Friday, March 5, 2010

सरकार विरूद्ध अविश्वासको प्रस्ताव लैजाने माओवादी निर्णय

काठमाण्डौ, २० फागुन- आज बसेको एकिकृत माओवादीको केन्दि्रय पदाधिकारीको बैठकले सरकार विरूद्ध अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ ।

नया बजार स्थित अध्यक्ष प्रचण्डको निवासमा झण्डै तिन घण्टा बसेको उक्त बैठकले "सरकार हरेक पक्षबाट असफल भएको निस्कर्ष सहित अविश्वासको प्रस्ताव लैजाने तयारी गरेको" बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यस्तै माओवादी पदाधिकारी बैठकले चौतर्फी असफल भएको यो सरकारले समयमा संविधान जारी समेत गर्न नसक्ने भन्दै सरकार परिवर्तनको विकल्प नभएको निस्कर्ष निकालेको छ । सरकारको राजिनामा तत्कालको आवश्यक्ता ठहर गर्दै माओवादीले सरकार परिवर्तनका लागि दवाव मूलक कार्याक्रम समेत गर्ने भएको छ ।

एमाले केन्दि्रय सदस्यद्धारा गृह मन्त्रीको राजिनामा माग, राजिनामा प्रति गृहमन्त्रीको कडा आपत्ती

काठमाण्डौ, २० फागुन- आफ्नै पार्टीबाट सरकारमा गृह मन्त्रीको कुर्ची सम्हालिरहेका गृह मन्त्री भीव बहादुर रावलको एमाले केन्दि्रय सदस्यहरूले राजिनामा मागेका छन्



आज बिहान बसेको एमाले केन्दि्रय समितिको बैठकमा बोल्दै अधिकाशं केन्दि्रय सदस्यहरूले मूलुकको पछिल्लो शान्ति सुरक्षा प्रति गृह मन्त्रालयको निरिह भएको भन्दै गृह मन्त्री भीम बहादुर रावललाई सरकारबाट फिर्ता बोलाउन प्रधानमन्त्री समक्ष माग गरेको एक केन्दि्रय सदस्यले जानकारी दिए । राज्य पुनसंरचनाका सम्बन्धमा संविधानसभामा देखिएको पार्टीको आन्तरिक मतभेद अन्त्यका सम्बन्धमा डाकिएको सो बैठकमा "भावी संविधानमा राज्य पुनसंरचनाको विषयमा सामान्य छलफल भई आगामी शनिबार बैठक पुन बस्ने गरी स्थगित गरिएको" एमाले सचिव युवराज ज्ञावालीले जानकारी दिए ।

यस्तै उता आज बसेको पार्टीको केन्दि्रय समितिको बैठकमा आफ्नो राजिनामा माग गरिएको प्रति गृह मन्त्री रावलले कडा आपत्ती प्रकट गरेका छन् । निकै कडा सुरक्षाका बीच राजधानिमा आज आयोजित एक साक्षात्यकार कार्याक्रममा बोल्दे मन्त्री रावलले एकाध घटनालाई लिएर कसैले पूर्वाग्राही ढङ्गमा मूलुकको पुरै शान्ति सुरक्षा विग्रिएको भन्छ भने त्यस भनाईमा आफुले राजिनामा नदिने स्पष्ट पारे । उनले यो अवस्थामा झन आफुले कुनै पनि हालतमा राजिनामा नदिने बरू यो अवस्थामा आफु डटेर सामना गर्ने बताए ।

हिन्दु राज्य कायम हुनु पर्ने पूर्व प्रधानमन्त्री भट्टराईको माग, १४ जेठमा संविधान नबने केही फरक नपर्ने

काठमाण्डौ, २० फागुन- पूर्व प्रधानमन्त्री तथा काग्रेस सस्थापक नेता कृष्ण प्रसाद भट्टराईले कुनै पनि हालतमा नेपाल हिन्दु राज्य हुनु पर्नेमा माग राखेका छन् ।

पशुपतिको वनकालीमा भईरहेको सहस्र चण्डी महायज्ञमा होमका लागि त्यहा पुगेका सन्त नेता भट्टराईले "नेपालमा हिन्दु धर्मको आवश्यकता अझै रहेको भन्दै उनले सनातन देखि हिन्दु अधिराज्य भएकाले यो देश हिन्दु अधिराज्य ने हुनु पर्ने" बताए । यस्तै आगामी जेठ भित्र संविधान बन्छ कि बन्दैन भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले "१४ जेठ भित्र संविधान नबने केही फरक नपर्ने" तर्क गरे । यस्तै उनले "आफ्नै नेतृत्वमा २०४७ को संविधान उत्कृष्ट भएको भन्दै नेता भट्टराईले यो संविधान पनि उत्कृष्ट बन्नेमा आफु अशावादी रहेको" बताए ।

विशेष सुरक्षा योजना सफल नभएको सरकारको स्विकार, थप परिमार्जित सहित लागु गर्ने निर्णय

काठमाण्डौ, १९ फागुन- शान्ति सुरक्षा कायम गर्न भन्दै गृहमन्त्री भीम बहादुर रावलको योजना अनुरूप लागु गरिएको विशेष सुरक्षा योजना सफल नभएको सरकारले स्विकार गरेको

आज बसेको मन्त्रीपरिषदको नियमित बैठकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको निस्कर्षसहित सरोकारवालाहरूसंग विशेष छलफल गरी परिमर्जित सहित विशेष सुरक्षा योजना लागु गर्ने निर्णय गरेको हो बैठकका निर्णय बारे सञ्चराकर्मीहरूलाई जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले "देशका विभिन्न भागहरूमा घटेका हिंसात्मक घटनाहरूका सर्न्दर्भमा त्यसलाई गम्भिरता पूर्वक लिदै गृह मन्त्रालयका तर्फबाट लागु भएको विशेष सुरक्षा योजनाको पुनरावलोकन गर्ने सरोकारवाला पक्षहरूसंग बसी त्यसलाई के कसरी प्रभावकारी ढङ्गले अगाडी बढाउने विषयमा छलफल आरम्भ गर्ने सुरक्षा लाई केन्दि्रत गरिनकन विशेष सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाउने हिसाबले अगाडी बढ्ने सम्बन्धमा सरकारले निर्णय गरेकोf" बताए

यस्तै बैठकले सञ्चारक्षेत्रसंग सम्बन्धीत चारवटा संस्थालाई शान्तिनगरमा भवन निर्माणार्थ जग्गा उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको मन्त्री पोखरलेले जानकारी दिए जसमा नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकाष्ट नेपाल नेपाल छापा माध्यम राष्ट्रिय सञ्जाल रहेको मन्त्री पोखरलले बताए यस्तै मन्त्रीपरिषदको बैठकले सरकारी बजेट व्यवस्थापन तथा खर्च पुनरावलोकन अयोग गठन गर्ने तथा हेटौडामा बाणिज्य इजलाश समेत स्थापना गर्ने भएको साथै उक्त बैठकले वन मन्त्रालयका श्रेणीविहिन कर्मचारी

लामो समय पछी संविधानसभाको बैठक

काठमाण्डौ, १९ फागुन- गत माघ २१ गते देखि काम नपाएर स्थगित गरिएको संविधानसभाको बैठक आज बसेको छ ।

अपरान्ह ३ बजेबाट संविधानसभा भवन नयाबानेश्वरमा बसिरहेको सो बैठकमा संवैधानिक निकायको संरचना निर्धारण समितिको अध्ययन प्रतिवेदन पेश हुने संविधानसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सो अध्ययन प्रतिवेदन संविधान सभा अध्यक्ष सुवास नेम्वागङ्गले बैठक प्रस्तुत गर्ने छन् । यस्तै अन्तरिम संविधानमा उल्लेख भए बमोजिम करिब एक दर्जन आयोग गठन सम्बन्धी प्रस्ताव सहमति नभएपनि सो प्रस्तावमाथि आज छलफल हुन लागेको हो ।



प्रहरी हस्तक्षेपका बाबजुत पत्रकारको आन्दोलन सफल, गृहमन्त्री र सञ्चारमन्त्रीको राजिनामा माग

काठमाण्डौ, १९ फागुन - पटक- पटक सञ्चार क्षेत्रका व्यक्तिमाथि हुदै आएको आक्रमण तथा त्यस प्रति सरकारले देखाएको उदाशिनताको विरोधमा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको नेतृत्वमा आयोजना गरिएको काठमाण्डौ जिल्ला प्रशासन धर्ना कार्याक्रममा प्रहरीले हस्तक्षेप गरेको

एक महिना नवित्दै दुई जना सञ्चार उद्यमीको हत्या भएपछी संञ्चार क्षेत्रको सुरक्षाको प्रश्न गर्दे पत्रकारहरूले दबाव स्वरूप आज मध्यान्न १२ बजे बाट प्रशासन घेराउ गर्न जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । यध्पी हस्तक्षेपका बाबजुत पत्रकारहरूले आफ्नो १ घण्टे धर्ना कार्याक्रमलाई पूर्ण रूपले सफल बनाएका थिए ।


गत सोमबार जनकपुर टुडे सञ्चालक अरूण सिंघानियाको हत्या भएपछी पुन आतङकित बनेको नेपाली सञ्चार क्षेत्रको सुरक्षाका सम्बन्धमा सरकारलाई कि त सुरक्षा देऊ कि राजिनामा भन्दै पत्रकारहरूले सरकारको ध्याना कर्षा गराउन एक काठमाण्डौ जिल्ला प्रशासन कार्यालय आगाडी एक घण्टा धर्ना दिएका हुन । धर्नामा उपस्थित पत्रकारहरूले शान्ति सुरक्षा कायम गर्न नसेको भन्दै गृह मन्त्री र सञ्चारमन्त्रीको राजिनामा माग गरेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघको अगुवाईमा आज देश भरिका ७५ वटै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना कार्याक्रम आयोजना गरिएको छ । काठमाण्डौको धर्ना कार्याक्रममा उपत्यकाका रहेको पत्रकार महासंघको तीन वटा शाखा काठमाण्डौ, भक्तपुर र ललितपुरका पत्रकार, पापडका सदस्यहरू, लगायत नेपाली सञ्चारगृहका अधिकाशं पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

सुजताको भ्रमण छोटियो, दालमा केही कालो भएको संकेत

काठमाण्डौ, १९ फागुन- गत शनिबार १५ दिने युरोप भ्रमणमा निस्किएकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको भ्रमण अकस्मात छोटिएको छ ।

आफ्ना पिता गिरिजा प्रसाद कोइरालाको स्वास्थय स्थितीलाई कारण बनाउदै मन्त्री कोइराला आगामी शुक्रबार नेपाल र्फकने कार्याक्रम रहेको बुझिएको छ । उच्च स्तरिय रहनशहन तथा विलाशितामा रमाउने मन्त्रीको उपाधी पाएकी कोइराला यसरी आफ्नो भ्रमणको आधि समय छोट्याएर स्वदेश र्फकनु लाई दालमा केही कालो भएको विश्लेषकहरूले बताएका छन् । यस्तै हिजोबाट सुरू उच्च स्तरिय राजनीतिक संयन्त्रको बार्ताले नेपाली राजनीतिमा निकै ठूलो निर्णय गर्ने हल्ला भइरहेको समाचार उनी कहा पुगेपछी उनले आफ्नो १५ दिने यूरोप भ्रमणालाई ७ दिनमा झारी नेपाल फिर्किन लागेको स्रोतले बताएको छ ।

असिनामा रमाए काठमाण्डौ वासी, जनजिवन प्रभावित

काठमाण्डौ, १७ फागुन- सधै टेलिभिजनमा देखिने सेता हिउ हेरेर आनन्द लिने काठमाण्डौबासीले सोमबार साझ प्रत्यक्ष रूपमा ठूल-ठूला असिनाका दाना हातले खेलाउन पाउदा मख्ख थिए कुइरीमण्डल जसरी आएको हावहुरीले ल्याएको वर्षा संगै परेको असिना खेल्नेको भिड बेलुकी अबेर साझ सम्म देखिएको थियो

केही बेर पानी परेतापनि सिमसिमे पानीलाई बेवास्ता गर्दे युवायुवतीहरू असिनासंग खेलेको दृश्य आफ्नो क्यामेरामा कैद गर्न मस्त देखिन्थ्ये । त्यस्तै बृद्ध र बालबालिकाहरू पनि असिनासंग खुब रमाईरहेका देखिन्थे । आधा फिट सम्म परेको असिनाका कारण सधै जसो फोहरले भरिने राजधानी मोति मय भएको थियो । जाडो यामको अन्तिम वर्षा समेत भनिएको सोमबार साझको असिना वर्षालाई कतिपयले जाडो सकिएको संकेत समेत भएको बताएका छन् ।

यस्तै असिना वर्षाका कारण काठमाण्डौको जनजिवन केही प्रभावित बनेको छ । एक्कासी आएको हावाहुरी र असिनाले विभिन्न स्थानमा रूखहरू ढल्नुका साथै केही सवारी दुर्घटना समेत भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीकाका कारण नारायणहिटी दरबार संङग्राहालयको उत्तर गेटका केही रूखहरू, त्यस्तै जयबागेश्वरीको सिफल जंगलका रूखहरू ढलेका छन् । जयबागेश्वरीमा रूख ढलेका कारण सो क्षेत्रको सवारी आवागमन समेत अबरूछ भएको खबर प्राप्त भएको छ । यस्तै असिनामा चिप्लिएर केही स्थानमा सवारी दुर्घटना समेत भएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । जसमा मोटरर्साईकल दुर्घटना बढी रहेको महाशाखाले जनाएको छ ।

शैली थिएटरमा बाल नाटक महोत्सव

काठमाण्डौ, १७ फागुन- प्रथम बाषिर्कोत्सवको अबसरमा शैली थिएटरले आज बाट सातदिने बाल नाटक महोत्सव सुरू गरेको

कार्तिकेय बाल प्रतिभा पुरस्कार कोषको सहकार्यमा रसियन कल्चर सेन्टर र शैली थिएटरको प्रस्तुती रहेको उक्त महोत्सवमा आगामी फागुन २३ गते सम्म जम्मा ९ वटा बाल नाटक प्रस्तुत गरिने आयोजकले बताएको छ ।


साहित्यकार अभि सुवेदीले उद्धघाटन गरेको उक्त महोत्सवको पहिलो दिन अलेक्सजेन्दु्र पुस्किनको बाल नाटक सुनौलो माछा लाई शैली थिएटरले मञ्चन गरेको छ । यस्तै आगमी आईतबार सम्म चल्ने उक्त महोत्सवमा दबिएका अवाजहरू, टंक प्रसाद चौलागाईको र्टच लाईट, महोत्सव त्यस्तै महेश पौडेलको चङ्गा, छुट्टी जस्ता बालनाटक मञ्चन गरिने छ । यस्तै शनिबारको दिन पाच रूपैया नामक शैली थिएटरकै प्रस्तुती रहेको नाटकलाई च्यारिटो शो मार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सव कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा भइरहेको छ ।

पहाडी जिल्ला लगायत काठमाण्डौ उपत्यकामा होलीको रौनक तीव्र

काठमाण्डौ, १६ फागुन- रंङ्गहरूको पर्वको रूपमा हर्षो उल्लासका साथमा मनाईने होली पर्वको रौनक आज पहाडी जिल्ला लगायत काठमाण्डौ उपत्यका निकै रौनकताका साथ मनाईएको छ ।

असत्य माथि सत्यको जितको रूपमा सदिऔ देखि मनाईदै आएको यस दिन आपसी रिस, द्धेशलाई त्यागी भाइचाराको सम्बन्धमा सुदृण होस भन्ने अपेक्षा सहित एक आपसमा रंग दली यो पर्व मनाईने गरिन्छ । यस्तै आजको दिन पहाडी जिल्लाहरूमा होली खेल्ने परम्परा रहेको छ भने भोली तर्राईका जिल्लाहरूमा हार्षोल्लासका साथ यो पर्व मनाइने चलन छ ।



यस्तै आजको दिन मिर्ठाईबाट बनेका परिकारमा भाङ समेत मिसाएर खाने चलन छ । भाइचाराको सम्बन्धलाई विस्तार गर्ने पर्वको रूपमा रहेको यस होली परम्परा समय संगसंगै परिवर्तन भएको देखिन्छ । यस्तै संस्कृतिको नाममा केही विकृतिहरू समेत यस पर्वमा बढिरहेको देखिन्छ । होलीमा जथाभावी लोला ९पानीले भरिएको पल्लास्टिक ० हान्ने, रंग र अविरको नामा हानिकारक केमिकल प्रयोग गर्ने तथा मद्यपान गरेर झैझगडा गर्ने जस्ता नराम्रा प्रवृति समेत होलीमा विकसित हुदै गएको छ ।



एमआरपी छपाई प्रस्ताव पुन मन्त्रीपरिषमा लैजाने सुजाताको अडान, मुख्य सचिवको राजिनामा माग

काठमाण्डौ, १५ फागुन- उपप्रधान एवं परराष्ट्र मन्त्री सुजाता कोइरालाले मेसिन रिडेबल पासपोर्ट छपाई सम्बनधी प्रस्ताव पुन मन्त्रीपरिषदको बैठकमा लैजाने बताएकी छिन् ।

दुई साता लामो युरोप भ्रमणमा जानु अघि शनिबार राजधानीमा आयोजित एक साक्षातकार कार्याक्रममा बोल्दै मन्त्री कोइरालाले नेपाल-भारत मन्त्री स्तरिय निर्णयको आधारमा भएपनि सो विवाद अन्त्य गरि छाड्ने बताईन । यस्तै उनले मुख्य सचिवको लापरबाहीको कारण एमआरपी छपाई विवादमा परेको भन्दै काम ठग्ने सचिवले राजिनामा दिनुपर्ने बताइन् । पटक-पटक एमआरपी सम्बन्धी आफ्नो प्रस्तावलाई सचिवले लुकाएको आरोप समेत लागएकी छिन् ।

गत बिहिबार बसेको मन्त्रीपरिषदको बैठकमा कोइरालाले विना प्रतिस्पर्धा एमआरपी छपाई भारतमा गर्ने प्रस्ताव गरेतापनि लेखा समितिले सो सम्बन्धी निर्णय नगर्न सरकारलाई निर्देशन दिएपछी मन्त्रीपरिषदको सो बैठकले आगामी चैत १९ सम्म द्धिपक्ष बर्ता गरी एमआरी छपाई सम्बन्धी निर्णय गर्न परराष्ट्रलाई निर्देशन दिदै कोइरालाको सो प्रस्ताव अस्विकृत गरिदिएको थियो ।

पर्यटन बर्ष आजबाट प्रारम्भ, बन्दहडताल नगर्ने सवै पक्षको प्रतिबद्धता

काठमाण्डौ, १४ फागुन- मुलुकको विकास, पर्यटन, आर्थिक उन्नती पहिचानको उद्देश्यका साथ पर्यटनका लागि संगसंगै भन्ने मुख्य नाराका साथ आज पर्यटन बर्ष २०११ को प्रारम्भ भएको

आर्थिक उन्नतीलाई मूल आधार बनाई राजधानीको मुटु टुडिखेल स्थित सैनिक मञ्चमा आयोजित एक भव्य समारोहका बीच प्रधानमन्त्री माधव कुमार नेपालले लुम्बिनी बाट झिकाईएको शान्ति दिपमा आगो बाली पर्यटन बर्ष २०११ को समुदघाटन गरेका हुन । यस्तै पर्यटन बर्ष२०११ संगसंगै सवै पक्षले बन्द हडताल जस्ता कार्याक्रम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

र्सवप्रथम नेपालसरकारका तर्फबाट प्रधानमन्त्री माधव कुमार नेपालले पर्यटनका लागि संगसंगै भन्दै पर्यटन बर्ष २०११ लाई सफल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । यस्तै प्रत्येक पार्टीका तर्फबाट एक-एक जनाले सो समयावधिभर बन्द हडताल जस्ता कुनै कार्य नगर्ने भन्दै सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए । जसमा नेपाली काग्रेसका तर्फबाट उपसभापति गोपालमान श्रेष्ठ, एमालेबाट बामदेव गौतम, तर्राई मधेस लोकतान्त्रिक बाट विजय कुमार गच्छदार, तमलोपाबाट र्सर्वेन्द्रनाथ शुक्ल, चुरेभावर एकता समाजबाट केशव प्रसाद मैनाली, त्यस्तै नेकपा मालेबाट सिपी मैनाली लगायत रहेका थिए । यस्तै एकिकृत माओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपस्थित भई बधाई दिएर गएको आयोजकले बताएका थिए ।

यस्तै उद्योग व्यवसायीका तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट अध्यक्ष कुश कुमार जोशी, पत्रकारहरूको तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरही, कलाकारको तर्फबाट नेपालकी पहिली नायिक भुवन चन्द, ग्लयामर क्षेत्रबाट मिस नेपाल जेनिशा मोक्तान त्यस्तै चिकित्सक, शिक्षक, बैकिङ क्षेत्रका विशिष्ट व्यक्तिहले पर्यटन बर्षसफल पार्न प्रतिबद्धता व्यक्त गरेका थिए ।


हात हातमा नेपालको झण्डा बोकी दशौ हजारको संख्यामा उपस्थित विभिन्न व्यक्तिहरूको भीडले टुडिखेल केही झण्डामय भएको थियो । विश्वमा नेपाललाई चिनाउन माओवादीको नौ महिने सरकारले घोषणा गरेको पर्यटन बर्ष २०११ लाई माधव नेपाल सरकारले र्समर्थन गर्दै पर्यटन बर्ष घोषणा गरेको हो ।






द्धिपक्ष वार्ता मार्फत रिडेवल पासपोर्ट छाप्ने सरकारको निर्णय, ५ सचिवको पदोन्नती

काठमाण्डौ, १३ फागुन- विवादित बनेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी) छपाई सम्बन्धी विषय द्धिपक्ष वार्ता बाट खरिद गर्न सरकारले निर्णय गरेको छ ।


मन्त्रीपरिषदको आजको बैठकमा उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले विना प्रतिस्पर्धा एमआरपी छपाई भारतमा गर्ने प्रस्ताव गरेतापनि लेखा समितिले सो सम्बन्धी निर्णय नगर्न निर्देशन दिएपछी सरकारले तत्काललाई सो सम्बन्धी निर्णय नगर्ने भएको हो । मन्त्रीपरिषदको बैठकले आगामी चैत १९ सम्म द्धिपक्ष बर्ता गरी एमआरी छपाई सम्बन्धी निर्णय गर्न परराष्ट्रलाई निर्देशन समेत गरेको छ । यस्तै मन्त्रपरिषदको बैठकले पाच जना सचिवको पदोन्नती समेत गरेको छ । बैठक पछी सञ्चारकर्मीहरूसग कुरा गर्दै गृह मन्त्री भीमबहादुर रावलले पदोन्नतीमा १५ जनाको नाम सिफारिस भएका मध्ये विभिन्न योग्यताक्रमका आधारमा पाच जनालाई छानिएको बताए । जसमध्ये क्रमश शितलबाबु रेग्मी, विमल वाग्ले, महेन्द्र श्रेष्ठ, माधव घिमिरे र आनन्द पोखरेल रहेका छन् । हिजो बुधबार लोकसेवा आयोगका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा बसेको एक बैठकले बढुवाका लागि १५ सचिवको नाम मन्त्रीपरिषको बैठकमा पठाएको थियो ।


आवश्यक गृहकार्य विना हिजो स्थिगित भई आज पुन बसेको मन्त्रीपरिषदको बैठकले करिब डेढ महिना अघि देखि रिक्त रहेको राष्ट्र बैकको गर्भनर नियुक्ति गर्ने बताइएतापनि काग्रेस-एमालेको आन्तरिक मतभेतका कारण सो सम्बन्धी निर्णय भने हुन सकेन ।





४८ घण्टे खबरदारी धर्नामा नागरिक अगुवाहरु

काठमाण्डौ, १३ फागुन- निर्धारित मितिमा नया संविधान निर्माण गर्न दलहरूलाई दवाव दिने उद्देश्यका साथ नागरिक समाजका अगुवाहरू ४८ घण्टे धर्नामा उत्रिएका छन्

यस अघि गत माघ १९ गते पहिलो पटक संविधान निर्माणका निम्ति दवाव स्वरूप २४ घण्टे धर्नामा उत्रिएका नागरिक अगुवाहरू आफ्नो दवाव मूलक आन्दोलनलाई थप कडा बनाउदै २४ घण्टे आन्दोलनमा उत्रिएका हुन आज विहान बजे देखि संविधान सभा भवन नया बानेश्वरको पश्चित गेट तर्फआन्दोलनमा उत्रिएका नागरिक समाजका अगुवाहरू पर्सी शनिवार विहान बजे सम्म धर्नामा बस्ने छन् समाजले आम जनताले व्यहोर्नु परिरहेको महंङ्गी, अभाव असुरक्षा, र्सार्वजनिक अनुशानहीनता, दण्डहितनता अराजकता प्रति दलहरू उदासिन भएको भन्दै आफुहरूले यस किसिमको खबरदारी धर्ना आयोजना गरिएको बताए

यस्तै यस अघि गत फागुन गते पनि समाजले राजधानीका विभिन्न पाच स्थान गौशाला, कलंकी, ललितपुर, चाबहिल, गंगबुबाट खबरदारी र्याली निकालेका थिए दलहरूलाई दवाव दिने उद्देश्यका साथ समाजले आगामी २५ गते नया बानेश्वरमा विशाल नागरिक सभा समेत गर्दै

धर्ना कार्याक्रममा नागरिक समाजका अगुवा डा। देवेन्द्रराज पाण्डे, सुन्दरमणि दिक्षित , कृष्ण पहाडी, श्याम श्रेष्ठ, डा। रेणु भण्डारी लगायत रहेका छन्

आजबाट खाना पकाउने एलपी ग्यास विक्रि वितरणमा बन्द, कालो बजारी सुरू

काठमाण्डौ, १३ फागुन- माग अनुसार ग्यास आपूर्ति नभएको भन्दै एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघले आज बाट खना पकाउने एलपी ग्यायको विक्रि वितरण बन्द गराएका छन् ।

"लामो समय देखि बजारमा देखिएको ग्यासको अभावसंगै उभोक्ताको चर्को दवाव बढेकाले सरकारको त्यस प्रति ध्यानाकर्षण गराउन आफुहरू बाध्य भएको" ग्यास ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले आजभोलीलाई बताए । साथै उनले "यस सम्बन्धमा सरकारले यथा स्रि्र कुनै निर्णय नगरे त्यस बाट उत्पन्न हुने परिणामको जवाफ सरकारले नै दिनुपर्ने" बताए । यस्तै उता एलपी ग्यास उद्योग ग्यास संघका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठले "यो बन्दको पक्षमा महासंघको समेत साथ रहेकाले चाढो भन्दा चाढो सरकारले यस प्रति ध्यान दिनु पर्ने" बताए । प्रति महिना १५ हजार टन ग्यासको आवश्यकता भएतापनि निगमले प्रति महिना ११ हजार टनमात्र ग्यास आपूर्ति गरेका कारण आफुहरू एक भएर ग्यास विक्रि वितरण गर्न बाध्य भएको श्रेष्ठले बताए ।

अकस्मात अत्यावश्यक बस्तु विक्रि वितरणमा रोक लगाएपछी ग्यासमा कालोबाजरी सुरू हुने पक्का भएको छ । उत्पादक र वितरकबीचको यो साठगाठले जनताको पेटमा समेत राजनीति गरेकोमा सम्बन्धीत पक्षले यस प्रति आवाज उठाउनु आवश्यक देखिएको छ ।

गर्भनर नियुक्ति र रिडेएवल पासपोर्ट छपाई सम्बन्धमा मन्त्रीपरिषदले निर्णय गर्दै

काठमाण्डौ, १३ फागनु- आज बस्ने मन्त्रीपरिषदको बैठकले करिब डेढ महिना अघि देखि रिक्त रहेको राष्ट्र बैकको गर्भनर पद र रिडिएवल पासपोर्ट एमआरपी छपाई सम्बन्धी विवादलाई टुङ्गो लगाउने भएको छ ।

अपरान्ह प्रधानमन्त्री कार्यालयमा बस्ने मन्त्री परिषदको नियमति बैठकले यस सम्बन्धमा विशेष निर्णय गर्ने बताईएको छ । गभर्नर नियुक्ति सम्बन्धमा दलहरूको आ-आफ्नै अडानका कारण रिक्त रहेको सो पदमा प्रस्तावित तीन मध्ये एकलाई नियुक्ति गरिन लागिएको बताईएको छ । गत फागुन ४ गते अर्थमन्त्री सुरेन्द्र पाण्डेको नृतृत्वमा अर्थ विद भोला चालिसे र पूर्व गर्भनर गणेशबहादुर थापा सम्मेलित एक समितिले योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा, राष्ट्र बैकका डेपुटी गर्भनर वीर विक्रम रायमाझी र अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालको नाम गर्भनरका लागि मन्त्रीपरिषदमा पठाउने गरेको थियो ।

आवश्यक गृहकार्य विना हिजो स्थिगित मन्त्रीपरिषदको आजको बैठकमा परराष्ट्रमन्त्री सुजाता कोइरालाले मिसिन रिडेएवल पासपोर्ट छपाई भारतमा गर्नु पर्ने प्रस्तावका सम्बन्धमा समेत निर्णय गर्न सक्ने बुझिएको छ । विना टेण्डर पासपोर्ट छपाईका लागि भारतलाई दिने तयारी भइरहेको खबर सम्बन्धमा चौतर्फी विरोध आएतापनि भारतीय दवावका कारण सो सम्बन्धी निर्णय आजको मन्त्रीपरिषदको बैठकले गर्ने बुझिएको छ । यस्तै आज बस्ने उक्त बैठकमा विभिन्न मन्त्रालयमा नियुक्ति तथा सरूवा बढुवा सम्बन्धमा समेत छलफल हुने बताईएको छ ।

तमलोपाबाट मन्त्री फेरिए, आजै सपथ

काठमाण्डौ, १२ फागुन- वर्तमान् सरकारमा तर्राई मधेस लोकतान्त्रिकका तर्फबाट शिक्षा मन्त्री रहेको राम चन्द्र कुशवाहलाई पार्टीले फिर्ता गरेको छ । यस्तै मन्त्री पदबाट फिर्ता गरे लगत्तै उनको सट्टामा र्सर्वेन्द्रनाथ शुक्ललाई सो पदको जिम्मेबारी बहन गर्न सरकारमा पठाइएको छ ।

यस्तै आजै सरकारमा पठाइएका नवनियुक्त शिक्षा मन्त्री र्सर्वेन्द्रनाथ शुक्ले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् । अपरान्ह ४ बजे सितल निवासमा आयोजित एक औपचारिक कार्याक्रममा राष्ट्रपति डा। रामवरण यादवले उनलाई सपथ ग्रहण गराएका थिए ।



कार्याक्रममा उपराष्ट्रपति परमानन्द झा, संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग, प्रधानन्यायधिस अनुपराज शर्मा, प्रधानसेनापति छत्रमान सिह गुरूङ, लगायत विभिन्न दलका नेताहरू, संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति थियो । शिक्षा राहत कोटामा अनियमितता गरेको आरोप खेपेका निवर्तमान मन्त्री कुशवाह विरूद्ध चौतर्फी विरोध आएपछी तमलोपाले उनलाई फिर्ता बोलाई उनको साटो शुक्ललाई सरकारमा पठाएको हो ।


नरेशले पहिले नराम्रा चलचित्र बनाउथे रे..................

काठमाण्डौ, ११ फागुन- सास्कृतिक संस्थानका अध्यक्ष तथा नेपाली चलिचत्रका निर्देशक समेत रहेका नरेश पौडेलले आफुले पहिला बनाएका चलचित्र नराम्रो भएको स्विकारेका छन्

मंगलबार उनकै कार्यालय नाचघरमा आयोजित चलिचत्र पत्रकारिता पुरस्कार तथा सम्मान कार्याक्रममा नेपाली चलत्रिको बारेमा बोल्दै पौडेलले "पहिला आफुहरूले नराम्रो चलचित्र बनाएको त्यसैले त्यस्ता चलचित्र नराम्रै हलमा प्रदर्शन भएको" बताए यध्पी उनले अब चाहि आफुहरूले राम्रा चलचित्र बनाउन थालेको दावी समेत गरे

नेपाली चलचित्र क्षेत्रमा १८ बसन्त विताईसकेका नरेशले चुनौति, हिरो, घडकन, अभिमन्यु, दिप-शिखा जस्ता चलचित्र निर्माण गरिसकेका छन् त्यसैले नरेशले बनाएका करिब आधा दर्जन चलचित्र नराम्रा नै थिए ?

वाग्ले र पोखरेललाई चलचित्र पत्रकारिता पुरस्कार

काठमाण्डौ, ११ फागुन- दश बर्षसम्म नेपाली चलचित्र पत्रकारिता गरेको आधारमा दुई जना रंग पत्रकारलाई यो बर्षको चलचित्र पत्रकार पुरस्कार प्रदान गरिएको अन्नपूर्ण पोस्टका पत्रकार अनन्त वाग्ले पत्रकारबाट फिल्म निर्देशक सम्म बनेका सुरेश दर्पण पोखरेलाई यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो

मंगलबार राजधानीमा आयोजित एक कार्याक्रममा उनीहरूलाई सम्मान पत्रका साथै नगद रू १० हजार समेत प्रदान गरिएको छ । यस्तै मोफसलबाट चलचित्र पत्रकारिता गरिरहेका पोखराका विष्णु सुवेदीलाई पनि नगद रू ५ हजार सहित चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यस्तै अन्य दुई रंग पत्रकारलाई पनि चलचित्र पत्रकार सम्मान पुरस्कारद्धारा सम्मान गरिएको छ । सम्मान पाउनेमा सविन शाक्य र राजेश खनाल रहेका छन् ।


इतिहासकै असक्षम माधव नेपाल सरकार : कमल थापा / आन्दोलन सकियो , ४ दर्जन कार्यकर्ता घाइते

काठमाण्डौ, ११ फागुन- राप्रपा नेपालका अध्यक्ष कमल थापाले माधव नेपाल सरकार इतिहासकै असक्षम सरकार ठहर भएको बताएका छन् ।

बसन्तपुर स्थित तीन दिने आन्दोलनको समापन सभामा बोल्दै अध्यक्ष थापाले चारै तिरबाट असफल भएको बर्तमान सरकार लाई दिएको र्समर्थन समेत फिर्ता लिनु पर्ने अवस्था आएको बताएका छन् । यस्तै उनले आफ्नो आन्दोलन सफल भएकै कारण आफ्ना माग प्रति उपत्यका बासी सकारात्मक देखिएको बताए । यस्तै उनले बन्द सफल हुनुनै आफ्ना माग प्रति उपत्यकाबासीको अभिमत भएको बताए ।

हिन्दु राष्ट्र कायम हुनु पर्ने लगायत राज्यका विशिष्ट मुद्दामा जनमत संग्रह गर्नु पर्ने माग राख्दै राप्रपा नेपालले अस्ती आइतबार बाट थालेको आन्दोलन आज सकिएको हो । आइतबार साझ मसाल जुलुसबाट आफ्नो आन्दोलन सुरू गरेको राप्रपाले विरोध स्वरूप हिजो सोमबार उपत्यका बन्द समेत गराएको थियो । यस्तै आन्दोलनको तेस्रो दिन आज सिहदरबार घेराउ गरेको उसले



विहान ९ बजे देखि ४ बजे सम्म भद्रकाली क्षेत्र पुतली सडक स्थित शंकरदेव मोड तथा जिल्ला प्रशासन कार्यालय परिसर सिहदरबार दक्षिण गेटमा धर्ना दिएको थियो । सयौको संख्यामा राप्रपा नेपालका कार्यकर्ताहरू नारबाजी गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोडेपछी प्रहरी र उनीहरूबीच झडप समेत भएको थियो । झडपमा ४ दर्जन भन्दा बढी आफ्ना कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ । यस्तै घाइते हुनेमा सो पार्टीबाट संविधानसभामा प्रतिनिधित्व गरिरहेका चन्द्रबहादुर गुरूङ समेत परेको सो पार्टीले जनाएको छ ।

कार्यालय समयमा गरिएको सो आन्दोलनका कारण आज हिदरबार आसपास भएर भएर चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा अवरोध पुग्नुको साथै आज दिनभरि काठमाण्डौको ट्राफिक व्यवस्थामा अस्तव्यस्त भएको थियो ।


सिनियारीटीको आधारमा दुई कलाकारलाई सम्मान गर्ने चलचित्र कलाकार संघको निर्णय

काठमाण्डौ, ११ फागुन- नेपाल चलिचत्र कलाकार संघले सिनियारीटीको आधारमा नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएका दुई कलाकारलाई सम्मान गर्ने निर्णय गरेको छ ।

२०४५ सालमा स्थापना भएता पनि पहिलो पटक मंगलबार आयोजना गरेको बाषिर्कोत्सव समारोहमा दुई नेपाली कलाकारलाई नेपाल चलचित्र पुरस्कार सम्मान प्रदान गर्ने निर्णय गरेको हो । जसमा २०६५ का लागि अभिनेत्री शकुन्तला शर्मा र २०६६ का लागि नायक शिव श्रेष्ठ रहेको बताइएको छ । शकुन्तला शर्मा बरिष्ठ कलाकार हरिहर शर्माको श्रीमति हुन । रंगमञ्चबाट नेपाली रजतपटमा उदाएकी शर्माले बाशुदेशव, बदलिदो आकाश जस्ता सफल चलचित्रमा अभिनय गरेकी थिइन ।


शर्मा नेपाली चलचित्र क्षेत्रमा विगत पाच दशक देखि सक्रिय रहेको साथै नायक शिव श्रेष्ठ पनि लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो प्रस्तुती गरेका कारण उनीहरूलाई कलाकार संघले सम्मान गर्ने निर्णय गरेको संघका अध्यक्ष रमेश बुढाथोकीले जानकारी दिए । आगामी बैशाखमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५१ हजार रूपैया रहेको छ ।

शुक्रबार सम्ममा सरकार परिवर्तन हुने प्राय निश्चित, अब मात्र २२ मन्त्रालय

काठमाण्डौ, १० फागुन- नौ महिना देखिको राजनीतिक गतिरोध आगामी शुक्रबार बाट अन्त्य हुने प्राय निश्चित भएको


वर्तमान सरकार परिवर्तन गरी नया राष्ट्रिय सहमतिको सरकार निर्माण हुनु पर्ने भन्दै आन्दोलनमा उत्रिएको एकिकृत माओवादीको माग लगभग पुरा हुने संकेत देखिएको वर्तमान सरकारमा सहभागी एक मन्त्री निकट्तम स्रोतको दाबी अनुसार आगमी फागुन १४ गते सम्म माधव नेपाल सरकार ढल्ने १६ गते आइतबारबाट नया सरकार गठन प्रक्रिया अगाडी बढने तयारी भइरहेको बताइएको यस्तै स्रोतले गरेको दाबी अनुसार निर्धारित समयमा संविधान निर्माण गर्ने उद्देश्यका साथ अवको मन्त्री परिषद २३ सदस्यको हुने बताइएको यध्यपी नेतृत्व भने कसले लिने भन्ने विषयमा अझै मत भेद रहेको उसले बताएको

यस्तै काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले प्रधानमन्त्रीको कुर्सी सम्हाल्ने मनशाय व्यक्त गरेको खण्डमा उनीनै अबका प्रधानमन्त्री हुने भनिएको यध्पी उनले स्वास्थ्य स्थितिका कारण प्रधानमन्त्री बन्ने इच्छा जाहेर नगरेको खण्डमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने लगभग पक्का भएको स्रोतले दाबी गरेको


राप्रपा नेपालको बन्दले उपत्यकामा आशिंक प्रभाव, ठाउँ“-ठाउँमा झडप पूर्व सञ्चारमन्त्री थुनामा

काठमाण्डौ, १० फागुन- राजतन्त्रको पुनबहाली, धर्म निरपेक्ष तथा संघीयताको विरोध तथा निर्धारित मितिमा नया संविधान निर्माण हुनु पर्ने माग राख्दै राप्रपा नेपालले आज आहृवान गरेको उपत्यका बन्दको प्रभाव आशिंक रूपमा परेको

बन्दको कारण उपत्यकाका तीनवटै जिल्ला काठमाण्डौ, भक्तपुर तथा ललितपुरमा भाडाका र्सार्वजनिक सवारी साधन, शैक्षिक सस्था, प्रभावित भएतापनि निजी सवारी साधन भने फाट्ट फुट्ट चलिरहेका छन् यस्तै बजार पसल समेत आशिंक रूपमा खुल्ला रहेका छन्
यस्तै बन्द गर्दै हिडेका राप्रपा नेपालका कार्यकर्ता प्रहरी बीच ठाउँ“-ठाउँमा झडप समेत भएको झडपा प्रहरीले पुतली सडक, गोगबु, कलंकी, नया बानेश्वर, सातदोबाटो, कोटेश्वर, गौशाला लगायतका स्थानबाट हजारौ प्रदर्शनकारीलाई पक्राउ गरेको पक्राउ पर्नेमा राप्रपा महामन्त्री एवं पूर्व सञ्चारमन्त्री टंक ढकाल समेत प्रहरीको गिरफतारीमा परेका छन् उनी शाही कालमा सञ्चारमन्त्री भएका थिए

राप्रपा अध्यक्ष कमल थापाले "शान्तिपूर्ण आन्दोलन गरिरहेका आफ्ना कार्यकर्तालाई प्रहरीले त्यसै पक्रिएको " आरोप लगाएका छन् यस्तै थापाले "अन्य बेलाको बन्दमा भन्दा यो बन्दमा सरकार दमनमा उत्रिएको" आरोप समेत लगाएका छन् "विना कारण आफ्ना कार्यकर्तालाई प्रहरीले खोजी खोजि हिरासतमा लिएको उनको दावी" यस्तै उनले "लजमा सुतिरहेका आफ्ना कार्यकर्तालाई विनाकारण प्रहरीले पक्रिएको प्रति घोर आपत्ती समेत प्रकट गरेका" छन् उनले अपरान्ह सम्म करिब १९ सय आफ्ना नेता तथा कार्यकता पक्राउमा परेको खबर आफुकहा आएको बताए

आजको उपत्यका बन्द सफल बनाउन राप्रपा नेपालले हिजो पर्सा, महोत्तरी तथा धुनुषा जिल्लाबाट करिब १० हजारको संख्यामा आफ्ना कार्यकर्ता काठमाण्डौमा उतारेको थियो बन्दको अघिल्लो साझ हिजो आइतबार उसले न्यूरोडको बसन्तपुरबाट विशाल राके जुलुस समेत निकालेको थियो

प्रधानमन्त्री र काग्रेस सभापति भेटवार्ता, संविधानसभाको म्याद नथप्ने सहमति

काठमाण्डौ, ९ फागुन- प्रधानमन्त्री माधव कुमार नेपाल र काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाबीच भेटवार्ता भएको छ । आज विहान कोइरालालाई भेट्न महाराजगञ्ज पुगेका प्रधानमन्त्री नेपाल र काग्रेस सभापति कोइरालाबीच संविधान सभा जारी मिति २०६७ जेठ १४ लाई नसार्ने समेत सहमति भएको बुझिएको छ ।

स्रोतका अनुसार सो भेटमा संविधान निर्माण अगावै माओवादी लडाकुको समायोजन सम्बन्धी कार्य सक्नु पर्ने लगायत माओवादी सेनाको संख्याको सम्बन्धमा देखिएको विवाद अन्त्य गर्न अनमिनसंग छलफल गर्ने विषयमा कोइराला र नेपालबीच सहमति समेत भएको बताएको छ । यस्तै भेटमा कोइराला समक्ष नेपालले वर्तमान सरकारको स्थायित्वको बारेमा राखेको चर्चामा काग्रेस सभापति कोइरालाले पहिलो आफ्नो पार्टीको विवाद अन्त्य गर्नु पर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको बुझिएको छ ।

एमालेका प्रभावशाली नेता केपी ओलीको समेत सहभागिता रहेको उक्त भेट विहान ९ बजे करिव आधा घण्टा सम्म भएको थियो । त्यस्तै सो भेटवार्तामा संयन्त्रले सरकार परिवर्तन गर्ने समाचार केबल हल्ला मात्र भएको भन्दै त्यस प्रति शंका नगर्न कोइरालाले प्रधानमन्त्रीलाई आश्वस्त तुल्याएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताएका छन् ।

राष्ट्रपतिको भारत भ्रमणबारे प्रधानमन्त्रीलाई जानकारी, मूलुकको प्रतिष्ठा बढाएको राष्ट्रपतिको भनाई

काठमाण्डौ, ८ फागुन- गणतन्त्र नेपालका पहिलो राष्ट्र प्रमुख भएको हैसियतले गत फागुन ३ गतेबाट ४ दिने भारत भ्रमण गरेका राष्ट्रपति रामबरण यादवले सो भ्रमणबारे प्रधानमन्त्री माधव कुमार नेपाललाई जानकारी गराएका छन् ।

राष्ट्रपति भवन सितल निवासमा भएको उक्त नियमित भेटघाटका क्रममा राष्ट्रपति यादवले "आफ्नो भारत भ्रमणले मुलुकको प्रतिष्ठा एवं मर्यादा बढाएकाकाले भ्रमण सफल भएको जानकारी प्रधानमन्त्रीलाई गराएको" प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताए । यस्तै सो भ्रमणमा भारतले नसोचेको सम्मान दिएको आफु आर्श्यचकित समेत भएको कुरा समेत राष्ट्रपतिले प्रधानमन्त्री समक्ष गरेको रिजालले बताए ।







Thursday, March 4, 2010

हतियार विवाद बढ्यो, सरकार ढल्ने सम्भावना

काठमाण्डौ, फागुन- सशस्त्र प्रहरीले हतियार ल्याएको आशंकामा हिजो राति देखि सुरू सरकार माओवादीको विवादका कारण सरकार ढल्ने सम्भावना तीव्र बढेको सेनाका लागि सशस्त्रको सहयोगमा शान्ति प्रक्रिया विपरित सरकारले हतियार भित्राएको भन्दै गए राति देखि धादिङको नौविसेमा माओवादी कार्यकर्ताले सशस्त्रको गाडी छानविनका लागि रोकेता पनि प्रहरीले बल प्रयोग गरि ती सवै गाडी राजधानी भित्राइएको

मानव अधिकारवादी र पत्रकारको सहयोगमा शंकास्पद ती गाडी छानविन गरिनु पर्ने माग माओवादीले राखेता पनि सशस्त्रले तालिमका लागि आवश्यक बन्दोबस्तीका समान भित्राएको भन्दै त्यसप्रति छानविनको अवश्यक्ता नरहेको भन्दै उसले बल प्रयोग गरी ती विवादित गाडी राजधानी भित्राउनु एउटा शंका बाटो भने अन्य सवै पक्षलाई प्रत्यक्ष रूपमा पर्न गएको छ । यस्तै हतियार भित्रिउको आशकामा राजधानी प्रवेश गर्ने मुख्य नाकामा रातिदेखि नै माओवादी सभासद तथा कार्यकता परिचालन गरिएतापनि संकास्पद ती गाडीहरू रोक्न माओवादीको कुनै डेग चलेन । यस्तै सोही घटना सम्बन्धमा विहान गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रीको अभिव्यक्तिले ती गाडीहरूमा हतियार नै भित्राएको पुष्टी हुन जान्छ । यस्तै आजै एक कार्याक्रममा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री माधव कुमार नेपालले तालिमका लागि सशस्त्र प्रहरीले बन्दोबस्तीका सामग्री भित्राउनु शान्ति प्रक्रिया विपरित नभएको बताउनुले पनि सशस्त्रको गाडीमा हतियार नै भएको भन्नै पुष्टी भएको छ ।

यस्तै केही समय यता सरकार परिवर्तनको चर्चा चल्नुलाई पनि यो विवादले थप सहयोग पुर्‍याउने कतिपय राजनीतिक दलहरूले विश्वास ब्यक्त गरेका छन् । के निहु पाऊ कनिका बुर्कयाउ भने जस्तै कुन बहानामा सरकारबाट बहिरन सकिन्छ भन्ने आधार खोजिरहेको वर्तमान सरकारको नेतृत्व कर्ता एमालेलाई पनि यो मौका उपयुक्त हुन सक्छ सरकार छाड्ने । देशमा गृह युद्ध नभएको अवस्थामा यसरी हतियार भित्राउनु अहिलेको आवश्यक्ता नभएकाले यो विवादलाई जारी राजनीतिक गतिरोध अन्त्यको लागि गोटीको रूपमा प्रयोग गरिन खोजेको धेरैले अनुमान गरेका छन् ।

मूल्य घट्दै छ प्रजातन्त्र दिवसको

विशेष टिप्पणी

काठमाण्डौ, ७ फागुन-

सहिदहरूको जिवन बलिदानीबाट ल्याइएको नेपालको प्रजान्त्रको मूल्य दिनानुदिन घट्दै गएको अनुभुति भएको छ । ६० औ प्रजातन्त्र दिवसको रूपमा आज यस दिनलाई मूल्याङ्ककन गर्दा केबल सरकारी विदा बाहेक अन्य कुनै पक्षमा यस प्रति सरकारी ध्यान गएको पाइदैन । हुन त प्रजातन्त्रका विविध रूप नेपालमा रहेका कारणले पनि यस दिवसको मूल्य घट्दै गएको कतिपय विश्लेषकले बताउने गर्दछ्न । केबल सरकारी बक्तव्यको रूपमा आजको दिनलाई सम्भिएर सरकार यसबाट टाढा भएको अनुभुति भने सबैले गरेका छन् ।

१ सय ४ बर्षो जहानिया राणाकालिन व्यवस्थालाई जरै बाट निर्मुल पारी २००७ सालमा जन्मिएको नेपालको पहिलो प्रजातन्त्र प्रति राज्य पक्षले ध्यान नदिनु साच्चै नै विडम्बना नै मान्नु पर्दछ । अधिकारका आधारमा पूर्ण रूपले स्वतन्त्र प्रजातन्त्रको अनुभुति नेपलीहरूले पाएतानि त्यसलाई बुद्धिमता पूर्वक संस्थागत गर्न नसकेका नेपाली राजनीतिककर्मीकै कारण यो प्रजातन्त्रको २०१७ सालमा बलत्कार भएयता यसलाई जय-जय भन्ने मात्रै काम भयो । यध्पी २०४० र २०३५ को बीचमा नरमा ठानिएका राजा वीरेन्द्रले पञ्चायत व्यवस्था प्रति जनमत संग्रह गर्नु यस बलत्कृत प्रजातन्त्रको नाङ्गो शरिरमा कपडा हाल्ने त काम भयो तर अझै त्यस प्रति लागेको दाग मेटिएको अनुभुति भने नेपाली जनताले पाएनन् । पञ्चायती व्यवस्थालाई तोडदै दलहरूमाथिको प्रतिवन्ध फुकुवा गर्ने काम जब २०४६ को जनआन्दोलन ले गर्‍र्यो तब पुन नेपालमा अर्को प्रजातन्त्रको जन्म हुन पुग्यो ।

यस्तै बेलैमा उपयुक्त संविधानको परिकल्पनाबाट विमुख रहेका राजनीतिक दल त्यसलाई कसरी संस्थागत गर्ने भन्ने सम्बन्धमा पुन एक चोटी चुके र फेरी लगभग १२ बर्षपश्चात आफुले प्राप्त गरेको त्यो अर्को शिशु प्रजातन्त्रलाई तत्कालिन राजा ज्ञानेन्द्रको माघ १९ को कदम संगै शाही शासनको दोस्रो बुटले यसलाई कुल्चियो । यध्पी नेपाली जनताको धर्यता र परिवर्तनको आशाले पुन त्यो बुटलाई सदा सदाको लागि जरै बाट फालिदियो २०६३ बैशाख ११ गते को दिन जसलाई अर्को प्रजातन्त्रको रूपमा प्रजाको अगाडी लोक थपेर ३ बर्षयता परिभाषित गरिदै आएको छ । यस्तै पटक पटकको धर्यता र परिवर्तनको त्यो आशाले नेपालमा थुप्रै प्रजातन्त्र स्थापना भए कोही २००७ सालको क्रान्तिको नाममा कोही २०४६ सालको जनआन्दोलनको नाममा त कोही २०६२/६३ को १९ दिने आन्दोलनमा । तर्सथ जुन धरातलमा उभिएर नेपालका राजनीतिक दलहरू तथा युद्धमा रहेको एकिकृत माओवादी समेत यसको बाटोमा हिड्नु एक पक्ष अत्यन्त राम्रो हो । तर यसको मूल्य र मान्यतालाई समेत ध्यानमा नराखी केबल सरकारी पक्षको एक विज्ञप्तीले यस दिवसको खिल्ली उडाएको जस्तो देखिन्छ तर्सथ नेपालको पहिलो शिशु प्रजान्त्रको रूपमा स्थापित फागुन ६ को प्रजातन्त्र दिवस भव्यताक साथ मनाउने पक्षमा सरकार बालाको ध्यान जाला कि रु






चार दिने भारत भ्रमण सकी राष्ट्रपति स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

काठमाण्डौ, ६ फागुन- चार दिने सदभावना भ्रमणका लागि भारत प्रस्थान गरेका राष्ट्रपति डा। रामबरण यादव आज स्वदेश र्फर्किएका छन् ।

२७ सदस्य सरकारी टोलीका साथ गत सोमबार भारत भ्रमणमा गएका राष्ट्रपति यादव आज बेलुकी साढे ५ बजे स्वदेश र्फकने फर्किएका हुन । यस्तै स्वदेश फर्किए पश्चात त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै राष्ट्रपति यावदले "आफ्नो सदभावना भ्रमण सफल भएको" बताए । यस्तै उनले "नेपालको शान्ति प्रक्रियामा भारतीय नेताहरूले अत्यन्त चासो व्यक्त गरेको" बताए । उनले "नेपालको नया संविधान निर्माणका लागि स्वयम दलहरूनै मिलार जानुको कुनै विकल्प नभएको भारतीय पक्षले नेपाललाई सुझाव दिएको" बताए ।



गणतन्त्र नेपालका प्रथम राष्ट्रप्रमुखका हैसियतले पहिलो पटक भएको उक्त भ्रमणमा नेपाल-भारत बीच १ बुदे सम्झौता र ३ सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो । भरतीय समकक्षी प्रतिभा सिह पाटेलको निमन्त्रणामा दिल्ली पुगेका यादवले भारतीय समकक्षी प्रतिभासिह पाटेल, प्रधानमन्त्री मनमोहन सिह, काग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायत थुप्रै नेताहरूसंग भेटघाट गरेका थिए । यस्तै उनले हिजो बुधबार भारतको प्रसिद्ध धार्मिक स्थान हरिद्धारमा गई प्रमुख तीन धार्मिक बाबहरूसंग समेत भेटघाट गरेका थिए । उनले नेपालमा समेत ख्याती कमाएका पाइलट बाबा दुधधारी बाबा र योग साधक स्वामी रामदेब संग समेत भटघाट गरेका थिए भने नेपाल फर्किनु पूर्व भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरीसंग पनि भेटघाट गरेका थिए ।

राष्ट्रपतिको यादवको स्वागातार्थ उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधव कुमार नेपाल, संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग लगायत विभिन्न मन्त्रीले स्वागत गरेका थिए । उनको स्वागतार्थ नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।




डिजेल र मट्टीतेलमा १/१ रूपैया बढ्यो, निगमलाई मासिक २ करोड नाफा

काठमाण्डौ, ६ फागुन- नेपाल आयल निगमले आजबाट लागु हुने गरी डिजेल र मट्टीतेलको भाउमा १/१ रूपैया बढाउने निर्णय गरेको छ ।

हिजो राती निगम बोर्डको बैठक अनुसार साविकको मूल्यमा एक रूपैया थप गरी मट्टीतेल र डिजेलको भाउ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता जय मुकुन्द डुङ्गेलका अनुसार बैकहरूले व्याज बढाउने तयारी गरिरहेका बेला निगम घाटामा नजाओस भन्ने उद्देश्यले मूल्य बृद्धि गर्न निगम बाध्य भएको बताए । यस्तै उनले मासिक ३ करोड ७३ लाख घाटा खादै आएको निगमले मूल्य बृद्धि पश्चात मासिक २ करोड नाफा कमाउने बताए । यस्तै मूल्य बृद्धि पश्चात अब देखि पहाडी जिल्लामा डिजेलको ५९ रूपैया र तर्राईमा ५७ रूपैया ५० पैसा पर्ने निगमले जनाएको छ ।

यस्तै पछिल्लो पटक गत माघ २४ गते निगमले साविकको मूल्यमा अत्याधिक घाटा भएको भन्दै खाना पकाउने एलपी ग्यासमाको प्रति सिलिण्डरमा १ सय २५ रूपैया समेत बढाएको थियो ।

खनालको प्रतिवेदनमाथि आजबाट छलफल

काठमाण्डौ, ६ फागुन- हिजोबाट सुरू एमाले केन्दि्रय कमिटिको बैठकमा अध्यक्ष खनालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज बाट छलफल सुरू गरिएको छ ।


कमिटिको बैठकमा अध्यक्ष को राजनीतिक प्रतिवेदन सहित महासचिव इश्वर पोखरेलको पेश गरेको १४ वटा सांगठनिक प्रस्ताव सहित छलफलको कार्याक्रम रहेको सचिव युवराज ज्ञावालीले जानकारी दिएका छन्।

पार्टी केन्दि्रय कार्यालय बल्खुमा ११ बजेबाट सुरू उक्त बैठकमा हिजो अध्यक्ष खनालले सरकारको काम काजका सम्बन्धमा गरेको घुमाउरो खण्डन, पार्टी भित्रको आन्तरिक विवाद लगायतका विषयमा गम्भिर छलफल हुने बुझिएको छ । यस्तै सो बैठकमा राज्य पुनसंरचना, शासकीय स्वरूपमा देखिएको गहिरो मतभेदका सम्बन्धमा समेत छलफल केन्दि्रत रहने बुझिएको छ ।

चार दिने भारत भ्रमण सकी राष्ट्रपति स्वदेश र्फकदै

काठमाण्डौ, फागुन- चार दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका राष्ट्रपति डा। रामबरण यादव आज स्वदेश र्फकदैछन् २७ सदस्य सरकारी टोलीका साथ गत सोमबार भारत भ्रमणमा गएका राष्ट्रपति यादव आज बेलुकी बजे स्वदेश र्फकने कार्याक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको

गणतन्त्र नेपालका प्रथम राष्ट्रप्रमुखका हैसियतले पहिलो पटक भएको उक्त भ्रमणमा नेपाल-भारत बीच १ बुदे सम्झौता र ३ सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो । भरतीय समकक्षी प्रतिभा सिह पाटेलको निमन्त्रणामा भएको त्यहा गएका यादबले समकक्षी प्रतिभासिह पाटेल, प्रधानमन्त्री मनमोहन सिह, काग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायत थुप्रै नेताहरूसंग भेटघाट गरेका थिए । यस्तै उनले हिजो बुधबार भारतको प्रसिद्ध धार्मिक स्थान हरिद्धारमा गई प्रमुख तीन धार्मिक बाबहरूसंग समेत भेटघाट गरेका थिए । उनले नेपालमा समेत ख्याती कमाएका पाइलट बाबा दुधधारी बाबा र योग साधक स्वामी रामदेब संग समेत भटघाट गरेका थिए ।


हाइटी पुन निर्माणका लागि १४ करोड डलर खर्च हुने

एजेन्सी,५ फागुन - १२ जनवरीमा हाइटीमा गएको महाभुकम्पमा करिब ८ सय १४ अमेरीकी डलर बराबरको नोक्सान भएको अनुमान गरिएकै बेला अमेरिकी विकास बैक एडिबीले त्यसको पुननिर्माणका लागि करिब १४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

मंगलबार बैकले र्सार्वजनिक गरेको एक अध्ययन अनुसार हाइटीको आवधिक, भुकम्पको तुलना, तीब्रता, कुल मृतक जनसंख्या तथा प्रति व्यक्ति घरेलु उत्पादनको आधारमा सो खर्च हुने उल्लेख गरिएको छ । एडिबीका अनुसार भुकम्पका कारण मर्ने तथा हराउनेको संख्या दुई देखि अर्ढाई लाख सम्म भएको उल्लेख गरिएको छ । केही सयम अगाडी हाइटी सरकारले भुकम्पमा २ लाख ३ हजार जनाले ज्यान गुमाएको आधिकारिक भनाई र्सार्वजनिक गरेको थियो । एडिबीका अर्थशास्त्री एडि्रउड पावेल, एडुआर्र्डो कवाल्लो र ओस्कार बेकराका अनुसार यो घटनाको सुरूको आकडा अनुसार ८।१ अबर डलर रहेता पनि अन्तिम समयसम्म हाइटी पुन निर्माणका लागि १३।९ अरब डलर सम्म आवश्यक रहने बताएका छन् ।

यस्तै अन्य घटना लाई तुलना गरी हर्ेदा सुनामीमा १ लाख ६५ हजार ८ सय २५ मानिसको मृत्यु भएको थियो र ५।२ अरब डलर सम्पतीको नोक्सानी भएको थियो । तर्सथ एडिबीले हाइटी पुन निर्माणको लागि उक्त रकम आवश्य रहेको बताएको हो । यस्तै बैकले हाइटीको पुननिर्माणका लागि सहयोग गर्ने देशहरूबीच अभुत पूर्व समन्वयको जरूरी रहेको समेत बताएको छ ।

मन्त्री परिषदका विविध निर्णय, गभर्नर नियुक्ति प्रक्रिया अझै अन्योलमा

मन्त्रीपरिषदले गरेको बढुवा तथा नियुक्ति

खाद्य संस्थानका अध्यक्षमा स् विश्वनाथ सिह
सूचना अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा स् अनुप बास्कोटा
एक रथीलाई उपरथीमा बढुवा


काठमाण्डौ, ५ फागुन- गभर्नर नियुक्तिका विषयलाई लिएर आज बसेको मन्त्री परिषदको बैठक अन्योलमा परेको छ । एक महिना यता रिक्त रहेको राष्ट्र बैकको प्रमुख नियुक्ति सम्बन्धमा अर्थ मन्त्री सुरेन्द्र पाण्डेले हिजो सिफारिस गरेको तीन जना मध्ये एक जनाको नाम आजको सो बैठकले सिफारिस गर्न सक्ने बताएतापनि सो सम्बन्धमा कुनै निर्णय हुन सकेन ।

नया गभर्नरका नियुक्तिका लागि अर्थ मन्त्री पाण्डेको नेतृत्वमा अर्थविद भोला चालिसे र पूर्व गर्भनर गणेशबहादुर थापा सम्मेलित एक समितिले हिजो योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा, राष्ट्र बैकका डेपुटी गभर्नर वीर विक्रम रायमाझी र अर्थमन्त्रालयका सचिव रामेश्वर खनालको नाम मन्त्रीपरिषदमा सिफारिसका लागि प्रस्तुत गरेका थिए ।


यस्तै सिहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा दुई घण्टा सम्म बसेको मन्त्रीपरिषदको बैठकले आज पनि नियुक्ति तथा बढुवाका सम्बन्धमा केही निर्णय गरेको छ । निर्णय बारे सञ्चारकर्मीलाई जानकारी दिदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले "खाद्य संस्थानका अध्यक्षमा विश्वनाथ सिह तथा सूचना अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई नियुक्त गरिएको बताए । "यस्तै मन्त्री पोखरेलले "नेपाली सेना तर्फसाहायक रथीमा रहेका कुमार बुढाथोकीलाई उपरथीमा बढुवा समेत गर्ने निर्णय बैठकले गरेको" बताए ।


साथै आजको मन्त्रीपरिषदको बैठकले "भारतको रक्सौलबाट अमलेखगञ्ज सम्मको पाइपलाइन विस्तार सम्बन्धी कार्ययोजनालाई समेत स्विकृत प्रदान गरेको पोखरेलले बताए"। यस्तै उनले ूकाठमाण्डौ-तर्राई जोड्ने फास्ट ट्रयाक सम्बन्धमा सडकमा रहेका रूखहरू हटाउने सम्बन्धमा समेत स्विकृत प्रदान गरेको बताए ।"

साथै आजको मन्त्रीपरिषदको बैठकले भारतको रक्सौलबाट अमलेखगञ्ज सम्मको पाइपलाइन विस्तार सम्बन्धी कार्ययोजनालाई समेत स्विकृत प्रदान गरेको पोखरेलले बताए । यस्तै उनले काठमाण्डौ-तर्राई जोड्ने फास्ट ट्रयाक सम्बन्धमा सडकमा रहेका रूखहरू हटाउने सम्बन्धमा समेत स्विकृत प्रदान गरेको बताए । यस्तै बैठकले प्रधानसेनापति छत्रमानसिह गुरूङको बेलायत भ्रमण सम्बन्धी कार्याक्रमको समेत अनुमोदन गरेको छ । जस अनुसार प्रधानसेनापति गुरूङ आगामी अक्टोबर ४ देखि ५ दिने बेलायत भ्रमणमा जान पाउने छन् । यस्तै आजको बैठकले बजेटमा समावेश गरिएको गरिवसंग विशेश्वर कार्याक्रमलाई समेत अनुमोदन गरेको छ ।

नेपाल-भारत १ सम्झौता र ३ समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ, ४ फागुन- राजकीय भ्रमणमा ४ दिनका लागि भारत गएका राष्ट्रपति डा। रामबरण यादव र भारतीय पक्ष बीच १ सम्झौता तथा अन्य ३ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालसंगको सिधा हवाई उडान क्षेत्र थप विस्तारका लागि भएको मन्त्री स्तरिय हस्ताक्षरमा नेपाललका तर्फबाटे पर्यटन मन्त्री शरद सिह भण्डारी र भारतका तर्फबाट विदेश मन्त्री एस एम कृषणले गरे । । यस्तै नेपाल र भारतका विभिन्न पाच स्थान जोड्ने गरी रेल सेवा समझादारी पत्रमा हस्ताक्षर भएको छ । जस अनुसार भारतीय पक्षले रेलवे सेवा विस्तारका लागि १० अर्ब ८८ करोड रूपैया अनुदान सहयोग गर्ने उल्लेख गरिएको छ । रेलवे सेवा समझदारी अनुसार जोगवनी विराटनगर, नेपालगञ्ज-रूपैडिया, काकडभिट्टा-नौतनवा, भैरहवा-जयनगर, र विजुलापुरा बर्दिवास सम्म रेलसेवा सञ्चालन हुने छ ।


यस्तै बीरगञ्जमा नेपाल-भारत मैत्री भवन र हेटौडामा पोलिटेक्निक इन्सच्युट स्थापनाका लागि करिब ३५ करोड रूपैयाको सहयोग समझादारी पत्रमा समेत दुई देश बीच हस्ताक्षर भएको छ ।











लोकतन्त्र र शान्तिका लागि नागरिक अगुवा आन्दोलनमा

काठमाण्डौ, ४ फागुन- घोषित समयमै संविधान निर्माण गर्न दलहरू हिचकिचाएको भन्दै नागरिक समाजका अगुवाहरूले खबरदारी र्‍याली निकालेका छन् ।

घोषित समयमै संविधान, मानवअधिकार सम्मत संविधान अग्रगामी संविधान भन्ने मूल नाराका साथ आज उनीहरूले राजधानीका पाच स्थानबाट एक साथ र्‍याली निकालेका थिए ।

राजधानीको गंगबुबाट डा। देवेन्द्र राज पाण्ड त्यस्तै क्रमश चाबहिलबाट डा। रेणु भण्डारी, ललितपुरबाट सुन्दरमणी दीक्षित कलंकीबाट श्याम श्रेष्ठ र गौशालाबाट कृष्ण पहाडीले नेतृत्व गरेको र्‍याली रत्पार्कको शान्ति बाटिका कोण सभामा परिणत भई अन्त्य भएको भएको छ । यस्तै नागरिक आन्दोलनले आगामी फागुन १५ गते बिहान ८ बजेदेखि ४८ घण्टे नागरिक खबरदारी धर्ना र फागुन २५ गते संविधान सभा भवन अगाडी नागरिक सभा समेत गर्ने भएको छ ।

यस्तै नागरिक आन्दोलनले देशव्यापी नागरिक सत्याग्रहका दबाबमूलक कार्यक्रम अझै बढाइने भन्दै आफ्नो आन्दोलनमा साथ दिन सवै पक्षसंग आग्रह समेत गरेको छ ।






जर्मनद्धारा नेपाललाई ९५ करोड ३ लाख रूपैया सहयोग

काठमाण्डौ, ४ फागुन- नेपालको सामाजिक एवं आर्थिक विकासका लागि जर्मनीले ९५ करोड ३ लाख रूपैया सहयोग गर्ने भएको छ ।

आज अर्थ मन्त्रालयमा जर्मनीका राजदुत भेरेनग्राफिन भोनरोडेर्न र अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले सो सहयोग सम्बन्धी पत्रमा हस्ताक्षर गरेका छन् । सहयोगको अधिकांश रकम सौर्य उर्जाका क्षेत्रमा प्रयोग हुने र बाकी अन्य शान्तिकोषमा जम्मा हुने अर्थ मन्त्रालयले जनाएको छ । जस अर्न्तरगत ८५ करोड ४५ लाख सौर्य उर्जामा र बाकी ९ करोड ८५ लाख रूपैया शान्ति कोषमा जम्मा हुने भएको हो ।