Friday, March 5, 2010

असिनामा रमाए काठमाण्डौ वासी, जनजिवन प्रभावित

काठमाण्डौ, १७ फागुन- सधै टेलिभिजनमा देखिने सेता हिउ हेरेर आनन्द लिने काठमाण्डौबासीले सोमबार साझ प्रत्यक्ष रूपमा ठूल-ठूला असिनाका दाना हातले खेलाउन पाउदा मख्ख थिए कुइरीमण्डल जसरी आएको हावहुरीले ल्याएको वर्षा संगै परेको असिना खेल्नेको भिड बेलुकी अबेर साझ सम्म देखिएको थियो

केही बेर पानी परेतापनि सिमसिमे पानीलाई बेवास्ता गर्दे युवायुवतीहरू असिनासंग खेलेको दृश्य आफ्नो क्यामेरामा कैद गर्न मस्त देखिन्थ्ये । त्यस्तै बृद्ध र बालबालिकाहरू पनि असिनासंग खुब रमाईरहेका देखिन्थे । आधा फिट सम्म परेको असिनाका कारण सधै जसो फोहरले भरिने राजधानी मोति मय भएको थियो । जाडो यामको अन्तिम वर्षा समेत भनिएको सोमबार साझको असिना वर्षालाई कतिपयले जाडो सकिएको संकेत समेत भएको बताएका छन् ।

यस्तै असिना वर्षाका कारण काठमाण्डौको जनजिवन केही प्रभावित बनेको छ । एक्कासी आएको हावाहुरी र असिनाले विभिन्न स्थानमा रूखहरू ढल्नुका साथै केही सवारी दुर्घटना समेत भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीकाका कारण नारायणहिटी दरबार संङग्राहालयको उत्तर गेटका केही रूखहरू, त्यस्तै जयबागेश्वरीको सिफल जंगलका रूखहरू ढलेका छन् । जयबागेश्वरीमा रूख ढलेका कारण सो क्षेत्रको सवारी आवागमन समेत अबरूछ भएको खबर प्राप्त भएको छ । यस्तै असिनामा चिप्लिएर केही स्थानमा सवारी दुर्घटना समेत भएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । जसमा मोटरर्साईकल दुर्घटना बढी रहेको महाशाखाले जनाएको छ ।

No comments:

Post a Comment