Wednesday, June 9, 2010

उमेर ठग्दै महानायकले मनाए ५२औ जन्मोत्सव

काठमाण्डौ, २६ जेठ- नेपाली सिने जगतमा महानायकको संज्ञा पाएका नायक राजेश हमालले बुधबार आफ्नो ५२ औ जन्मोत्सव मनाएका छन् ।

सञ्चारमाध्यममा आफ्नो वास्तविक उमेर लाई लुकाउदै आएका महानायकले काठमाण्डौको जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्र पुगी त्यहाका अपाङ्ग बालबालिकाका र उनका प्रिय दिदी मैना सूचिकारसंग आफ्नो ५२औ जन्म दिन मनाएका हुन । कलिउडमा निकै वजन बनाएका महानायकले ३० भन्दा बढी अपाङ्ग बालबालिका र उनका दिदी मैना सूचिकारका माझ सामान्य ढङ्गमा जन्म दिन मनाएका हुन ।


कति औ जन्म दिन भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नायक भन्छन 'भर्खर बीस लाग्यो ' तर उता निरन्तर १८ बर्षयता चितवनकी ३८ बर्षीया मैना सूचिकारका साथ आफ्नो जन्म दिन मनाउदै आएका नायक हमालको उमेर सूचिकारसं सोध्दा उनले भनिन 'राजेशको उमेर ५२ बर्षभयो '

सामान्य किसिमको र्सट जिन्स पाइन्ट र कालो बुट जुत्तामा बा ४ च ३०४ नम्बरको कियाको प्राडो चढेर मध्यान्नको ठीक १२ बजे जन्म दिन मनाउन सो केन्द्र पुगेका नायक हमाल प्रत्येक वर्षको जन्मदिन र भाईटिकाको दीन मैनालाई भेट्न आउने गरेको बताए ।

१८ बर्षअघि सुटिङको शिलशिलामा सोही स्थानमा भेटिएका नायक हमाललाई "दाई बनाउन मन लाग्यो फोन नम्बर लिए अनि त्यसपछी निरन्तर हाम्रो कुरा कानी हुन थाल्यो हाम्रो सम्बन्ध यसरी अघि बढेको हो,' मैनाले बताईन ।

यत्रो ठूलो नायक भएर किन यसरी जन्म दिन मनाउनु भयो फाइभ स्टार होटलमा मनाएको भए पनि त हुन्थ्यो भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा नायक हमाल भन्छन, "फाईभ स्टार होटलको पाटी प्लास्टिकको कप सरह हो, एक चोटी प्रयोग गरेपछी फेरी काम लाग्दैन त्यस्तोमा एक छिन आनन्द आउछ सधै भरि आउदैन "

यस्तै हमालले शोभा नाम गरेकी एक नेवार समुदायकी महिलासंग नेवारी परम्परामा जन्म दिन मनाउने र साझ भने भाईहरूसंग आफ्नो जन्म दिन मनाउने गरेको बताए । जन्मसंगै विबाहको कुरा पनि त आउछ भन्ने सञ्चारकर्मीको अर्को झटारोमा अधवैशे कुमार नायक भन्छन दुई तीन वटा बर्थ डे अझै मनाउ अनि त्यसपछी विबाह गरूला, विबाहको मामलामा नायक हमाल भन्छन यो स्त्री जाति घोडा उस्तै -उस्तै हुन कहिलै बुझ्न सकिदैन, स्त्रीलाई हयान्डल गर्ने बिशेष बुद्धि चाहिन्छ, त्यो बुद्धि संग छैन

No comments:

Post a Comment