Tuesday, June 8, 2010

कारमा बम विष्फोट, पाँच जना घाइते, नया संगठनद्धारा जिम्मा

काठमाण्डौ, २५ जेठ- राजधानीको धापासी स्थित इसान बाल नर्सिङ होम तथ प्रसूती गृह अगाडी रोकिराखेको बा ७ च ५५४९ नम्बरको मारूती ८०० मा मंगलबार भएको बम विस्फोटमा पाच जना सामान्य घाइते भएका छन् ।

सामान्य घाइते हुनेमा स्थानीय पसल गरि बस्ने भरत मैनाली, पोटन ठाकुर, नयन प्रसाद सुवेदी, सोमनाथ महतो र भरत केसी रहेका छन् । उनीहरूको सामान्य उपचार पछी घर फर्किएका छन् ।

घाइते तथा प्रत्यक्षदर्शी भरत मैनालीका अनुसार "बिहान ७ बजेर १८ मिनेटको समयमा उक्त विस्फोट भएको थियो ।" आफ्नो पसलबाट ५० मिटरको दुरीमा रोकी राखेको सो "कारमा पहिले आगो लागेको पछी ठूलो आवाजमा पडकिएको" मैनालीले बताए ।

कार विस्फोटपछी नर्सि होम रहेको बसन्त भवनको सडक पट्टीको सिसाको झयालहरू फुटेका छन् । रानीवारी ४ बस्ने अखिल नेपाल ट्रेड युनिय महासंघ काठमाण्डौ एरिया कमिटीका कोषाध्यक्ष तथा कार धनी राम अधिकारीले केही दिन अघि मात्र किनेर भाडामा दिएको सो कार विस्फोटपछी पूर्ण रूपमा क्षत्रि्रस्त भएको छ । कार धनी अधिकारीका अनुसार "चालक दिपक विकले धापासी बाट एक जना प्यासेन्जरले कोठाको सामान भन्दै गाडीमा बाक्सा र केही सामान राखेका थिए र नर्सिङ होम अगाडी रोकेर उत्रिएको केही मिनेटमै विस्फोट भएको" बताए ।

विस्फोटको जिम्मा नया संगठन स्वतन्त्र नेपा पार्टीले लिएको छ । उसले जारी गरेको विज्ञप्तीमा संविधानसभाको म्याद थपिएको प्रति आक्रोश जनाउदै सो विस्फोट गरेको दाबी गरेको छ ।

थप तस्बिरहरु








No comments:

Post a Comment