Saturday, July 10, 2010

इ-कलेज मोडेलको ताज सलोनीलाई

काठमाण्डौ, २५ असार- सिजन मिडियाले पहिलो पटक अयोजना गरेको मिस इ-कलेज मोडेल प्रतियोगिताको ताज काठमाण्डौ टेकु स्थित इन्टेनसिप कलेजकी सलोनी न्हेमफुकीले जित्न सफल भएकी छिन् ।

शुक्रबार राजधानीमा भएको प्रतियोगितामा सलोनीले मिस डिसिप्लेन अवार्ड सहित इ-कलेज मोडलको ताज पहिरन सफल भएकी हुन । अन्तिम प्रतिष्पर्धाका लागि छनौट भएका ३० जना प्रतियोगी माध्ये २२ नम्बरकी सलोनीले मिस इ-कलेजको ताज सहित महिन्द्रा स्कुटर जितेकी छिन् ।

३० बाट १५ र १५ बाट अन्तिम प्रतिष्पर्धाका लागि छनौट भएका ७ प्रतियोगीलाई प्रमुख जजका रूपमा रहेका बरिष्ठ पत्रकार किशोर नेपालले नेपालमा जम्मा तीन समस्या राजनीती, हिंसा र वातावरण यी तीन समस्या मध्ये तपाई कुन समस्यालाई प्रमुख समस्याको रूपमा लिनुहुन्छ भन्ने ? प्रश्नको जवाफमा सलोनीलीले 'नेपालमा प्रमुख समस्या राजनीति भएको भन्दै यो समस्या कम भए हिंसा समेत कम हुने र हिंसा कम भए स्वत वातावरण कम हुने' भन्दै उत्तर दिइन र इ-कलेजको ताज पहिरन सफल भईन ।

यस्तै प्रतियोगितमा १ नम्बरमा रहेकी क्याम्पियन कलेजकी सोनिया श्रेष्ठले फष्ट रनरअपको उपाधी सहित बेष्ट डे्रस अवार्ड समेत जित्न सफल भईन । उक्त प्रतियोगितमा सेन्टजेभियर्स कलेजकी नमिता आचार्यले सेकेण्ड रनरअपको उपाधी जितिन ।

१६ देखि २४ उमेर समूहमा रहेका प्रतियोगीहरू मध्ये ५ नम्बरमा रहेकी पदमकन्या कलेजकी लक्ष्मी थापाले सव टाइटल अवार्ड जितिन भने, मिस व्यूटिफूल हेयर अवार्ड मनिका खडका, फोटो जेनिक अवार्ड निता थापा मगर, पर्सनालिटी अवार्ड मोलिसा बज्रचार्य, क्याटवल्क र भ्यूअर अवार्ड सुवेच्छा थापा, टयालेन्ट पुष्पा पलाञ्चोकी, स्माईल प्राप्ती खडका र एसएमएस भोटिङका आधारमा मिस पपुलर अवार्ड नीता शर्माले जितिन ।


No comments:

Post a Comment