Friday, November 20, 2009

आगामी साता बेपत्ता सम्बधी विधयेक संसदमा प्रस्तुत गरिन्छ : शान्ति मन्त्री


काठमाण्डौ, ५ मंसिर- शान्ति तथा पुननिर्माण मन्त्री रकम चेम्जोङले आगामी साता बेपत्ता भएका नागरिकका हककमा बेपत्ता सम्बनधी विधयेक संसदमा प्रस्तुत गरिने बताएका छन् ।

राजधानीमा आज आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री चेम्जोङले आगामी साता भित्र द्धन्द्धकालमा विद्रोहीका तर्फबाट र राज्यका तर्फबाट बेपत्ता भएका सवै नागरिकका सम्बन्धमा विधयेक प्रस्तुत गर्न लागिएको बताएका छन् । त्यस्तै उनले यो मंसिर भित्र सत्य मेलमिलाप तथा निरूपण आयोग सम्बन्धी विधयेक पनि भर सक यहि मंसिर महिना भित्र लगिने बताएका छन् । साथै उनले माओवादी शिविर भित्र रहेका अयोग्य लडाकु्हरूलाई यहि महिना भित्र लडाकुको इच्छा अनुसार पुनस्थापना गरिछाड्ने बताएका छन् । माओवादी र सरकार वीच विस्तृत शान्ति सम्झौता भएको तीन बर्षपूरा भएको विषयलाई आधार मानी हेर्दा नेपालले धेरै नै उपलब्धी हासिल बताउदै मन्त्री चेम्जोङले शान्ति सम्झौतालाई लिएर विभिन्न आलोचना भएता पनि मूल लक्ष्य र उद्देश्यमा दलहरू विचलित नभएको स्पष्ट पारेका छन् ।

यध्यपी बेला बेलामा राजनीतिक सहमति नभएका कारण शान्ति प्रक्रियामा अबरोध आएको भन्दै चेम्जोङले शान्ति प्रक्रिया र सरकारलाई एक साथ हेर्न नहुने बताएका छन् । द्धन्द्धकालमा ५ हजार भन्दा बढी भौतिक संरचना भत्किएकाले सरकारले त्यसको पुननिर्माणको कार्य अगि बढिराखेको बताएका छन् । २२ सय योजना पूर्णरूपमा सम्पन्न भएकाले बाकी ३ हजार योजनालाई पनि सरकारले चाडैनै सम्पन्न गरिसक्ने बताएका छन् ।

1 comment:

  1. hey...its a cool & smarty blog...i liked it...i also know somewhat of nepali language..i will become ur follower...may GOD give u success in all ur walks of ur life..hope u will like to check out my blogs too...

    http://rishabhdidwania.blogspot.com/
    http://howugetsuccess.blogspot.com/

    ReplyDelete