राजधानीमा शुक्रबार भएको एक कार्याक्रमममा बोल्दै उपाध्यक्ष भट्टराईले भने 'म बाबुराम भट्टराई अहिले प्रधानमन्त्रीको उम्मेदवार अझै हैन, अहिलेका प्राथामिकता भनेको राष्ट्रिय सहमति र संविधान निर्माण हो ।' यस्तै भट्टराईले 'माओवादी जनमूक्ति सेनापनि सरकारकै सेना भएकाले नेपालीसेना र जनमूक्ति सेनाको हैसियत पनि एउटै भएको' बताए । यस्तै सोही कार्याक्रममा जनमूक्ति सेना र नेपाली सेनाको विषयमा माओवादी उपाध्यक्ष भट्टराईले दिएको अभिव्यक्तिलाई कटाक्ष गर्दै एमालेका प्रभावशाली नेता केपी ओलीले 'दुवै सेनाको हैसियत एउटै भएको भन्नु निद्रामा चकलेट खानु सरह भएको' बताए । ओलीले जति सक्दो चाडो राष्ट्रिय सहमति बन्छ त्यति चाडो नया सरकार गठनको बाटो खुल्ला हुने भन्दै माओवादीलाई सत्ता कब्जा गर्नेउद्देश्य छाडी सहमतिमा आउन आग्रह गरेका थिए ।
यस्तै सोही कार्याक्रमा नेपाली काग्रेसका उपसभापति राम चन्द्र पौडेलले 'दलहरूबीच विश्वासको संकट नै सहमतिको बाधक भएको भन्दै सहमतिको विकल्प नभएको बताए ।'
No comments:
Post a Comment