काठमाण्डौ, ४ मंसिर- प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाल स्थित संयूक्त राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रिन बीच भेट बार्ता भएको छ ।
आज विहान प्रधानमंत्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा आगामी माघमा सकिने अनमिनको पदावधि लगायत नेपालमा राष्ट्रसंघको भूमिकाको विषयमा छलफल भएको बुझिएको बुझिएको छ । त्यस्तै अनमिन प्रमुख ल्यानग्रिनेले नेपालको आन्तरिक मामलामा राष्ट्रसंघले कुनै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेकी छिन् । उनले दलहरूलेनै उठाएको आन्तरिक मुद्धालाई सुरक्षा परिषदको बैठकमा राष्ट्रसंघले सम्बोधन मात्र गरेको प्रधानमन्त्री समक्ष स्पष्ट पारेकी छिन् । पछिल्लो पटक अनमिनको भूमिका प्रति असन्तुष्ट रहेका प्रधानमन्त्री माधव कुमार नेपाल लागयत सत्तारूढ दलले अनमिनले एक पक्षिय निर्णय गर्दै आएको भन्दै असन्तुष्टी व्यक्त गर्दै आएका थिए ।

No comments:
Post a Comment