आर्थिक उन्नतीलाई मूल आधार बनाई राजधानीको मुटु टुडिखेल स्थित सैनिक मञ्चमा आयोजित एक भव्य समारोहका बीच प्रधानमन्त्री माधव कुमार नेपालले लुम्बिनी बाट झिकाईएको शान्ति दिपमा आगो बाली पर्यटन बर्ष २०११ को समुदघाटन गरेका हुन । यस्तै पर्यटन बर्ष२०११ संगसंगै सवै पक्षले बन्द हडताल जस्ता कार्याक्रम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
र्सवप्रथम नेपालसरकारका तर्फबाट प्रधानमन्त्री माधव कुमार नेपालले पर्यटनका लागि संगसंगै भन्दै पर्यटन बर्ष २०११ लाई सफल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । यस्तै प्रत्येक पार्टीका तर्फबाट एक-एक जनाले सो समयावधिभर बन्द हडताल जस्ता कुनै कार्य नगर्ने भन्दै सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए । जसमा नेपाली काग्रेसका तर्फबाट उपसभापति गोपालमान श्रेष्ठ, एमालेबाट बामदेव गौतम, तर्राई मधेस लोकतान्त्रिक बाट विजय कुमार गच्छदार, तमलोपाबाट र्सर्वेन्द्रनाथ शुक्ल, चुरेभावर एकता समाजबाट केशव प्रसाद मैनाली, त्यस्तै नेकपा मालेबाट सिपी मैनाली लगायत रहेका थिए । यस्तै एकिकृत माओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपस्थित भई बधाई दिएर गएको आयोजकले बताएका थिए ।
यस्तै उद्योग व्यवसायीका तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट अध्यक्ष कुश कुमार जोशी, पत्रकारहरूको तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरही, कलाकारको तर्फबाट नेपालकी पहिली नायिक भुवन चन्द, ग्लयामर क्षेत्रबाट मिस नेपाल जेनिशा मोक्तान त्यस्तै चिकित्सक, शिक्षक, बैकिङ क्षेत्रका विशिष्ट व्यक्तिहले पर्यटन बर्षसफल पार्न प्रतिबद्धता व्यक्त गरेका थिए ।
हात हातमा नेपालको झण्डा बोकी दशौ हजारको संख्यामा उपस्थित विभिन्न व्यक्तिहरूको भीडले टुडिखेल केही झण्डामय भएको थियो । विश्वमा नेपाललाई चिनाउन माओवादीको नौ महिने सरकारले घोषणा गरेको पर्यटन बर्ष २०११ लाई माधव नेपाल सरकारले र्समर्थन गर्दै पर्यटन बर्ष घोषणा गरेको हो ।
No comments:
Post a Comment