Monday, February 1, 2010

माओवदी र एमालेले संस्थागत निर्णय गरे काग्रेसले सरकारको नेतृत्व गर्ने

काठमाण्डौ, १८ माघ- नेपाली काग्रेसले राष्ट्रिय सहमति सहितको नया सरकारको नेतृत्व गर्ने मौन इच्छा प्रकट गरको छ ।

जारी राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठकमा "माओवादी र एमालेले संस्थागत रूपमा सरकारको नेतृत्व नेपाली काग्रेसलाई गर्न दिने निर्णय गरे सरकारको नेतृत्व गर्न काग्रेस तयार रहेको" बैठकमा सहभागी काग्रेस प्रवक्ता अर्जुननर सिह केसीले बताएका छन् । यस्तै उनले आजको बैठकमा संयन्त्रको तेस्रो बैठकले राज्य पुर्नसंरचना आयोग गठन सम्बन्धमा गरेको सैदान्तिक सहमतिलाई सकारात्मक ठान्दै सो आयोगका बारे संविधानसभा अध्यक्ष सुभाष नेम्बाङ्गसंग छलफल गरी निर्णय गरिने सहमति भएको बताए ।

संयन्त्रका संयोजक एवं काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगंजमा दुई घण्टा सम्म बसेको सो संयन्त्रको बैठक पश्चात सञ्चारकर्मीहरूसंग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले "आजको बैठकमा सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको बताएका छन् । राजनीतिक गतिरोध अन्त्यका सम्बन्धमा मात्र छलफल केन्दि्रत रहकाले आगामी बिहिबार बस्ने संयन्त्रको नियमित बैठकमा साझा संकल्प प्रस्तावमा सहमति हुने' बताए । यस्तै आजको बैठकमा राजनीतिक निकासका निम्ति साझा संकल्प प्रस्तावका विषयमा छलफल हुने बताईएको थियो । ८ महिना पहिले सेनापति प्रकराणका सम्बन्धमा राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै सो बिषयमा संसदमा छलफल हुनुपर्ने माग राख्दै एकिकृत माओवादीले आन्दोलन गरिरहेका कारण सबैलाई मान्य हुने गरी साझा संकल्प प्रस्ताव तयार गरिएतापनि विविध कारणवस सो प्रस्तावलाई संसदमा प्रवेश गर्राईएको थिएन ।


यस्तै एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले "संयन्त्रको बैठक सकारात्मक दिशातर्फअघि बढिरहेका कारण तत्काललाई माओवादीका तर्फबाट कुनै आन्दोलनका कार्याक्रम नगरिने" बताए । यस अघि ५ दिन सम्म बसी हिजो अन्त्य भएको माओवादी स्थायी समितिको बैठकले आज बस्ने संयन्त्रको बैठकको निर्णय अनुसार थप चौथो चरणको आन्दोलनको कार्याक्रम सार्वजनिक गर्ने बताएको थियो ।

No comments:

Post a Comment