विशेष टिप्पणी
काठमाण्डौ, ७ फागुन-
सहिदहरूको जिवन बलिदानीबाट ल्याइएको नेपालको प्रजान्त्रको मूल्य दिनानुदिन घट्दै गएको अनुभुति भएको छ । ६० औ प्रजातन्त्र दिवसको रूपमा आज यस दिनलाई मूल्याङ्ककन गर्दा केबल सरकारी विदा बाहेक अन्य कुनै पक्षमा यस प्रति सरकारी ध्यान गएको पाइदैन । हुन त प्रजातन्त्रका विविध रूप नेपालमा रहेका कारणले पनि यस दिवसको मूल्य घट्दै गएको कतिपय विश्लेषकले बताउने गर्दछ्न । केबल सरकारी बक्तव्यको रूपमा आजको दिनलाई सम्भिएर सरकार यसबाट टाढा भएको अनुभुति भने सबैले गरेका छन् ।
१ सय ४ बर्षो जहानिया राणाकालिन व्यवस्थालाई जरै बाट निर्मुल पारी २००७ सालमा जन्मिएको नेपालको पहिलो प्रजातन्त्र प्रति राज्य पक्षले ध्यान नदिनु साच्चै नै विडम्बना नै मान्नु पर्दछ । अधिकारका आधारमा पूर्ण रूपले स्वतन्त्र प्रजातन्त्रको अनुभुति नेपलीहरूले पाएतानि त्यसलाई बुद्धिमता पूर्वक संस्थागत गर्न नसकेका नेपाली राजनीतिककर्मीकै कारण यो प्रजातन्त्रको २०१७ सालमा बलत्कार भएयता यसलाई जय-जय भन्ने मात्रै काम भयो । यध्पी २०४० र २०३५ को बीचमा नरमा ठानिएका राजा वीरेन्द्रले पञ्चायत व्यवस्था प्रति जनमत संग्रह गर्नु यस बलत्कृत प्रजातन्त्रको नाङ्गो शरिरमा कपडा हाल्ने त काम भयो तर अझै त्यस प्रति लागेको दाग मेटिएको अनुभुति भने नेपाली जनताले पाएनन् । पञ्चायती व्यवस्थालाई तोडदै दलहरूमाथिको प्रतिवन्ध फुकुवा गर्ने काम जब २०४६ को जनआन्दोलन ले गर्र्यो तब पुन नेपालमा अर्को प्रजातन्त्रको जन्म हुन पुग्यो ।
यस्तै बेलैमा उपयुक्त संविधानको परिकल्पनाबाट विमुख रहेका राजनीतिक दल त्यसलाई कसरी संस्थागत गर्ने भन्ने सम्बन्धमा पुन एक चोटी चुके र फेरी लगभग १२ बर्षपश्चात आफुले प्राप्त गरेको त्यो अर्को शिशु प्रजातन्त्रलाई तत्कालिन राजा ज्ञानेन्द्रको माघ १९ को कदम संगै शाही शासनको दोस्रो बुटले यसलाई कुल्चियो । यध्पी नेपाली जनताको धर्यता र परिवर्तनको आशाले पुन त्यो बुटलाई सदा सदाको लागि जरै बाट फालिदियो २०६३ बैशाख ११ गते को दिन जसलाई अर्को प्रजातन्त्रको रूपमा प्रजाको अगाडी लोक थपेर ३ बर्षयता परिभाषित गरिदै आएको छ । यस्तै पटक पटकको धर्यता र परिवर्तनको त्यो आशाले नेपालमा थुप्रै प्रजातन्त्र स्थापना भए कोही २००७ सालको क्रान्तिको नाममा कोही २०४६ सालको जनआन्दोलनको नाममा त कोही २०६२/६३ को १९ दिने आन्दोलनमा । तर्सथ जुन धरातलमा उभिएर नेपालका राजनीतिक दलहरू तथा युद्धमा रहेको एकिकृत माओवादी समेत यसको बाटोमा हिड्नु एक पक्ष अत्यन्त राम्रो हो । तर यसको मूल्य र मान्यतालाई समेत ध्यानमा नराखी केबल सरकारी पक्षको एक विज्ञप्तीले यस दिवसको खिल्ली उडाएको जस्तो देखिन्छ तर्सथ नेपालको पहिलो शिशु प्रजान्त्रको रूपमा स्थापित फागुन ६ को प्रजातन्त्र दिवस भव्यताक साथ मनाउने पक्षमा सरकार बालाको ध्यान जाला कि रु

No comments:
Post a Comment