६७ मिनेट लामो यस बृत्तचित्रमा आदिवासी समुदायलाई असर पार्ने भौतिक परियोजनाप्रति असहमतिलाई निर्देशक कार्लोस प्रिज्ज रोजासले उतकृष्ट ढङ्गमा प्रस्तुती गरेका थिए ।
महोत्सवको प्रतिष्पर्धामा सहभागी भएका छ महादेशका ३२ चलचित्र मध्ये दर्शक छनौटमा लिम्बु भाषाको चलचित्र 'फुङवामा' उत्तकृष्ट हुन सफल भयो भने । सिल्भर ब्रोन्ज अवार्ड र ब्रोन्ज अवार्ड भारतका दुई चलचित्रले जित्न सफल भए । भारतीय निर्देशक गोपाल मेननको राज्यसंग आदिवासीहरूसंगको संघर्षलाई 'नागा स्टोरी द अदर साइड अफ साइलेन्स' शिर्षमा तयार गरिएको ६४ मिनेट लामो फिल्मले सिल्भर ब्रोन्ज ड्रम अवार्ड जित्यो भने बाधको निर्माणले बिथोलिएको एउटा आदिवासी गाउको कथा समेटेको ९५ मिनेट लामो चलचित्र 'याराङ' ले तृतिय ब्रोन्ज ड्रम अवार्ड जित्न सफल भयो ।
यस्तै महोत्सवमा चार वटा चलचित्रले स्पेशल मेन्सन अवार्डमा जित्न सफल भएका छन् । स्पेशल मेन्सन अवार्ड जित्नेमा मोहन मानन्धरको निर्देशनमा धिमाल भाषामा बेनेको साढे उन्न्र्साई मिनेट लामो बृत्तचित्र 'पहिचानको खोजीमा' मगर भाषाको 'सालीज्यू', गुरूङ भाषाको 'सै', र तामाङ भाषामा बनेको 'पोङ' रहेका छन् ।
नेपाल बातावरण पत्रकार समूहले निर्माण गरेको बृत्तचित्र पहिचानको खोजीमा जोखिमा परेको संस्कृति संरक्षण गर्न आदिवासीहरूको जाग्दो चेतनालाई प्रस्तुत गरिएको छ । यस्तै सालीज्यूमा मायाको लागि पुख्र्यौली पेशा समेत त्याग गरिएको बिषयलाई रोचकताका साथ प्रस्तुती गरिएको छ । साथै गुरूङ भाषाको चलचित्र सै मा भौतिक सुविधाको खोजले सम्बन्धहरूमा ल्याएको अविश्वासलाई निर्देशक युग र नौजुङ्ग गुरूङले ८५ मिनेटमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरेका छन ।
यस्तै स्पेशल मेन्सन अवार्ड जित्न सफल तामाङ भाषामा बनेको चलचित्र पोङमा परम्पराको गलत प्रयोगले ल्याउने विग्रहको बिषयलाई उठान गारीएको छ ।
तीन दिने महोत्सवमा ३२ वटा लामा छोटा चलचित्र प्रतिस्पर्धामा सहभागी भएतापनि प्रतिस्पर्धा बाहिरका अन्य ४ वटा चलचित्र समेत प्रदर्शन गरिएको थियो । प्रतिष्पर्धी चलचित्रहरूलाई निर्माता युवराज लामा, डा. कृष्ण भट्टचन, नाट्य निर्देशक शोभा चन्द, फिल्म अनुसन्धानकर्ता अनुभव अजित र रंगपत्रकार अशोक प्यासी र्राई, को पाँच सदस्य जुरीले ५० प्रतिशत प्राविधिक र ५० प्रतिशत प्रस्तुतीका आधारमा उत्कृष्ट ठहर गरेका थिए
नेपालको चलचित्र देखि जुरीहरू नै असन्तुष्ट
तीन दिन सम्म काठमाण्डौ भृकृटी मण्डप स्थित राष्ट्रिय सभा गृह तथा टुरिजम बोर्डको हलमा चलेको अन्तारष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा नेपालको तर्फबा ट प्रतिष्पर्धामा सहभागी भएका चलचित्रदेखि जुरीहरूनै असन्तुष्ट भएका छन् ।
महोत्सव समापनको अबसरमा पांच सदस्य जुरी मध्ये नाट्य निर्देशक शोभा चन्दले नेपाली बृत्तचित्रको खुलेरी खण्डन गरिन । कुनै जातिलाई उठान गरेर निर्माण गरिएको फिल्ममा सवै पक्ष नेपाली पाराको भएतापनि पार्श्व संगित अग्रेजी र कुनै बलिउडको मिसाएकाले चलचित्र प्राविधिक पक्षमा निकै कमजोर रहेको बताईन । यस्तै उनले नेपालका चलचित्रहरूको बिषय बस्तु राम्रो भएतपानि प्रस्तुती भने निकै कमजोर भएको भन्दै आफुहरू (जुरीहरू) नेपाली चलचित्रको विरोधमा झण्डै धर्नामा समेत बस्नु परेको गुनासो व्यक्त गरिन ।
यस्तै जुरीहरूको संयोजक निर्माता युवाराज लामाले चलचित्रमा राजनीति घुसेको भन्दै त्यो राजनीतिलाई निमूल पार्नु पर्ने बताए । उनले पनि बिदेशीको तुलनामा नेपाली चलचित्र अत्यन्त कमजोर रहेको भन्दै नेपाली चलचित्रमा सुधार आवश्यक रहेको बताए । साथै जुरी सदस्य कृष्ण भट्टचन, अशोक प्यासी र्राईले पनि प्रतिष्पर्धामा नेपालको तर्फबाट सहभागी चलचित्रको सामान्य खण्डन गरेका थिए ।
No comments:
Post a Comment