Tuesday, June 22, 2010

कालो प्रजातन्त्रले जित्यो पुरस्कार

काठमाण्डौ, असार- रंगहरूलाई संयोजन गरेर कालो प्रजातन्त्रको परिभाषा दिएर काभ्रे महादेव स्थानका २० बर्षीय अनुप पौडेलले निर्माण गरेको डेमोक्रेसी इज ब्ल्याक नाम बृत्तचित्र सर्वोत्कृष्ट भएको

अमेरिकी सरकारको आयोजनामा डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा सहभागी विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै पौडेलको भिडियो सर्वोत्कृष्ट भएको हो । परिवारलाई रंगकोसंगको संयोजनमार्फत उनले बाबुको प्रजातन्त्रलाई स्वतन्त्रतासंग निलो रंग, दाजुलाई एकतासंग पहेलो, दिदीलाई शान्तिसंग हरियो, आमालाई मायासंग रातो र तीनीहरूको पूर्ण संयोजनबाट आफ्नो बीचारलाई कालो प्रजातन्त्रको रूपमा भिडियोमा प्रस्तुत गरेका थिए ।

आफ्नो रूची अन्तै तर उनको परिवारको चाहाना इञ्जिनियरिङ्ग पढाउने थियो र केही समय उनले परिवारको चाहान बमोजिम इञ्जिनियरिङ्ग पनि पढे र अन्त्यमा आफ्नो चाहना बमोजिम जयबागेश्वरीमा रहेको ओस्कार कलेज अफ फिल्म स्टडिजमा भर्ना भए र त्यही पढाइको साहायताले विश्वलाई जित्ने चलचित्र बनाउन सफल भएका हुन ।


यस अघि फिलिपिन्समा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धी प्रतियोगितमा पनि आफ्नो चलचित्रलाई सर्वोत्कृष्ट पार्न सफल भएका यि युवा निर्देशक पौडेललले थुप्रै छोटा चलचित्र निर्माण गरिसकेका छन् ।

हाल काठमाण्डौको कोटेश्वरमा काका-काकीकोमा बस्दै आएका विश्व विजेता पौडेलले कालो रंगको प्रजातन्त्रलाई संसारभर देखाउन पाउने छन् । जसका लागिउनी छिट्टै नै सपनाको देश अमेरिका प्रस्थान गर्ने छन्

भिडियो हेर्नलाई लिङ्कमा क्लिक गर्नुस
http://www.youtube.com/watch?v=52mmgGmuMmo&feature=related






No comments:

Post a Comment