Thursday, March 4, 2010

चार दिने भारत भ्रमण सकी राष्ट्रपति स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

काठमाण्डौ, ६ फागुन- चार दिने सदभावना भ्रमणका लागि भारत प्रस्थान गरेका राष्ट्रपति डा। रामबरण यादव आज स्वदेश र्फर्किएका छन् ।

२७ सदस्य सरकारी टोलीका साथ गत सोमबार भारत भ्रमणमा गएका राष्ट्रपति यादव आज बेलुकी साढे ५ बजे स्वदेश र्फकने फर्किएका हुन । यस्तै स्वदेश फर्किए पश्चात त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै राष्ट्रपति यावदले "आफ्नो सदभावना भ्रमण सफल भएको" बताए । यस्तै उनले "नेपालको शान्ति प्रक्रियामा भारतीय नेताहरूले अत्यन्त चासो व्यक्त गरेको" बताए । उनले "नेपालको नया संविधान निर्माणका लागि स्वयम दलहरूनै मिलार जानुको कुनै विकल्प नभएको भारतीय पक्षले नेपाललाई सुझाव दिएको" बताए ।



गणतन्त्र नेपालका प्रथम राष्ट्रप्रमुखका हैसियतले पहिलो पटक भएको उक्त भ्रमणमा नेपाल-भारत बीच १ बुदे सम्झौता र ३ सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो । भरतीय समकक्षी प्रतिभा सिह पाटेलको निमन्त्रणामा दिल्ली पुगेका यादवले भारतीय समकक्षी प्रतिभासिह पाटेल, प्रधानमन्त्री मनमोहन सिह, काग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायत थुप्रै नेताहरूसंग भेटघाट गरेका थिए । यस्तै उनले हिजो बुधबार भारतको प्रसिद्ध धार्मिक स्थान हरिद्धारमा गई प्रमुख तीन धार्मिक बाबहरूसंग समेत भेटघाट गरेका थिए । उनले नेपालमा समेत ख्याती कमाएका पाइलट बाबा दुधधारी बाबा र योग साधक स्वामी रामदेब संग समेत भटघाट गरेका थिए भने नेपाल फर्किनु पूर्व भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरीसंग पनि भेटघाट गरेका थिए ।

राष्ट्रपतिको यादवको स्वागातार्थ उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधव कुमार नेपाल, संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग लगायत विभिन्न मन्त्रीले स्वागत गरेका थिए । उनको स्वागतार्थ नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।




No comments:

Post a Comment