काठमाण्डौ, २० माघ- अनमिनले प्रमाणित नगरेका सुर्खेत स्थित दशरथपुरको छैठौ डिभिजनबाट ४ सय ९४ अयोग्य माओवादी लडाकुलाई आज घर फर्काइएको छ ।
अनमिनका प्रतिनिधि र मानवअधिकारवादीको रोहवरमा शिविरका अयोग्य लडाकुलाई राष्ट्रसंघले उपलब्ध गराएको १० हजार रूपैया र माओवादीले दिएको १२ हजार नगद साथै एक जोर कपडाका साथ उनीहरूलाई त्यहा बाट बिदाई गरिएको हो ।
तीन बर्षअगाडी दशरथपुर स्थित छैठौ डिभिजनको मातहतमा रहेका अन्य तीन साहायक शिविरहरू गुमि, कल्याण र लेखफर्सामा रहेका कुल ३ हजार ६ सय छपामार मध्ये ६ सय ३० जना छापामार लाई अनमिनले अयोग्य ठर्र्याएको थियो । यस्तै माओवादीका अनुसार छैठौ डिभिजनबाट आज ४ सय ९४ अयोग्य लडाकुलाई बिदाई गरिएको जनाएको छ । बाकी रहेका अन्य अयोग्य लडाकुहरू यस अघिनै घर विदामा बसेकाले उनीहरू आजको विदाई कार्याक्रममा उपस्थित नभएको उसले जनाएको छ ।
गएको पुस २३ गते बाट सिन्धुलीके दुधौली स्थित दोस्रो डिभिजनबाट सुरू गरिएको अयोग्य लडाकु बहिर्गमन प्रक्रिया यसै यसै महिना सक्ने कार्यतालिका रहेको छ । यस्तै यस अघि सिन्धुलीको दोस्रो डिभिजन, चितवनको शाक्तिखोर स्थित तेस्रो र इलामको चुलाचुली स्थित पहिलो र कैलालीको तालाबन्दी स्थित सातौ डिभिजनबाट अयोग्य लडाकुहरू घर फिर्ता भई सकेका छन् ।

No comments:
Post a Comment