Tuesday, June 29, 2010

असार ३२ बाट राजधानी बाहिरका साठ्ठी हलमा कन्यादान लाग्ने

काठमाण्डौ, १५- सोभित बस्नेतले निर्देशन गरेको चलचित्र 'कन्यादन' आगामी असार ३२ गतेबाट राजधानी बाहिरका६० वटा हलमा एक साथ प्रदर्शनमा आउने भएको

चलचित्र बारे जानकारी दिन सोमबार राजधानीमा आयोजित एक कार्य
क्रममा निर्देशक बस्नेत सहितको चलचित्रको टिमले यहिँ असार मसान्त देखि राजधानी बाहिरका ६० हल र त्यसको दुई हप्ता पछि राजधानीका सवै हलमा कन्यादानको प्रदर्शन हुने जनाएको हो । पारिवारिक कथा बस्तुमा सरदर ४० लाखको बजेटमा निर्माण गरिएको सो चलचित्रको प्रमुख भूमिकामा नायक धिरेन शाक्य, त्यस्तै विराज भट्ट र अर्जुन कार्की रहेका छन् भने नायिकमा शुभेच्छा थापा, रञ्जना शर्मा, सृजना बस्नेत र स्वयम निर्देशक शोभित सातवटा फरक भूमिकामा आफुलाई यस चलचित्रमा प्रस्तुत गरेका छन् । जसमा पुरोहित, बैण्ड मास्टर, विदेशी गाइड, तर्राई मूलको ब्यक्ति, शिकार खेल्ने गुण्डा, पकेटमार र राम्रो एक पात्रका रूपमा रहेको जानकारी बस्नेतले दिए


सफलताका लागि ठयाक्कै हिन्दी चलचित्रको जस्तै नेपाली चलचित्रको नाम जुराउने निर्देशकका रूपमाप्रख्यात कमाएका निर्देशक बस्नेतले यो चलचित्र भने करिब डेढ दशक अघि प्रकाश थापाले निर्देशनगरेको सुपरहिट चलचित्र कन्यादानलाई सम्झेर बनाएका हुन भन्दा कुनै फरक नपर्ला पारसमणीसंगीतकारको उपमा पाएका बरिष्ठ संगितकार शम्भुजीत बास्कोटाको संगीतमा समुद्र सतहबाट २३ सय२२ मिटरको उचाईमा रहेको दामनको कुनै गाउँको दृश्य कैद गरेर बनाइएको यस चलचित्रलाई शम्भुसापकोटाले छायाकन गरेका हुन भने राजेन्द्र खड्गीले द्धन्द्ध निर्देशन गरेका छन सलोन फिल्मसकोब्यानरमा निर्माण भएको यस चलचित्रको प्रस्तुतकर्ता विजय गोपाल हुन भने निर्माता मोहन कृष्ण श्रेष्ठ गजेन्द्र रञ्जित हुन यस्तै चलचित्रमा नयाँ प्रस्तुतीको रूपमा कुशल थापा कंचन रेग्मीलाईनिर्देशकले स्थान दिएका छन्

यसै सर्न्दर्भमा निर्देशक शोभित बस्नेतसंग लिइएको अर्न्तवर्ता राख्न बाकी छ । प्रतिक्षा गर्नु होला

Monday, June 28, 2010

गोल्डेन अर्वाड मेक्सिकोलाई

काठमाण्डौ, १३ असार- काठमाण्डौको भृकुटी मण्डपमा चलेको तीन दिने अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा मेक्सिकोको बृत्तचित्र 'एन्ड द रिभर्स फ्लोज अन' ले गोल्डेन अवार्ड जित्न सफल भएको छ ।

६७ मिनेट लामो यस बृत्तचित्रमा आदिवासी समुदायलाई असर पार्ने भौतिक परियोजनाप्रति असहमतिलाई निर्देशक कार्लोस प्रिज्ज रोजासले उतकृष्ट ढङ्गमा प्रस्तुती गरेका थिए ।

महोत्सवको प्रतिष्पर्धामा सहभा
गी भएका छ महादेशका ३२ चलचित्र मध्ये दर्शक छनौटमा लिम्बु भाषाको चलचित्र 'फुङवामा' उत्तकृष्ट हुन सफल भयो भने । सिल्भर ब्रोन्ज अवार्ड र ब्रोन्ज अवार्ड भारतका दुई चलचित्रले जित्न सफल भए । भारतीय निर्देशक गोपाल मेननको राज्यसंग आदिवासीहरूसंगको संघर्षलाई 'नागा स्टोरी द अदर साइड अफ साइलेन्स' शिर्षमा तयार गरिएको ६४ मिनेट लामो फिल्मले सिल्भर ब्रोन्ज ड्रम अवार्ड जित्यो भने बाधको निर्माणले बिथोलिएको एउटा आदिवासी गाउको कथा समेटेको ९५ मिनेट लामो चलचित्र 'याराङ' ले तृतिय ब्रोन्ज ड्रम अवार्ड जित्न सफल भयो ।

यस्तै महोत्सवमा चार वटा चलचित्रले स्पेशल मेन्सन अवार्डमा जित्न सफल भएका छन् । स्पेशल मेन्सन अवार्ड जित्नेमा मोहन मानन्धरको निर्देशनमा धिमाल भाषामा बेनेको साढे उन्न्र्साई मिनेट लामो बृत्तचित्र 'पहिचानको खोजीमा' मगर भाषाको 'सालीज्यू', गुरूङ भाषाको 'सै', र तामाङ भाषामा बनेको 'पोङ' रहेका छन् ।


नेपाल बातावरण पत्रकार समूहले निर्माण गरेको बृत्तचित्र पहिचानको खोजीमा जोखिमा परेको संस्कृति संरक्षण गर्न आदिवासीहरूको जाग्दो चेतनालाई प्रस्तुत गरिएको छ । यस्तै सालीज्यूमा मायाको लागि पुख्र्यौली पेशा समेत त्याग गरिएको बिषयलाई रोचकताका साथ प्रस्तुती गरिएको छ । साथै गुरूङ भाषाको चलचित्र सै मा भौतिक सुविधाको खोजले सम्बन्धहरूमा ल्याएको अविश्वासलाई निर्देशक युग र नौजुङ्ग गुरूङले ८५ मिनेटमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरेका छन ।

यस्तै स्पेशल मेन्सन अवार्ड जित्न सफल तामाङ भाषामा बनेको चलचित्र पोङमा परम्पराको गलत प्रयोगले ल्याउने विग्रहको बिषयलाई उठान गारी
एको छ ।

तीन दिने महोत्सवमा ३२ वटा लामा छोटा चलचित्र प्रतिस्पर्धामा सहभागी भएतापनि प्रतिस्पर्धा बाहिरका अन्य ४ वटा चलचित्र समेत प्रदर्शन गरिएको थियो । प्रतिष्पर्धी चलचित्रहरूलाई निर्माता युवराज लामा, डा. कृष्ण भट्टचन, नाट्य निर्देशक शोभा चन्द, फिल्म अनुसन्धानकर्ता अनुभव अजित र रंगपत्रकार अशोक प्यासी र्राई, को पाँच सदस्य जुरीले ५० प्रतिशत प्राविधिक र ५० प्रतिशत प्रस्तुतीका आधारमा उत्कृष्ट ठहर गरेका थिए

नेपालको चलचित्र देखि जुरीहरू नै असन्तुष्ट

तीन दिन सम्म काठमाण्डौ भृकृटी मण्डप स्थित राष्ट्रिय सभा गृह तथा टुरिजम बोर्डको हलमा चलेको अन्तारष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा नेपालको तर्फबा ट प्रतिष्पर्धामा सहभागी भएका
चलचित्रदेखि जुरीहरूनै असन्तुष्ट भएका छन् ।

महोत्सव समापनको अबसरमा पांच सदस्य जुरी मध्ये नाट्य निर्देशक शोभा चन्दले नेपाली बृत्तचित्रको खुलेरी खण्डन गरिन । कुनै जातिलाई उठान गरेर निर्माण गरिएको फिल्ममा सवै पक्ष नेपाली पाराको भएतापनि पार्श्व संगित अग्रेजी र कुनै बलिउडको मिसाएकाले चलचित्र प्राविधिक पक्षमा निकै कमजोर रहेको बताईन । यस्तै उनले नेपालका चलचित्रहरूको बिषय बस्तु राम्रो भएतपानि प्रस्तुती भने निकै कमजोर भएको भन्दै आफुहरू (जुरीहरू) नेपाली चलचित्रको विरोधमा झण्डै धर्नामा समेत बस्नु परेको गुनासो व्यक्त गरिन ।

यस्तै जुरीहरूको संयोजक निर्माता युवाराज लामाले चलचित्रमा राजनीति घुसेको भन्दै त्यो राजनीतिलाई निमूल पार्नु पर्ने बताए । उनले पनि बिदेशीको तुलनामा नेपाली चलचित्र अत्यन्त कमजोर रहेको भन्दै नेपाली चलचित्रमा सुधार आवश्यक रहेको बताए । साथै जुरी सदस्य कृष्ण भट्टचन, अशोक प्यासी र्राईले पनि प्रतिष्पर्धामा नेपालको तर्फबाट सहभागी चलचित्रको सामान्य खण्डन गरेका थिए ।





Tuesday, June 22, 2010

जय नेपाल र कुमारीमा तीन बर्षमुनिका बालबालिकालाई फिल्म हेर्न प्रतिबन्ध

काठमाण्डौ, असार- क्वेष्ट इन्रटेनमेन्ट अर्न्तगत रहेका जय नेपाल कुमारीहलमा तीन बर्षमुनिका बालबालिकालाई फिल्म हेर्न प्रतिबन्ध लगाइने भएको

यस अघि स्कूलको ड्रेसको विद्यार्थीहरूलाई चलचित्र हेर्न प्रतिबन्ध लगाउदै आएको क्वेष्ट इन्टरटेनमेन्टले चलचित्रमा देखाईने अनेकन दृश्यका कारण बालबालिकाको चित्कार, रूवाईले हल प्रदुषित हुने साथै फिल्म हेर्न पुगेका अभिभावकको ध्यान समेत फिल्म नहुने भन्दै सो निर्णय गर्न लागेको हो ।

इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनका अनुसार "यहि आउदो जुलाई महिना देखि यो व्यवस्था लागु गरिने "

काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी र दरबारमार्गमा रहेको जय नेपाल नेपालको पहिलो दर्जाको सिनेमा भवन हुन ।



लोडसेडिङ्ग अब दिनको पाच घण्टा मात्र



काठमाण्डौ, ८ असार- नेपाल विद्युत प्राधिकरणले आज देखी दैनिक पाँच घण्टा मात्र विद्युत कटौति गर्ने भएको भएको छ ।

साविकको भन्दा नदीहरूमा जलस्तर बढेकाले विद्युत उत्पादन समेत बढेको भन्दै प्राधिकरणले सातामा ५४ घण्टा कटौति गर्दै आएको बिजुली आजदखी ३५ घण्टा मात्र कटौती गर्ने जनाएको । कुलेखानी जलाशायमा र्टवाइन व्रि्रेपछी दिनको तीन पटक ९ घण्टका दरले जादै गरेको बत्ती अब दैनिक पाँच घण्टा मात्र जाने भएको हो ।



कालो प्रजातन्त्रले जित्यो पुरस्कार

काठमाण्डौ, असार- रंगहरूलाई संयोजन गरेर कालो प्रजातन्त्रको परिभाषा दिएर काभ्रे महादेव स्थानका २० बर्षीय अनुप पौडेलले निर्माण गरेको डेमोक्रेसी इज ब्ल्याक नाम बृत्तचित्र सर्वोत्कृष्ट भएको

अमेरिकी सरकारको आयोजनामा डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा सहभागी विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै पौडेलको भिडियो सर्वोत्कृष्ट भएको हो । परिवारलाई रंगकोसंगको संयोजनमार्फत उनले बाबुको प्रजातन्त्रलाई स्वतन्त्रतासंग निलो रंग, दाजुलाई एकतासंग पहेलो, दिदीलाई शान्तिसंग हरियो, आमालाई मायासंग रातो र तीनीहरूको पूर्ण संयोजनबाट आफ्नो बीचारलाई कालो प्रजातन्त्रको रूपमा भिडियोमा प्रस्तुत गरेका थिए ।

आफ्नो रूची अन्तै तर उनको परिवारको चाहाना इञ्जिनियरिङ्ग पढाउने थियो र केही समय उनले परिवारको चाहान बमोजिम इञ्जिनियरिङ्ग पनि पढे र अन्त्यमा आफ्नो चाहना बमोजिम जयबागेश्वरीमा रहेको ओस्कार कलेज अफ फिल्म स्टडिजमा भर्ना भए र त्यही पढाइको साहायताले विश्वलाई जित्ने चलचित्र बनाउन सफल भएका हुन ।


यस अघि फिलिपिन्समा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धी प्रतियोगितमा पनि आफ्नो चलचित्रलाई सर्वोत्कृष्ट पार्न सफल भएका यि युवा निर्देशक पौडेललले थुप्रै छोटा चलचित्र निर्माण गरिसकेका छन् ।

हाल काठमाण्डौको कोटेश्वरमा काका-काकीकोमा बस्दै आएका विश्व विजेता पौडेलले कालो रंगको प्रजातन्त्रलाई संसारभर देखाउन पाउने छन् । जसका लागिउनी छिट्टै नै सपनाको देश अमेरिका प्रस्थान गर्ने छन्

भिडियो हेर्नलाई लिङ्कमा क्लिक गर्नुस
http://www.youtube.com/watch?v=52mmgGmuMmo&feature=related






Monday, June 21, 2010

शुक्रबार देखी अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुने

काठमाण्डौ, ७ असार- इन्डिजिनियस फिल्म अकाईभ (आइफा) ले प्रत्येक बर्षआयोजना गर्दै आएको अर्न्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव असार ११ गते शुक्रबार देखी सुरू हुने भएको छ ।

राजधानीको भृकुटी मण्डप स्थित राष्ट्रिय सभा गृह तथा टुरिजम हलमा तीन दिन सम्म चल्ने उक्त महोत्सवमा स्वदेशी १४ र विदेशी १९ वटा लामो तथा छोटा चलचित्र देखाईने आईफाले जनाएको छ । महोत्सवमा भारत, भुटान, जर्मनी, अष्टे्रलिया, क्यानेडा, मेक्सिको, अर्जेन्टिना अमेरिका, स्विडेन, नर्वे र क्म्बोडियाका चलचित्र रहेका छन् ।

प्रतिष्पर्धात्मक उक्त महोत्सवमा जसको फिल्म उत्कृष्ट हुन्छ उसले गोल्डेन र क्रमश सिल्भर र ब्रोन्ज अवार्ड प्रदान गरिने छ भने एउटा चलचित्रलाई प्रोत्साहन स्वरूप क्रिटिक्स अवार्डले समेत सम्मान गरिने आइफाले जनाएको छ । महोत्सवको निर्णयक मण्डलमा निर्माता युवराज लामाको संयोजकत्वामा रंग पत्रकार अशोक प्यासी र्राई, रंगकर्मी शोभा चन्द, चलचित्र अध्ययनकर्ता अजित र समाजशास्त्री कृष्ण भट्टचन रहने छन् । साथै निर्णयक मण्डलबाहेक दर्शक छनौटको आधारमा एक चलचित्रलाई समेत अवार्ड प्रदान गरिने बताईएको छ ।

यस्तै छनौटमा परेका चलचित्रलाई १२ वटा देशमा समेत पर््रदशन गरिने आइफाले जनाएको छ ।

तीन दिने महोत्सवमा देखाईने चलचित्रहरू


विदेशी

१। नागा स्टोरी : द अदर साइड अफ साइलेन्स (भारत)

२। प्रेअर्स फर न्यु गड्स (भारत)



३। एन्ड द रिभर फ्लो अन (मेक्सिको)

४। आइज अन ह्वाट्स इनसाइड (मेक्सिको)

५। लेस नोमादेस् दु सर्कल पोलेअर (जर्मनी)

६। कन्ट्याक्ट (अस्ट्रेलिया)

७। इक्वे (क्यानडा)

८। अमाजोनिया फर सेल (अर्जेन्टिना)

९। स्पेअर चेन्ज भ्यानिसिङ कल्चर्स (क्यानडा)

१०। बुसमिन अफ द कालाहारी (अमेरिका)

११। फर द नेक्स्ट सेभेन जेनेरेसन (अमेरिका)

१२। यारवंग (भारत)

१३। द अन्ली इमेज अफ माई फादर (स्विडेन)

१४। काङ्ग्लेस्का वाकन (अमेरिका)

१५ वि आर द इन्डियन्स (अर्जेन्टिना)

१६। रियल स्टोरिज स् भिडियो न्याटिभ मेक्सिको (मेक्सिको)

१७। पिपुल अफ द डार्कनेस अगेन्स्ट द टाइम इन द इन्जेन (भुटान)

१८। आल्पस् (नर्वे)

१९। अम्बी जिजिज रिटायरमेन्ट (भारत)



स्वदेशी


१। माया : द लभ (नेवार)

२। सेन मान थारेङ (गुरुङ)

३। थारेङ (तामाङ)

४। फुङ्वामा(लिम्बू)

५। पेली (लिम्बू)

६। जाथेबा (तामाङ)

७। द ब्रोकन विङ्स ब्यासी सौका को (नेपाली)

८। संस्कृति पहिचानको (सौका)

९। खोजीमा धिमाल (धिमाल)

१०। स्याथ खेमेर (सुनुवार)

११। सालेज्यु (मगर)

१२। राई वान्तवा (वान्तवा)

१३। पोंग (तामाङ)

१४। प्राङ्बोला माहाङ (तामाङ)






Saturday, June 19, 2010

दश दिनका लागि शुशिल कोइराला भोली अमेरिका जादै

काठमाण्डौ, ६ असार- राजनीतिक स्थिती गञ्जागोल भईरहेको अवस्थामा नेपाली काग्रेसका कार्यबहाक सभापति शुशिल कोइराला दश दिनका लागी भोली अमेरिका जादै छन् ।

स्वास्थ्य उपचारका लागि भनिएको उनको अमेरिका यात्राले वर्तमान राजनीतिक गतिरोध केही दिन थप लम्बने पक्का भएको छ । नया सरकार गठनको कसरत सुरू भएलगत्तै गरिन लागेका कोइरालाको अमेरिका यात्राले अमेरिकी र्समर्थन नेपाली काग्रेसको पोल्टोमा पार्न समेत केही मद्दत पुर्‍याउने विश्लेशण गरिएको छ ।

कोइराला भोली सोमबार अमेरिका प्रस्थान गर्ने छन भने आगामी असार १६ गते स्वदेश र्फकने छन् ।

विश्वभर शरणार्थी दिवस मनाईदै

काठमाण्डौ, ६ असार - विश्व भर रहेका झण्डै चार करोड शरणार्थीहरूले मेरो घर खोसिएको छ, तर मेरो भविष्य कसैले पनि खोस्न सक्दैन भन्ने मूल नाराका साथ आइतबार विश्वभर शरणर्थी दिवस मनाइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको पहलमा प्रत्येक जुन २० तारिखका दिन मनाईने यो दिवस सन् २००१ देखी निरन्तर रूपमा संसारभर मनाइदै आइएको हो । विकाशन्मोख देशको प्रमुख समस्याको रूपमा रहेको शरणार्थी समस्यालाई अन्त्य गर्ने प्रयास स्वरूप यो दिवस मनाइदै आएतापनि खासै उपलब्धी भने कही हुन सकेको छैन ।

भुटानको राजनीतिक समस्याका कारण दुई दशक यता नेपालमा बस्दै आएका भुटानी शरणार्थीहरूलाई पनि नेपालको पनि एक प्रमुख समस्या रूपमा हेर्दै आइएको छ । नेपालको सरकारी तथ्याङ्गक अनुसार ७९ हजार ८ सय भुटानी शरणार्थी मध्ये पछिल्लो पटक तेस्रो देश पुनवास कार्याक्रम अर्न्तगत ३२ हजार शरणार्थीहरूलाई अन्य मूलकमा पुनवास गर्राईएतापनि सो समस्या अझै जहाको त्यही रहेको देखिन्छ ।

आलो-पालो र्फमुलाले अब चल्ला जस्तो लाग्दैन : एमाले अध्यक्ष


काठमाण्डौ, ५ असार - सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आलोपालोको राजनीति अब नचल्ने बताएका छन् ।

शनिबार डल्लु स्थित उनकै निवासमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै अध्यक्ष खनालले 'आगामी राजनीति सहमति प्रणालीमा अघि बढ्ने भन्दै जसले सहमति जुटाउन सक्छ उसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने' बीचार व्यक्त गरेका हुन ।

पछिल्लो चरणमा वर्तमान सरकारको नेतृत्व परिर्वनको सम्भावना बढिरहेका बेला अध्यक्ष खनालले 'जति सक्दो चाडो यो सरकार परिवर्तन हुने र राष्ट्रिय सहमतिको सरकार गठन हुन लागेको बताए ।' गत जेठ १४ गते तीन दल बीच भएको तीन बुदे सम्झौतालाई कोट्याउदै अध्यक्ष खनालले भने 'सरकारको राजनीतिक हैसियतमा कमजोर भएकाले धेरै समय लाग्छ जस्तो लाग्दैन यथा स्रि्र नया सरकार बन्न सक्छ ।'


नया सरकारको नृतृत्व जसले पर्न गर्न सक्ने सम्भावना रहेको औलाउदै खनालले माओवादीको नेतृत्वमा पनि सरकार गठन हुन सक्ने बताए । उनले भने 'सेनाको समायोजन र व्यवस्थापनमा चाडो भन्दा चाडो गरिएमा माओवादीको नेतृत्वलाई सरकारको नेतृत्व नगर भन्न कसैले सक्दैन ।' यध्पी जसको नेतृत्वमा सरकार गठन भएपनि त्यो लोकतान्त्रिक मूल्य र मान्यता भित्र रहेर गठन हुनु पर्ने खनालको धारणा थियो ।

कुनै व्यक्ति विशेषको असफलतालाई भन्दा आफुहरूले अख्तियार गरेको नीति नै गलत भएकाले समग्र राजनीति असफल भएको भन्दै अध्यक्ष खनालले 'शान्ति र संविधानका लागि सबै नेताहरूले के-के त्याग गर्नु पर्ने हो त्यो त्याग गर्नु पर्ने ' उनको भनाइ थियो ।

Friday, June 18, 2010

म प्रधानमन्त्रीको उम्मेदवार हुदै हैन : बाबुराम भट्टराई

काठमाण्डौ असार - प्रधानमन्त्री माधव कुमार नेपालको राजिनामाको चर्चा चलिरहेकै बेला अर्को प्रधानमन्त्रीका लागि राजनीतिक दलबाट विभिन्न प्रस्तावहरू बाहिर आईरहेका बेला एकीकृत माओवादीका उपाध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्रीको भावी उम्मेदवार आफु नभएको स्पष्ट पारेका छन्

राजधानीमा शुक्रबार भएको एक कार्याक्रमममा बोल्दै उपाध्यक्ष भट्टराईले भने 'म बाबुराम भट्टराई अहिले प्रधानमन्त्रीको उम्मेदवार अझै हैन, अहिलेका प्राथामिकता भनेको राष्ट्रिय सहमति र संविधान निर्माण हो ।' यस्तै भट्टराईले 'माओवादी जनमूक्ति सेनापनि सरकारकै सेना भएकाले नेपालीसेना जनमूक्ति सेनाको हैसियत पनि एउटै भएको' बताए यस्तै सोही कार्याक्रममा जनमूक्ति सेना नेपाली सेनाको विषयमा माओवादी उपाध्यक्ष भट्टराईले दिएको अभिव्यक्तिलाई कटाक्ष गर्दै एमालेका प्रभावशाली नेता केपी ओलीले 'दुवै सेनाको हैसियत एउटै भएको भन्नु निद्रामा चकलेट खानु सरह भएको' बताए ओलीले जति सक्दो चाडो राष्ट्रिय सहमति बन्छ त्यति चाडो नया सरकार गठनको बाटो खुल्ला हुने भन्दै माओवादीलाई सत्ता कब्जा गर्नेउद्देश्य छाडी सहमतिमा आउन आग्रह गरेका थिए


यस्तै सोही कार्याक्रमा नेपाली काग्रेसका उपसभापति राम चन्द्र पौडेलले 'दलहरूबीच विश्वासको संकट नै सहमतिको बाधक भएको भन्दै सहमतिको विकल्प नभएको बताए '

खेर गए प्रधानमन्त्रीको चार वटा मिति, पाचौमा फइनल १० गते गर्ने

काठमाण्डौ, असार- प्रधानमन्त्री माधव कुमार नेपालले आज राजिनामा दिने बताएतापनि उनको त्यो राजिनामाको आज पनि नआउने भएको यस अघि तीन पटक तीन मितिमा राजिनामा दिने बताउदै आएका प्रधानमन्त्री नेपालले राजिनामाको हुंकार छाडेको चौथो पटकको आजको मिति समेत खेर जाने लगभग पक्का भएको

दलहरूबीच सहमति नहुदा आफ्नै वेइजत भएको भन्दै प्रधानमन्त्री १५ दिन यता राजिनामा दिने मुडमा थिए । तर पटक-पटक राजिनामा दिने तयारी भईरहेको बेला अन्त्यमा उनको राजिनामा रोकिएको थियो । संविधानसभाको म्याद थपेको पाच दिन भित्र यानिकी जेठ १९ गते पहिलो राजिनमा गर्ने भन्दै आएका नेपाललको पहिलो राजिनामा विविध कारणबस अन्यौल रह्यो त्यसपछी दोस्रो पटक संविधानसभा भवनमा बसेको तीन दलको बैठकमा सेना समायोजनका विषयमा तुरून्त सहमति भएको जेठ २३ गते राजिनमा दिने बताएको दोस्रो मिति पनि त्यतिकै तुहियो ।

तुहिएको सो सहमति पछी दलहरूबीच रोकिएको अर्न्तसंवादलाई जिवित राख्ने हिसावले प्रधानमन्त्रीले जेठ २८ सम्म सहमति कायम भए आफुले राजिनमा दिने बताए र त्यो पनि त्यतिकै टर्यो यस्तै तेस्रो पटक सम्म पनि राजिनामा नदिएपछी असार ४ गते भने पक्कै राजिनामा दिने बताएका नेपालले आजको राजिनामालाई १० गते सम्मका लागि पर सारेको स्रोतको भनाई छ । प्रधानमन्त्रीको भनाई उल्लेख गर्दै स्रोतले भन्यो 'दलहरू १० गते भित्र सहमति होस वा नहोस त्यस दिन भने पक्कै राजिनामा दिन्छु ।' सहमतिको राजनीतिलाई अगाडी बढाउन असफल प्रधानमन्त्रीको तक्मा पाईसकेका प्रधानमान्त्री नेपालले आज साझ सम्म पनि राजिनामा नदिएको राजिनामाको उनको चौथो मिति समेत खेर जाने करिब निश्चित छ । यध्यपी असार १० गते भित्र राजिनामाको फाइनल गर्न सके भने उनलाई सवैले धन्यवाद दिने छन ।

Monday, June 14, 2010

घटेको लोसेडिङ्ग फेरी बढ्यो, चार दिन सम्म ३ घण्टाका दरले दिनको ३ पटक र बाकी दिन ६ घण्टाका दरले बत्ती जाने


काठमाण्डौ, ३१ जेठ- जेठ पछी लोडसेडिङ्ग नबढाउने जनाउदै आएको नेपाल विद्युत प्राधिकरणले आजबाट घटेको लोडसेडिङ्गलाई पुन बढाएको छ ।

बढाएको लोडसेडिङ्ग तालिका अनुसार हप्तामा चार दिन दिनको ३ घण्टाका दरले तीन पटक र बाकी तीन दिन दैनिक ३ घण्टाका दरले दुई पटक विधुत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

नेपालको जलविद्युत उत्पादनको मुख्य केन्द्र चितवन स्थित कुलेखानी जलविद्युत गृहमा गडबडी आएपछी माग अनुसारको विद्युत उत्पादन नभएको भन्दै प्रधाकिरणले साविकको लोडसेडिङ्ग तालिकालाई पुन हेरफेर गरेको हो ।



Sunday, June 13, 2010

विश्वकप कसले जित्ला ? रोजाई र अनुमान आ-आफ्नै

काठमाडौ, ३० जेठ- खेलहरूको महाकुम्भ विश्व कप फुटवलको दोस्रो दिनको खेलमा रामाईरहेका आम नेपाली दर्शकहरूको मुखमा झुन्डिरहेको शब्द थियो अर्जेन्टिना, अर्जेन्टिना...................

लीग चरणको ग्रुप बी अर्न्तर्गतको शनिबारको अर्जेन्टिना भर्सेस नाइजेरिया खेल हेरिरहेका ती दर्शक मध्ये काठमाडौ गौशाला निवासी २१ बर्षे विनोद घिमिरे नाइजेरियाका सपोर्ट थिए यध्यपी उनले १ सय रूपैयाको बाजी भने अर्जेन्टिनाको पक्षमा राखेका थिए । 'सय रूपैयाको बाजी जितियोस नजितियोस" नाइजेरियालाई उनले सुपर इगलको संज्ञा दिन भने छुटाएनन् । उनी भन्छन 'अर्जेन्टिनाले जितोस जितोस त्यो संग मतलब भएन, मतलब नाइजेरियासंग हो किन कि अफ्रिकाकाबाट चम्किएको एक मात्र राष्ट्र हो

यस्तै सिनामंगलका २० बर्षीय सुरज थापा दश नम्बरको मेस्सी भएर आफुलाई अर्जेन्टिना मन पर्ने बताउछन् । उनी भन्छन 'मेस्सी भएरै अर्जेन्टिनाको गेम फास्ट हेर्न लायक पनि.... ' मेस्सी र अर्जेन्टिना प्रति उनको र्समर्थन रहेता पनि विश्व कपको शिल्ड भने स्पेनको हात पर्ने उनको भनाई छ । '२००८ मा भएको यूरो कप विजेता स्पेन भएकै कारण यसपालिको विश्वकप कपको शिल्ड स्पेनको पोल्टोमा पर्ने' उनको भविष्यबाणी छ ।

गौशालाका विनोद बाजी अर्जेन्टिनाको पक्ष र र्समर्थन नाइजेरियालाई गरेतापनि विश्वकप शिल्डमा ब्राजिललेनै बाजी मार्नेमा उनको दाबी छ ।



उता सातदोबाटोकी २८ बर्षीया स्थायी बासिन्दा प्रतिभा ढकालले पनि शनिबारको खेलमा अर्जेन्टिनाको सपोर्ट गरिन । एसएमएस बाट सोधिएको प्रश्नको उत्तर दिदै उनी भन्छिन 'नाइजेरियनहरू आफुलाई मन नपर्ने हुदा अर्जेन्टिनाको सपोर्टर भएको हु ' रंगलाई जित र हारको प्रतिक मार्न्दै 'उनीहरू काला भएकाले राम्रा छैनन् त्यसैले नाइजेरियन आफुलाई मन नपर्ने' ढकालको एसएमएस उत्तर थियो ।

यध्पी शनिबारको खेलमा अर्जेन्टिनालेनै जित्नुपर्ने दाबी गरेकी ढकालले विश्वकपको शिल्ड कसले जित्छ भन्ने बारेमा केही म्याच हेरेपछी मात्र उत्तर दिने बताईन ।


यस्तै यता दुई दशक र दुई बसन्त पार गरिसकेपछी पहिलो पातक विश्वकप हेर्ने अबसर पाएका सिनामंगलका पदम पराजुलीको बीचार भने अरू भन्दा फरक छ । उनी भन्छन् । 'आफु कसैको सपोटर हैन, आजको गेमका लागि अर्जेन्टिनको सपोटर भएतापनि हार जीतको खेलमा पूर्व अनुमान नलाउनुनै बेस हुने' उनको तर्क छ ।

शनिबार बी डिभिजनको दोस्रो खेल हेर्ने साथीको कोठा पुगेका चाबहिल महांकाल निवासी रमेश निरौलाको वीचार पनि पदमकै वीचारमा मिल्न जँन्छ । उनी भन्छन 'विश्व कप कसले जित्ला भन्न सकिन्न,' तर पनि शनिबारको खेलमा अर्जेन्टिनाले जित्ने उनी विश्वस्त थिए र भए पनि । 'अर्जेन्टिना भित्रै देखि मन परेकाले आजको खेलमा उसलाई सपोर्ट गर्‍या हु उनी भन्छन् ।'

यस्तै घरकै २१ इन्च टेलिभिजनमा विश्वकप खेललाई नियालिरहेका पुरूषोत्तम पराजुली भने अफ्रिकी मूलुकले यसपालीको विश्व कप जित्नु पर्ने बताउछन । शनिबारको खेल हेरेर कारण विनाको उत्तर दिदै राजुली भन्छन 'मलाई अर्जेन्टिना भित्रै देखि मन परेन जित्नेले सधै जिति रहन्छ तर नजित्नेलाई पनि अब जिताउनु पर्र्यो त्यसैले यसपालिनको मेरो र्समर्थन अफ्रिकी मूलुक घनालाई ' तसर्थ यसपालिको विश्वकपमा घानालाई जिताउनु पर्ने उनको जोड छ ।



Friday, June 11, 2010

नेल्शन मण्डेलाको पनातिनीको कार दुर्घटनामा मृत्यु, उदघाटन खेलमा सहभागी नुहने

काठमाण्डौ, २८ जेठ- दक्षिफ्रिका आज साझ उदघाटन हुने १९ औ विश्व कप फुटबल महाकुम्भमा प्रमुख आर्कषणका पात्रका रूपमा रहेका नेल्स मण्डेला उदघाटन समारोह उपस्थित नहुने भएका छन् ।

पूर्व राष्ट्रपति मण्डेलाको १३ बर्षीय पनातिनी जेनानीको आज कार दुर्घटनामा मृत्यु भएपछी शोकाकुल अवस्थामा विश्व कप फुटबल उदघाटन समारोहमा उनी उपस्थित हुन नसक्ने नेल्सन मण्डेला फाउण्डेशनले जनाएको छ । एक विज्ञप्ती जारी गर्दै सो फाउण्डेशनले "पूरै परिवार शोकमा परेकाले मण्डेला उदघाटनमा सहभागी हुन नसक्ने" जनाएको हो ।

मण्डेलाको अगुवाईमा प्रथम पट आयोजना हुन लागेको विश्व महाकुम्भमा उनी उपस्थित हुन नसक्ने खबरले पूरै दक्षिण अफ्रिका र उनका समार्थकहरू निराश भएका छन् ।
सो घटनालाई उद्रित गर्दै जारी गरिएको उक्त विज्ञप्तीमा "हामी यो कुरामा विश्वस्त छौ कि, दक्षिण अप्रिmकन जनता र सम्पूर्ण विश्वका जनतालाई धर्ैय र एक्यबद्धताका साथ रहन आग्रह" गरिएको छ ।

चालकले मदिरा सेवन गरी कार चलाएकाले सो दुर्घटनामा मण्डेलाले आफ्नी नातिनि गुमाएका हुन । यस्तै फाउण्डेशनद्धारा जारी गरिएको सो विज्ञप्तीमा "२०१० मा हुन लागेको यो विश्वकप फुटबल समारोहलाई दक्षिण अफ्रिकाले सम्झनलायक र एतिहासिक समारोहका साथ सफल बनाउने कुरामा विश्वस्त पारेको छ ।"






Wednesday, June 9, 2010

उमेर ठग्दै महानायकले मनाए ५२औ जन्मोत्सव

काठमाण्डौ, २६ जेठ- नेपाली सिने जगतमा महानायकको संज्ञा पाएका नायक राजेश हमालले बुधबार आफ्नो ५२ औ जन्मोत्सव मनाएका छन् ।

सञ्चारमाध्यममा आफ्नो वास्तविक उमेर लाई लुकाउदै आएका महानायकले काठमाण्डौको जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्र पुगी त्यहाका अपाङ्ग बालबालिकाका र उनका प्रिय दिदी मैना सूचिकारसंग आफ्नो ५२औ जन्म दिन मनाएका हुन । कलिउडमा निकै वजन बनाएका महानायकले ३० भन्दा बढी अपाङ्ग बालबालिका र उनका दिदी मैना सूचिकारका माझ सामान्य ढङ्गमा जन्म दिन मनाएका हुन ।


कति औ जन्म दिन भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नायक भन्छन 'भर्खर बीस लाग्यो ' तर उता निरन्तर १८ बर्षयता चितवनकी ३८ बर्षीया मैना सूचिकारका साथ आफ्नो जन्म दिन मनाउदै आएका नायक हमालको उमेर सूचिकारसं सोध्दा उनले भनिन 'राजेशको उमेर ५२ बर्षभयो '

सामान्य किसिमको र्सट जिन्स पाइन्ट र कालो बुट जुत्तामा बा ४ च ३०४ नम्बरको कियाको प्राडो चढेर मध्यान्नको ठीक १२ बजे जन्म दिन मनाउन सो केन्द्र पुगेका नायक हमाल प्रत्येक वर्षको जन्मदिन र भाईटिकाको दीन मैनालाई भेट्न आउने गरेको बताए ।

१८ बर्षअघि सुटिङको शिलशिलामा सोही स्थानमा भेटिएका नायक हमाललाई "दाई बनाउन मन लाग्यो फोन नम्बर लिए अनि त्यसपछी निरन्तर हाम्रो कुरा कानी हुन थाल्यो हाम्रो सम्बन्ध यसरी अघि बढेको हो,' मैनाले बताईन ।

यत्रो ठूलो नायक भएर किन यसरी जन्म दिन मनाउनु भयो फाइभ स्टार होटलमा मनाएको भए पनि त हुन्थ्यो भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा नायक हमाल भन्छन, "फाईभ स्टार होटलको पाटी प्लास्टिकको कप सरह हो, एक चोटी प्रयोग गरेपछी फेरी काम लाग्दैन त्यस्तोमा एक छिन आनन्द आउछ सधै भरि आउदैन "

यस्तै हमालले शोभा नाम गरेकी एक नेवार समुदायकी महिलासंग नेवारी परम्परामा जन्म दिन मनाउने र साझ भने भाईहरूसंग आफ्नो जन्म दिन मनाउने गरेको बताए । जन्मसंगै विबाहको कुरा पनि त आउछ भन्ने सञ्चारकर्मीको अर्को झटारोमा अधवैशे कुमार नायक भन्छन दुई तीन वटा बर्थ डे अझै मनाउ अनि त्यसपछी विबाह गरूला, विबाहको मामलामा नायक हमाल भन्छन यो स्त्री जाति घोडा उस्तै -उस्तै हुन कहिलै बुझ्न सकिदैन, स्त्रीलाई हयान्डल गर्ने बिशेष बुद्धि चाहिन्छ, त्यो बुद्धि संग छैन

Tuesday, June 8, 2010

कारमा बम विष्फोट, पाँच जना घाइते, नया संगठनद्धारा जिम्मा

काठमाण्डौ, २५ जेठ- राजधानीको धापासी स्थित इसान बाल नर्सिङ होम तथ प्रसूती गृह अगाडी रोकिराखेको बा ७ च ५५४९ नम्बरको मारूती ८०० मा मंगलबार भएको बम विस्फोटमा पाच जना सामान्य घाइते भएका छन् ।

सामान्य घाइते हुनेमा स्थानीय पसल गरि बस्ने भरत मैनाली, पोटन ठाकुर, नयन प्रसाद सुवेदी, सोमनाथ महतो र भरत केसी रहेका छन् । उनीहरूको सामान्य उपचार पछी घर फर्किएका छन् ।

घाइते तथा प्रत्यक्षदर्शी भरत मैनालीका अनुसार "बिहान ७ बजेर १८ मिनेटको समयमा उक्त विस्फोट भएको थियो ।" आफ्नो पसलबाट ५० मिटरको दुरीमा रोकी राखेको सो "कारमा पहिले आगो लागेको पछी ठूलो आवाजमा पडकिएको" मैनालीले बताए ।

कार विस्फोटपछी नर्सि होम रहेको बसन्त भवनको सडक पट्टीको सिसाको झयालहरू फुटेका छन् । रानीवारी ४ बस्ने अखिल नेपाल ट्रेड युनिय महासंघ काठमाण्डौ एरिया कमिटीका कोषाध्यक्ष तथा कार धनी राम अधिकारीले केही दिन अघि मात्र किनेर भाडामा दिएको सो कार विस्फोटपछी पूर्ण रूपमा क्षत्रि्रस्त भएको छ । कार धनी अधिकारीका अनुसार "चालक दिपक विकले धापासी बाट एक जना प्यासेन्जरले कोठाको सामान भन्दै गाडीमा बाक्सा र केही सामान राखेका थिए र नर्सिङ होम अगाडी रोकेर उत्रिएको केही मिनेटमै विस्फोट भएको" बताए ।

विस्फोटको जिम्मा नया संगठन स्वतन्त्र नेपा पार्टीले लिएको छ । उसले जारी गरेको विज्ञप्तीमा संविधानसभाको म्याद थपिएको प्रति आक्रोश जनाउदै सो विस्फोट गरेको दाबी गरेको छ ।

थप तस्बिरहरु








Tuesday, June 1, 2010

नारायणहिटी दरबार हत्या काण्ड भएको आज नौ बर्ष पुरा

काठमाण्डौ,१९ जेठ-२०५८ साल जेठ ९ गते तत्कालिन राजा विरेन्द्रलगायत उनका परिवारको विभत्स नरसंहार भएको आज ठिक नौ बर्षपुरा भएको छ ।
हत्याकाण्डमा राजा विरेन्द्र, रानी एर्श्वर्य, राजकुमार दिपेन्द्र, अधिराजकुमार निराजन अधिराजकुमारी श्रुती लगायतका राजपरिवारका दश जाना मारिएका थिए । दरबार हत्यकाण्ड कसले र किन गर्‍र्यो भन्ने बारेको आधिकारिक धारणा अहिले सम्म नआएका कारण यो अझै रहस्यको विषय बन्दै गएको छ । तत्कालीन समयका प्रधानन्यायधिस केशव प्रसाद उपाध्ययाको संयोज्ाकत्वमा दरबार हत्या काण्ड सम्वन्धी छानविन गर्न गठित छानविन आयोगले त्ात्कालिन युवराज दिपेन्द्रले आफ्नो प्रेमिकाका कारण उक्त घटना गराएको हो भन्ने झिनो निस्कर्षनिकालेर आफ्नो प्रतिवेदन पेशगरेको थियो ।

त्यस्तै अझै सम्म कुनै पनि राजनितिक दल र कहि कतै बाट त्यस घटना सम्वन्धी आधिकारिक धारणा आएको छैन् । उता दरबारका कुनै कर्मचारीहरूले अहिले सम्म डरका कारण त्यो नरसंहारका बारेमा कुनै कुरा बताउन चाहेका छैनन् । त्यस्तै २०६२/६३ को जनआन्दोलन पश्चात नेपालमा गणतन्त्र घोषणा भइसकेपछी हाल नारायणहिटी दरबार लाई सङंग्राहालयको रूपमा परिणत गरिएको छ ।