Thursday, February 4, 2010

पहिलो दिननै स्थगित भयो संयन्त्रको नियमित बैठक / प्रधानमन्त्री र काग्रेस सभापतिबीच भेटवार्ता / षयन्त्रको बैठकमा नियमित उपस्थित हुन कोइरालाको आग्रह

काठमाण्डौ, २१ माघ - आज बाट नियमित बस्ने भनिएको उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

संयन्त्रका सदस्य एवं एमाले अध्यक्ष झलनाथ खनाल पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी हुनुपर्ने भएकाले र अर्का सदस्य तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहालपनि पार्टीको आन्तरिक व्यस्थता जनाउदै बैठकमा सहभागी हुन नसक्ने बताएपछी संयन्त्रको बैठक स्थगित भएको हो ।

राजनीतिक निकास दिने उद्देश्यका साथ गएको पुस २२ गते गठन गरिएको उक्त संयन्त्रको बैठकलाई नियमित रूपले सञ्चालन गर्न गत पुस १५ गते बसेको षयन्त्रको तेस्रो बैठकले प्रत्येक साताको बिहिबार बिहान ९ बजे कोइराला निवासमा बस्ने सहमति गरेको थियो ।

प्रधानमन्त्री-काग्रेस सभापति भेटवार्ता

यस्तै प्रधानमन्त्री माधव कुमार नेपाल र काग्रेस सभापति गिरिजा प्रसाद कोइराला बीच भेटवार्ता भएको छ ।

आज विहान कोइरालालाई भेट्न उनकै निवास महाराजगंज पुगेका प्रधानमन्त्री नेपालले कोइराला समक्ष उच्च स्तरिय राजनीतिक षयन्त्र एवं सरकार परिवर्तनका विषयमा सार्वजनिक भईरहेका विभिन्न अभिव्यक्तिकाका बारेमा छलफल गरेको बुझिएको छ ।

यस्तै भेटपछी सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्रीले "शिविरमा रहेका माओवादी लडाकुको विषयमा दुई पक्ष छलफल भएको" बताए । साथै सो भेटमा लडाकुको व्यवस्थापन गर्ने सम्बन्धी कामलाई सबैपक्षसंग छलफल र सहमतिका साथ अगाडी बढाउन कोइरालाले अग्रह गरेका उनले बताए । यस्तै कोइरालाले "षयन्त्रको बैठकमा नियमित उपस्थित भई आफुलाई सहयोग गर्न समेत आग्रह गरेको" उनले बताए । यस्तै यो प्रस्तवालाई तपाई कस्तो रूपले हेर्नु हुन्छ नी रु भन्ने सञ्चारकर्मीको प्रश्नमा नेपालले त्यसालाई सकारात्मक लिएको बताए । षयन्त्र प्रति विभिन्न शंका र उपशंकाका टिप्पणीहरू आईरहेको बेला अचानक भएको उक्त भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

No comments:

Post a Comment