Friday, March 5, 2010

प्रधानमन्त्री र काग्रेस सभापति भेटवार्ता, संविधानसभाको म्याद नथप्ने सहमति

काठमाण्डौ, ९ फागुन- प्रधानमन्त्री माधव कुमार नेपाल र काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाबीच भेटवार्ता भएको छ । आज विहान कोइरालालाई भेट्न महाराजगञ्ज पुगेका प्रधानमन्त्री नेपाल र काग्रेस सभापति कोइरालाबीच संविधान सभा जारी मिति २०६७ जेठ १४ लाई नसार्ने समेत सहमति भएको बुझिएको छ ।

स्रोतका अनुसार सो भेटमा संविधान निर्माण अगावै माओवादी लडाकुको समायोजन सम्बन्धी कार्य सक्नु पर्ने लगायत माओवादी सेनाको संख्याको सम्बन्धमा देखिएको विवाद अन्त्य गर्न अनमिनसंग छलफल गर्ने विषयमा कोइराला र नेपालबीच सहमति समेत भएको बताएको छ । यस्तै भेटमा कोइराला समक्ष नेपालले वर्तमान सरकारको स्थायित्वको बारेमा राखेको चर्चामा काग्रेस सभापति कोइरालाले पहिलो आफ्नो पार्टीको विवाद अन्त्य गर्नु पर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको बुझिएको छ ।

एमालेका प्रभावशाली नेता केपी ओलीको समेत सहभागिता रहेको उक्त भेट विहान ९ बजे करिव आधा घण्टा सम्म भएको थियो । त्यस्तै सो भेटवार्तामा संयन्त्रले सरकार परिवर्तन गर्ने समाचार केबल हल्ला मात्र भएको भन्दै त्यस प्रति शंका नगर्न कोइरालाले प्रधानमन्त्रीलाई आश्वस्त तुल्याएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताएका छन् ।

No comments:

Post a Comment