रातो गुलाब प्रेमको प्रतिकको रूपमा लिइनाले यतिबेला गुलाबको मूल्य आकासिएको छ । प्रेमका विभिन्न आकृति तथा प्रतिक एवं ग्रिटिङ कार्ड मार्फत यो दिवसलाई प्रेमी प्रेमिकाले मनाउने गर्दछन । आजको दिन क्याफे, रेष्टुरा पार्क तथा सिनेमाहलमा प्रेमी जोडीको भिड भाड समेत लागेको छ ।
एक कथन अनुसार सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाउडियस दृतियको आदेश विरूद्ध गएको आरोपमा मृत्यु दण्ड दिइएको थियो । क्लाउडियसले महिला संगको सम्बन्धले आफ्ना सैनिकलाई कमजोर बनाउला भनेर युवालाई प्रेम र विहे गर्न रोकेका थिए । तर त्यो कुरा क्रिश्चियन धर्म विरूद्ध हुने भएकाले चर्चमा हुने बिबाहलाई जारी राख्दै भ्यालेन्टाइनले युवालाई विहे र प्रेमका लागि प्रेरित गरेका गरे । त्यसैले क्लाउडियसको आदेशमा भ्यालेन्टाइनलाई पक्रेर आजकै दिन १४ फ्रेबुअरीमा उनलाई मृत्यु दण्ड दिएको थियो । यस्तै भ्यालेन्टाइनका र्समर्थकहरूले आजकै दिनलाई हरेक बर्ष भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइदै आएको हो ।
No comments:
Post a Comment