि ३ हजार जनपथ र ६ सय ६० सशस्त्र प्रहरी खर्टाईको थियो ।
यस्तै चाडो दर्शन गर्नका लागि कोषले यसपालि देखि टिकट सिस्टमको व्यवस्था समेत गरेको थियो । जसमा १ हजार रूपैया तिरेर टिकट काट्ने व्यवस्था समेत गरेको कारण ढिलोमा आधा घण्टा भित्र भक्तजनले दर्शन पशुपतिको दर्शन गर्ने व्यव्स्था गरिएको थियो ।
यस्तै पशुपतिनाथ दर्शनका लागि आज साझ साढे ५ बजे राष्ट्रपति डा। रामबरण यादव त्यहा पुग्ने पुगेका थिए । झण्डै १५ मिनेट पुजा आजा गरी फर्किएका यादव हिडेको डेढ घण्टामै पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल समेत त्यहा पुगी आरध्यदेव भगवान पशुपतिनाथको पुजा आजा गरेका थिए । भिभिई आउने भएपछी बेलुकी को समयमा सो क्षेत्रको सुरक्षा व्यवस्था अत्याधिक कडा बनाइएको थियौ ।
गौशाला क्षेत्रमा सवारी प्रवेशमा रोक
पशुपतिनाथ दर्शन गर्ने दर्शनार्थीको भिड बढेको कारण बेकुकी अबेर सम्म गौशला क्षेत्रमा कुनै पनि सवारी साधनलाई प्रवेश गर्न दिईएको थिएन । पूर्वमा सिनमंगल, उत्तरमा चावहिल मित्रपार्क, त्यस्तै रातोपुल र पुराने बानेश्वरबाट गौशाला प्रवेश गर्नै सम्पूर्ण सावरीलाई रोक लगाईएको थियो ।
दर्शनार्थीको भिड अत्याधिक भएका कारण सो क्षेत्रको वातावरण शान्त राख्नका लागि आज एक दिनलाई सो क्षेत्र लाई सवारी निषेधित क्षेत्र तोकिएको ट्राफिक प्रहरी महशाखाले जनाएको छ । यस्तै मेलामा सडकमा लागेको स-साना व्यापारका कारण सवारी आवागमनमा असर परेको भन्दै निषेधित क्षेत्र तोकिएको महाशाखाले जनाएको छ ।
No comments:
Post a Comment