Tuesday, February 9, 2010

प्रधानमन्त्रीलाई सार्क को निम्तो, नेपालका शरणार्थी फिर्ता लैजान भुटानसंग आग्रह

काठमाण्डौ, २७ माघ- दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १६ औ शिखर सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री माधव कुमार नेपाललाई निम्तो दिईएको छ ।

आगामी अप्रिल महिनामा भुटानको राजधानी थिम्पुमा हुन गइरहेको उक्त शिखर सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउन भुटानी अर्थमन्त्री लिम्पो खान्दु वाङचुले प्रधानमन्त्रीलाई सो निम्तो दिएका हुन । भुटानी प्रधानमन्त्रीका विशेष दुत समेत रहेको वाङचुले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गरेको शिष्टाचार भेटका क्रममा भुटानी समकक्षीले पठाएको सो निम्तो प्रधानमन्त्रीलाई दिएका हुन ।

यस्तै प्रधानमन्त्रीसंगको भेटपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै मन्त्री वाङचुले "आगामी सार्क सम्मेलनमा जलवायु परिवर्तनका सम्बन्धमा छलफल केन्दि्रत रहने तथा पर्वतीय पर्वतीय राष्ट्रहरूको गठबन्धन हुने लगायतका विषयमा छलफल भएको" बताए ।


यस्तै "प्रधानमन्त्रीले वाङचु समक्ष नेपालमा रहेका भुटानी शरणर्थीहरूलाई भुटानले फिर्ता लैजानुपर्ने" आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । उनका अनुसार "लामो समय देखि नेपालमा रहेका शरणार्थीहरूलाई तेस्रो मूलुक पुनस्थापना गर्दा समेत समस्या समाधान नहुने भन्दै आफ्नै देशमा उनीहरूलाई पुनस्थापना गर्न अर्थमन्त्री वाङचु समक्ष आग्रह गरेको" बताए ।

No comments:

Post a Comment