काठमाण्डौ, ३ फागुन- चार दिने राजकीय भ्रमणका लागि राष्ट्रपति रामवरण यादव आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
२७ सदस्य सरकारी टोलीका साथ नया दिल्ली गएका यादवले भारते नेपाललाई गर्ने भनेको विभिन्न चार विषयको सम्झौता पत्रमा हस्ताक्षर समेत गर्ने भएका छन् । राष्ट्र ध्वाजा बाहक विमान नेपाल बायु सेवा निगमको नियमति उडानबाट बिहान सवा ११ बजे भारत प्रस्थान गरेका यादबले भारतीय समकक्षी प्रतिभा सिह पाटेल, भारतीय प्रधानमन्त्री मनमोहन सिह, काग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, लगायतका विभिन्न नेताहरूसंग भेट्ने कार्याक्रम रहेको छ ।
राष्ट्रपति यादवको विदाईका लागि उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधव कुमार नेपाल, संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग लगायतका मन्त्रीहरू अर्न्तराष्ट्रिय विमान स्थलमा पुगेका थिए ।
भारतीय राष्ट्रपति प्रतिभा सिह पाटेलको निमन्त्रणामा गणतन्त्र नेपालको पहिलो राष्ट्र प्रमुखको हैसियतमा यादवको उक्त भ्रमणमा "हेटौडा पोलिटेक्निक इन्सच्युट रेलमार्ग, हवाई यातायात र विराटनगरमा नेपाल भारत मैत्री सभाभवन निर्माणको समझदारी पत्रमा हस्ताक्षर हुने" राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । रेलवे सेवा अर्न्तगत नेपाल भारतका विभिन्न पाच स्थानमा भारतले सहयोग गरिदिने बताएको छ । बिराटनगर-जोगबनी, नौतनवा- भैरहवा, भैरहवा- विजुलापुर, विजुलापुर- जयनगर र नेपाल गञ्जका लागि रेलवे सेवामा सम्झौता हुने छ ।
साता अघि बसेको मन्त्री परिषदको बैठकले भारतसंग हुने ती ४ सम्झौतामा हुने हस्ताक्षरका लागि राष्ट्रपतिलाई स्वीकृत प्रदान गरेको थियो । भोली मात्र राजनीतिक भेटघाटमा व्यस्त हुने राष्ट्रपति यादव पवित्र तिर्थ स्थल हरिद्धारको समेत भ्रमण गर्ने कार्याक्रम रहेको छ । यादव आगामी बिहिबार स्वदेश र्फकने कार्याक्रम रहेको छ ।
४ दिनका लागि झा राष्ट्रपति
यस्तै राष्ट्र प्रमुखको अनुपस्थितिमा ४ दिनका लागि राष्ट्रपति रामबरण यादवले आफ्नो कार्यभार उपराष्ट्रपति परमानन्द झालाई दिएका छन् ।
सपथ प्रकरण संगै विवादि बनेका उपराष्ट्रपति झालाई सर्वोच्च अदालतले निस्कृय बनाए पश्चात उनी ६ महिना सम्म निस्कृय भएका थिए । राष्ट्रपतिको भारत भ्रमण हुने तय भएपछी सरकारले संविधानको सातो संशोधन गरी गत माघ २४ गते पुन नेपाली र मैथलीमा सपथ गरे पछी उनी सक्रिय भएका थिए । तर्सथ आजबाट उनले ४ दिन सम्म कार्यभार सम्हाल्ने छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट
यस्तै आजै प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रपतिले गर्ने चार दिने भारत भ्रमणका सम्बन्धमा राष्ट्रपति समक्ष जानकारी लिएका छन् ।
राष्ट्रपति भारत प्रस्थान गर्नु अगावै उनलाई भेट् शितल निवास पुगेका नेपालले "राष्ट्रपति रामबरण यादव समक्ष भारत भ्रमण र त्यस संगै हुन लागेको दुई देश वीचको सम्झौताका सम्बन्धमा छलफल गरेको" प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताएका छन् । यस्तै शिष्टाचार भनिएको उक्त भेटमा राष्ट्रपतिले भारत भ्रमणका सम्बन्धमा आवश्यक सुझाव प्रधानमन्त्री संग लिएको रिजालले बताए ।
No comments:
Post a Comment