राष्ट्रबाधको मुद्धा त्यसमाथि पनि दक्षिणी छिमेकी मुलुक भारतले नेपालका ५४ स्थानका विभिन्न सिमानामा मिचेको १ लाख १२ हजार हेक्टर जमिन, सिमानामा रहेका नेपालीहरूमाथि भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीलाई समेटेर बनाईएको २ घण्टा २१ मिनेट लामो यस चलचित्रमा बिषय बस्तु जसरी प्रस्तुत हुनु पर्ने हो त्यसरी भने प्रयोग भएको छैन् । चलचित्रको पहिलो भाग हेर्न जति मज्जा आउछ दोस्रो भागमा दर्शकलाई पट्यार लाग्न सक्छ । दयाराम दाहालले निर्देशन गरेको यस चलचित्रमा राजेश हमाल, नवल खडका, रञ्जिता गुरूङ, सुभद्रा अधिकारीको भूमिका राम्रै भएतापनि प्रस्तुत कर्ता नवल खडकाको भद्दा शरिरले दर्शकलाई खिन्न बनाएको महसुस हुन्छ ।
चलचित्रको पहिलो भाग हेर्न लायक भएतापनि अन्य चलचित्रमा झै निर्देशक दयाराम दाहालले यस चलचित्रमा स-साना कुरामा ध्यान नपुर्याउदा फेरी उनी एक पटक निर्देशनमा चुकेको महसुस हुन्छ । जस्तै 'गौशाला प्रहरी प्रभागमा कार्यरत इन्सपेक्टर गोपाल (निखिल उप्रेती) कमलपोखरी प्रहरी प्रभागको भ्यानमा चढेर हिड्नु र राजनीतिक कारणबस तर्राईमा सरूवा भएको गोपालले एकै छिनमा पूर्वको बेलडागी शरणर्थी शिविरमा अपराधी पक्रन पुग्नु र एकै छिनमा नवलपरासीको सुस्तामा खटिएको दृश्यमा दर्शकलाई ठग्न खोजिएको छ ।' जवकी यथार्थमा कुनै एक स्थानको प्रहरी निरिक्षकले अन्त कतैको मुद्धा, हेर्दैन । तर चलचित्रमा १२ घण्टा लगाएर सुस्ता र बेलडागी पुगिने दुरी निखिल उप्रेतीले प्रहरी भ्यानमा छिन-छिनमा आवत जावत गरेको पाईन्छ जुन कुरामा निर्देशक दाहाल निकै नराम्ररी चुकेका छन् ।
नेपाली नेताहरूको यथार्त चित्रण गरिएको चलचित्र दशगजामा सत्ता टिकाउनका लागि भारतलाई रिझाएको दृश्य यथार्थपरक रहेको छ तर कतिपय स्थानमा चलचित्रमा दुई देशको कुटनीतिक मर्यादालाई विर्सिएर संवादहरू प्रयोग गरिएका छन् । यध्पी सो स्थानमा दर्शकले ताली भने बजाउन छाडदैनन् । कुनै मन्दिरको पुजारी परिवर्तन गर्न पनि भारताको अनुमति लिने नेपाली नेताहरूको चरित्रलाई दशगजाले राम्ररी प्रस्तुत गरेको छ जसलाई कलाकार रमेश बुढाथोकीले राम्ररी निर्वाह गरेका छन् ।
पूर्वको भोजपुर र खोटाङ सिमानामा निर्माण गर्न लागिएको २५ तल्ले टयाम्के टावरको निर्माणार्थ बिहिबार गोपीकृष्ण हलमा आयोजना गरिएको च्यारिटी शो मा उपस्थित झण्डै १२ सय दर्शकहरूले दशगजामा उठाएको राष्ट्रबाद प्रति जोडदार ताली पिटे । विभिन्न पत्रपत्रिका, समाचार तथा लेखहरूमा आएको तथ्यहरूलाई आधारमा बनाएर गोल्डेन आई मुभिजको ब्यानरमा निर्माण गरिएको यस चलचित्रको कथा अनुसारको सांगितिक पक्ष र नृत्य पक्ष ठिकै मान्न सकिन्छ । छायाकार बिष्णु कल्पितले राम्रो छायाकंन गर्न सकेपनि कही-कही सवजेटको अनुहारमा घाम टल्कन गई अनुहार रातो भएको देखिन्छ ।
आन्तरिक शरणार्थी र बाहृय शरणार्थीको कथालाई प्रस्तुत गर्न खोजिएतपानि चलचित्रमा सिमा समस्या र १८ बर्षदेखि नेपालमा बस्दै आएका भुटानी शरणार्थीको कथालाई राम्ररी बगाउन नसक्दा चलचित्रमा दर्शकले खल्लोपन महसुस गर्न सक्छन् ।
कुनै पनि विदेशी चलचित्रको नक्कल नगरिएको यस चलचित्रमा राष्ट्रबादको मुद्दा जसरी उठान गरिएको छ सोही अनुसारको डाइलगको भने कमी पाइन्छ । यध्पी चलचित्रको कुनै स्थानमा राजनीतिक दलको आडमा प्रहरी निरिक्षक बनेका निखिललाई एक खलपात्रले बर्दी उतार्ने चेतावनीको दिए पछी निखिलले दिएको जवाफ भने निकै राम्रो छ यध्पी यौनकर्मी महिलाप्रति अन्यथा नलागेको खण्डमा । यो कुनै कोठीमा बस्ने बेश्याको साडी हैन, जुन तेरो इशारमा उतारिन्छ । यो सम्बद निखिले बोल्दा दर्शक धेरैले तालीको पर्रा छुटाउन छाडदैनन् । यध्पी चलचित्रको पहिलो भाग राम्रो र दोस्रो भाग त्यति राम्रो नभएकाले यस चलचित्रलाई एक सयमा ५० नम्बर दिदा कुनै फरक पर्दैन । विशुद्ध नेपाली पारामा कहिबाट नचोरिकन बनाइएको दशगजा हेर्न जाने दर्शकको पैसा पहिलो भाग हेर्दै असुलिन्छ ।
पैसा मात्र खर्च गरेर सस्तो सन्देश बोकेर बनाएका अन्य चलचित्रलाई यस चलचित्रले केही हदसम्म मात खुवाईदिनसक्छ । यध्पी दर्शकलले चलचित्रमा सोचे अनुसारको प्रस्तुती नपाएतापनि सारा नेपालीले भने एक पटक यो चलचित्र हेर्ने पर्ने हुन्छ ।
No comments:
Post a Comment