Thursday, November 19, 2009

प्रधानमन्त्रीद्धारा राष्ट्रपति र माओवादी अध्यक्षसंग भेटवार्ता, मध्यमार्गी बाटो खोज्ने सहमति

काठमाण्डौ, ५ मंसिर- प्रधानमन्त्री माधव कुमार नेपालले आज राष्ट्रपति डा. रामवरण यादव र एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटवार्ता गरेका छन् ।

शुक्रबार विहानै राष्ट्रपति निवास पुगी प्रधानमन्त्री नेपालले राष्ट्रपति समक्ष संसदको गतिरोधका कारण पास हुन नसकेको बजेटका सम्बन्धमा लागयत सेनापति प्रकरणमा माओवादीले राष्ट्रपतिलाई लगाउदै आएको आरोपका सम्बन्धमा छलफल भएको बुझिएको छ । १ घण्टा भन्दा बढी समय भएको उक्त भेटमा राष्ट्रपतिले संसदको गतिरोध खुल्न नसकेको प्रति दुःख व्यक्त गरेको स्रोतले जनाएको छ ।

त्यस्तै यता कोटेश्वर स्थित आफ्नै निवासमा प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच राजनीतिक सहमतिका लागि मध्यमार्गी बाटो खोज्ने सहमति भएको बुझिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार पक्ष प्रतिपक्ष सवै भएर सहमतिका साथ बजेट पास गरिने विषयमा छलफल केन्दि्रत रहेको बताएका छन् । त्यस्तै उनले कसैलाई पनि आक्षेप नलगाएर मध्यमार्गी बाटो खोजी सहमति निकाल्ने प्रयास भएको बताएका छन् । मुठभेटका साटो सहमतिमा राजनीतिक निकास निकाल्ने कुरामा दुई नेता सकारात्क रहेको जनाएका छन् ।

No comments:

Post a Comment