राजधानी लगायत देशका विभिन्न स्थानमा परिरेहेको उक्त झरीले सबै क्षेत्रको जनजिवन कस्टकर हुदै गएको छ । अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण गए राति बाट सुदुर पश्चिमका केही स्थानमा हिमपात समेत भएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार बैतडी, बझाङ जुम्ला, र डढेल्धुराको, जाजरकोट क्षेत्रमा बाक्लो हिमपात परेको छ । हिमपातका कारण सो जुम्लामा हवाईजाहाज समेत उड्न सकेको छैन । यस्तै विजुलीको तारमा हिउ जमेपछी सो क्षेत्रमा विजुली सेवा लगायत टेलिफोन समेत अवरूद्ध भएको जनाइएको छ । अत्याधिक हिउलहर भएपछी सो क्षेत्रका विद्यालय समेत बन्द गरिएको छ । यस्तै उता गोरखामा पनि अगि विहान बाट हिमपात सुरूभएको छ । सो क्षेत्रका आधा दर्जन गाविसमा हिमपातले जनजिवन कष्ट कर बनाएको बताईको छ ।
हिउद महिनामा करिब १० बर्षछी यसरी झरी परेका कारण चिसिदै गएको मौसम अझै दुई दिन सम्म रहने मौसम विदहरूले बताएका छन् । उनीहरूले यो झरीले वातावरणका लागि हानी नपुर्र्याउने भन्दै झरीलाई सुखद रूपमा लिनु पर्ने बताएका छन् । यस्तै खेतमा गहु बाली लागाएका कृषकहरू पनि हिमपातका कारण खुशी भएका छन् । हिमपातले गहु फसल राम्रो हुने भन्दै कृषकहरू खुशी भएका हुन ।
No comments:
Post a Comment