Monday, November 30, 2009

२२ औ विश्व एडस दिवस नेपालमा पनि विविध कार्याक्रम गर्दै मनाईदै

काठमाण्डौ, १६ मंसिर- एचआइभी एडस पीडीतको सेवामा सबैको पहुच बढाऔ, मानवअधिकार सुनिश्चित गरौ भन्ने मूल नाराका साथ आज नेपालमा पनि २२ औ विश्व एड्स दिवस मनाइदै छ ।

एड्स दिवसका अबसरमा राजधानी लगायत मूलुका विभिन्न स्थानमा विविध चेतना मूलक कार्याक्रम आयोजना गरि यो दिवस मनाइदै छ । विश्व स्वास्थय संगठनको पछिल्लो तथ्याङक अनुसार हाल विश्वभर ३ करोड ३४ लाख भन्दा बढी व्यक्तिहरू एचआइभी संक्रमित रहेको अवस्थामा नेपालमा पनि करिब १४ हजार ३ सय २० जना व्यक्तिमा यो रोग देखा परिसकेको छ । असुरक्षित यौन सर्म्पर्कका माध्यमबाट र्सर्ने यो रोग विश्वमा पहिलो पटक संयूक्त राज्य अमेरिकामा चार जना व्यक्तिमा देखापरेको थियो भने नेपालमा २१ बर्षअघि सन् १९८८ मा देखापरेको थियो ।

त्यस्तै एड्स दिवसको अवसरमा प्रधानमन्त्री माधव कुमार नेपालले एक वत्तव्य जारी गर्दै विश्वव्यापी रूपमा एचआइभी एड्सको महामारी फैलिरहेके बर्तमान अवस्थामा नेपाल पनि त्यसबाट अलग रहन नसकेको बताएका छन् । वक्तव्यमा उनले बढ्दो संक्रमणबाट नागरिकको स्वास्थय तथा सामाजिक आर्थिक क्षेत्रमा गम्भिर समस्याहरू उत्पन्न भइरहेको भन्दै नेपाल जस्तो मूलुकमा शिक्षा, साधन र स्रोतको अभाव भइरहेको अबस्थामा यस्ता संक्रमणकारी रोग नियन्त्रण गर्न सरकारी गैरसरकारी संघ संस्था, निजी क्षेत्र, आमसञ्चारमाध्यम र नागरिकहरूले आ-आफ्नो क्षेत्रबाट ठूलो भूमिका खेल्नुपर्ने बताएका छन् ।

No comments:

Post a Comment