काठमाण्डौ, ९ मंसिर- सत्तासाझेदार २२ दलीय गठबन्धन र प्रतिपक्षी दल एकिकृत माओवादीबीच ३ सय १ को खेल भइरहेको छ ।
संसदमा बहुमतबाट बजेट परित गर्ने तरखरमा रहेको गठबन्धनको सरकार हर तरह आफ्ना सभासदलाई सदनमा उपस्थित गराउन प्रयत्नरत देखिएको छ । भने प्रतिपक्षी माओवादीले बजेट पासहुन नदिनका निम्ति विहानै देखि आन्तरिक छलफलमा व्यस्त छ । सिहदरबार स्थित माओवादी संविधानसभा दलको कार्यालयमा बसिरहेको माओवादी संसदीय बोर्डको बैठकले सरकारमा सामेल केही अन्य दलसमेत आफ्नो पक्षमा रहेको भन्दै छलफललाई तीव्र बनाएको छ । माओवादी उपनेता नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसिरहेको उक्त बैठकले संसदबाट परित हुन लागेको बजेटको मतदानमा सहभागी हुने वा नहुने विषयमा समेत आधिकारिक धारणा सार्बजनिक गर्दै छ । त्यस्तै उता सरकारको आयु लम्बयाउन आज विहानै प्रधानमन्त्री माधव कुमार नेपालले नेपाल मजुदर किसान पार्टीका अध्यक्ष नारायणमान् विजुक्छेसंग भेट वार्ता गरेका छन् । भेटमा संसदमा हुन गइरहेको मतदानम ा सहयोग पुर्र्याउन प्रधानमन्त्रीले विजुक्छेसंग आग्रह गरेका छन् ।

No comments:
Post a Comment