Monday, November 30, 2009

फाल्गुनन्दलाई विभुतिको उपाधी, द्धन्द्ध पिडितले ऋण बुझाए ब्याज मिनाहा


काठाण्डौ, १६ मंसिर- आज विहान बसेको मन्त्री परिषदको बैठकले किरात धर्मगुरू फाल्गुनन्दलाई राष्ट्रिय विभुति घोषणा गरेको छ । यस अघि १५ जनाको सख्यामा रहेका नेपालका विभुतिको संख्या अब १६ पुगेको छ ।

त्यस्तै बैठकले द्धन्द्ध पिडितले ऋणतिरे त्यसको ब्याज मिनाहा गर्ने निर्णय समेत गरेको छ । बैठकका निर्णय बारे जानकारी दिदै सरकारका प्रवक्ता एव सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका ७ वटा होटललाई आगामी ३ बर्षसम्मका लागि चलाउन दिने निर्णय समेत गरेको जानकारी दिएका छन् । गएको असार मसान्त देखि राष्ट्रिय वन्यजन्तु संरक्षण विभागले समयमा राजश्व नतिरेका कारण होटल सञ्चालन गर्न दिएको थिएन् । विवादित होटल सञ्चालन प्रक्रियाले प्रकृतिक स्रोत तथा तथा राजश्व बाडफाड समिति र लेखा समिति बीच निकै विवाद समेत उत्पन्न भएको थियो । अन्त्यमा पर्यटन बर्ष२०११ लाई मध्यनजर गर्दै लेखाले सरकारलाई उचित निर्णय गर्न सरकारलाई निर्देशन दिएका कारण निकुञ्ज भित्र सञ्चालित उक्त होटलले तिर्न बाकी सम्पूर्ण बक्यौता रकम असुल्ने गरी होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । त्यस्तै मन्त्री परिषदको आजको बैठकले विभिन्न निकायमा नियुक्ति र बढुवाको प्रक्रियालाई समेत अगाडी बढाएको छ । बैठकले औषधी व्यवस्था विभागको महाप्रवन्धकमा बाबुलाल प्रसाद शाहलाई नियूक्ति गर्ने निर्णय गरेको छ साथै सैन्य क्षेत्रतर्फसेनानी डा. गोपाल महर्जनलाई प्राविधिक महासेनानी र महासेनानी ताजमान सिह बस्न्यातलाई हवाई सुरक्षा निर्देशानलय हेर्ने गरी साहाक रथीमा बढुवा गर्नुको साथै अतिरक्ति प्रहरी महानिक्षिक अर्जुन बहादुर शाही लाई डार्फर स्थित संयूक्त राष्ट्रसंघीय मिसनमा पठाउने समेत निर्णय गरेको छ ।

त्यस्तै मन्त्री परिषदको बैठकले ५७ वटै जिल्लामा संञ्चार मन्त्रालयको संयन्त्रलाई विस्तार गर्ने निर्देशिकालाई अनुमोदन गर्नुको साथै लुम्बिनीमा रहेको सर्वोदय सभालाई ६ लाख रूपैया आर्थिक सहयोग निकास गर्ने समेत निर्णय गरेको छ ।


No comments:

Post a Comment