राजधानीको कुमारी सिनेमा हलमा स्थित विभिन्न चलचित्रकर्मी, कलाकार तथा उद्योगीहरूकोबीच गरिएको उक्त प्रिमियर शो कार्याक्रममा सो चलचित्रमा अभिनय गर्ने कलाकार, लागयत प्राविधिकहरूको परिचय समेत गर्राईएको थियो । २ घण्टा २० मिनेट लामो यस चलचित्र सिनेमा स्कोप टु. के डिजिटल प्रविधि अर्न्तरगत ५.१ सराउण्डीङ्ग साउण्ड सिस्टममा बनाईएको हो । यस सिस्टमा साउण्ड राम्रो सुनिने तथा पर्दाको आधा भागमा मात्र देखिने दृश्यलाई पुरा भागमा देख्न सकिन्छ ।
राजकुमार श्रेष्ठको लेखन, हिमाल केसीको सस्तो द्धन्द्ध, शान्ता नेपालीको नृत्यु तथा दीपक श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रमा निखिल उप्रेती, राजबल्लभ कोइराला, युना उप्रेती, सुनिल थापा, हिउवाला गौतम लगायतको अभिनय रहेको छ । यस्तै आगमी फागुन ७ गतेबाट उपत्यका समेत प्रदर्शन हुन लागेको उक्त चलचित्र "अन्य नेपाली चलचित्र भन्दा केही फरक नभएको तर प्रस्तुतीकरण भने फरक रहेको" चलचित्रका प्रस्तुतकर्ता प्रदिप कुमार उदले बताए । यस्तै चलचित्रका निर्देशक दीपक श्रेष्ठले "सवै माया गर्ने मायालुहरूका लागि यो चलमा चित्र निर्माण गरिएको" बताए । साथै उनले "माया केबल आलिङ्गनमा हुदैन, माया केबल सामिप्यतामा हुदैन, माया त त्यागमा हुन्छ, माया त तपस्यामा हुन्छ र माया त विछोडमा पो.......... थाहा हुन्छ भन्ने कुरालाई यस चलचित्रमा प्रमुखताका साथ प्रस्ततु गरिएको" बताए ।
No comments:
Post a Comment