Wednesday, July 14, 2010

शोभितको 'कन्यादान' मा तल्लो स्तरको शब्दको बढ्ता प्रयोग

काठमाण्डौ, २९ असार- सलोन फिल्मसको ब्यानरमा निर्देशक शोभित बस्नेतले निर्माण गरेको चलचित्र 'कन्यादान' मा अधिकाशं तल्लो स्तरका शब्दको प्रयोग भएका छन्

असार ३१ बाट राजधानी बाहिरका ४० वटा सिनेमा भवनबाट एक साथ प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको मंगलबार गरिएको प्रिमियर शोमा चलचित्रका पटकथामा अधिकाशं शब्दहरूमा छाडापन भेटिएका छन् । सागिंतिक हास्य मनोरञ्जनात्मक भनिएको उक्त चलचित्रका लेखक तथा पटकथाकार ध्रुव लम्सालले चलचित्रकोकुनै सम्बादमा नेपाली सिने जगतका हस्ती नायक भुवन केसीको समेत मान हानी हुने गरी शब्दको प्रयोग गरेकाछन्

शम्भुजीत बास्कोटाको सुमधुर संगीत, नायक धिरेन शाक्य, अर्जुन कार्की, सृजना बस्नेत, रञ्जना शर्मा तथा नयाँ र प्रमुख भूमिकामा कुशल थापा र कञ्चन रेग्मीको अभिनय रहेको चलचित्र कन्यादान सस्तो हास्य प्रधान चलचित्र भन्दा केही फरक नपर्ला । मुख्यत चलचित्रको डाइलगमा चुकेका पटकथाकार लम्साल र त्यस डाइलगलाई चलचित्रमा स्थान दिने निर्देशक शोभित बस्नेतले चलचित्र राम्रो बनाउन खोजिएतापनि बौद्धिक बर्गका दर्शकहरूले उनको चलचित्रलाई मन नपराउन पनि सक्छन् ।

नेपाली समाजमा विग्रिएका युवाले प्रयोग गर्ने छाडा शब्द जसलाई लेखकले रूपान्तरित गरि ( मा चिनिका चम्चा ) बनाएर प्रयोग गरेको हास्य हुने भयो नै तर त्यस्ता शब्दले समाजमा पार्ने नकारात्मक असर बारे भने चलचित्र निर्माण गर्दा त्यति ध्यान नपुर्याएको पाईन्छ

अभिभावको इच्छालाई बुझेर कुनै पनि कार्य गरे त्यो सधै सकारात्मक र सफल समेत हुने सन्देश बोकेको यस चलचित्रको नामा डेढ दशक अघि बाघ उपमाले प्रसिद्धि कमाएका निर्देशक प्रकाश थापाले निर्देशन गरेको चलचित्रको कन्यादानको हुबहु शिर्षक हो । विधवा विबाहलाई समाजमा स्थान दिनुपर्ने बिषय उठान गरेको उ बेलाको निकै सफल चलचित्र कन्यादानको सफलतालाई पच्छाएर निर्देशक शोभित बस्नेतले यो चलचित्र निर्माण गरेको हो भन्दा त्यति अत्तियूक्ति नहोला यध्पी यो चलचित्रमा कथा फरक भएतापनि ।

बिजय दली प्रस्तुतकर्ता तथा कृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले ४० लाखको बजेटमा निर्माण गरेको चलचित्र 'कन्यानदान' मा निर्देशक बस्नेतले आफ्नै पारिवारिक कथालाई भने निकै मजाले प्रस्तुत गरेका छन् । उनका पिताले ३२ वटा श्रीमतीलाई विबाह गरेको कुरा उनले निकै निर्धक्कका साथ चलचित्रमा प्रस्तुत गरेका छन् । रियल लाईफमा सोभितका पिताले ३२ वटी श्रीमती भित्राएका भएतापनि उनले यस चलचित्रमा ३२ वटी श्रमीतीका ७ जुडुवा भाई आफै बनेर अभिनय गरेका छन् ।

समुद्र सतहबाट २३२२ मिटरको उचाईमा दामन र पोखरका केही स्थानमा छायाङकन गरिएको चलचित्रमा नायिका सुवेच्छा थापा भने भारतीय पर्यटक भएर खेलेकी छिन । थापाले चलचित्रका पूरै सम्बादमा हिन्दी बोलेकी छिन र उनले बोलेको हिन्दी भने सुहाएको छ ।

No comments:

Post a Comment