Monday, November 30, 2009

फाल्गुनन्दलाई विभुतिको उपाधी, द्धन्द्ध पिडितले ऋण बुझाए ब्याज मिनाहा


काठाण्डौ, १६ मंसिर- आज विहान बसेको मन्त्री परिषदको बैठकले किरात धर्मगुरू फाल्गुनन्दलाई राष्ट्रिय विभुति घोषणा गरेको छ । यस अघि १५ जनाको सख्यामा रहेका नेपालका विभुतिको संख्या अब १६ पुगेको छ ।

त्यस्तै बैठकले द्धन्द्ध पिडितले ऋणतिरे त्यसको ब्याज मिनाहा गर्ने निर्णय समेत गरेको छ । बैठकका निर्णय बारे जानकारी दिदै सरकारका प्रवक्ता एव सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका ७ वटा होटललाई आगामी ३ बर्षसम्मका लागि चलाउन दिने निर्णय समेत गरेको जानकारी दिएका छन् । गएको असार मसान्त देखि राष्ट्रिय वन्यजन्तु संरक्षण विभागले समयमा राजश्व नतिरेका कारण होटल सञ्चालन गर्न दिएको थिएन् । विवादित होटल सञ्चालन प्रक्रियाले प्रकृतिक स्रोत तथा तथा राजश्व बाडफाड समिति र लेखा समिति बीच निकै विवाद समेत उत्पन्न भएको थियो । अन्त्यमा पर्यटन बर्ष२०११ लाई मध्यनजर गर्दै लेखाले सरकारलाई उचित निर्णय गर्न सरकारलाई निर्देशन दिएका कारण निकुञ्ज भित्र सञ्चालित उक्त होटलले तिर्न बाकी सम्पूर्ण बक्यौता रकम असुल्ने गरी होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । त्यस्तै मन्त्री परिषदको आजको बैठकले विभिन्न निकायमा नियुक्ति र बढुवाको प्रक्रियालाई समेत अगाडी बढाएको छ । बैठकले औषधी व्यवस्था विभागको महाप्रवन्धकमा बाबुलाल प्रसाद शाहलाई नियूक्ति गर्ने निर्णय गरेको छ साथै सैन्य क्षेत्रतर्फसेनानी डा. गोपाल महर्जनलाई प्राविधिक महासेनानी र महासेनानी ताजमान सिह बस्न्यातलाई हवाई सुरक्षा निर्देशानलय हेर्ने गरी साहाक रथीमा बढुवा गर्नुको साथै अतिरक्ति प्रहरी महानिक्षिक अर्जुन बहादुर शाही लाई डार्फर स्थित संयूक्त राष्ट्रसंघीय मिसनमा पठाउने समेत निर्णय गरेको छ ।

त्यस्तै मन्त्री परिषदको बैठकले ५७ वटै जिल्लामा संञ्चार मन्त्रालयको संयन्त्रलाई विस्तार गर्ने निर्देशिकालाई अनुमोदन गर्नुको साथै लुम्बिनीमा रहेको सर्वोदय सभालाई ६ लाख रूपैया आर्थिक सहयोग निकास गर्ने समेत निर्णय गरेको छ ।


२२ औ विश्व एडस दिवस नेपालमा पनि विविध कार्याक्रम गर्दै मनाईदै

काठमाण्डौ, १६ मंसिर- एचआइभी एडस पीडीतको सेवामा सबैको पहुच बढाऔ, मानवअधिकार सुनिश्चित गरौ भन्ने मूल नाराका साथ आज नेपालमा पनि २२ औ विश्व एड्स दिवस मनाइदै छ ।

एड्स दिवसका अबसरमा राजधानी लगायत मूलुका विभिन्न स्थानमा विविध चेतना मूलक कार्याक्रम आयोजना गरि यो दिवस मनाइदै छ । विश्व स्वास्थय संगठनको पछिल्लो तथ्याङक अनुसार हाल विश्वभर ३ करोड ३४ लाख भन्दा बढी व्यक्तिहरू एचआइभी संक्रमित रहेको अवस्थामा नेपालमा पनि करिब १४ हजार ३ सय २० जना व्यक्तिमा यो रोग देखा परिसकेको छ । असुरक्षित यौन सर्म्पर्कका माध्यमबाट र्सर्ने यो रोग विश्वमा पहिलो पटक संयूक्त राज्य अमेरिकामा चार जना व्यक्तिमा देखापरेको थियो भने नेपालमा २१ बर्षअघि सन् १९८८ मा देखापरेको थियो ।

त्यस्तै एड्स दिवसको अवसरमा प्रधानमन्त्री माधव कुमार नेपालले एक वत्तव्य जारी गर्दै विश्वव्यापी रूपमा एचआइभी एड्सको महामारी फैलिरहेके बर्तमान अवस्थामा नेपाल पनि त्यसबाट अलग रहन नसकेको बताएका छन् । वक्तव्यमा उनले बढ्दो संक्रमणबाट नागरिकको स्वास्थय तथा सामाजिक आर्थिक क्षेत्रमा गम्भिर समस्याहरू उत्पन्न भइरहेको भन्दै नेपाल जस्तो मूलुकमा शिक्षा, साधन र स्रोतको अभाव भइरहेको अबस्थामा यस्ता संक्रमणकारी रोग नियन्त्रण गर्न सरकारी गैरसरकारी संघ संस्था, निजी क्षेत्र, आमसञ्चारमाध्यम र नागरिकहरूले आ-आफ्नो क्षेत्रबाट ठूलो भूमिका खेल्नुपर्ने बताएका छन् ।

Sunday, November 29, 2009

प्रधानन्यायधिसमा अनुपराज शर्माको नाम सिफारिस, अन्य निकायका पदाधिकारीको अझै टुङ्गो लागेन


काठमाण्डौ, १५ मंसिर- संवैधानिक परिषदको आज बसेको बैठकले नया प्रधानन्यायधिसमा अनुपराज शर्मालाई सिफारिस गरेको छ ।

परिषदको कार्यालय सिहदरबारमा आज विहान बसेको उक्त बैठकले शर्मालाई प्रधानन्यायधिसमा नियूक्त गरेको हो । परिषदका अध्यक्ष प्रधानमन्त्री माधव कुमार नेपालले शर्मालाई र्समर्थन गरेपछी उनी भावी प्रधानन्यायधिसका लागि पक्का भएका हुन । यध्यपी उनी प्रधानन्यायधिस हुनका लागि परिषदले सिफारिस गरेको उनको नामलाई व्यवस्थापिका संसदीय सुनावाई समितिले अनुमोदन गर्नु पर्ने छ । बर्तमान प्रधानन्यायधिस मिन बहादुर रायामाझीको उमेर हदका कारण यही महिना उनले अवकास पाउदै छन् ।

यध्यपी नया प्रधानन्याधिसको टुङ्गो लागेतापनि अन्य संवैधानिक निकायका रिक्त रहेका पदाधिकारीको विषयमा भने बैठकमा कुनै छलफल नभएको परिषदका एक सदस्यले जानकारी दिए । लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार, महान्याधिवक्ताको कार्यालय लामो समयदेखि कार्यवाहकको भरमा चल्दै आएका छन् ।

शुल्क बृद्धि घटाउनुपर्ने माग राख्दै १३ विधार्थी संगठनहरूले प्रमुख राजनीतिक दलका नेतालाई भेट्दै

काठमाण्डौ, १५ मंसिर- एकहोरो रूपमा त्रिभुवन विश्वविद्यालयले १० गुणाले शुल्क बृद्धि गराएको विषयलाई लिएर १३ विद्यार्थीसंगठनहरूले आज विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटी त्रिविले आफ्नै ढङ्गले गरेको शुल्क बृद्धि फिर्ता लिन आग्रह गर्ने भएका छन् ।

पूर्व घोषित कार्याक्रम अनुसार हिजो बसेको १३ विद्यार्थीसंगठनहरूको संयूक्त बैठकले यथास्रि्र त्रिविले शुल्क बृद्धि फिर्ता नगरे कडा आन्दोलनमा उत्रने निर्णय गर्नका साथै शुल्क बृद्धि गर्ने त्रिविका पदाधिकारीलाई समेत हटाउन पछि नपर्ने बताएका छन् । त्यस्तै आज उनीहरूले राजनीतिक दलका उच्च नेतासंग भेटगरी अपरान्ह २ बजे त्रिवि उपकुलपतिलाई समेत भेटेर शुल्क बृद्धि फिर्ता गराउन आग्रह गर्ने भएका छन् ।

आज अर्को मस्यौदा तयार, बाकी रहे ३

काठमाण्डौ, १४ मंसिर- नया संविधानको मस्यौदा तयार पार्नका लागि गठित विभिन्न समितिहरू मध्ये आज संविधानसभा अर्न्तगतको प्राकृतिक स्रोत अर्थिक अधिकार तथा राजस्व बाडफाड समितिले आफ्नो मस्यौदाको प्रतिवेदन संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग लाई बुझाएको छ ।

११ महिना १४ दिन लगाएर तयार परिएको उक्त प्रतिवेदनलाई समिति सभापति अमृता थापाले समितिको कार्यालय सिहदरबारमा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग समक्ष बुझाएकी हुन । विभिन्न ३० बुदा फरक मत भएको उक्त प्रतिवेदनमा भुमिसुधार सम्बन्धी मतमा ठूलो नै विवाद देखिएको छ । माओवादीले कानुन मार्फत भुमिसुधार लागु गर्नुको साथै हदबन्दी भन्दा धेरै जग्गालाई राज्यले अध्रि्रहण गर्दा मुआब्जा दिइराख्नु नपर्ने प्रस्ताव पारित गरेका कारण काग्रेस र एमालेले त्यस प्रस्ताव विपरित फरक मत जाहेर गरेका थिए । उनीहरूले हदबन्दी भन्दा बढी जग्गालाई राज्यले अध्रि्रहण गर्दा निश्चित क्षतिपूर्ति दिइनुपर्ने प्रस्ताव गरेका थिए । त्यस्तै विवादित सो प्रतिवेदनलाई बुझ्दै अध्यक्ष नेम्वाङ्गले उक्त प्रतिवेदनमाथि आगमी मंसिर १९ गतेबाट संविधानसभामा छलफलका लागि लैजाने बताएका छन् ।

नया संविधान निर्माण गर्नका निम्ति गठन गरिएको ११ वटा संविधान मस्यौदा समिति मध्ये सो प्रतिवेदन आठौ नम्बरमा परेके छ । त्यस्तै संविधान मस्यौदा प्रतिवेदनको बुझाउन संवैधानिक समिति अर्न्तरगतको विषयगत प्रतिवेदन, राज्यको शासकीय स्वरूप निर्धारण समिति र राष्ट्रिय पुनसंरचना तथा शक्तिको बाडफाड समिति रहेका छन् । यिनिहरूले आगामी मंसिर मसान्त भित्र संविधानसभा अध्यक्ष समक्ष आफ्नो प्रतिवेदन बुझाई सक्नु पर्ने छ ।

Saturday, November 28, 2009

स्थगित भयो सुजताको केन्या भ्रमण


काठमाण्डौ, १४ मंसिर- उपप्रधान एव् परराष्ट्र मन्त्री सुजता कोइरालाले आज बाट गर्ने भनिएको एक साता लामो केन्या भ्रमण स्थगित भएको छ ।

आगामी मंगलबार बाट तीन सम्म चल्ने विकासोन्मुख दक्षिण राष्ट्रहरूको मन्त्री स्तरिय बैठकमा भाग लिनका लागि आज उनी केन्याको राजधानी नैरोबी तर्फजाने कार्याक्रम थियो । भ्रमण स्थिगित भएतापनि भ्रमण किन स्थगित गरिएको हो भन्नेबारेमा पराष्ट्रमन्त्रालयल अहिले सम्म कुनै पनि जानकारी दिएको छैन ।

Friday, November 27, 2009

सरकार परिवर्तनका विषयमा कोइराला र दाहालबीच कुनै सहमति नभएको एमाले अध्यक्षको दाबी


काठमाण्डौ, १३ मंसिर- नेकपा एमालेका अध्यक्षझलनाथ खनालले सिङगापुरमा काग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकार परिवर्तनका विषयमा कुनै पनि सहमति नभएको बताएका छन् ।

राजधानीमा आज आयोजित एक कार्याक्रममा बोल्दे अध्यक्ष खनालले दुई नेताबीच सत्तापरिवर्तनका विषयमा भएको छलफलको टेप र्सार्वजनिक भएको केबल हल्ला मात्र भएको बताएका छन् । त्यस्तै खनालले आइपरे सहमतिको आधारमा प्रमुख दलले जे पनि गर्न सक्ने भन्दै केही दिनमै राजनीतिक गतिरोध अन्त्य हुनेमा विश्वास व्यक्त गरेका छन् । एमाले पोलिटव्यूरो बैठकमा तपाईको राजनीतिक प्रतिवेदनलाई लिएर राजिनामा मागिएको छ नी भन्ने सञ्चारकर्मीको प्रश्नमा खनालले माग्दैमा कसैको राजिनामा नपाइने भन्दै आफ्नो कार्यकालमा एमालेलाई नमुना पार्टी बनाई छाड्ने अठोट व्यक्त गरेका छन् ।

आन्दोलनको रणनीतिमा माओवादी व्यस्त

काठमाण्डौ, १३ मंसिर- आन्दोलनको रणनीति तयार पार्न एकिकृत माओवादीले आज विशेष भेला आयोजना गर्दै छ ।

नेवा राज्य समितिको आयोजनामा हुन लागिएको उक्त भेलामा आगामी मंसिरको अन्तिम साता माओवादीले गर्ने भनेको स्वायक्त राज्य घोषणाको कार्याक्रमलाई सशक्तताका साथ कसरी अगाडी बढाउने भन्ने विषयमा रणनीति तयार गर्ने बुझिएको छ । नेवा राज्य समितिका इन्चार्ज हितामान शाक्यका अनुसार उक्त बैठकमा माओवादी अध्यक्ष सहित केन्दि्रय स्तरका नेता समेत उपस्थित हुने कार्याक्रम रहेको बताएका छन् । साथै उनले पाटनमा आज हुन गइरहेको अखिल नेपाल प्रगतिशिल प्राध्यापक संघको पहिलो बैठकलाई समेत सम्बोधन गर्ने कार्याक्रम रहेको उनले बताएका छन् । प्राध्यापकहरूको उक्त बैठक ललितपुरको पाटन क्याम्पसमा हुदै छ ।

Thursday, November 26, 2009

विमान खरिद प्रक्रिया तत्काललाई रोक्न लेखाको निगमलाई निर्देशन


काठमाण्डौ, १२ मंसिर- नेपाल बायुसेवा निगमले खरिद गर्न लागेको दुई वटा विमान प्रक्रियालाई तत्काल रोक्न संसद अन्तरगतको सार्बजनिक लेखा समितिले निगलाई निर्देशन दिएको छ ।
आज बसेको समिति सहित निगम पदाधिकारीको बैठकले विमान खरिद प्रक्रिया पारदर्शी नभएको साथै निगमले लेखालाई समेत विवादमा तान्ने काम गरेको प्रति आपत्ती जनाएको छ । साथै सार्बजनिक रूपमा निगम अध्यक्षले सञ्चारमाध्यममा दिएको अभिव्यक्ति लाईसमेत आपत्तीजनक रूपमा लिएको छ । साथै विमान खरिद प्रक्रियामा लेखा समितिलाई निगमले विपक्षको संज्ञा दिन खोजेको प्रति रोष प्रकट गर्दै समिति सभापति रामकृष्ण यादवले व्यक्तिगत रूपमा व्यक्तव्यबाजी गर्दै नहिड्न निगमका पदाधिकारीलाई आग्रह गरेका छन् ।

त्यस्तै समितिको आजको बैठकले विमान खरिद गर्न सहयोग गर्ने सम्पूर्ण पक्षसंग छलफल गरेर मात्र जहाज खरिद प्रक्रिया अगाडी बढाउने निस्कर्षनिकालेको छ । बैठकमा पर्यटन मन्त्रालयका सचिव नगेन्द्र घिमिरे, निगमका अध्यक्ष सुगतरत्न कंसकार र महाप्रवन्धक क्याप्टेन केबी लिम्बु उपस्थित भएका थिए ।


लामो समयपछी संवैधानिक समितिको बैठक बस्दै

काठमाण्डौ, १२ मंसिर- लामो समयपछी आज संवैधानिक समितिको बैठक बस्दै छ ।
समितिको कार्यालय सिहदरबरमा बस्ने आजको बैठकमा सविधानको प्रारम्भिक मस्यौदाका विषयमा प्रतिवेदन तयार पार्ने बुझिएको छ । यध्यपी यस विषयमा यस अघि समितिका सदस्यहरूले फरक फरक मत जाहेर गरेका कारण बैठक केही दिनका लागि स्थगित गरिएको थियो । समितिका सदस्य टेक प्रसाद ढुङगानाका अनुसार आज बस्ने उक्त बैठकले मस्यौदा बाहेक अन्य विषयमा समेत छलफल गर्ने बताएका छन् ।

संसदको बैठक बजे बस्दै, अबरूद्ध हुने प्राय निश्चित

काठमाण्डौ, १२ मंसिर- लामो समय पछि तीन दिनका लागि खुलेको व्यवस्थापिका संसदको बैठक आज पुन बस्दै छ ।

अपरान्ह ४ बजेका लागि आहृवान गरिएको संसदको बैठक अबरूद्ध हुने प्राय निश्चित छ । गएको साउन २३ गते देखि अबरूद्ध भएको संसदको नियमित बैठक बजेट पारित गर्नका लागि माओवादीले मंसिर ८ देखि १० सम्म सहमति भएपछी तीन दिनका लागि संसद खुलेको थियो । त्यस्तै माओवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमका विषयमा संसदमा छलफल नभएसम्म संसदको कामकारबाही अगि बढ्न नदिइने बताएका छन् ।

Wednesday, November 25, 2009

लुम्बिनी तर्फ प्रधानमन्त्री............

काठमाण्डौ, ११ मंसिर - प्रधानमन्त्री माधव कुमार नेपाल आज लुम्बिनी तर्फ प्रस्थान गरेका छन् ।

लुम्बिनी विकास कोषको बैठकमा सहभागी हुन आज विहान ९ बजे उनी सेनाको हेलिकप्टर चढी त्यस तर्फ प्रस्थान गरेका हुन । लुम्बिनी विकास कोषको संरक्षक समेत रहेका प्रधानमन्त्री नेपालले मायादेवीको मन्दिर अवलोकन गर्नुको साथै लुम्बिनीको पर्यटन विकास र त्यसको योजनाको बारेमा समेत छलफल गर्ने बुझिएको छ । प्रधानमन्त्रीका साथमा संस्कृति मन्त्री मिनेन्द्र रिजाल समेत लुम्बिनी प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको लुम्बिनी पुग्ने भएपछी अहिले त्यहाको सुरक्षा व्यवस्था अत्याधिक कडा बनाइएको छ ।

बजेट औपचारिक रूपमा पारित, संसदको अर्को बैठक मंसिर १२ गते

काठमाण्डौ, १० मंसिर- आर्थिक बर्ष ०६६/ ६७ को विनियोजित बजेट आज औपचारिक रूपमा परित भएको छ । माओवादीले सहमति अनुरूप तीन दिनका लागि संसद खोलि दिएपछी गत असार ३१ गते तयार पारिएको चालु आर्थिक बर्षो बजेट अर्थ मन्त्री सुरेन्द्र पाण्डेले संसदमा पारित गरियोस भनेपछी बाकी रहेका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (सत्रौ संशोधन ) विधेयक र्सवसम्मतले परित भएको छ । बजेटमाथि छलफल गर्ने समय कम भएकाले आज प्रस्तुत गरिएका तीन विधेयकमाथि कुनै सभासदले प्रश्न नगरेपछी सभामुखले र्सवसम्मतले पारित भएको घोषणा गरेका छन् ।

करिब ३ खर्व को चालु आर्थिक बर्षो बजेटले सरकारलाई आफ्ना काम कारवाही अगाडी बढाउन सजिलो हुनुको साथै देश आर्थिक संकटबाट समेत मूक्त भएको छ । आगामी संसदको बैठकलाई माओवादीले अवरूद्ध गर्ने निश्चित भएतापनि सभामुख सुवास चन्द्र नेम्वाङ्गले संसदको अर्को बैठक मंसिर १२ गते अपरान्ह ४ बजे सम्मका लागि स्थगित गरेका छन् ।

कोइराला- खनाल भेटवार्ता, एक हप्ता भित्र उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति

काठमाण्डौ, १० मंसिर- नेपाली काग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल बीच भएको आजको भेटवार्तामा एक हप्ता भित्र उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ ।

कोइरालालाई भेटन् महाराजगञ्ज पुगेका एमाले अध्यक्ष खनालले जारी राजनीतिक गतिरोध अन्त्यका निम्ति चाडो भन्दा चाडो प्रमुख तीन दलका शिर्ष नेताहरू सम्मिलित संयन्त्र गठन गर्न कोइराला समक्ष पहल गरेका छन । भेटपछी सञ्चारकर्मीहरूसंग बोल्दै अध्यक्ष खनालले जारी राजनीतिक गतिरोधको निकास चाडै निस्कनेमा आफु विश्वस्त रहेको बताएका छन् । शान्ति प्रक्रिया र नया संविधानलाई तार्किक निस्कर्षमा पुर्र्‍याउन अव बन्ने उच्च स्तरीय संयन्त्रले प्रमुख भूमिका खेल्नेमा आफु आशावादी रहेको उनले बताएका छन् ।

त्यस्तै भेटमा सहभागी रहेका काग्रेस नेता कृष्ण सिटौलाका अनुसार सरकार परिवर्तनका विषयमा भने कोइराला र खनाल बीच कुनै छलफल नभएको बताएका छन् ।

Monday, November 23, 2009

२२ दल भर्सेज माओवादी

काठमाण्डौ, मंसिर- सत्तासाझेदार २२ दलीय गठबन्धन प्रतिपक्षी दल एकिकृत माओवादीबीच सय को खेल भइरहेको

संसदमा बहुमतबाट बजेट परित गर्ने तरखरमा रहेको गठबन्धनको सरकार हर तरह आफ्ना सभासदलाई सदनमा उपस्थित गराउन प्रयत्नरत देखिएको भने प्रतिपक्षी माओवादीले बजेट पासहुन नदिनका निम्ति विहानै देखि आन्तरिक छलफलमा व्यस्त सिहदरबार स्थित माओवादी संविधानसभा दलको कार्यालयमा बसिरहेको माओवादी संसदीय बोर्डको बैठकले सरकारमा सामेल केही अन्य दलसमेत आफ्नो पक्षमा रहेको भन्दै छलफललाई तीव्र बनाएको माओवादी उपनेता नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसिरहेको उक्त बैठकले संसदबाट परित हुन लागेको बजेटको मतदानमा सहभागी हुने वा नहुने विषयमा समेत आधिकारिक धारणा सार्बजनिक गर्दै त्यस्तै उता सरकारको आयु लम्बयाउन आज विहानै प्रधानमन्त्री माधव कुमार नेपालले नेपाल मजुदर किसान पार्टीका अध्यक्ष नारायणमान् विजुक्छेसंग भेट वार्ता गरेका छन् भेटमा संसदमा हुन गइरहेको मतदानम सहयोग पुर्र्याउन प्रधानमन्त्रीले विजुक्छेसंग आग्रह गरेका छन्

सभासदलाई हेलिकप्टर मार्फत ओसारिदै

काठमाण्डौ, ९ मंसिर- विनियोजन विधेयकलाई संसद मार्फ बहुमतले पास गर्न सत्तारूढ दलहरूले हेलिकप्टर मार्फत आफ्ना सभासदहरूलाई राजधानी ल्याइरहेका छन् ।

बजेट पारित गर्न तिन दिनका लागि हिजोबाट माओवादीले संसद चल्न दिएपछी विधेयकलाई बहुमतले पास गर्न सत्ताधारी दलहरूले संसदमा अनिवार्य उपस्थितको व्हीप जारी गरेपछी राजधानी बाहिर रहेका सभासदहरू हेलिकप्टर मार्फत काठमाण्डौ आउने क्रम जारी छ । यस्तै क्रममा आज करिब साढे दश बजेको समयमा बाजुरमा रहेका सभासद शेरबहादुर कुबर हेलिकप्टर चढी राजधानी आइपुगेका छन् ।

मंगलबार ११ बजेका लागि डाकिएको संसदको बैठकमा हिजो गृह, रक्षा लगायतका विभिन्न १६ वटा मन्त्रालयको विनियोजन विधेयकमाथि पूरा भएको छलफल माथि आज विभिन्न सभासदहरूले उठाएको प्रश्नको सम्बन्धीत मन्त्रीले जवाफ दिए पश्चात मतदान मार्फत बजेट परित गरिने कर्याक्रम रहेको छ । आर्थिक संकट चरम विन्दुमा पुगिरहेको अवस्थामा छोटो कार्यसूची अनुरूप बजेट एकै दिनमा परित गर्न सभामुख निकै सक्रिय रहेका छन् । त्यस्तै आज बजेट माथि संसदमा मतदान हुने छ भने भोली बुधवार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जनमत विधेयक पारित गरिने कार्य सूची रहेको छ ।

दाहाल -कोइराला भेटवार्ता, एक साता भित्र उच्च स्तरिय राजनीतिक संयन्त्र गठन गर्ने सहमति


काठमाण्डौ, ८ मंसिर- एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल काग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाबीच आज भेट वार्ता भएको छ ।

कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्ड र काग्रेस सभापति कोइराला बीच एक साता भित्र उच्च स्तरिय राजनीतिक संयन्त्र गठन गर्ने सहमति समेत भएको छ । कोइराला सिङगापुरबाट उपचार गरि फर्किएपछी स्वास्थ्य अवस्था समेत बुझ्न गएका प्रचण्डले जारी राजनीतिक गतिरोध अन्त्यका लागि मध्यमार्गी बाटो अपनाएर सहमति खोज्न काग्रेस सभापतिलाई आग्रह गरेको भेटमा रहेकी कोइराला पुत्री एव उपप्रधानमन्त्री सुजता कोइरालाले जानकारी दिएकी छिन् । साथै जारी गतिरोध अन्त्यका लागि दुवै सकारात्क रहेकाले उच्च स्थतरिय संयन्त्र अत्यावश्यक पर्नेमा दुईको एकमत रहेको उनले बताएकी छिन् ।

Sunday, November 22, 2009

माओवादीको महाधिवेशन १ बर्ष पर सर्‍र्यो


काठमाण्डौ, ८ मंसिर- एकिकृत माओवादीले आगामी माघ १५ गते गर्ने भनेको महाधिवेशन १ बर्षका लागि पर सरेको छ ।

सोमबार माओवादी केन्दि्रय समितिको बैठकले महाधिवेशनका लागि आवश्यक तयारी पूरा नभएको भन्दै माघमा हुने भनिएको उक्त महाधिवेशन अर्को बर्ष पर सार्ने निर्णय गरेको हो । माओवादी पोलिटव्यूरो सदस्य देवेन्द्र पौडेल सुनिलाका अनुसार आवश्वक तयारी अपुरो, तथा माओवादीले र्सार्वजनिक गरेको तेस्रो चरणको आन्दोलनका कारण महाधिवेशनको मिति र्सवसम्मते अर्को बर्षा लागि पर सार्ने निर्णय गरेको जानकारी दिएका छन् । त्यस्तै उनका अनुसार सदस्यता वितरणको अभियान समेत ढिलाई भएका कारण माहधिवेशनको मिति पर सारिएको बताएका छन् । केन्दि्रय समतिको आजको बैठकले पार्टीको आन्तरिक सुदृढकरण लागयत नागरिक सर्वोच्चता पक्ष आफ्नो प्रमुख मुद्धा भएको भन्दै तेस्रो चरणको आन्दोलनलाई थप सशक्त बनाउने समेत निर्णय गरेको उनले बताएका छन् ।


लगभग १८ बर्षपश्चात हुन लागिएको माओवादीको उक्त महाधिवेशन २०४८ सालमा एकताकेन्द्र स्थापनाको समयपछी आगमी माघमा हुनलागेको थियो ।

बजेट भोली पास हुने, संसदको बैठक ११ बजे बस्दै, बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

काठमाण्डौ, ८ मंसिर- एकिकृत माओवादीले तीन दिनका लागि सदन खोल्ने सहमति गरेपछी चार महिना पश्चात व्यवस्थापिका संसदको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्ता साझेदार २२ दलको बैठकले ०६६/०६७ को मूल विनियोजन विधयेकलाई भोलीनै पारित गर्ने र बाकी अन्य साना विधयेकलाई पर्सी पारित गर्ने निर्णय गरेको एमाले सचेतक भीम आचार्यले जानकारी दिएका छन् । बजेट पास नभएर आर्थिक संकट झेलिरहेको सरकारले आफ्ना पाच विधयेक मध्ये पेस्की खर्च विधयेक भने गत असार ३१ गते बजेट भाषण भएकै दिन पारित गरिसकेको छ । त्यस्तै पारित हुन बाकी अन्य चार विधयेकहरूमा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्रऋण विधेयक र ऋण तथा जनमत विधेयक रहेका छन् । विनियोजित विधेयक पारित गर्नका लागि सत्ताधारी सवै दलले भोली हुने मतदानमा अनिवार्य उपस्थितिका लगि आफ्ना सभासदलाई व्हीप समते जारी गर्ने भएका छन् । त्यस्ते गठबन्धनका ठूला प्रमुख दुई दल एमाले र काग्रेसले भने हिजो नै आफ्ना सभासदलाई अनिवार्य उपस्थितिकालागि व्हीप जारी गरिसकेको छ भने फोरम लोकतान्त्रिकले आफ्ना सभासदलाई आज व्हीप जारी गरेको छ ।

त्यस्तै आज बस्ने व्यवस्थापिका संसदको बैठकलाई एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाले प्रचण्डले समेत सम्बोधन गर्ने भएका छन् ।


माओवादी सरकारमा आउ : ओली


काठमाण्डौ, ७ कात्तिक- नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले बर्तमान सरकारमा माओवादी सामेल हुनै पर्ने बताएका छन् ।

कम्युनिष्ट नेताहरूको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिनका लगि केही दिन अगाडी भारत प्रस्थान गरेका ओलीले आज स्वदेश र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरूसंग कुरा गर्दै बजेट पारित गर्नका लगि माओवादीले सदन खोलेको प्रति खुशी व्यक्त गर्दै सो निर्णय स्वागत योग्य रहेको बताएका छन् । जारी राजनीतिक गतिरोध केही दिनमै अन्त्य हुने भन्दै उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्र्‍याउनका लागि भएपनि सहमतिका साथ सवै दल एकसाथ अगि बढनु पर्ने बताएका छन् । विगतमा आफुले गरेका कमी कमजोरीलाई सच्चयाएर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन पटक पटक आग्रह समेत गरेका छन् ।

Saturday, November 21, 2009

कोइराला स्वदेश फिर्ता


काठमाण्डौ, ७ मंसिर- स्वास्थ्यमा समस्या देखापरेपछी एक हप्ता अघि उपचार्रार्थ सिगापुर गएका काग्रेस सभापति गिरिजा प्रसाद कोइराला आज स्वदेश फर्किएका छन् ।

फोक्सोमा इन्फेक्सन भएपछी सिङगापुरको ग्लेनेगल अस्पतालमा उपचार सकेर आज मध्यान्न सिल्क एयरको विमान बाट कोइराला स्वदेश र्फकने फर्किएका हुन । कोइरालाको उपचारमा संग्लन रहेका चिकत्कसका अनुसार अहिले उनको स्वास्थय अवस्था राम्रो रहेको बताएका छन् । कमजोर स्वास्थय अवस्थाका कारण कोइरालालाई संञ्चारकर्मीहरूसंग भने केही बोलेनन् । कोइरालाको स्वदेश आगमन ले सत्ता समिकरण परिवर्तन हुने सम्भावना बढी रहेको बेला उनको आगमनलाई विशेष महत्वले हेरिएको छ

उपचारको क्रममा सिङगापुरमा रहेका काग्रेस सभापति कोइरालालाई पार्टीको आन्तरिक प्रशिक्षण भन्दै भेट्न गएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वदेश र्फकदा चाडैनै सत्ता समिकरण हेरफेर हुने सम्भावना बढीरहेको बताएका थिए । त्यस्तै जारी राजनीतिक गतिरोध अन्त्यका लागि उच्च स्तरिय राजनीतिक संयन्त्र बनाउने कुरामा समेत दुई नेता बीच भएको उक्त छलफलाई नेपाली राजनीतिक जगतमा विशेष रूपले हेरिएको छ । कात्तिक २७ गते एयर एम्बुलेन्स बाट सिङगापुर पुगेका कोइराला आज भने जेट विमान मार्फत नेपाल आएका हुन ।

भोली बाट ३ दिन नियमित संसद बैठक चल्ने, आजलाई स्थगित

काठमाण्डौ, ७ मंसिर- चार महिना देखि अबरूद्ध हुदै आएको व्यवस्थापिका संसदको बैठक भोलीबाट नियमित रूपमा तीन दिन सम्मका लागि चल्ने भएको छ ।

सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको भन्दै गएको साउन २३ गते बाट माओवादीले अबरूद्ध पार्दै आएको व्यवस्थापकिा संसदको बैठक बजेट पासका निम्ति भोली सोमबार, मंगलबार र बुधबार सम्मका लागि संसद खोल्न दिने निर्णय माओवादीले गरेका कारण बैठक नियमित हुने भएको हो । आज सिहरदबार स्थित माओवादी संविधानसभा दलको कार्यालयमा बसेको बैठकले हिजो केन्दि्रय समितिको निर्णय बमोजिम तीन दिनका लागि संसद खुलाउन लागिएको माओवादी उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन् । सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता श्रेष्ठले बजेटका निम्ति सदन खोल्ने सहमति भएता पनि संसदबाट बजेटपास प्रक्रियालाई माओवादीले बहिष्कार गर्ने बताएका छन् । भरसक बजेट परित हुने दिन माओवादीका कोही पनि सदस्य संसदमा उपस्थित हुन नसक्ने बताएका छन् । त्यस्तै आज अपरान्हका लागि डाकिएको व्यवस्थापिका संसदको बैठक भने स्थगित गरिएको छ । माओवादीले तीन दिन सम्मका लागि नियमित संसद खोल्न दिने निर्ण्र्ाार्सार्वजनिक गरेपछी भोली बाट संसदको कामकारवाहि नियमित हुने भन्दै े बैठक भोलीका लागि सारिएको हो ।

कोइराला स्वदेश फर्कदै

काठमाण्डौ, ७ मंसिर- स्वास्थ्यमा समस्या देखापरेपछी एक हप्ता अघि उपचार्रार्थ सिगापुर गएका काग्रेस सभापति गिरिजा प्रसाद कोइराला आज स्वदेश फर्कदै छन् ।

फोक्सोमा इन्फेक्सन भएपछी सिङगापुरको ग्लेनेगल अस्पतालमा उपचार सकेर आज मध्यान्न सिल्क एयरको विमान बाट कोइराला स्वदेश र्फकने कार्याक्रम रहेको कोइराला पारिवारिक स्रोतले जनाएको छ । कोइरालाको स्वदेश आगमन ले सत्ता समिकरण परिवर्तन हुने सम्भावन बढी रहेको बेला उनको आगमनलाई विशेष महत्वले हेरिएको छ । उपचारकै क्रममा ससिङगापुरमा रहेका काग्रेस सभापति कोइरालालाई पार्टीको आन्तरिक प्रशिक्षण भन्दै भेट्न गएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वदेश र्फकदा चाडैनै सत्ता समिकरण हेरफेर हुने सम्भावना बढीरहेको बताएका थिए ।

त्यस्तै जारी राजनीतिक गतिरोध अन्त्यका लागि उच्च स्तरिय राजनीतिक संयन्त्र बनाउने कुरामा समेत दुई नेता बीच भएको उक्त छलफलाई नेपाली राजनीतिक जगतमा विशेष रूपले हेरिएको छ । कात्तिक २७ गते एयर एम्बुलेन्स बाट सिङगापुर पुगेका कोइराला आज भने जेट विमान मार्फत आउन लागेका हुन ।

माओवादीले तेस्रो चरणको आन्दोलन सार्बजनिक गर्दै, सहमतिका लागि कोइरालालाई पर्खदै

काठमाण्डौ, ६ मंसिर- नागरिक सर्वोच्चता कायम नभएको भन्दै छ महिना देखि आन्दोलन रत एकिकृत माओवादीले आज आफ्नो तेस्रो चरणको आन्दोलन सार्बजनिक गर्दै छ ।

अपरान्ह पार्टी केन्दि्रय कार्यालय पेरिस डाडामा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्याक्रम सार्बजनिक गर्ने माओवादीले जनाएको छ । यसका लागि अहिले माओवादी केन्दि्रय समितिको बैठक पेरिस डाडामा जारी छ । दोस्रो चरण्को आन्दोलनमा स्थानिय निकाय देखि जिल्ला प्रशासन कार्यालय र सिहदरबार घेराउ गरिसकेको माओवादीले तेस्रो चरणको आन्दोलनमा नागरिक अवज्ञालाई प्रमुख प्राथामिकता दिई आन्दोलन अगाडी बढ्ने माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिएका छन् । त्यस्तै राजनीतिक सहमतिका लागि उपचारका क्रममा दश दिन अघि सिंगापुर गएका काग्रेस सभापति कोइरालालाई माओवादीले पर्खने समेत भएको छ । कोइराला भोली स्वदेश र्फकने भएकाले आन्दोलनका कार्याक्रम र्सार्वजिनक गरिएतापनि बार्तालाई माओवादीले निरन्तरता दिने शर्माले जानकारी दिएका छन् ।



Friday, November 20, 2009

आगामी साता बेपत्ता सम्बधी विधयेक संसदमा प्रस्तुत गरिन्छ : शान्ति मन्त्री


काठमाण्डौ, ५ मंसिर- शान्ति तथा पुननिर्माण मन्त्री रकम चेम्जोङले आगामी साता बेपत्ता भएका नागरिकका हककमा बेपत्ता सम्बनधी विधयेक संसदमा प्रस्तुत गरिने बताएका छन् ।

राजधानीमा आज आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री चेम्जोङले आगामी साता भित्र द्धन्द्धकालमा विद्रोहीका तर्फबाट र राज्यका तर्फबाट बेपत्ता भएका सवै नागरिकका सम्बन्धमा विधयेक प्रस्तुत गर्न लागिएको बताएका छन् । त्यस्तै उनले यो मंसिर भित्र सत्य मेलमिलाप तथा निरूपण आयोग सम्बन्धी विधयेक पनि भर सक यहि मंसिर महिना भित्र लगिने बताएका छन् । साथै उनले माओवादी शिविर भित्र रहेका अयोग्य लडाकु्हरूलाई यहि महिना भित्र लडाकुको इच्छा अनुसार पुनस्थापना गरिछाड्ने बताएका छन् । माओवादी र सरकार वीच विस्तृत शान्ति सम्झौता भएको तीन बर्षपूरा भएको विषयलाई आधार मानी हेर्दा नेपालले धेरै नै उपलब्धी हासिल बताउदै मन्त्री चेम्जोङले शान्ति सम्झौतालाई लिएर विभिन्न आलोचना भएता पनि मूल लक्ष्य र उद्देश्यमा दलहरू विचलित नभएको स्पष्ट पारेका छन् ।

यध्यपी बेला बेलामा राजनीतिक सहमति नभएका कारण शान्ति प्रक्रियामा अबरोध आएको भन्दै चेम्जोङले शान्ति प्रक्रिया र सरकारलाई एक साथ हेर्न नहुने बताएका छन् । द्धन्द्धकालमा ५ हजार भन्दा बढी भौतिक संरचना भत्किएकाले सरकारले त्यसको पुननिर्माणको कार्य अगि बढिराखेको बताएका छन् । २२ सय योजना पूर्णरूपमा सम्पन्न भएकाले बाकी ३ हजार योजनालाई पनि सरकारले चाडैनै सम्पन्न गरिसक्ने बताएका छन् ।

मध्यवानेश्वरमा गोली चल्यो, २ जना गम्भिर घाइते

काठमाण्डौ, ५ मंसिर - केही समय अगाडी मध्य बानेश्वर स्थित बैदेशिक रोजगार विभागमा गोली चलेको छ । गोली चल्दा २ जना गम्भिर घाइते भएका छन् ।
घाइते एकलाई तिनकुने स्थित कान्तिपुर अस्पतालमा र अर्का एकलाई एभरेष्ट नर्सिङ होममा भर्ना गरिएको छ । अखिल नेपाल बैदेशिक रोजगार पीडित परामर्श संघ र वैदेशिक रोजगार व्यवसायीबीच भनाभन भएपछी गोली चलेको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनास्थल अहिले तनावग्रस्त भएका कारण सयौको संख्यामा प्रहरी परिचालन गरिएको छ । बानेश्वर प्रहरी कार्यालयका डिएसपी दिलिप चौधरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान सुरू गरिसकेको बताएका छन् । अनुसन्धान सुरू भएकाका कारण छिट्टैनै कुन पक्षबाट गोली चल्यो भन्ने कुर पत्ता लाग्ने बताएका छन् ।

Thursday, November 19, 2009

माओवादी अल्टिमेटम सकिदै, बैठक पेरिस डाडामा

काठमाण्डौ, ५ मंसिर- एकिकृत माओवादीले आफ्ना माग पुरा गराउन एकिकृत माओवादीले सरकारलाई दिएको अल्टिमेटम आज सकिदैछ ।
अल्टिमेटमको अन्तिम दिन तेस्रो चरणको आन्दोलनका लागि एकिकृत माओवादीका उच्च पदाधिकारीको बैठक कोटेश्वर स्थित पार्टी केन्दि्रय कार्यालय पेरिस डाडामा बस्नुको साथै आज पुन बेलुकी सम्म स्थायी समितिको बैठक बस्ने र भोली केन्दि्रय समितिको बैठक बसी तेस्रो चरणको निर्णायक आन्दोलनका कार्याक्रम सार्बजनिक गर्ने माओवादीका प्रवक्ता दिनानाथ शर्माले जनाएका छन् । त्यस्तै उनका अनुसार राष्ट्रपतिको असंवैधानिक कदमका विषयमा जव सम्म संसदमा छलफल हुदैन तवसम्म नागरिक सर्वोच्चता कायम नहुने भन्दै सो विषयमा आफ्नो पार्टीले कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।

प्रधानमन्त्रीद्धारा राष्ट्रपति र माओवादी अध्यक्षसंग भेटवार्ता, मध्यमार्गी बाटो खोज्ने सहमति

काठमाण्डौ, ५ मंसिर- प्रधानमन्त्री माधव कुमार नेपालले आज राष्ट्रपति डा. रामवरण यादव र एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटवार्ता गरेका छन् ।

शुक्रबार विहानै राष्ट्रपति निवास पुगी प्रधानमन्त्री नेपालले राष्ट्रपति समक्ष संसदको गतिरोधका कारण पास हुन नसकेको बजेटका सम्बन्धमा लागयत सेनापति प्रकरणमा माओवादीले राष्ट्रपतिलाई लगाउदै आएको आरोपका सम्बन्धमा छलफल भएको बुझिएको छ । १ घण्टा भन्दा बढी समय भएको उक्त भेटमा राष्ट्रपतिले संसदको गतिरोध खुल्न नसकेको प्रति दुःख व्यक्त गरेको स्रोतले जनाएको छ ।

त्यस्तै यता कोटेश्वर स्थित आफ्नै निवासमा प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच राजनीतिक सहमतिका लागि मध्यमार्गी बाटो खोज्ने सहमति भएको बुझिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार पक्ष प्रतिपक्ष सवै भएर सहमतिका साथ बजेट पास गरिने विषयमा छलफल केन्दि्रत रहेको बताएका छन् । त्यस्तै उनले कसैलाई पनि आक्षेप नलगाएर मध्यमार्गी बाटो खोजी सहमति निकाल्ने प्रयास भएको बताएका छन् । मुठभेटका साटो सहमतिमा राजनीतिक निकास निकाल्ने कुरामा दुई नेता सकारात्क रहेको जनाएका छन् ।

सरकार माओवादी विस्तृत शान्ति सम्झौता ३ बर्षमा

काठमाण्डौ, ५ कात्तिक- तत्कालिन सात दल र माओवादी बीच भएको विस्तृत शान्ति सम्झौताले तीन बर्शपूरा गरेको छ ।
२०६३ साल मंसिर ५ गते विदेशी कुटनीतिज्ञ को उपस्थितिमा माओवादीका तर्फाट अध्यक्ष प्रचण्ड र सात दलीय सरकारका तर्फाट काग्रेस सभापति एव् तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए । उक्त विस्तृत शान्ति सम्झौताले २०५२ साल देखि निरन्तर रूपामा चल्दै आएको सशस्त्र द्धन्द्ध अन्त्य भएको घोषणा गर्नुको साथै सोही शान्ति सम्झौतामा उभिएर विभिन्न १२ र २५ बुदे समझदरी गरी देशमा अन्तरिम संविधान जारी गरि, संविधानसभाको चुनाव गर्राई २ सय ४० बर्षो निरंकुश राजतन्त्रलाई समेत हर्टाई नेपाललाई लोकतान्त्रिक गणतन्त्र बनाउन सफल भएको छ ।

बजेटका लागि संसद खोलिदैन : किरण

काठमाण्डौ, ४ मंसिर- एकिकृत माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले बजेट पास गर्नका लागि मात्र संसद खोल्न नसकिने बताएका छन् ।

राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै किरणले माओवादीले उठाएको मागका विषयलाई प्याकेजमा सम्बोधन नगरिएसम्म संसद चल्न नदिने स्पष्ट पारेका छन् । तेस्रो चरणको आन्दोलनको कुनै विकल्प नरहेको भन्दै उनले आगामी माओवादी आन्दोलनको तयारीका निम्ति आजै माओवादीका केन्दि्रय पदाधिकारी बीच छलफल भएको र केही दिनमै केन्दि्रय समितिको बैठक बस्ने खुलाशा गरेका छन् । नागरिक सर्वोच्चतानै आफ्नो पार्टी पहिलो माग रहेको भन्दै बैद्यले नागरिक सर्वोच्चता प्राप्त नभएसम्म कुनै पनि हालतमा आफ्नो आन्दोलन नरोकिने बताएका छन् । त्यस्तै उनले सरकार प्राप्तिका लागि मात्र माओवादीले आन्दोलन गरेको भन्ने हल्ला केबल दुस्प्रचार रहेको भन्दै संविधान विरोधी षडयन्त्रकारीहरूलाई परास्त गर्ने बताएका छन् ।

प्रमुख तीन कार्यदलको बैठक स्थगित

काठमाण्डौ, ४ मंसिर- जारी राजनीतिक गतिरोध अन्त्यका निम्ति प्रमुख कार्यदलका शिर्ष नेता बीच भएको उच्च स्तरिय छलफल विना निस्कर्ष स्थगित भएको छ ।

हिजो सिहदरबामा बसेको प्रमुख तीन दलको बैठमा भएको सहमति अनुरूप तीन दलको संयुक्त कार्यदलले तयार गरेको संकल्प प्रस्तावलाई अन्तिम रूप दिन आज अपरान्ह २ बजे सो बैठक डाकिएको थियो । आज विहान नौ बजे बस्ने भनिएको उक्त तीन कार्यदलको बैठक माओवादीका देव गु्ररूङ पार्टीको आन्तरिक बैठकमा व्यस्त भएकाले बैठक २ बजेका लागि सरिएको थियो । उक्त बैठकले संसदमा प्रस्तुत गर्न आटिएको साझा संकल्पको प्रस्तावलाई कुन तरिकाले सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा ठोस निस्कर्षनिकाल्ने बताइएको भएतापनि संकल्प प्रस्तावलाई कुनै पनि परिमार्जन गर्न नसकेपछी सो बैठक निस्कर्षविहिन भएका हो । त्यस्तै आज बसेको प्रमुख तीन दलका शिर्ष नेता रहेका उक्त कार्यदलको बैठकमा काग्रेसका तर्फाट छलफलमा सहभागि रहेका अर्जुन नरसिह केसीको साटो कृष्ण प्रसाद सिटौलालाई पठाइएको थियो । केसीलाई छलफलका लागि आवश्यक ज्ञानको अभाव रहेको भन्दै काग्रेसले सिटौलालाई पठाएको हो ।

Wednesday, November 18, 2009

कर्मचारीद्धारा २ दिने अल्टिमेट, मन्त्री बेगमललाई कुनै पनि हालतमा कारवाही गर्नुपर्ने माग

काठमण्डौ, ४ मंसिर- कर्मचारीहरूले ९ दिन अघि पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीलाई थप्पड हान्ने कृषि तथा राज्य मन्त्री करिमा बेगमालाई दुई दिन भित्र कारवाहि गर्न सरकारलाई अल्टिमेट दिएका छन् ।

नेपाल कर्मचारी संघका अध्यक्ष रूक्म लामिछानेका अनुसार भोली शुक्रबार सम्म सरकारले मन्त्री बेगमलाई कारवाही नगरिए आगामी आइतबारबाट देशभरिकै सम्पूर्ण प्रशासनिक केन्द्र ठप्प पार्ने चेतावनी दिएका छन् । गएको कात्तिक २४ गते पर्सामा आयोजित एक कार्याक्रममा जानका लागि थोत्रो गाडी उपलब्ध गराएको भन्दै मन्त्री बेगमले प्रजिअ भण्डारीलाई सार्बजनिक रूपमा ४ थप्पड हानेकी थिइन् । त्यस्तै हिजो बेलुकी बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री माधव कुमार नेपाले थप्पडको विषयमा मन्त्री करिमा बेगमलाई सोधपुछ गरेका थिए । कर्मचारीहरूले कानुनी रूपमा मन्त्रीलाई कारवाही नभए आफ्नो आन्दोलन मार्फत सरकार समेत ढल्न सक्ने बताएका छन् ।

गतिरोध अन्त्य हुने सम्भावना, ३ दलको बैठक अपरान्ह बस्दै

काठमाण्डौ, ४ मंसिर- जारी राजनीतिक गतिरोध अन्त्यका निम्ति प्रमुख तीन दलका शिर्ष नेता बीच उच्च स्तरिय छलफ हुदै छ ।
हिजो सिहदरबामा बसेको प्रमुख तीन दलको बैठमा भएको सहमति अनुरूप तीन दलको संयुक्त कार्यदलले तयार गरेको संकल्प प्रस्तावलाई अन्तिम रूप दिन आज अपरान्ह २ बजे सो बैठक बस्न लागेको हो । नौ बजे बस्ने भनिएको उक्र कार्यदलको बैठक माओवादीका देव गु्ररूङ पार्टीको आन्तरिक बैठकमा व्यस्त भएकाले बैठक २ बजेका लागि सरिएको हो । बैठकले संसदमा प्रस्तुत गर्न आटिएको साझा संकल्पको प्रस्तावलाई कुन तरिकाले सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा ठोस निस्कर्षनिकाल्ने बताइएको छ । त्यस्तै माओवादीले दिएको भोली सम्मको अल्टिमेटम लागयात बजेट पास सम्बन्धी विषयमा समेत यो बैठक पश्चात ठोस निष्कर्षनिस्कने बुझिएको छ ।

प्रधानमन्त्री र अनमिन प्रमुख बीच भेटवार्ता

काठमाण्डौ, मंसिर- प्रधानमन्त्री माधव कुमार नेपाल नेपाल स्थित संयूक्त राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रिन बीच भेट बार्ता भएको

आज विहान प्रधानमंत्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा आगामी माघमा सकिने अनमिनको पदावधि लगायत नेपालमा राष्ट्रसंघको भूमिकाको विषयमा छलफल भएको बुझिएको बुझिएको त्यस्तै अनमिन प्रमुख ल्यानग्रिनेले नेपालको आन्तरिक मामलामा राष्ट्रसंघले कुनै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेकी छिन् उनले दलहरूलेनै उठाएको आन्तरिक मुद्धालाई सुरक्षा परिषदको बैठकमा राष्ट्रसंघले सम्बोधन मात्र गरेको प्रधानमन्त्री समक्ष स्पष्ट पारेकी छिन् पछिल्लो पटक अनमिनको भूमिका प्रति असन्तुष्ट रहेका प्रधानमन्त्री माधव कुमार नेपाल लागयत सत्तारूढ दलले अनमिनले एक पक्षिय निर्णय गर्दै आएको भन्दै असन्तुष्टी व्यक्त गर्दै आएका थिए

Tuesday, November 17, 2009

प्रधानमन्त्री परामर्शमा व्यस्त

काठमाण्डौ, ३ मंसिर- जारी संसदको गतिरोध अन्त्य तथा बजेट पासका निम्ति प्रधानमन्त्री माधव कुमार नेपालले सत्तासिन दलहरूसंग परमार्शा गर्ने भएका छन् ।

सिहदरबार स्थित अपारन्ह २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गरिने उक्त परामर्शमा सहमतिका आधारमा बजेट पास नभए अन्य विकल्प मार्फ बजेट पास गर्ने विषयमा गम्भिर छलफल हुने भएको छ । काग्रेस लागायत अन्य सत्ताधारी दलका प्रमुख नेताहरूसंग गरिने उक्त छलफलमा माओवादीका माग र त्यसको परिणामाका विषयमा समेत छलफल हुने बुझिएको छ । त्यस्तै उता काग्रेस उपसभापति एव संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै माओवादीले आफ्नो अडान नछाडेमा सरकार कुनै पनि प्रक्रिया अपनाएर संसदबाट बजेट परित गर्न पछि नपर्ने बताएका छन् । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमका विषयमा संसदमा छलफल गर्न पाउनु पर्ने लगायत नागरिक सर्वोच्चताको माग राख्दै विगत साउन २१ गते बाट संसदको गतिविधिलाई ठप्प पारेको एकिकृत माओवादीले बजेट पास गर्न नदिएका कारण आर्थिक संकट समेत उत्पन्न हुने संकेत देखिएको छ ।

केही दिनमै उच्च स्तरिय राजनीतिक संयन्त्र बन्ने, कोइराला आइतबार स्वदेश फर्कदै

काठमाण्डौ, २ मसिर- जारी राजनीतिक गतिरोध अन्त्यका निम्ति केही दिनमै उच्च स्तरिय राजनीतिक संयन्त्र बन्ने भएको छ ।

पार्टी आन्तरिक कार्यका लागि भन्दै अचानक सिंगापुर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपचारका क्रममा रहेका काग्रेस सभापति गिरिजा प्रसाद कोइराला बीच भएको आजको भेटवार्ताले चाडै नै उच्च स्तरको राजनीतिक संयन्त्र बनाउने सहमति भएको बताइएको छ । कोइराला पुत्री एव उपप्रधानमन्त्री सुजता कोइरालाका अनुसार सिंगापुरको ग्लेनेगल अस्पतालमा भएको उक्त भेटवार्तामा नया उपाय अपनाएर जारी राजनीतिक गतिरोध अन्त्य गर्न काग्रेस सभापति तयार रहेको बताएकी छिन् ।

त्यस्तै भेटवार्ताका क्रममा दुई नेता बीच ख्याल ठट्टा समेत भएको उनले टेलिफोन सर्म्पर्कमा बताएकी छिन । कोइरालाको स्वस्थ्य अवस्थामा सुधार आएको भन्दै उपप्रधानमन्त्री कोइरालाले आगमी आइतबार गिरिजाबाबुलाई स्वदेश ल्याइने जानकारी दिएकी छिन् । त्यस्तै उता ३ दिने भ्रमणका लगि सिंगापुर पुगेका माओवादी अध्यक्ष प्रचण्डले नेपाल सम्बन्धी विषयमा विद्यावारधी गरेका भारतीय नेता एस्टुमूनीसंग समेत नेपालको जारी राजनीतिक गतिविधिको विषयमा समेत भेट गर्ने बुझिएको छ ।

मट्टीतेल र डिजेलमा ३/३ रूपैया भाउ बढ्यो

काठमाण्डौ, मंसिर- मट्टीतेल डिजेलको भाउ आज बाट बढेको नेपाल आयल निगमले आज बाट लागु हुने गरी मट्टीतलेल डिजेलमा प्रति लिटर / रूपैया बढाएको
यस अघि प्रति लिटर ५५ रूपैया रहेको मट्टीतेल डिजेलको मूल्य अब देखि प्रति लिटर ५८ रूपैया पर्ने नेपाल आयल निगमले आज एक विज्ञप्ती निकाल्दै इन्धनमा भइरहेको घाटा पूर्तिका निम्ति अर्न्तराष्ट्रिय बजारसंग मूल्य समायोजन गर्दै भाउ बढाउनु परेको बताएको त्यस्तै नोभेम्बर महिना सम्म निगम २० करोड रूपैया घाटामा परेको भन्दै मूल्य बृद्धि गर्न बाध्य भएको जनाएको