Saturday, June 19, 2010

आलो-पालो र्फमुलाले अब चल्ला जस्तो लाग्दैन : एमाले अध्यक्ष


काठमाण्डौ, ५ असार - सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आलोपालोको राजनीति अब नचल्ने बताएका छन् ।

शनिबार डल्लु स्थित उनकै निवासमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै अध्यक्ष खनालले 'आगामी राजनीति सहमति प्रणालीमा अघि बढ्ने भन्दै जसले सहमति जुटाउन सक्छ उसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने' बीचार व्यक्त गरेका हुन ।

पछिल्लो चरणमा वर्तमान सरकारको नेतृत्व परिर्वनको सम्भावना बढिरहेका बेला अध्यक्ष खनालले 'जति सक्दो चाडो यो सरकार परिवर्तन हुने र राष्ट्रिय सहमतिको सरकार गठन हुन लागेको बताए ।' गत जेठ १४ गते तीन दल बीच भएको तीन बुदे सम्झौतालाई कोट्याउदै अध्यक्ष खनालले भने 'सरकारको राजनीतिक हैसियतमा कमजोर भएकाले धेरै समय लाग्छ जस्तो लाग्दैन यथा स्रि्र नया सरकार बन्न सक्छ ।'


नया सरकारको नृतृत्व जसले पर्न गर्न सक्ने सम्भावना रहेको औलाउदै खनालले माओवादीको नेतृत्वमा पनि सरकार गठन हुन सक्ने बताए । उनले भने 'सेनाको समायोजन र व्यवस्थापनमा चाडो भन्दा चाडो गरिएमा माओवादीको नेतृत्वलाई सरकारको नेतृत्व नगर भन्न कसैले सक्दैन ।' यध्पी जसको नेतृत्वमा सरकार गठन भएपनि त्यो लोकतान्त्रिक मूल्य र मान्यता भित्र रहेर गठन हुनु पर्ने खनालको धारणा थियो ।

कुनै व्यक्ति विशेषको असफलतालाई भन्दा आफुहरूले अख्तियार गरेको नीति नै गलत भएकाले समग्र राजनीति असफल भएको भन्दै अध्यक्ष खनालले 'शान्ति र संविधानका लागि सबै नेताहरूले के-के त्याग गर्नु पर्ने हो त्यो त्याग गर्नु पर्ने ' उनको भनाइ थियो ।

No comments:

Post a Comment