Sunday, July 11, 2010

मन्त्रीज्यू समयमा नआउँदा दिपकलाई टेनसन

काठमाण्डौ, २६ असार- २०६२ सालमा नेपाली ताराको विजेता बनेपछी गायक बनेका दिपक लिम्बु शनिबार दिउँसो अत्यन्त टेन्सनमा थिए । कारण थियो शान्ति मन्त्री रकम चेम्जोङ्गको समयमा अनुपस्थिति ।

आफ्नो तेस्रो आधुनिक एल्बम श्रोता को विमोचनका लागि प्रमुख अतिथिको रूपमा शनिबार दिउँसो साढे २ बजे उपस्थितिका लागि निमन्त्रणा कार्ड पठाएका दिपक सवाँ घण्टा सम्म मन्त्री ज्यूको ढिलाई सहनुपर्दा निकै चिन्तित देखिएका थिए । विमोचन समारोहमा उपस्थितिका लागि राजधानीको वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लाको एक हलमा विभिन्न कलाकार तथा पेशाकर्मीलाई डाकेका दिपकले कति बेला कार्यक्रम सुरू गर्ने भन्ने धेरैको प्रश्नलाई अब एकै छिन भन्दै टार्दै गए र अन्तत आफ्नो योजना मुताबिक कार्याक्रम सुरू गरे, जब मन्त्री जी ३ बजेर ४५ मिनेट हुदा कार्यक्रम स्थलमा झुल्किए ।

गजेन्द्र ताम्ली (लिम्बु) को शब्द रचना रहेको उक्त एल्बमको दश वटा गितमा संगीत भरेका संगीतकार महेश खडकापनि मन्त्री ज्यू नआउदा टेन्सनमै थिए । कार्यक्रममा उदघोषकका लागि बोलाईएका आरजे नरेश भट्टराईसंग घेरै बेर छटपटी गरेका दिपकले मिनेट मिनेटमा मन्त्रीज्यूलाई फोन गरी चाडो आउनु पर्‍र्यो भन्दै फोन गरिरहेका थिए । मन्त्रीज्यूले भने अब आइहाले भन्दै दिपकलाई निर्धारित समय भन्दा सवाँ डेढ घण्टा कुर्राई छाडे ।

कतै डेटिङमा गएको बेला प्रेमिका समयमा नआउदाको छटपटी जस्तो हुन्छ त्यो भन्दै कयौ गुणा छटपटी दिपको अनुहारमा देखिन्थ्यो । तपाई आफै सुपरस्टार गायक प्रमुख अतिथितमा किन मन्त्रीज्यूलाई बोलाएको भन्ने प्रश्नमा 'यो मेरो प्रस्ताव थिएन, रचनाकार ज्यूको आग्रह बमोजिमा मैले उहाँलाई बोलाएको हो ।' दिपकको जवाफ थियो ।

जसरी अन्य कार्यक्रमहरूमा नेपालीको टाइम भन्ने उखान गरेर खिल्ली उडाइन्छ दिपकको एल्बम विमोचनमा पनि त्यस्तै नै देखियो र उदोघषक भट्टराईले 'सवैसंग विनम्र गर्दै तपाईहरूलाई कतै जानु छ कसैले बोलाएको छ भनेकृपया उहाँहरूलाई एसएमएस गरेर वा फोन गरेर मलाई अरू सवा घण्टा समय लाग्छ' भन्नु भनेर आग्रह समेत गर्नु पर्‍र्यो ।

यध्पी कार्यक्रम ढिला सुरू भएतापनि राम्रो नै भयो । कार्यक्रममा एल्बम श्रोताको विक्री बाट उठेको सम्पूर्ण रोयल्टी रकम धनकुटा स्थित चित्र, मारे, कटहरे निर्माणधिन सडक सहयोगका लागि खर्च गरिने बताइएको छ । आलोक नेम्बाङ्गले निर्देशन गर्ने लागेको उक्त एल्बको म्यूजिक भिडियो पनि छिट्टै बनाइने सो कार्यक्रममा जानकारी दिईएको छ । सो कार्यक्रममा दिपकले उक्त एल्बमका दुई वटा गित समेत गाएर सुनाएका थिए ।

No comments:

Post a Comment