Saturday, July 31, 2010

'दशगजा' मा देखिएको दृश्य

काठमाण्डौ, १४ साउन- हातमा पाच बर्षदेखि सर्टिफिकेट भएर पनि बेरोजगार बस्न बाध्य भएको एक युवकको विदेशिने बाध्यता, अमेरिका बसोबासको लागि भिसा पाएर भुटानी शरणर्थीले आफ्नो प्रेमीलाई छोड्नु परेको व्यथा आफ्नै देशको सिमानमा रहेर पनि नेपाली हुन नपाएका व्यक्तिहरूको कथा भारतद्धारा देशका विभिन्न स्थानमा मिचिएको सिमानको यथार्थ कथालाई समेटेर नवल खडकाले निर्माण गरेको चलचित्र 'दशगजा' मा यस्ता धेरै गम्भीर बिषय उठन गरिएको जुन हाल सम्म कुनै पनि नेपाली चलचित्रमा उठान गरिएको छैन्

राष्ट्रबाधको मुद्धा त्यसमाथि पनि दक्षिणी छिमेकी मुलुक भारतले नेपालका ५४ स्थानका विभिन्न सिमानामा मिचेको १ लाख १२ हजार हेक्टर जमिन, सिमानामा रहेका नेपालीहरूमाथि भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीलाई समेटेर बनाईएको २ घण्टा २१ मिनेट लामो यस चलचित्रमा बिषय बस्तु जसरी प्रस्तुत हुनु पर्ने हो त्यसरी भने प्रयोग भएको छैन् । चलचित्रको पहिलो भाग हेर्न जति मज्जा आउछ दोस्रो भागमा दर्शकलाई पट्यार लाग्न सक्छ । दयाराम दाहालले निर्देशन गरेको यस चलचित्रमा राजेश हमाल, नवल खडका, रञ्जिता गुरूङ, सुभद्रा अधिकारीको भूमिका राम्रै भएतापनि प्रस्तुत कर्ता नवल खडकाको भद्दा शरिरले दर्शकलाई खिन्न बनाएको महसुस हुन्छ ।

चलचित्रको पहिलो भाग हेर्न लायक भएतापनि अन्य चलचित्रमा झै निर्देशक दयाराम दाहालले यस चलचित्रमा स-साना कुरामा ध्यान नपुर्‍याउदा फेरी उनी एक पटक निर्देशनमा चुकेको महसुस हुन्छ । जस्तै 'गौशाला प्रहरी प्रभागमा कार्यरत इन्सपेक्टर गोपाल (निखिल उप्रेती) कमलपोखरी प्रहरी प्रभागको भ्यानमा चढेर हिड्नु राजनीतिक कारणबस तर्राईमा सरूवा भएको गोपालले एकै छिनमा पूर्वको बेलडागी शरणर्थी शिविरमा अपराधी पक्रन पुग्नु एकै छिनमा नवलपरासीको सुस्तामा खटिएको दृश्यमा दर्शकलाई ठग्न खोजिएको ' जवकी यथार्थमा कुनै एक स्थानको प्रहरी निरिक्षकले अन्त कतैको मुद्धा, हेर्दैन । तर चलचित्रमा १२ घण्टा लगाएर सुस्ता र बेलडागी पुगिने दुरी निखिल उप्रेतीले प्रहरी भ्यानमा छिन-छिनमा आवत जावत गरेको पाईन्छ जुन कुरामा निर्देशक दाहाल निकै नराम्ररी चुकेका छन् ।

नेपाली नेताहरूको यथार्त चित्रण गरिएको चलचित्र दशगजामा सत्ता टिकाउनका लागि भारतलाई रिझाएको दृश्य यथार्थपरक रहेको छ तर कतिपय स्थानमा चलचित्रमा दुई देशको कुटनीतिक मर्यादालाई विर्सिएर संवादहरू प्रयोग गरिएका छन् । यध्पी सो स्थानमा दर्शकले ताली भने बजाउन छाडदैनन् । कुनै मन्दिरको पुजारी परिवर्तन गर्न पनि भारताको अनुमति लिने नेपाली नेताहरूको चरित्रलाई दशगजाले राम्ररी प्रस्तुत गरेको जसलाई कलाकार रमेश बुढाथोकीले राम्ररी निर्वाह गरेका छन्

पूर्वको भोजपुर र खोटाङ सिमानामा निर्माण गर्न लागिएको २५ तल्ले टयाम्के टावरको निर्माणार्थ बिहिबार गोपीकृष्ण हलमा आयोजना गरिएको च्यारिटी शो मा उपस्थित झण्डै १२ सय दर्शकहरूले दशगजामा उठाएको राष्ट्रबाद प्रति जोडदार ताली पिटे । विभिन्न पत्रपत्रिका, समाचार तथा लेखहरूमा आएको तथ्यहरूलाई आधारमा बनाएर गोल्डेन आई मुभिजको ब्यानरमा निर्माण गरिएको यस चलचित्रको कथा अनुसारको सांगितिक पक्ष र नृत्य पक्ष ठिकै मान्न सकिन्छ । छायाकार बिष्णु कल्पितले राम्रो छायाकंन गर्न सकेपनि कही-कही सवजेटको अनुहारमा घाम टल्कन गई अनुहार रातो भएको देखिन्छ ।

आन्तरिक शरणार्थी र बाहृय शरणार्थीको कथालाई प्रस्तुत गर्न खोजिएतपानि चलचित्रमा सिमा समस्या र १८ बर्षदेखि नेपालमा बस्दै आएका भुटानी शरणार्थीको कथालाई राम्ररी बगाउन नसक्दा चलचित्रमा दर्शकले खल्लोपन महसुस गर्न सक्छन् ।
कुनै पनि विदेशी चलचित्रको नक्कल नगरिएको यस चलचित्रमा राष्ट्रबादको मुद्दा जसरी उठान गरिएको छ सोही अनुसारको डाइलगको भने कमी पाइन्छ । यध्पी चलचित्रको कुनै स्थानमा राजनीतिक दलको आडमा प्रहरी निरिक्षक बनेका निखिललाई एक खलपात्रले बर्दी उतार्ने चेतावनीको दिए पछी निखिलले दिएको जवाफ भने निकै राम्रो छ यध्पी यौनकर्मी महिलाप्रति अन्यथा नलागेको खण्डमा । यो कुनै कोठीमा बस्ने बेश्याको साडी हैन, जुन तेरो इशारमा उतारिन्छ । यो सम्बद निखिले बोल्दा दर्शक धेरैले तालीको पर्रा छुटाउन छाडदैनन् । यध्पी चलचित्रको पहिलो भाग राम्रो र दोस्रो भाग त्यति राम्रो नभएकाले यस चलचित्रलाई एक सयमा ५० नम्बर दिदा कुनै फरक पर्दैन । विशुद्ध नेपाली पारामा कहिबाट नचोरिकन बनाइएको दशगजा हेर्न जाने दर्शकको पैसा पहिलो भाग हेर्दै असुलिन्छ ।

पैसा मात्र खर्च गरेर सस्तो सन्देश बोकेर बनाएका अन्य चलचित्रलाई यस चलचित्रले केही हदसम्म मात खुवाईदिनसक्छ । यध्पी दर्शकलले चलचित्रमा सोचे अनुसारको प्रस्तुती नपाएतापनि सारा नेपालीले भने एक पटक यो चलचित्र हेर्ने पर्ने हुन्छ ।

Thursday, July 29, 2010

लयको शब्दमा हस्तीहरुको स्वर

काठमाण्डौ, १२- कुनै समय देवी, चेतना जस्ता बहु चर्चित सामाजिक नाटकको लेखन तथा निर्देशनमा एक छत्र राज गरेका निर्देशक लय संग्रौलाले आफ्ना शब्दहरुमा चर्चित गायक गायिकालाई स्वरबद्ध गर्ने मौका दिएका छन्

साङगीतिक जगतका चर्चित सात अनुहारहरु अञ्जु पन्त, राजेशपायल राई, स्वरुपराज आचार्य, यम बराल, शिव परियार, नपाली तारा फष्ट रनरअप धर्मेन्द्र सेवान, पूर्वाञ्चल आईडियल सञ्जय तुम्रुक, संगीतकार चेतन सापकोटा र सवनम गुरुङलाई एक साथ लिएर संग्रौलाले 'कल्पबृक्ष' एल्बम निकालेका हुन । बुधबार राजधानीमा एक कार्यक्रममा बीच एल्बम र्सार्वजनिक गर्दै संग्रौलाले गीत लेखन कार्यलाई अब देखि निरन्तरता समेत दिने बताए । विक्रिका लागि म्यूजिक नेपालले सहकार्य गरेको लयको एल्बममा तीन जना संगीतकार चेतन सापकोटा, लक्ष्मण शेष र विकास चौधरीले संगीत दिएका छन् ।






Wednesday, July 28, 2010

नरेशको चलचित्र एक महिना पर सर्‍र्यो

काठमाण्डौ, १२ साउन- साउन २८ गतेबाट प्रदर्शन गर्ने तयारीमा रहेका निर्माता तथा निर्देशक नरेश पौडेलको चलचित्र 'दीप शिखा' एक महिना पर सर्ने भएको

यस अघि आगामी यहीँ साउन २१ गतेबाट प्रदर्शन मा आउने भनिएको उक्त चलचित्र थप एक हप्ताका लागि पर सारिएको थियो । निर्देशक पौडेलले दिएको जानकारी अनुसार सिमोस सुनुवारद्धारा निर्देशित चलचित्र फष्ट लभ साउन २१ गतेबाट प्रदर्शनमा आउने भएकाले आफ्नो चलचित्र एक महिना पर सार्नु परेको बताए । उनले भने 'चलचित्र नजुधोस भन्नका लागि परसारिएको हो, भदौ २५ गते रिलिज हुन्छ होला ।' हयाण्डसम नायक जिवन लुइटेल, निरक पौडेल र अरूणिमा लम्सालको त्रिपक्ष प्रेम कथालाई आधार बनाएर झण्डै चार बर्षपछी रजतपटमा आफ्नो फिल्म उतारेका नरेशले एक महिना चलचित्र पर सरेको प्रति भने कुनै गुनासो व्यक्त गरेनन् ।

उक्त चलचित्रको कथालाई नायिका अरूणिमा लम्सालले लेखेकी हुन भने, संगीत चेतन सापकोटाले दिएका छन् ।

बिकास बोर्डको नतिजा चुहावट, सर्वोत्कृष्ट नायिका स्वेता

काठमाण्डौ, १२ साउन- नेपाल चलचित्र बिकास बोर्डले आयोजनना गर्न लागेको राष्ट्रिय अवार्डमा श्रीकृष्ण श्रेष्ठको चलचित्र कहाँ भेटिएलबाट डेब्यु गरेकी नायिका स्वेता खडका सर्वोत्कृष्ट नायिकाको रूपमा चयन भएको सूचना चुहावट भएको

कान्तिपुर एफएमको साप्ताहिक कार्याक्रम बाइस्कोपमा बुधबार प्रसारण गरिएको समाचार अनुसार जुरीहरूले खडकाद्धारा अभिनित पहिलो र एक मात्र चलचित्र कहाँ भेटिएलाबाट स्र्वोत्कृष्ट नायिकाको रूपमा अवार्ड थाप्न लागेकी हुन । एक मात्र चलचित्रमा अभिनय गरेको भरमा खडकालाई राष्ट्रिय अवार्ड प्रदान गर्न लागेको खबर प्रति धेरै चलचित्रकर्मीपनि अच्म्मीत भएका छन् ।

बिकास बोर्डले २०६५ र २०६६ मा रिलिज भएका उत्तकृष्ट चलचित्र मध्ये बाट दुई जना नायिकालाई उत्कृष्ट ठहर्‍याउनु पर्नेमा स्वेतालाई मात्र उत्कृष्टतमा राखेको बुझिन आएको छ । यध्पी यो समाचर भने अपुष्ट रहेको छ । दशौ बाषिर्क उत्सवको अबसरमा विकासबोर्डले गर्न लागको राष्ट्रिय अवार्ड वितरण कार्याक्रम दुई पटक स्थगीत भईसकेको अवस्थामा यसरी कार्यक्रम अगावै नतिजा चुहिनु चानचुने कुरा होइन् । नेपाली रजपतटमा बुधबार हंगमामा मच्चिएको यो खबरले स्वेता त खुशी होलिन तर अन्य चलचित्र कर्मीहरू भने बिकास बोर्डको यो क्रियाकलाप देखि अचम्ममा परेका छन् ।

प्रमोदको एल्बममा अक्षर बुझिएन

काठमाण्डौ, ११ साउन- गायक प्रमोद खरेलले निकालेको तेस्रो एल्बमको शिर्षक नबुझिने र विवादास्पद भएको छ ।

मंगलबार आफनो तेस्रो एल्बम 'प्रणय' को विमोचन समारोहमा बाडिएको उनको एल्बमको अगाडीको भागमा विना डिको कोरेर लेखिएको प्रणय शब्द धेरैले बुझ्न सकेनन् । अग्रेजी शब्द yolu जस्तै लाग्ने गरी डिजाईन गरिएको उनको एल्बममा लेखिएको प्रणय शब्द कतिपय पत्रकारले समेत बुझ्न सकेनन् । कान्तिपुर टेलिभिजन तथा रेडियो सिटी एफएमका रंग पत्रकार प्रदिप निरौलाले समेत उनको एल्बममा लेखिएको प्रणय शब्दलाई yolu भनेर पढेका थिए । तर एलबमको कभर डिजाईनर प्रति लक्षित गर्दै निरौलाले 'डिजाईन गर्न पाए भन्दैमा डिजाईनरले हद गर्न नहुने बताए ।'

उता अक्षरको विवाद सम्बन्धमा स्वयम गायक खरेललाई सोधिएको प्रश्नमा खरेलले 'डिजाईन गर्दानै सहमति अनुरुप त्यस्तो अक्षरको डिजाईन गरिएको बताए ।' सायद डिजाईनमा गल्ती भएकैले होला किन त्यस्तो डिजाईन गर्न लाउनु भएको भन्ने प्रश्नमा गायक खरेलले कुनै उत्तर दिन चाहेनन् । यस्तै अर्का रंग पत्रकार विजय आवाजले पनि प्रमोदको एल्बमको नाम सुरूमा बुझ्न नसकेको बताए । विमोचन कार्यक्रमा बाडिएको उनको एल्बमको नाम त्यहा उपस्थित भएका ८० प्रतिशत भन्दा बढी सहभागीहरूले बुझन् अप्ठयारो भएको बताए । एल्बमको कभरमा लेखिएको प्र को खुट्टा काटिनु पर्नेमा पुरै ५० डिग्रीको कोणमा घुमाईएकाले पहिले पढ्ने ब्यक्तिले त्यसलाई थ भनेर नै पढ्ने गर्दछन र प्रणयको साटो थयगि पढ्न पुग्छन् ।

त्यसै त डिक विनाको नेपाली अक्षरलाई इजार विनाको सुरूवाल भनिने ब्यग्यलाई एल्बमको डिजाईन गर्न जिम्मा पाएको टाइम्स क्रिएसनले पुष्टी समेत गरिदिएको छ । महेश खडका, जगदीश समाल, गैरे सुरेश र साथै आफ्नै संगीतमा ८ वटा गीतहरू सगालेर तेस्रो एल्बम निकालेका गायक खरेलले आफ्ना माता र पिताको हातबाट एल्बमको विमोन गरेका थिए । विन्ध्यवासिनी म्यूजिक प्रा।लिले बजारमा ल्याएको प्रमोदको प्रणय १ सय ५० रूपैयामा बजारमा किन्न पाईन्छ ।

झरनाको हातमा सुनिलको नाम

काठमाण्डौ, ११ साउन- श्रीमतीको हातमा श्रीमानको नाम लेखिनु कुनै नौलो कुरा होइन तर नायिका झरना थापाको हातमा चलचित्र निर्माता एवं उनका श्रीमान सुनिल कुमार थापाले जवरजस्ती आफ्नो नाम लेखिदिएका छन्

'साउन महिनामा मेहेन्दी लगाउने परम्परा अनुरूप आफुले 'घरमा मेहेन्दी लगाईरहेको बेला सुनिल जी आईपुग्नु भयो अनि उहाँले आफ्नो नाम मेरो हातमा लेखिदिनु भयो, तर मैले केही भन्न सकिन' नायिका थापाले बताईन् । यध्पी दाया हातको पञ्जामा sunil लेखिएको नाम प्रति आफ्नो 'आपत्ती नरहेको भन्दै बरू रमाईले भएको' झरनाले बताईन । केही महिना अघि राजधानीको नयाँ बानेश्वर स्थित जुम क्याफे अगाडी नायिका रेजिना उप्रेती र उनका पति सुनिलबीच भएको प्रेमलिला आफ्नै आखा अगाडी देखेपछी सम्बन्ध विच्छेदको अवस्थामा पुगेको उनीहरूको सम्बन्ध पुन स्थापित भएको थियो । झरना सोही कारणले केही महिना आफ्नो माईती समेत बसेकी थिइन् ।

दाम्पतीय जिवनको सम्बन्धकै कारण पटक चर्चामा आईरहने झरनाको हातमा सुनिलको नाम लेखिएको भेटिएपछी उनलाई सोधिएको विभिन्न प्रश्नमा सुनिल र आफ्नो सम्बन्ध पहिले भन्दा राम्रो रहेको उनको भनाई थियो । मान्छेबाट गल्ती हुने भएकाले नयाँ बानेश्वरको गल्तीलाई आफुले माफ दिएको झरनाले प्रतिक्रिया दिईन ।

Monday, July 26, 2010

अञ्जुको हिट गित योगेशको फिल्ममा

काठमाण्डौ, १० साउन- ' बिर्से तिमिलाई पाए तिमिलाई' गाएर चर्चित बनेकी स्वरकी रानी अञ्जी पन्तको गीत निर्देशक योगेश घिमिरेले आफ्नो नयाँ चलचित्र 'न बिर्से तिमिलाई न पाए तिमिलाई' मा प्रयोग गर्ने भएका छन्

प्रज्ञा फिल्मसको ब्यानरमा आफ्नो पाचौँ चलचित्र 'न बिर्से तिमिलाई न पाए तिमिलाई' को सोमबार शुभ मुहुर्त गर्ने क्रममा चलचित्रको शिर्षक संगै गित मिल्न गएकाले अञ्जुको गीतलाई चलचित्रमा प्रयोग गरिएको निर्देशक घिमिरेले बताएका छन् । जसका लागि घिमिरेले सो गीतको सम्पूर्ण प्रतिलिपि अधिकार प्राप्त गरेको 'रञ्जना म्यूजिक इन्डस्ट्रीजसंग एग्रीमेन्ट समेत गरेको' बताए ।

नाच्न चाहने केटीको कथालाई समेटेर निर्माण गरिन लागेको उक्त चलचित्रमा गायकबाट नायक बनेका बाबु बोगटी, विराज भट्ट र नायिका झरना थापाको मुख्य भूमिका रहेको छ । १६ एमएम सिनेमा स्कोप प्रविधिबाट बन्न लागेको उक्त चलचित्रको छायाकंनमा युवराज र्राई, संगीत महेश खडका, द्धन्द्ध रोशन श्रेष्ठ रे गोविन्द राईको नृत्य निर्देशन रहने छ ।

'फल्यासब्याक' चलाउन झुठो ब्यानरको प्रयोग


काठमाण्डौ, १० साउन- गोपी कृष्ण मभिजको ब्यानरमा निर्मित चिलचित्र दि फल्यासब्यक (फर्केर हेर्दा ) को प्रचारमा प्रयोग भएको ब्यानर झुठो भएको पुष्टी भएको छ ।

चलचित्रको ब्यानर डिजाईनको जिम्मा पाएको आईडियल डिजाईनरले हिन्दी चलचित्रकी नम्वर वान नायिका कैट्रिना कैफ को शरिरमा नायिका युना उप्रेतीको अनुहार जोडेर चलचित्रलाई पोष्टरबाट ग्लयामर दिएको छ । जवकी चलचित्रमा युनाले कहीँ पनि सो ड्रेस प्रयोग गरेकी छैनन् । पोस्टरमा डिजाईनरले यूनाको अनुहारको भाग बाहेक कैट्रिनाको कपाल, लुगा, हातको पोज एउटै भएको तस्बिरलाई ब्लोअप तरिकाले प्रस्तुत गरेको छ । प्रचारका लागि छरिएको फल्यासब्याकको पोस्टरमा यूनाको तस्बिर माथि शंका उत्पन्न भएपछी फलोअप गर्दै जदा सो तस्बिर कैट्रिनाको भएको पुष्टी भएको हो । नभए संगैको कैटि्रनाको अर्को तस्बिरसंग तपाई आफै दाजेर हेर्न सक्नु हुन्छ ।

यस्तै चलचित्र प्रचारका लागि बनाइएको सो ब्यानरमा नायिका रेजिना उप्रेतीले प्रयोग गरेको जिन्स मिनिर्स्कर्ट र निलो जालीदार लुगा पनि पनि दर्शकको आखामा छारो हाल्ने खालको छ । चलचित्रमा निखिल उप्रेतीको श्रीमतीको रुपमा रहेकी रेजिनाले चलचित्रका कुनै पनि दृश्यमा सो मिनिर्स्कर्ट प्रयोग गरेकी छैनन् । सवा दुई घण्टाको चलचित्रका केही दृश्यमा मात्र देखिने रेजिनाको पहिरन चलचित्र भर सारी मात्र रहेको छ ।

डिजाईनको जिम्मा पाएका आइडियल प्रेसका प्रोप्रइटर सुन्दर श्रेष्ठले भने निर्माताको आग्रह बमोजिम त्यस्तौ पोष्टर बनाएको बताएका छन् । उनले चलचित्रमा ग्ल्यामर नभएतापनि पोष्टरमा प्रयोग गरिएको ग्लयामर दृश्य विना दर्शक हलमा नजाने भन्दै त्यस्तो किसिमको ब्यानर डिजाईन गरिएको बताएका छन् ।



Sunday, July 25, 2010

ब्राण्डेड ऋचा

काठमाण्डौ, ९ साउन- अब्बल अभिनयका कारण सानो पर्दाबाट ठूलो पर्दामा हामफालेकी नायिका ऋचा घिमिरेको अभिनय जति ब्राण्डेड त्यतीनै उनले प्रयोग गर्ने कस्मेटिक सामग्रीहरू उनका दैनिक जिवनमा प्रयोग हुने सामग्रीहरू पनि ब्राण्डेड रहेका छन्

चलचित्र निर्देशक शंकर घिमिरेसंग बैवाहिक जिवनमा बाधिससकेकी २८ बर्षीया नायिका घिमिरेले पती शंकरका साथै आफुले प्रयोग गर्ने हरेक कस्मेटिक सामाग्री ब्राण्डेड रहेको दाबी समेत गरेकी छिन् ।

इच्छा अनुसारको सपिङ गर्ने, घर सजावटमा विशेष ध्याने दिने तथा एक श्रीमतीमा हुनु पर्ने गुण आफुमा भएको भन्दै नायिका घिमिरे हेर्दा जति टिप-टप देखिन्छीन सायद उनको सानो घरमा जाने जो कोहीले पनि त्यहाँ पुगेपछी उनी भित्र लुकेको ब्राण्डेड कुरा अझ थाहाँ पाउन सक्छन् ।

छुट्टा-छुट्टै रंगको प्रयोग गरेर सजाईएको तीन कोठमा ऋचाले पाहुनालाई स्वागत गर्न रातो रंगले भित्ता रंगाएकी छिन भने भोकलाई शक्तिको परिभाषा दिदै किचनमा पहेलो रंग र शान्त र शितलको अनुभुती दिलाउन बेडरूमा हरियो रंगले भित्ता पोतेकी छिन् ।
विबाह पछी पती शंकरका कारण खना बनाउन जानेकी ऋचाको कोजी महल देखेर धेरै चलचित्रकर्मी पनि अचम्मित परेको उनले बताईन् । निर्देशक उज्जव घिमिरे र आलोक नेम्वाङ्गलाई उनको घरको सजावट निकै मन परेको ऋचाको भनाई छ । नायिका रेजिना उप्रेतीलाई सम्झदै उनी भन्छिन् 'रेजिनालाई यो घर क्यूट लाग्यो रे '

नेट टिस्यू पेपरको कपडाको प्रयोग गरी उनले सानो घरमा ७० हजारको पर्दा लागाएकी छिन् । गणेश भगवनालाई निकै मन पराउने ऋचाले सानो मन्दिरमा चादीबाट निर्मित भगवानकै मुर्ति राखेकी छिन् ।

मध्यम परिवारमा हुर्कीएर पनि दुई दाजुको मायाले खाना देखि नाना सम्म ब्राण्डेड प्रयोग गर्न थालेकी घिमिरेले आफ्नो बिवाहको रिसेप्सनमा ६५ हजार जाने साडी प्रयोग गरेकी थिइन् भने सोयम्बरमा प्रयोग भएको राजस्थानी, युरोप र नेपाली ढाका जडित ७० हजार मूल्य बराबरको साडी लगाएकी थिइन् । रिसेप्सन, सोयम्बर र १६ हजार मूल्य बराबरको क्लयसिक साडी जुन उनलाई अत्याधिक मन पर्छ सो साडीलाई उनले भविष्यमा आफ्ना छोरी बुहारीलाई समेत दिने बताइन् ।

यूरोप र अमेरिकन जस्ता अन्तराष्ट्रिय ब्राण्डको सौखिन नायिका ऋचाको कप बोर्डमा गुची, फोसिल, डि एण्ड जी, सेनल जस्ता अन्तराष्ट्रिय ब्राण्डका सामानहरू बढी रहेका छन् । आखामा लाउने गाजलको पारखी यि काली सुन्दरी नायिकाले ७/८ बर्षअघि असनमा ५० रूपैयाको गाजल किन्थीन रे, पछी त्यस्तो गाजल सम्बन्धी नराम्रो कुरा एक म्यागजीनमा पढेपछी उनले महंगा गाजल प्रयोग गर्न थालेको बताईन । जस अनुरूप हाल उनी ल्याण्डकमको २ हजार मूल्य पर्ने पेन्सिल गाजल प्रयोग गर्छिन । उनीसंग त्यस्ता गाजल कालो, खैरो, निलो र खरानी रंगका रहेकाछन् ।

सेक्सी आखाकी समेत धनी भनेर चिनिने नायिका घिमिरेले कसैसंग आखा नजुधोस भनेर झण्डै दुई लाख मूल्य बराबरको ९ वटा चश्मा प्रयोग गर्ने गर्छिन । यि चश्मा पनि गुची, सेनल र डि एण्ड जी ब्राण्डकै हुन । उनलाई एक दमै मन पर्ने ३० हजार मूल्यको डि एण्ड जी चश्मा भुवन केसीको पछिल्लो चलचित्र साथी म तिम्रोको सुटिङ्गमा ड्रेस म्यानले भाचिदिदा निकै चित्त दुखेको बताईन ।

प्रयोग कम भएतापनि लुगामा साडी र दुई सलवार निकै मन पराउने ऋचासंग २० भन्दा बढी साडी, त्यतीकै तुलनामा वान पिस ड्रेस, १३ वटा हाफ पेन्ट, विभिन्न फंकसनमा लगाउने ५ वटा गाउन, कालो, खैरो, सेतो र खरानी रंगका ४ वटा ओभरकोर्ट र २० हजार मूल्य बराबरको चार वटा सुट रहेका छन् । अन्य लुगा महंगो भएतपानि कुर्ता सलवार भने ऋचाको अलि सस्तो रहेको छ । उनी भन्छिन् । 'कुर्ता सलवार थोरै तर दामी '

उनीसंग ४ सय देखि २ हजार सम्म जाने दश वटा कुर्ता सलवार रहेका छन् ।

व्यक्तिग रूपमा महिनामा २० हजार सम्मको पकेट खर्च गर्ने नायिका घिमिरेसंग २० हजार भन्दा मुनिका कुनै घडी छैनन् । घडीलाई हातमा लाउन देखि सजाउन समेत सोखिन रहेकी नायिका घिमिरेले लण्डनको हेर्थु एयरपोर्टमा किनेको ३० हजार मूल्य बराबरको स्प्रिटको घडी सवै भन्दा बढी मन पराउने बताईन भने घडीको सौखिनले २००७ मा फ्र्लाईटमै मह जोडीका साथ अष्ट्रेलियाबाट नेपाल फर्किदा उनले एउटा घडी समेत किनेको बताईन । मोवाईल भने सामान्य बोक्ने ऋचासंग ३० हजार मूल्यबराबारको एप्पलको आइपड, जसलाई उनका दाई निर्मलले स्पेनबाट ल्याईदिका थिए ।

छालाको रंग कालो भएतापनि स्वास्थयमा निकै ध्यान पुर्र्‍याउने ऋचाले छालालाई स्वस्थय राख्न म्याक, डियर तथा नेवाको लोसन र क्रिम प्रयोग गर्ने गर्छिन । अनुहारमा पिम्पल आउन नदिन हेर्दा निकै सानो तर मूल्य भने ८ हजार पर्ने ल्याण्कमको क्रिम उनी प्रयोग गर्ने गर्छिन जसलाई उनी हरेका राति सुत्नेवेलामा प्रयोग गर्ने गर्छिन । नङ पालिस भने उनी फ्रान्समा बनेको म्यानुकेयर र रेभ्लोनका प्रयोग गर्ने गर्छिन । यस्तै लिपिस्टिकमा ल्याण्डकम, म्याक, लोरियल र मेवलिन, ब्राण्डका प्रयोग गर्ने गर्छिन । गहनालाई त्यति महत्व नदिने ऋचाले बहुमुल्यी हिराको औठी डि ड्याम्स र नक्षत्रलाई प्रयोग गर्छिन भने कपालको लागि लोरियलको सयाम्पु र कन्डिस्नर उनको रोजाईमा पर्दा रहेछन् ।

ऋचाको ब्राण्ड राज खोल्दै निर्माता केशव भट्टराई भन्छन् 'हेर्दा सामान्य देखिने ऋचा ब्राण्डै ब्राण्डको सौखिन कलाकार हुन । जसको बारेमा चलचित्र उद्योगमा धेरैलाई थाहाँ छैन ।'



Thursday, July 22, 2010

रेखा थापाको पहिलो पारिश्रमिक १ रूपैया

काठमाण्डौ, ६ साउन- नेपाली रजतपटमा नम्बर वान नायिकाको उपाधी पाएकी नायिका रेखा थापाले आफ्नो पहिलो फिल्मबाट रूपैया पारिश्रमिक लिएको तथ्य खुलेको छ ।

२०५७ सालमा चलचित्र हिरोबाट डेब्यू गरेकी नायिका थापालाई सोही चलचित्रका निर्माताले एक रूपैयाको सिक्का दिएको तथ्य खुल्न आएको छ । नायिका थापालाई सो चलचित्र खेल्नु पूर्व 'ला यो एक रूपैया राख, यसले त धेरै पैसा कमाउछेस' भन्दै उनलाई एक रूपैयाको सिक्का दिईएको थियो ।


एक रूपैयबाट सुरू थापाको दश बर्षे फिल्मी जिवनमा उनले लगभग सय चलत्रिमा अभिनय गरिसकेकी छिन् । यध्पी उनले आफ्नो पछिल्लो चलचित्र हिफाजत पछी एक अनर्लाइन मिडियलाई आफ्नो पारिश्रमिक अब देखि २ लाख ५० हजार पुगेको बताएकी थिइन् ।

आफुलाई राष्ट्र गान याद नभएको चर्चित संगीतकार अधिकारीको खुलाशा

काठमाण्डौ, साउन- चर्चित संगीतकार सुरेश अधिकारीले आफुलाई नेपालको राष्ट्र गान याद नभएको खुलाशा गरेका छन्

अधिकारीले देश नबनिकन राष्ट्र गान बनाएको प्रति आपत्ती समेत ब्यक्त गरेका छन् । उनले सोही कुरालाई व्यग्य हान्दै भने 'बच्चा पहिला जन्मिन्छ कि भोटो पहिला सिलाईन्छ ?'

व्याकुल माहिलाको रचनामा तीन बर्षअघि नेपाल सरकारले राष्ट्र गानको मान्यता दिएको 'सयौ फुलका थुगाँ हामी एउटै माला नेपाली' को शब्दमा समेत संगीतकार अधिकारीले आपत्ती जनाएका छन् । उनले भने 'सयौ थुगाँ भनेर कति वटा फुललाई चिन्नु हुन्छ ?' संविधानले राष्टको स्वरूप तयार गरिननसेको भन्दै अधिकारीले संविधानले जहिले राष्ट्र स्वरूप तयार गर्छ अनि त्यस अनुसारको गित बनेमा आफुलाई राष्ट्र गान याद हुने बताए ।

देश संघीयतामा नगई नेताहरूले राष्ट्रगित लाई असान्दर्भीक र गलत प्रक्रियाबाट स्थान दिएकोभन्दै अधिकारीले जसरी माधव नेपालको सरकार अहिले काम चलाउ भएको छ त्यस्तै राष्ट्रको स्वरूप तयार नभईन्जेलसम्मलाई अहिलेको राष्ट्रगानलाई काम चलाउ राष्ट्र गानको रूपमा लिईनु पर्ने बताए ।

Wednesday, July 21, 2010

बाडेले निकाले 'नसोचेको' एल्बम

काठमाण्डौ, साउन- स्वरकी धनी अञ्जु पन्तलाई साथमा लिएर उमेरले अधवैशे काटिसकेका नव गायक राम बहादुर बाडेले आधुनिक गीतहरूको एल्बम 'नसोचेको' मंगलबार सार्वजनिक गरेका छन्

आफ्नो एल्बममा रहेका ९ गित मध्ये १ गितमा स्वयम बाडेको संगीत र बाकी ८ गीतमा अष्ट लामाको संगीत रहेको सो एल्बमको गीतलाई ६ जना रचनाकारले रचेका हुन । एल्बमलाई म्यूजिक बज एण्ड क्रियशनले बजारमा ल्याएको छ ।

Tuesday, July 20, 2010

'कोही...'मेरो' को टिम प्रति सञ्चारकर्मी असन्तुष्ट

काठमाण्डौ, ४ साउन- मुभिज डट कम फिल्मसको ब्यानरमा आलोक नेम्वाङ्गद्धारा निर्देशित दोस्रो चलचित्र 'कोही मेरो' को टिम प्रति केही सञ्चारकर्मीहरू असन्तुष्ट भएका छन् ।

साङगेतिक लभ स्टोरीमा आधारित सो चलचित्रको अडियो विमोचनका लागि मंगलबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा समाचार संकलनका लागि निमन्त्रणा गरिएका केही सञ्चारकर्मीहरूलाई चलचित्रका टिमले अडियो सिडी नदिदा उनीहरू सो चलचित्रको टिम प्रति असन्तुष्ट भएका हुन ।

असन्तुष्ट हुनेमा रेडियोबाट समाचार संकलनका लागि कार्यक्रमस्थल पुगेका सञ्चारकर्मीलाई चलचित्रको टिमले टेलिभिजनको लागि मात्र सिडि वितरण गरिने भन्दै अडियो क्यासेट दिएका थिएनन् । यस्तै असन्तुष्ट रहेका सञ्चारकर्मीहरूले सो चलचित्रको टिमले गरेको ब्यवहार देखेर रेडियो विना साङगेतिक दुनिया अपूर्ण हुन्छ भन्ने कुरा कसैलाई थाहाँ नभएको भन्दै चलचित्र कोही मेरोले कसरी आफ्नो पब्लिसिटीलाई अगाडी बढाउछ भन्ने कुरामा शंका समेत ब्यक्त गरेका छन् ।
राजेश बंशलको प्रस्तुती रहेको उक्त चलचित्रमा नायिका झरना बज्रचार्य, संञ्चिता लुइटेल आर्यन सिग्देल र नव प्रस्तुतीका रूपमा सुवास थापाले मुख्य भूमिकामा अभिनय गरका छन् ।

यस्तै चलचित्रका विभिन्न ८ गित मध्ये चार वटा गितमा सुरेश अधिकारीले, तीन गितमा सुरेश राईले र एउटा गितमा बसन्त सापकोटाले संगीत भरेका छन् भने ती गितहरूलाई दिपक लिम्बु, अञ्जु पन्त, सत्य-स्वरूप तथा शिव परियार र रजिना रिमाले स्वरबद्ध गरेका छन् ।


किङ्ग राईको तीनवटा भिजुअल सार्वजनिक

काठमाण्डौ, साउन- नेपाली संगीत क्षेत्रमा किङ्गको उपाधी पाएका भर्सटायल गायक राजेश पायल राईको दुई एल्बमका तीनवटा भिडियो गित सार्वजनिक भएको

नायिका रेखा थापाको उपस्थिमा मंगलबार काठमाण्डौमा किङ्ग राईले आयोजना गरेको एक कार्यक्रममा उनले ती एल्बमका तीन गीत सार्वजनिक गरेका हुन । 'मुच्र्छना' एल्बमबाट पाइला अगाडी बढाएका गायक राईले आफ्नो नवौँ एल्बम 'जदौ २' को 'बल्ल भेट भो' बोल भएको गीत र दशौ एल्बम 'दर्शन नमस्ते' को 'तुवालो' र 'सेली' आई लभ यू बोलका दुई वटा गीतका भिजुअल सार्वजनिक गरेका हुन ।

रञ्जना म्यूजिक इन्डस्ट्रीजले तीनवटै गितका भिजुअललाई बजारमा ल्याएको हो भने उक्त गीतहरू मध्ये 'सेली आई लभ यू' सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन भने सो भिडियोलाई संगीता श्रेष्ठले निर्देशन गरेकी छिन् । यस्तै अरू दुई गीतलाई सञ्चारकर्मी सुरज श्रेष्ठले निर्देशन गरेका छन् ।

Monday, July 19, 2010

'देश' को अडियो सार्वजनिक

काठमाण्डौ, साउन- श्रवण घिमिरेको ११औ प्रस्तुतीको रूपमा तुलसी घिमिरेद्धारा लिखित तथा निर्देशित चलचित्र 'देश' को अडियो सार्वजनिक भएको

सोमबार राजधानीमा भएको एक कार्यक्रमममा नेपाल पत्रकामहाँसंघका अध्यक्ष धर्मेन्द्र झाले सो अडियो सार्वजनिक गरेका हुन । अजम्बरी फिल्मसको ब्यानरमा निर्माता सवनम घिमिरे, भरत श्रेष्ठ स्नेहप्रभा अर्यालले निर्माण गरेको उक्त चलचित्रमा रहेका चारवटा गीतमा शम्भुजीत बास्कोटाले संगीत भरेका छन् । भने ती गितहरूलाई अञ्जु पन्त, दीपक लिम्बु उदित तथा दिपा नारायण झा, नरेन्द्र प्यासी लागायतले स्वरबद्ध गरेका छन् । 'चार बर्षको लामो ग्यापपछी नेपाली रजतपटपमा छाएका निर्देशक घिमिरेले उक्त चलचित्रमा देशलाई परिवर्तन गर्न राजेश हमाल, निखिल उप्रेती र निरूता सिहँ पत्रकारको भूमिकामा रहेको' बताए ।


यस्तै उनले देश बदल्ने मुख्य पात्र जो समाजमा नकारात्मक र सकारात्मक दुवै स्थानको बीचमा हुन्छ हो त्यसालाई नै मुख्य पात्र बनाई आफ्नो फिल्म बनाएको निर्देशक घिमिरेको भनाई थियो । ६० लाखको लागनीमा निर्माण गरिएको उक्त चलिचत्रहरूको अधिकाशं छायाकंन काठमाण्डौ, सिक्किम र दार्जेलिङमा गरिएको छ भने चलचित्रमा राजेन्द्र खड्गीको द्धन्द्ध, राजु थापाको छायकंन र दिनेश अधिकारीको नृत्य हेर्न पाईन्छ भने चलचित्रको अडियोलाई म्यूजिक नेपालले बजारमा ल्याएको छ ।

Sunday, July 18, 2010

अक्षर चिन्न नसक्ने बालिकाको एल्बम विमोचन, विश्व रेकर्ड गराउने तयारी

काठमाण्डौ, २ साउन- २०६३ साल असोज ३० गते जन्मिएकी, अक्षर समेत चिन्न नसक्ने दुधे बालिका अतिथी गौतम केसीको गिति एल्बम विमोचन भएको छ ।

आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ संगितकार अमर गुरूङले बालिका केसीद्धारा गाइएको नौ वटा गितले भरिएको एल्बम 'अतिथि' को विमोचन गरेका हुन ।

जन्मिएको
६ महिना देखि बोल्न थालेकी र ८ महिना देखि हिड्न थालेकी सानी गायिका केसीले दुई बर्षको उमेर छदाँ गित गाउँन थालेको उनका पिता उद्धव केसीले बताए ।

८ बर्षीया दिदी उष्णाले गित गाएको देखेर नक्कल गर्दै गित गाउन सुरू गरेकी केसीले एल्बम विमोचन संगै एल्बमा रहेको नेपालको राष्ट्रिय गान सयौ फुलका थुगाँ हामी एउटै माला नेपाली, जस्तौ बसायो, सा रे ग म प ध नि सा गाएर सुनाएकी थिइन् ।

१ बर्षपहिले एउटा कार्यक्रममा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको अगाडी, नेपाल टेलिभिजनको पच्चीसौँ बाषिर्क उत्सव कार्यक्रममा तथा केही लाईभ पर्फमेन्स समेत दिएकी केसीको सो प्रतिभालाई गिनिज बुक अफ दि वर्ल्डमा रेकर्डमा दर्ता गराउन अर्विट पब्लिसरले आफ्नो सक्रियता समेत बढाएको छ । जसका लागि पब्लिसरले राष्ट्रिय अन्तराष्ट्रिय स्तरका सञ्चारमाध्यमसंग आफ्नो लविग अगाडी बढाएको छ ।

यस्तै गायिका केसीको एल्बममा रहेको सा रे ग म भन्ने गितको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । जसमा डब्बु क्षेत्रीको निर्देशन, जुगल डंगोलको संगीत र एल्बममा रहेका नौ मध्ये चार वटा गितमा पत्रकार घनश्याम खडकाको शब्द सुन्न पाईन्छ ।

के – अतिथीले गिनिज बुकमा रेकर्ड राखलिन ?

उमेरले ३ बर्ष नौ महिना पुगेकी सानी गायिका अतिथीले उमेरको हिसावले विश्व रेकर्ड राख्न सक्ने सम्भावना कम देखिएको छ । यस अघि सन २००६ को अगष्ट महिनामा रोमानियाकी ३ बर्ष ८ महिनाकी एक बालिका क्लेपाट्र र्सटटनले ४ सय मानिसको अगाडी २८ वटा गित गाएर लामो कर्न्सट गरेकी थिइन । सोही कर्न्सटमा र्सटटनले आफ्नो एल्बम 'एट दि अफ थ्री' को विमोचन समेत गरेकी थिइन् ।

यता अतिथीको एल्बम बिमोचन भएको दिन सम्म उनी ३ बर्ष ९ महिना पुगेकी छिन् । रोमानियाकी कान्छी गायिकाले विश्व रेकर्ड राखेको उनको उमेर समय भन्दा एक महिना अतिथी ढिलो भएकी छिन् । यस्तै अतिथीले आफ्नो नाम दर्ता गराउन सायद र्सटटनले ४ सय मानिसको अगाडी २८ वटा गित गाएको भन्दा बढी गाउँनु पर्ने अवस्था समेत हुन सक्दछ ।





Friday, July 16, 2010

'फर्केर हेर्दा' केही पनि छैन

काठमाण्डौ, ३२ असार- सुरेश अधिकारीको संगीतको आधारमा प्रदर्शन अगावै चार्चा पाउन सफल चलचित्र 'फर्केर हेर्दा' (फ्ल्यास व्याक) मा दर्शकले सोचे अनुसारको मिठास नपाउने भएका छन्

गोपी कृष्ण मुभिजको ब्यानरमा असार महिनाको अन्तिम दिनबाट प्रदर्शनमा आएको चलचित्र फर्केर हेर्दाको बिहिबार गरिएको प्रिमियर शोमा अन्य नेपाली चलचित्रभन्दा कुनै नयाँ र फरक प्रस्तुतीलाई निर्देशक दयाराम दाहालले पर्दामा उतार्न नसकेको स्पष्ट भएको छ ।

कहिँ कतै हिन्दी चलचित्रका दृश्य र नेपाली सिनेमामा प्रयोग भई सकेका पुराना डाइलगको समेत हुबहु कपि यस चलचित्रमा दर्शकले महसुस गर्न सक्दछन । चलचित्रमा नायक आर्यन सिग्देलले गरेको अभिनय बाहेक अन्य कलाकारको अभिनयलाई कथाले नबाधेको पाईन्छ । धनी गरिवबीचको प्रेम सम्बन्ध त्यसमा परिवारको अवरोधलाई कथा मार्फत बगाउन खोजेका निर्देशक दाहालले हरेक स्थानमा हास्यको प्रयोग गर्नुले पनि चलचित्रलाई खल्लो बनाएको हो भन्नेमा कुनै दुई मत छैन

जसरी भारतीय चलचित्रमा घरमा आएका पाहुँनालाई आरती उतारिन्छ त्यस्तै दृश्य उनले नेपाली समाज पनि रहेको छ भन्ने कुरालाई पर्दामा प्रस्तुत गर्दा दर्शकले सो दृश्य मन नपराउन पनि सक्छन् ।

निकै अनुभवी निर्देशकको उपमा समेत पाएका दाहालले सो चलचित्रको सामान्य पक्षमा त्यति ध्यान नपुर्‍याएको स्पष्ट हुन जान्छ । जस्तै नायिका युना उप्रेती (सिमा) लाई उनको बाल्यकालको साथी जुनु आफ्नो विबाहको निम्तो दिन कार हाकेर उसको गाउँमा जान्छे फर्किदा संगै लिएर आउँछे गाउँमा जादाँ कार हाकेर पुगेकी जुनु सहर फर्किदा गुडिरहेको कारको आगडीको भाग बनेट मा नाचेका दृश्यमा निर्देशक चुकेका छन् जवकी जुनु एक्लैले गाडी चलाएर गाउँ गएकी थिइन् तर र्फकदा त्यो गाडी कसैले चलाएको देख्न पाईन्छ

शिर्ष अनुसारको कथा र प्रस्तुती नमिलेको यस चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन पक्षलाई भने ठिकै नै मान्नु पर्ने हुन्छ । नृत्य निर्देशक कविराज गहताराजलाई धन्यवादले मात्र पुग्दैन उनले निकै मजाले कलाकारहरूलाई नचाएका छन् । ती माथि पनि नायक आर्यनलाई ।

यस्तै राजु थापाको छायाङ्गकन पक्षको सामान्य कमजोरीलाई माफ दिन सकिने अवस्था यस चलचित्रमा रहेको छ ।

चलचित्रमा केही कालकारको आवश्यक्ता समेत नरहेको पाईन्छ यध्यपी ती कालकारलाई निर्देशकले किन राखे त्यो भने प्रश्नकै विषय छ । चलचित्रमा निखिलको श्रीमती बनेकी नायिका रेजिना उप्रेतीको उपस्थिति कहीँ आवश्यक छ जस्तो लाग्दैन । उनलाई चलचित्रमा समावेश नगरिएको भए नि हुन्थ्यो । यध्पी चलचित्रमा टुविष्ट ल्याउन निर्देशक दाहालले नायिका जेनिशा केसीलाई चलचित्रमा राम्रोसंग प्रयोग गरेका छन् ।

पिडाको नाममा जस्तो सुकै कठोर भएको व्यक्तिले आफ्नो शुत्रुलाई खान दियो सायद केही हद सम्म राम्रै देला तर यो चलचित्रमा ग्वालाको भूमिकामा सन्तोष बनेर रहेका निखिल उप्रेतीले आफ्नो बहिनी सिमाको प्रेमी नायक शिरिष आर्यनलाई खुर्शानीको धुलो संग भात खान दिएको कत्तिपनि सुहाएको छैन । जवकी खुर्शानीको धुलो र भात दिनुको साटो निर्देशकले त्यो दृश्यमा सुख्खा रोटी दिएको भए निकै उपयूक्त हुन्थ्यो ।

यस्तै चलचित्रमा साथीको विबाहमा पुगेकी सिमाले तातो चिया लिएर जादै गर्दा हास्यकलाकार बिष्णु सापकोटाको जो चलचित्रमा गम्भीर नाम गरेको काम गर्ने केटाको रूपमा रहेको हुन्छ उसको टाउकोमा पोखिदा उनलाई तातो चियाँले पोल्नु पर्ने हुन्थ्यो तर उनले जिउमा मह पोखिए झै त्यो चिया चाटेको दर्शकलाई अपाच्य हुन्छ ।

अन्य चलचित्रमा झै अन्त्यमा प्रेमको जीत भए जस्तै यस चलचित्रमा पनि शिरिष र सिमाको प्रेम सफल हुन्छ । तर त्यो सफल हुन अगावै निखिले चलचित्रका खल पात्र नीर शाह, रवि गिरि लगायतलाई तरबारले हत्या गर्छन । त्यसपछी उनी जेल पर्छन । तर विश्वमै त्यस्तो कुनै कानुन छैन कि जस्तो सुकै अपराधी मार्ने व्यक्तिलाई कानुनले छुट देओस तर त्यहा एक प्रहरी निरिक्षकले निखिलाई राम्रो काम गर्‍यौ भन्दै सजायबाट पूर्ण मूक्त पायौँ भन्दै रिहा गर्नुमा पनि निर्देशकको कमजोरी देखिन्छ ।

समग्रमा चलचित्रलाई सरर्सर्ती हेर्दा खासै नौलोपन नभएको कथा भएतापनि निर्देशकले बाध्न नसेकेको, कमेडी भएतापनि अपाच्य दृश्यलाई बढी स्थान दिएको र यथार्थ भएतापनि अतिरञ्ति तरिकाले प्रस्तुत गरेको भन्दा केही फरक नपर्ला चलचित्रलाई फर्केर हेर्दा ।


'
फर्केर हेर्दा' लाई कति नम्बर ?

प्रिमियर शोमा उपस्थित भएका राजनीतिक दलका नेता तथा कलाकारहरूलाई हामीले सोधेका थियौ यो चलचित्रलाई १०० मा कति नम्बर दिनु हुन्छ भनेर । हेरौ उनीहरूको उत्तर

चलचित्र हेरी सकेपछी बाहिर भेटिएका राष्ट्रिय जनशक्ति पार्टीका सह-अध्यक्ष प्रकाश चन्द्र लोहनीले नायक आर्यनको भूमिका मन परेको बताए । समग्र चलचित्रको मूल्याकन गर्न आफुले नसक्ने भन्दै उनले चलचित्रलाई सय मा ८० नम्बर दिने बताए ।

यस्तै रंगपत्रकारबाट निर्देशक बनेका सुरेश दर्पण पोखरेलले चलचित्रलाई ५० नम्बर दिने बताए । उनले चलचित्रमा कलाकारहरूलाई बढी ओभरएक्ट भएको गुनासो ब्यक्त गरे भने निखिल उप्रेती युना उप्रेती र आर्यनको भूमिका आफुलाई मन परेको भन्दै पोखरेलले चलचित्रको छायांकन, नृत्य पक्ष मन परेको बताए ।

यस्तै चलचित्र पत्रकारसंघका अध्यक्ष शान्तिप्रियले पहिले देखि हेरिआएका नेपाली चलचित्र भन्दा यस चलचित्र पनि खासै फरक नभएको भन्दै आफ्नो तर्फबाट ५० नम्बर दिन भ्याए ।

यस्तै निर्देशक नरेश पौडेललाई कति नम्बर दिनु हुन्छ भन्ने प्रश्नमा उनले नम्बर त जनताले दिने हो मैले दिने हो भन्दै चलचित्रको फष्ट हाफ मन नपरेको बताए । यस्तै चलचित्र वितरक सुनिल मानन्धरलाई चलचित्रको हास्य पक्ष मन परेछ भने नीर शाहले भिलेनको भूमिका निर्वाह गरेको पटक्कै मननपरेको बताए । यध्पी उनले चलचित्रलाई ६० नम्बर भने दिन भ्याए ।









Wednesday, July 14, 2010

करिश्माको स्तनमा टयाटु


काठमाण्डौ, २९ असार- कुनै समयकी नम्बर वान नायिकाको रूपमा स्थापित नायिका करिश्मा मानन्धरलाई बुढयौलीमा बैश लागेको बैस पनि अरू जस्तो हो ? स्तन देखाउने, त्यो माथि पनि टयाटु टासेर

दिपक रायमाझीद्धार निर्देशित चलचित्र 'लभ स्टोरी २०६६' को अडियो विमोचन समारोमा प्रमुख अतिथिका रूपमा मंगलबार उपस्थित भएकी नायिका करिश्मा मानन्धरले आफ्नो वाया पट्टीको स्तनमा मध्य भाग सम्म टयाटु खोपेकी थिइन । आफुले बनाएको चलचित्र ढुकढुकी फल्प भएपछी मन शान्त पार्न केही बर्षअमेरिका लहसिएकी नायिका मानन्धर अडियो विमोचन कार्यक्रममा आकर्षणको पात्र त थिइननै तर त्यो भन्द पनि आकर्षक तरिकाले उनले बनाएर आएको टयाटु सहितको स्तनले सवैको नजर त्यता तर्फधकेली दिएको थियो ।

किन त्यहाँ टयाटु बनाउनु भएको भन्ने प्रश्नमा 'भित्रै देखि सोख थियो त्यसैले बनाएको' उनको उत्तर थियो । कति भयो बनाउनु भएको ? फेरी उनले उत्तर दिईन 'सायद ६ महिना भयो होला ।' रातो लेङ्गा सानो लामो सेतो मोति जडित व्याग र कपाल छोडेर कार्यक्रममा पुगेकी नायिका मानन्धरले सो टयाटु बनाउनको लागि स्तनमा सिलिकन भरेर अझ आकर्षक बनाएको एक स्रातले बताएको छ ।

'लभ स्टोरी २०६६' को अडियो विमोचन

काठमाण्डौ, २९ असार- वेभ प्रोडक्सनको प्रस्तुतीमा दिपक रायमाझीद्धारा निर्देशित चलचित्र 'लभ स्टोरी २०६६ ' को अडियो विमोचन भएको

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा आएकी नायिका करिश्मा मानन्धर लगायत केही चलचित्रकर्मीले सो चलचित्रको अडियो विमोचन गरेका हुन । जम्मा ६ वटा गित रहेको उक्त चलचित्रमा संगीत भने चेतन सापकोटाले दिएका छन् । चलचित्र लभस्टोरी २०६६ का विभिन्न ६ गितका रचनाकार प्रमोद ढुङ्गाना, राजेन्द्र थापा, नरेश भट्टराई र दयाराम पाण्डेले हुन भने ती गितहरूलाई अन्जु पन्त,पूजा लामा, चेतन सापकोटा, प्रमोद खरेल र मनोजराजले स्वर दिएका छन् ।

निर्माता मदन ताम्रारकार तथा लक्ष्मी नारायण सुवालको झण्डै ६० लाखको लगानीमा निर्मित को उक्त चलचित्र आगामी भदौ पहिलो साताबाट प्रदर्शनमा आउने बताइएको छ । चलचत्रिमा निखिल उप्रेती, अर्जुन कार्की, पूजा लामा, संचिता गुरूङ साथै नव कलाकारको रूपमा ममता थापालाई दर्शकले हेर्न पाउने छन् ।





शोभितको 'कन्यादान' मा तल्लो स्तरको शब्दको बढ्ता प्रयोग

काठमाण्डौ, २९ असार- सलोन फिल्मसको ब्यानरमा निर्देशक शोभित बस्नेतले निर्माण गरेको चलचित्र 'कन्यादान' मा अधिकाशं तल्लो स्तरका शब्दको प्रयोग भएका छन्

असार ३१ बाट राजधानी बाहिरका ४० वटा सिनेमा भवनबाट एक साथ प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको मंगलबार गरिएको प्रिमियर शोमा चलचित्रका पटकथामा अधिकाशं शब्दहरूमा छाडापन भेटिएका छन् । सागिंतिक हास्य मनोरञ्जनात्मक भनिएको उक्त चलचित्रका लेखक तथा पटकथाकार ध्रुव लम्सालले चलचित्रकोकुनै सम्बादमा नेपाली सिने जगतका हस्ती नायक भुवन केसीको समेत मान हानी हुने गरी शब्दको प्रयोग गरेकाछन्

शम्भुजीत बास्कोटाको सुमधुर संगीत, नायक धिरेन शाक्य, अर्जुन कार्की, सृजना बस्नेत, रञ्जना शर्मा तथा नयाँ र प्रमुख भूमिकामा कुशल थापा र कञ्चन रेग्मीको अभिनय रहेको चलचित्र कन्यादान सस्तो हास्य प्रधान चलचित्र भन्दा केही फरक नपर्ला । मुख्यत चलचित्रको डाइलगमा चुकेका पटकथाकार लम्साल र त्यस डाइलगलाई चलचित्रमा स्थान दिने निर्देशक शोभित बस्नेतले चलचित्र राम्रो बनाउन खोजिएतापनि बौद्धिक बर्गका दर्शकहरूले उनको चलचित्रलाई मन नपराउन पनि सक्छन् ।

नेपाली समाजमा विग्रिएका युवाले प्रयोग गर्ने छाडा शब्द जसलाई लेखकले रूपान्तरित गरि ( मा चिनिका चम्चा ) बनाएर प्रयोग गरेको हास्य हुने भयो नै तर त्यस्ता शब्दले समाजमा पार्ने नकारात्मक असर बारे भने चलचित्र निर्माण गर्दा त्यति ध्यान नपुर्याएको पाईन्छ

अभिभावको इच्छालाई बुझेर कुनै पनि कार्य गरे त्यो सधै सकारात्मक र सफल समेत हुने सन्देश बोकेको यस चलचित्रको नामा डेढ दशक अघि बाघ उपमाले प्रसिद्धि कमाएका निर्देशक प्रकाश थापाले निर्देशन गरेको चलचित्रको कन्यादानको हुबहु शिर्षक हो । विधवा विबाहलाई समाजमा स्थान दिनुपर्ने बिषय उठान गरेको उ बेलाको निकै सफल चलचित्र कन्यादानको सफलतालाई पच्छाएर निर्देशक शोभित बस्नेतले यो चलचित्र निर्माण गरेको हो भन्दा त्यति अत्तियूक्ति नहोला यध्पी यो चलचित्रमा कथा फरक भएतापनि ।

बिजय दली प्रस्तुतकर्ता तथा कृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले ४० लाखको बजेटमा निर्माण गरेको चलचित्र 'कन्यानदान' मा निर्देशक बस्नेतले आफ्नै पारिवारिक कथालाई भने निकै मजाले प्रस्तुत गरेका छन् । उनका पिताले ३२ वटा श्रीमतीलाई विबाह गरेको कुरा उनले निकै निर्धक्कका साथ चलचित्रमा प्रस्तुत गरेका छन् । रियल लाईफमा सोभितका पिताले ३२ वटी श्रीमती भित्राएका भएतापनि उनले यस चलचित्रमा ३२ वटी श्रमीतीका ७ जुडुवा भाई आफै बनेर अभिनय गरेका छन् ।

समुद्र सतहबाट २३२२ मिटरको उचाईमा दामन र पोखरका केही स्थानमा छायाङकन गरिएको चलचित्रमा नायिका सुवेच्छा थापा भने भारतीय पर्यटक भएर खेलेकी छिन । थापाले चलचित्रका पूरै सम्बादमा हिन्दी बोलेकी छिन र उनले बोलेको हिन्दी भने सुहाएको छ ।

Monday, July 12, 2010

"मलाई मन पर्‍र्यो" को शुभ -मूहुर्त


काठमाण्डौ, २८ असार- हिमालयन फिल्मस प्रालिको दोस्रो प्रस्तुतीको रूपमा विकास आचार्यद्धारा लेखन तथा भद्र भुजेलको निर्देशनमा निर्माण हुन लागेको चलचित्र चलचित्र "मलाई मन पर्‍र्यो" को शुभ -मूहुर्त भएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम मन्त्री अफताव आलमले क्ल्याप गर्दे चलचित्रको शुभ-मुहुर्मत गरेका हुन । चकलेटी नायकद्धोय राजबल्लभ कोइराला, जीवन लुइटेल र नायिका निरूता सिहबीचको त्रिकोणात्मक प्रेम कथालाई समेटेर निर्माण गरिन लागेको उक्त चलचित्रमा संगीत शम्भुजीत बास्कोटाको रहने छ भने हिमाल केसीको द्धन्द्धलाई दर्शकले हेर्न पाउने छन् ।

रमेशजंग रायामाझीले निर्माता रहेको सो चलचित्रका दृश्यलाई शम्भु सापकोटाले क्यामेरामा कैद गर्ने छन् ।

Sunday, July 11, 2010

मन्त्रीज्यू समयमा नआउँदा दिपकलाई टेनसन

काठमाण्डौ, २६ असार- २०६२ सालमा नेपाली ताराको विजेता बनेपछी गायक बनेका दिपक लिम्बु शनिबार दिउँसो अत्यन्त टेन्सनमा थिए । कारण थियो शान्ति मन्त्री रकम चेम्जोङ्गको समयमा अनुपस्थिति ।

आफ्नो तेस्रो आधुनिक एल्बम श्रोता को विमोचनका लागि प्रमुख अतिथिको रूपमा शनिबार दिउँसो साढे २ बजे उपस्थितिका लागि निमन्त्रणा कार्ड पठाएका दिपक सवाँ घण्टा सम्म मन्त्री ज्यूको ढिलाई सहनुपर्दा निकै चिन्तित देखिएका थिए । विमोचन समारोहमा उपस्थितिका लागि राजधानीको वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लाको एक हलमा विभिन्न कलाकार तथा पेशाकर्मीलाई डाकेका दिपकले कति बेला कार्यक्रम सुरू गर्ने भन्ने धेरैको प्रश्नलाई अब एकै छिन भन्दै टार्दै गए र अन्तत आफ्नो योजना मुताबिक कार्याक्रम सुरू गरे, जब मन्त्री जी ३ बजेर ४५ मिनेट हुदा कार्यक्रम स्थलमा झुल्किए ।

गजेन्द्र ताम्ली (लिम्बु) को शब्द रचना रहेको उक्त एल्बमको दश वटा गितमा संगीत भरेका संगीतकार महेश खडकापनि मन्त्री ज्यू नआउदा टेन्सनमै थिए । कार्यक्रममा उदघोषकका लागि बोलाईएका आरजे नरेश भट्टराईसंग घेरै बेर छटपटी गरेका दिपकले मिनेट मिनेटमा मन्त्रीज्यूलाई फोन गरी चाडो आउनु पर्‍र्यो भन्दै फोन गरिरहेका थिए । मन्त्रीज्यूले भने अब आइहाले भन्दै दिपकलाई निर्धारित समय भन्दा सवाँ डेढ घण्टा कुर्राई छाडे ।

कतै डेटिङमा गएको बेला प्रेमिका समयमा नआउदाको छटपटी जस्तो हुन्छ त्यो भन्दै कयौ गुणा छटपटी दिपको अनुहारमा देखिन्थ्यो । तपाई आफै सुपरस्टार गायक प्रमुख अतिथितमा किन मन्त्रीज्यूलाई बोलाएको भन्ने प्रश्नमा 'यो मेरो प्रस्ताव थिएन, रचनाकार ज्यूको आग्रह बमोजिमा मैले उहाँलाई बोलाएको हो ।' दिपकको जवाफ थियो ।

जसरी अन्य कार्यक्रमहरूमा नेपालीको टाइम भन्ने उखान गरेर खिल्ली उडाइन्छ दिपकको एल्बम विमोचनमा पनि त्यस्तै नै देखियो र उदोघषक भट्टराईले 'सवैसंग विनम्र गर्दै तपाईहरूलाई कतै जानु छ कसैले बोलाएको छ भनेकृपया उहाँहरूलाई एसएमएस गरेर वा फोन गरेर मलाई अरू सवा घण्टा समय लाग्छ' भन्नु भनेर आग्रह समेत गर्नु पर्‍र्यो ।

यध्पी कार्यक्रम ढिला सुरू भएतापनि राम्रो नै भयो । कार्यक्रममा एल्बम श्रोताको विक्री बाट उठेको सम्पूर्ण रोयल्टी रकम धनकुटा स्थित चित्र, मारे, कटहरे निर्माणधिन सडक सहयोगका लागि खर्च गरिने बताइएको छ । आलोक नेम्बाङ्गले निर्देशन गर्ने लागेको उक्त एल्बको म्यूजिक भिडियो पनि छिट्टै बनाइने सो कार्यक्रममा जानकारी दिईएको छ । सो कार्यक्रममा दिपकले उक्त एल्बमका दुई वटा गित समेत गाएर सुनाएका थिए ।

Saturday, July 10, 2010

इ-कलेज मोडेलको ताज सलोनीलाई

काठमाण्डौ, २५ असार- सिजन मिडियाले पहिलो पटक अयोजना गरेको मिस इ-कलेज मोडेल प्रतियोगिताको ताज काठमाण्डौ टेकु स्थित इन्टेनसिप कलेजकी सलोनी न्हेमफुकीले जित्न सफल भएकी छिन् ।

शुक्रबार राजधानीमा भएको प्रतियोगितामा सलोनीले मिस डिसिप्लेन अवार्ड सहित इ-कलेज मोडलको ताज पहिरन सफल भएकी हुन । अन्तिम प्रतिष्पर्धाका लागि छनौट भएका ३० जना प्रतियोगी माध्ये २२ नम्बरकी सलोनीले मिस इ-कलेजको ताज सहित महिन्द्रा स्कुटर जितेकी छिन् ।

३० बाट १५ र १५ बाट अन्तिम प्रतिष्पर्धाका लागि छनौट भएका ७ प्रतियोगीलाई प्रमुख जजका रूपमा रहेका बरिष्ठ पत्रकार किशोर नेपालले नेपालमा जम्मा तीन समस्या राजनीती, हिंसा र वातावरण यी तीन समस्या मध्ये तपाई कुन समस्यालाई प्रमुख समस्याको रूपमा लिनुहुन्छ भन्ने ? प्रश्नको जवाफमा सलोनीलीले 'नेपालमा प्रमुख समस्या राजनीति भएको भन्दै यो समस्या कम भए हिंसा समेत कम हुने र हिंसा कम भए स्वत वातावरण कम हुने' भन्दै उत्तर दिइन र इ-कलेजको ताज पहिरन सफल भईन ।

यस्तै प्रतियोगितमा १ नम्बरमा रहेकी क्याम्पियन कलेजकी सोनिया श्रेष्ठले फष्ट रनरअपको उपाधी सहित बेष्ट डे्रस अवार्ड समेत जित्न सफल भईन । उक्त प्रतियोगितमा सेन्टजेभियर्स कलेजकी नमिता आचार्यले सेकेण्ड रनरअपको उपाधी जितिन ।

१६ देखि २४ उमेर समूहमा रहेका प्रतियोगीहरू मध्ये ५ नम्बरमा रहेकी पदमकन्या कलेजकी लक्ष्मी थापाले सव टाइटल अवार्ड जितिन भने, मिस व्यूटिफूल हेयर अवार्ड मनिका खडका, फोटो जेनिक अवार्ड निता थापा मगर, पर्सनालिटी अवार्ड मोलिसा बज्रचार्य, क्याटवल्क र भ्यूअर अवार्ड सुवेच्छा थापा, टयालेन्ट पुष्पा पलाञ्चोकी, स्माईल प्राप्ती खडका र एसएमएस भोटिङका आधारमा मिस पपुलर अवार्ड नीता शर्माले जितिन ।


Thursday, July 8, 2010

'फष्ट लभ' को गित सार्वजनिक


काठमाण्डौ, २४ असार- नेपाली युवा पुस्ता माझ प्रदर्शन अगावै चर्चा पाउन सफल चलचित्र 'फष्ट लभ' को गित सार्वजनिक भएको छ ।

प्रिन्स मुभिजको ब्यानरमा सिमोस सुनुवारद्धारा निर्देशित उक्त चलचित्रको राजधानीमा अयोजित एक कार्यक्रमा जम्मा पाँच मध्ये तीन गितको अडियो भिजुअल सोही चलचित्रका कलाकारहरूले एक साथ सार्वजनिक गरेका हुन ।

आगामी साउन २१ गते बाट देश भरिका ६० वटा भन्दा बढी सिनेमा हलबाट एक साथ प्रदर्शनमा आउन लागेको उक्त चलचित्रमा सत्य-स्वरूप आचार्यले संगीत दिएका छन् । माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानीमा निर्माण गरिएको उक्त चलचित्र म्यूजिक लभ स्टोरी भएको निर्माता वाग्लेले बताए । वाग्लेले उक्त चलचित्रलाई 'कागवेनी र सानो संसारको निरन्तरता भएको' बताए । यस्तै वाग्लेले 'यो चलचित्र हेर्दा सबले आफ्नो पहिलो प्रेमको सम्झना गर्ने' बताए ।

नेपाली तारा दुई सन्तोष लामा, इन्दिरा जोशी, रजिना लामा लगायतको स्वर रहेको सो चलचित्रमा आर्यन सिग्देल, महेश शाक्य कर्म, विनय श्रेष्ठ, निशा अधिकारी, तथा पहिलो पटक नायिकामा डेब्यु पाएकी रिचा शर्माको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन हरि हुमागाईले गरेका हुन ।