काठमाण्डौ, १९ माघ- समयमै संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनका निम्ति राजनीतिक दललाई दबाव दिने उद्देश्यका साथ नागरिक आन्दोलनका अगुवाहरू २४ घण्टे नागरिक खबरदारी धर्ना कार्याक्रममा उत्रिएका छन् ।संविधान निर्माण गर्ने थलो संविधानसभा भवन नयाबानेश्वर अगाडी आज १ बजेबाट सुरू गरिएको सो धर्ना भोलि बुधबार दिउसो १ बजे सम्म जारी रहने छ । यस्तै धर्नामा उत्रिएको नागरिक आन्दोलनका अगुवाहरूले आम जनताले व्यहोर्नु परिरहेको महङ्गी, अभाव, असुरक्षा, सार्वजनिक अनुशासनहीनता, दण्डहिनता र अराजकता प्रति दलहरूउदसिन भएको भन्दै २४
घण्टे खबरदारी धर्ना आयोजना गरिएको बताएका छन् । यस्तै उनीहरूले बृस्तृत शान्ति सम्झौतालाई अक्षरश: पालना गर्न लगायत गणतन्त्र सुनिश्चित गर्न दलहरूसंग आग्रह समेत गरेका छन् । धर्नामा नागरिक आन्दोलनका तर्फबाट डा सुन्दरमणी दिक्षित, पध्मरत्न तुलाधर, देवेन्द्र राज पाण्डे, कृष्ण पहाडी, खगेन्द्र संग्रयौला, श्याम श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरी लगायत रहेका छन् ।
No comments:
Post a Comment