Thursday, July 22, 2010

आफुलाई राष्ट्र गान याद नभएको चर्चित संगीतकार अधिकारीको खुलाशा

काठमाण्डौ, साउन- चर्चित संगीतकार सुरेश अधिकारीले आफुलाई नेपालको राष्ट्र गान याद नभएको खुलाशा गरेका छन्

अधिकारीले देश नबनिकन राष्ट्र गान बनाएको प्रति आपत्ती समेत ब्यक्त गरेका छन् । उनले सोही कुरालाई व्यग्य हान्दै भने 'बच्चा पहिला जन्मिन्छ कि भोटो पहिला सिलाईन्छ ?'

व्याकुल माहिलाको रचनामा तीन बर्षअघि नेपाल सरकारले राष्ट्र गानको मान्यता दिएको 'सयौ फुलका थुगाँ हामी एउटै माला नेपाली' को शब्दमा समेत संगीतकार अधिकारीले आपत्ती जनाएका छन् । उनले भने 'सयौ थुगाँ भनेर कति वटा फुललाई चिन्नु हुन्छ ?' संविधानले राष्टको स्वरूप तयार गरिननसेको भन्दै अधिकारीले संविधानले जहिले राष्ट्र स्वरूप तयार गर्छ अनि त्यस अनुसारको गित बनेमा आफुलाई राष्ट्र गान याद हुने बताए ।

देश संघीयतामा नगई नेताहरूले राष्ट्रगित लाई असान्दर्भीक र गलत प्रक्रियाबाट स्थान दिएकोभन्दै अधिकारीले जसरी माधव नेपालको सरकार अहिले काम चलाउ भएको छ त्यस्तै राष्ट्रको स्वरूप तयार नभईन्जेलसम्मलाई अहिलेको राष्ट्रगानलाई काम चलाउ राष्ट्र गानको रूपमा लिईनु पर्ने बताए ।

No comments:

Post a Comment