काठमाण्डौ, १० मंसिर- नेपाली काग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल बीच भएको आजको भेटवार्तामा एक हप्ता भित्र उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ ।
कोइरालालाई भेटन् महाराजगञ्ज पुगेका एमाले अध्यक्ष खनालले जारी राजनीतिक गतिरोध अन्त्यका निम्ति चाडो भन्दा चाडो प्रमुख तीन दलका शिर्ष नेताहरू सम्मिलित संयन्त्र गठन गर्न कोइराला समक्ष पहल गरेका छन । भेटपछी सञ्चारकर्मीहरूसंग बोल्दै अध्यक्ष खनालले जारी राजनीतिक गतिरोधको निकास चाडै निस्कनेमा आफु विश्वस्त रहेको बताएका छन् । शान्ति प्रक्रिया र नया संविधानलाई तार्किक निस्कर्षमा पुर्र्याउन अव बन्ने उच्च स्तरीय संयन्त्रले प्रमुख भूमिका खेल्नेमा आफु आशावादी रहेको उनले बताएका छन् ।
त्यस्तै भेटमा सहभागी रहेका काग्रेस नेता कृष्ण सिटौलाका अनुसार सरकार परिवर्तनका विषयमा भने कोइराला र खनाल बीच कुनै छलफल नभएको बताएका छन् ।

No comments:
Post a Comment