वर्तमान सरकार परिवर्तन गरी नया राष्ट्रिय सहमतिको सरकार निर्माण हुनु पर्ने भन्दै आन्दोलनमा उत्रिएको एकिकृत माओवादीको माग लगभग पुरा हुने संकेत देखिएको छ । वर्तमान सरकारमा सहभागी एक मन्त्री निकट्तम स्रोतको दाबी अनुसार आगमी फागुन १४ गते सम्म माधव नेपाल सरकार ढल्ने र १६ गते आइतबारबाट नया सरकार गठन प्रक्रिया अगाडी बढने तयारी भइरहेको बताइएको छ । । यस्तै स्रोतले गरेको दाबी अनुसार निर्धारित समयमा संविधान निर्माण गर्ने उद्देश्यका साथ अवको मन्त्री परिषद २३ सदस्यको हुने बताइएको छ । यध्यपी नेतृत्व भने कसले लिने भन्ने विषयमा अझै मत भेद रहेको उसले बताएको छ ।
यस्तै काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले प्रधानमन्त्रीको कुर्सी सम्हाल्ने मनशाय व्यक्त गरेको खण्डमा उनीनै अबका प्रधानमन्त्री हुने भनिएको छ । यध्पी उनले स्वास्थ्य स्थितिका कारण प्रधानमन्त्री बन्ने इच्छा जाहेर नगरेको खण्डमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने लगभग पक्का भएको स्रोतले दाबी गरेको छ ।
No comments:
Post a Comment