Thursday, November 26, 2009

विमान खरिद प्रक्रिया तत्काललाई रोक्न लेखाको निगमलाई निर्देशन


काठमाण्डौ, १२ मंसिर- नेपाल बायुसेवा निगमले खरिद गर्न लागेको दुई वटा विमान प्रक्रियालाई तत्काल रोक्न संसद अन्तरगतको सार्बजनिक लेखा समितिले निगलाई निर्देशन दिएको छ ।
आज बसेको समिति सहित निगम पदाधिकारीको बैठकले विमान खरिद प्रक्रिया पारदर्शी नभएको साथै निगमले लेखालाई समेत विवादमा तान्ने काम गरेको प्रति आपत्ती जनाएको छ । साथै सार्बजनिक रूपमा निगम अध्यक्षले सञ्चारमाध्यममा दिएको अभिव्यक्ति लाईसमेत आपत्तीजनक रूपमा लिएको छ । साथै विमान खरिद प्रक्रियामा लेखा समितिलाई निगमले विपक्षको संज्ञा दिन खोजेको प्रति रोष प्रकट गर्दै समिति सभापति रामकृष्ण यादवले व्यक्तिगत रूपमा व्यक्तव्यबाजी गर्दै नहिड्न निगमका पदाधिकारीलाई आग्रह गरेका छन् ।

त्यस्तै समितिको आजको बैठकले विमान खरिद गर्न सहयोग गर्ने सम्पूर्ण पक्षसंग छलफल गरेर मात्र जहाज खरिद प्रक्रिया अगाडी बढाउने निस्कर्षनिकालेको छ । बैठकमा पर्यटन मन्त्रालयका सचिव नगेन्द्र घिमिरे, निगमका अध्यक्ष सुगतरत्न कंसकार र महाप्रवन्धक क्याप्टेन केबी लिम्बु उपस्थित भएका थिए ।


No comments:

Post a Comment