Tuesday, February 9, 2010

आजबाट टियू एफएम सञ्चालनमा आउने

काठमाण्डौ, २७ माघ- विद्यार्थीका निम्ति नेपालमा पहिलो पटक क्याम्पसमा स्थापना गरिएको टियू एफएमले आज बाट आफ्नो परिक्षण प्रसारण सुरू गर्ने भएको

राजधानीको भृकुटी मण्डप स्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा करिब ८ बर्षअघि स्थापना गरिएको उक्त एफएम "आज दिउसो १ बजेबाट १ सय ७ मेघाहर्जमा नियमित दैनिक ३ घण्टाका दरले प्रसारित हुने" सो क्याम्पसका स्ववियु सभापति राजकुमार राईले बताए । ३२ लाखको लागानीमा निर्माण गरिएको सय वाट क्षमताको सो स्टेशनबाट नितान्त रूपमा विद्यार्थीसंग सम्बन्धीत क्षैक्षिक जानकारीका विषय तथा खबरहरूलाई प्राथामिकताका साथ प्रसारण गरिने उनले बताए । २०१६ सालमा मानविकी संकाय मात्र पर्ढाई हुने गरी स्थापना भएको उक्त क्याम्पस पत्रकारिता अध्ययनका लागि निकै नाम कमाएको शैक्षिक संस्था हो ।




आजबाट परिक्षण प्रसारणमा आउन लागेको टियू एफएमको बारेमा रत्न राज्य लक्ष्मी क्याम्पसका स्ववियु सभापति राजकुमार राईसंग गरिएको कुराकानी

सय वाट क्षमताको यो एफएम कहा-कहा सुन्न सकिन्छ ?

उपत्यका भित्र र त्यस आसपासका क्षेत्रमा यो एफएमलाई सुन्न सकिन्छ ।

तत्काल कति घण्टाका दरले परिक्षण प्रसारण गरिन्छ ?
तत्काल ३ देखि ४ घण्टाका दरले कार्याक्रम प्रसारण गरिने छ । तर केही दिन पछी बिहान र बेलुका प्रसारण गरिने कुरामा छलफल भई रहेको छ ।

स्टेशन निर्माणका लागि कति लागत लागेको छ ?

एक्जयाक्ट यसको लागतको विषयमा फाइनल भई सकेको छैन तर करिब-करिब ३० देखि ३५ लाखको लागनी लागेको अनुमान गर्न सकिन्छ ।

स्टेशन निर्माणका लागि कसैले आर्थिक सहयोग गरेको छ, कि छैन ?

यसमा कसैले सहयोग गरेका छैनन् । यसमा आन्तरिक कलेज र यस क्याम्पसमा भर्ना हुने प्रत्येक विद्यार्थीबाट ५० रूपैयाको दरले उठाएको शुल्कबाट यो स्टेशन निर्माण गरिएको हो ।


यसमा कस्ता किसिमका कार्याक्रमहरू उत्पादन गरिन्छ त ?

यसमा विशेष गरी शैक्षिक कार्याक्रम र शैक्षिक गतिविधिलाई समेटेर कार्याक्रम उत्पादन गरिन्छ ।


यस स्टेशनबाट विद्यार्थीहरूलाई के फाईदा हुन्छ त ?

यसबाट विद्यार्थीहरूलाई धेरै फाइदा पुग्छ भन्ने हाम्रो अनुमान छ । साथै रेडियो पत्रकारित पढेका विद्यार्थीहरूलाई रेडियो सम्बन्धी जानकारी लिन साथै बाहिर अन्य इन्स्च्युटमा महंगो शुल्क तिरेर रेडियो सम्बन्धी तालिम लिईरहेको विद्यार्थीहरूलाई सहजताका साथ यहा बाट सो सेवा प्रत्यक्ष रूपमा लिन सक्दछन । साथै रेडियो पत्रकारिता गर्नका लागि विद्यार्थीहरूलाई यसले निकै सहयोग पुर्र्‍याउछ हाम्रो विश्वास छ ।

दुई महिना अगाडीनै यो एफएम परिक्षण प्रसारणमा आउने भन्ने समाचारहरू सार्वजनिक भएका थिए तर किन ढिलो भयो ?

हामिले त्यति बेलानै एफएम प्रसारण गर्ने भनेका त थियौ तर स्टेशनका लागि अवश्यक पर्ने ट्रान्समिटर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको भन्सारबाट सकेसम्म निशुल्क निकाल्ने प्रयत्न गरेका कारण भनिएको समयमा एफ एम सञ्चालनमा आउन सकेन ।

No comments:

Post a Comment