Wednesday, November 18, 2009

कर्मचारीद्धारा २ दिने अल्टिमेट, मन्त्री बेगमललाई कुनै पनि हालतमा कारवाही गर्नुपर्ने माग

काठमण्डौ, ४ मंसिर- कर्मचारीहरूले ९ दिन अघि पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीलाई थप्पड हान्ने कृषि तथा राज्य मन्त्री करिमा बेगमालाई दुई दिन भित्र कारवाहि गर्न सरकारलाई अल्टिमेट दिएका छन् ।

नेपाल कर्मचारी संघका अध्यक्ष रूक्म लामिछानेका अनुसार भोली शुक्रबार सम्म सरकारले मन्त्री बेगमलाई कारवाही नगरिए आगामी आइतबारबाट देशभरिकै सम्पूर्ण प्रशासनिक केन्द्र ठप्प पार्ने चेतावनी दिएका छन् । गएको कात्तिक २४ गते पर्सामा आयोजित एक कार्याक्रममा जानका लागि थोत्रो गाडी उपलब्ध गराएको भन्दै मन्त्री बेगमले प्रजिअ भण्डारीलाई सार्बजनिक रूपमा ४ थप्पड हानेकी थिइन् । त्यस्तै हिजो बेलुकी बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री माधव कुमार नेपाले थप्पडको विषयमा मन्त्री करिमा बेगमलाई सोधपुछ गरेका थिए । कर्मचारीहरूले कानुनी रूपमा मन्त्रीलाई कारवाही नभए आफ्नो आन्दोलन मार्फत सरकार समेत ढल्न सक्ने बताएका छन् ।

No comments:

Post a Comment