आज बिहान बसेको एमाले केन्दि्रय समितिको बैठकमा बोल्दै अधिकाशं केन्दि्रय सदस्यहरूले मूलुकको पछिल्लो शान्ति सुरक्षा प्रति गृह मन्त्रालयको निरिह भएको भन्दै गृह मन्त्री भीम बहादुर रावललाई सरकारबाट फिर्ता बोलाउन प्रधानमन्त्री समक्ष माग गरेको एक केन्दि्रय सदस्यले जानकारी दिए । राज्य पुनसंरचनाका सम्बन्धमा संविधानसभामा देखिएको पार्टीको आन्तरिक मतभेद अन्त्यका सम्बन्धमा डाकिएको सो बैठकमा "भावी संविधानमा राज्य पुनसंरचनाको विषयमा सामान्य छलफल भई आगामी शनिबार बैठक पुन बस्ने गरी स्थगित गरिएको" एमाले सचिव युवराज ज्ञावालीले जानकारी दिए ।
यस्तै उता आज बसेको पार्टीको केन्दि्रय समितिको बैठकमा आफ्नो राजिनामा माग गरिएको प्रति गृह मन्त्री रावलले कडा आपत्ती प्रकट गरेका छन् । निकै कडा सुरक्षाका बीच राजधानिमा आज आयोजित एक साक्षात्यकार कार्याक्रममा बोल्दे मन्त्री रावलले एकाध घटनालाई लिएर कसैले पूर्वाग्राही ढङ्गमा मूलुकको पुरै शान्ति सुरक्षा विग्रिएको भन्छ भने त्यस भनाईमा आफुले राजिनामा नदिने स्पष्ट पारे । उनले यो अवस्थामा झन आफुले कुनै पनि हालतमा राजिनामा नदिने बरू यो अवस्थामा आफु डटेर सामना गर्ने बताए ।
No comments:
Post a Comment