मानव अधिकारवादी र पत्रकारको सहयोगमा शंकास्पद ती गाडी छानविन गरिनु पर्ने माग माओवादीले राखेता पनि सशस्त्रले तालिमका लागि आवश्यक बन्दोबस्तीका समान भित्राएको भन्दै त्यसप्रति छानविनको अवश्यक्ता नरहेको भन्दै उसले बल प्रयोग गरी ती विवादित गाडी राजधानी भित्राउनु एउटा शंका बाटो भने अन्य सवै पक्षलाई प्रत्यक्ष रूपमा पर्न गएको छ । यस्तै हतियार भित्रिउको आशकामा राजधानी प्रवेश गर्ने मुख्य नाकामा रातिदेखि नै माओवादी सभासद तथा कार्यकता परिचालन गरिएतापनि संकास्पद ती गाडीहरू रोक्न माओवादीको कुनै डेग चलेन । यस्तै सोही घटना सम्बन्धमा विहान गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रीको अभिव्यक्तिले ती गाडीहरूमा हतियार नै भित्राएको पुष्टी हुन जान्छ । यस्तै आजै एक कार्याक्रममा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री माधव कुमार नेपालले तालिमका लागि सशस्त्र प्रहरीले बन्दोबस्तीका सामग्री भित्राउनु शान्ति प्रक्रिया विपरित नभएको बताउनुले पनि सशस्त्रको गाडीमा हतियार नै भएको भन्नै पुष्टी भएको छ ।
यस्तै केही समय यता सरकार परिवर्तनको चर्चा चल्नुलाई पनि यो विवादले थप सहयोग पुर्याउने कतिपय राजनीतिक दलहरूले विश्वास ब्यक्त गरेका छन् । के निहु पाऊ कनिका बुर्कयाउ भने जस्तै कुन बहानामा सरकारबाट बहिरन सकिन्छ भन्ने आधार खोजिरहेको वर्तमान सरकारको नेतृत्व कर्ता एमालेलाई पनि यो मौका उपयुक्त हुन सक्छ सरकार छाड्ने । देशमा गृह युद्ध नभएको अवस्थामा यसरी हतियार भित्राउनु अहिलेको आवश्यक्ता नभएकाले यो विवादलाई जारी राजनीतिक गतिरोध अन्त्यको लागि गोटीको रूपमा प्रयोग गरिन खोजेको धेरैले अनुमान गरेका छन् ।
No comments:
Post a Comment